गजल

- छविलाल खड्का

ए दिल नसोध् मलाई पुराना ती कहानी
चढेर बैंस पोखिएको लाली त्यो जवानी ।

सम्झना ताजै छ अझै उम्लिएको बैंसको
उस्कै अंगालोमा बेरिंदा भएको पानी पानी ।

आकासका तारा भुंइमा झार्ने सपना बांड्दै
हेर् कसरी मोज गरिस् सयौमा छानी छानी ।

कहाँ हरियाली बसन्त कहाँ उजाड शिशिर
आज कुन रुप धारण गरिस् ए जिन्दगानी ।

के दोष मेरै मात्र थियो म दोषी करार भएँ
निर्दयी बनी अझै कति घोच्छस् ए बैमानी ।

कोहलपुर-६,बाँके .

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु