मानव बस्तीको कालो इतिहास

- सुकराज दियाली

तेरो आगमनले ल्याएको
हाम्रो दूरुत्वलाई चियात्नखोज्ने
हाम्रो जीवनलाई निःशब्द स्थिति बनाउने
सन्त्रासभित्र डुबाउने
तेरो आगमनलाई
हाम्रो मौनताको आगोले सल्काउदैछौ
हाम्रो भीडभाडलाई च्यातेर
हाम्रो समयलाई खोसेर
तँ नरमाउदा हन्छ अब
हामी लुकेर ढुकेर तेरो हत्याको खाडल खन्दैछौ
तेरो अदृश्य शरीरलाई
हाम्रो एकता र संकल्पले ढडाउछौ
मानवजातिको हात बाधे भनेर खुशी नहुदा हुन्छ
हाम्रो कुट्टे कोदालोलाई
खोसे भनेर नरमाँए हुन्छ।
तेरो आगमनले
हाम्रो आस्था र विश्वासमा आगो लगाइस
हाम्रो दैनिक जीवनको सार्थक दिनहरु खोसेर
हामीलाई मृत्युको घण्टी झुडाउने तेरो आगमनलाई
हामी लकडाउनको बुट्टी बाधेर
कोरेनटाइनको मोज मारेर
तेरो मृत्युको आगो तापिरहेका छौ
अनुहार लुकाइ
अदृश्य रुपमा आक्रमण गर्ने
तेरो दानव रुपलाई
मान्छे बस्तीमा दूरी राखेर
निर्मम हत्या गर्दैछौ
तेरो आक्रमणलाई
मान्छेको बस्तीले चूपचापरही
घरभित्रै लुकेर एउटा लडाई जित्दैछौ
मानवबस्तीले संकल्प गरिसक्यो
हाम्रो संसारबाट तेरो उठीबास हुनेछ
तँ भिसाबिना आएको छस
तँ भिसाबिनानै जानुपर्छ
तेरो आक्रमण,तेरो संक्रमण
मानवजाति निम्ति कालो इतिहास बनेको छ।

दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु