गजल

- विनोद शर्मा सानुभाई

टिपेपछि कोपिला फूल्न भन्छौ तिमी
बसेपछि माया भुल्न भन्छौ तिमी ।

एउटा घाम अर्को जुन सँगै हुनु कसरी
बालुवालाई पानीमा घुल्न भन्छौ तिमी ।

काँडा झैं स्वभाव के देखिन्थ्यौ कोमल
लटरम्म धान जस्तै झुल्न भन्छौ तिमी ।

पिञ्जडामा थुनेर राखेको सुगालाई
जा जा खुला आकाशमा डुल्न भन्छौ तिमी।

लाजको घुम्टो ओढेकी लजालु दुलही हैन
पर्दा ठान्यौ की कुन्नी खुल्न भन्छौ तिमी।।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु