श्रीमान हुनुको पिडा

- श्रीशीशा राई

झिसमिसेका कसिला अंगालोहरु
दिनभरिको वाटो सम्झेर खुकुलिन्छन्
हतार हतार म झोला भिड्छु
एक्लोपनको भयले
मेरी श्रीमतिको अनुहारको रङ्ग बदलिन्छ ।
तिनका प्यास, रहर र र्समर्पण जति सवैलाई
आलै छाडेर म
दुनियां पर्छार्न निक्लन्छु घरवाट
....................................................
दुनियां सित मेरो
नाम र र्सार्थक्ताको
अघोषित युद्ध जारी छ
दैनिक भिडन्त
सम्झौता फेरि हिसाव किताव
म संधै यसैमा लिप्त हुन्छु
र श्रीमतिको रित्तो गला विर्सन्छु
बेलुका जव भेटछु घरमा मलाई नै पर्खिरहेको
तिनको अनुहार मेरो श्रीमति हुनुको पश्चात्तापले 
पाकीसकेको हुन्छ
यसो हेर्छु -
बुचो कान र खजमजिएका कुर्ता सुरुवालले
मलाई हांसिरहेका हुन्छन् 
तिनको निर्दोष र अवोध मुहारमा
कुनै क्षयरोगी झैं
असमञ्जसमा पनि हांस्ने प्रयत्न छ
तर जति उज्यालो भएपनि तिनको मुहारमा म
श्रीमानको मेरो रुप देख्न सक्दिन
.......................................................
मसंग त माया छ नी कति हो कति
तर तिनका मधुरा आंखाहरु हेर्दा म बुझ्छु -
मायाले मात्रै श्रीमान हुन नसकिने रहेछ
दम्भले मात्रै पौरषत्व थाम्न नसकिने रहेछ
........................................................
मेरो खुट्टाको लागि निहुरिएको तिनको शीर
सफा निधारमा मैले पोतेको सिन्दुरको धब्बा
प्रेमको बदलामा वितेका रंगीन रातहरु
रथको एकपांग्रो भएर आजसम्म गुडेका साथहरु
यी सवै मेरा पिडाहरु हुन्
र्सार्थक नामको लालसामा मैले
तिनको समेत नाम गुमाएका ब्यथाहरु हुन्

                                                  २०६५ साउन ३ गते
                                                       तरहरा

 

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2065

लेखकका अन्य रचनाहरु