किसान

- आशिष के.सी.

धुलो हिलो केहि नभनि पानीमा रुझेर
बाच्नका लागि हर क्षण खटेर
आफू मात्र हैन जगतभरको
रक्षा उसैले गर्यो,
पिएर पसिना सहेर असिना
सारा दुःख उसैले खेप्यो,
पुग्दैन रे खान
आफुले दुःख नगरे फल्दैन रे धान
तैपनि सबैको प्यारो किन छैन यो किसान।


मस्तिष्कमा कबडी खेलिरहेका हुन्छन
मिलेर ती झुलेका धानका बाला,
मसुराका दाना अनि साना लालाबाला,
सबैको चिन्ता मनमा बोकेर
कुटो कोदालो हातमा बोकेर
परिवारको मात्र हैन कृषि क्षत्रकै जिम्मेवारि
काधमा बोकेर,
कृषक एउटा बिलासि जीवनको खोजमा हैन
सादा जीवन जिएर दुइ छाक टार्न खोजिरहेको हुन्छ
सानो खेतबारी बाट फलाएको अन्नले भए पनि
नेपाललार्इ कृषिको स्थान दिन प्रयास गरिरहेको हुन्छ।


सिङ्गो देश पालीरहेको त्यही
किसानलाइ बोक्रे भलादमीहरु
बिभीन्न नामले बोलाउछन; चाउरे, दाउरे, हलि
सहेर सबैको बोलि,
बनेर कर्मठ पौरखी,
निरन्तर आफ्नो पेसामा लागिरहन्छ
एक मुरी धान रोपेर हजार मुरी फलाउछ,
छलकपट छैन यस्को मनमा
सम्मानित हुनु पर्ने किसान
किन अपमनित छन यो संसारमा।

विश्व पाल्ने किसान खुम्चिएर बसेका छन
विश्व ढाल्नेहरु छाति ठोकेर हिडेका छन,
मानिसको सोच फरियो या संबिधानको धारा
नियम कानुन बद्लियो या राष्ट्रबादिको धारणा,
वर्गीकरण, शहरिकरण चारैतिर छाएको छ प्रबिधिकरण
जन्मदै गर्छन नया संस्करण
हुदै गर्छन अपहरण अनि राष्ट्र सेवक
पालेर बस्छन अपराधको भ्रम,
त्यसैले अझै सम्बृदि छाएको छैन,
नेपाल कृषि प्रधान देश हो भन्दा नहास्ने कोहि पनि भएन
म किसान हुँ भनेर शिर उच्च बनाउने दिन अझै पनि आएन॥

दाङ, हाल बेलायत।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु