गीत

- विमल गिरी

उजाड छु उदास छु समयले ठगे पछि
सङ्गै हिँडने बाटो मोडी अन्तै लगे पछि

सबैछन् सबथोक छ पूर्णीमाको रातछैन
कतै बाटो बिराएँ भने समाउने हातछैन
उमंग र उल्लासहरु छालसङ्गै बगे पछि
सङ्गै हिँडने बाटो मोडी अन्तै लगे पछि

जून नियाल्दै तारा गन्दै तड्पिरन्छ मन
जीवनको रङ्ग पनि बिरङ्गीभो झन झन
प्रहारको हारसङ्गै भाग्य त्यसै भागे पछि
सङ्गै हिँडने बाटो मोडी अन्तै लगे पछि ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु