दादागिरी

- विश्व विनोद

भारतमा जन्मेर नेपालमा दादागिरी गर्ने मानिसको जमात निकै ठूलो पाईन्छ । हुन त यहाँ बिचार र चिन्तन नै उतै भारतको पाईन्छ अनि बडे भाई र छोटे भाईको नाता लगाएर भारतियहरु यहाँ आई पुग्छन् । तपाईको टोलमा तरकारी बेच्नको लागि भारतिय पप्पुले समेत दादागिरी गर्छ भने उनीहरुको दादागिरी कहाँ सम्म छ आंकलन अझै गर्नु नभएको हो र ?
तपाईको शिरमा यिनीहरुले दादागिरी गरेको ख्याल गर्नु भएको छैन र ? हरेक महिना तपाई कपाल काट्न जाँदा तपाईलाई केश मुण्डन गरेर तपाई शिरमाथि बिदेशी हातले दादागिरी गरेका छैनन् र ? कुन चाहीँ नेपाली मानिसको सैलुनमा तपाईले नियमित कपाल काट्नु भएको छ ? अझ हरेक हप्ता तपाईको दारी काट्न यिनैले पत्ति लगाएर गालाको छालामा समेत दादागिरी गर्न सफल भएको पाईन्छ ।
यसो लुगा लगाउन खोज्यो, भित्रको अमुल ब्राण्डको भेष्टले उनीहरुको दादागिरीको प्रतिनिधत्व गर्दछ , हनुमान कट्टु पनि उतैको हो । यहाँ बारी बाँझो छ तर उताको तरकारीले तपाईको भान्छामा दादागिरी मच्चाएको छ । दिनभर राष्ट्रियताको कुरा गरेर नथाक्ने तपाई जब घरमा गएर सुस्ताउनुहुन्छ नि त्यति बेला तपाईको श्रीमतिलाई उस्का देशकाले भारतिय सिरियल देखाएर सांस्कृतिक दादागिरी गरेको देख्न पाउनुहुनेछ भने, तपाईका भन्ट्याङभुन्टुङले पनि रेसलिङ, कार्टुन पनि उनैको भाषामा हेरिरहेको पाईन्छ भने तपाईले क्लिन फिडको अबधारणाको हौवा सुनेपनि लिप्सिङ गरिएका भारतिय बिज्ञापन समेत नेपाल टेलिभिजनमा हेर्न पाउनुहुनेछ । के यो दादागिरी हैन र ?
गोस्वामीको दादागिरीको पराकाष्ठा तपाईले भारतीय टेलिभिजनमा देखि नै सक्नु भयो नि हैन ? हामी नेपालीलाई भाईको दर्जाको दिँदो पो रहेछ बबुरोले । बिचरालाई यो थाहा छ कि नाई भारतको जन्म हुनु अगाडी नै नेपालको अस्तित्व थियो भनेर ? नेपालको बुद्धको जन्मस्थललाई भारतमा नक्कली जन्मस्थल बनाउनमा यिनैको दादागिरी चलेको पाईन्छ ।
नेपालको पवित्र भूमिमा मेरा भारत महान हे भन्ने लेखिएको गाडी निर्बाध चलिरहँदा के यो उनीहरुको दादागिरी हैन र ? जबकि नेपाली गाडीलाई भारतमा छिर्न समेत दिईन्न । अझ सिमानामा आएर नेपाली मानिसलाई कुट्ने पिट्ने दादागिरी चलेको नै पाईन्छ ।
लिपुलेक जाने बाटो उसैले बनायो, नेपालीलाई हिँड्न दिएन । कालापानीको बिरोध गर्ने दार्चुलाका प्रेम सिँह धामिलाई उसैले नुवाकोटमा दुर्घटना गराएर मार्यो, अहिले नेपालले पटक पटक द्धिपक्षिय वार्ता गरौं भन्दा नमान्दा नेपालले नक्सा निकाल्यो भनेर ठूलै दादागिरी गर्न लागेको पाईन्छ भारतले । केही बर्ष अगाडीको नाकाबन्दिको याद नेपाली जनतालाई थाहा छ । जवाहरलाल नेहरु बिद्यालयमा शिक्षित गराएर नेपाल पठाईएका गोर्खाली ब्वाँसोलाई एक पटक संबिधान सभा नै भंग गर्न लगाएर उस्ले भारतिय दादागिरी प्रस्तुत गरेको थियो भने, उनैलाई मुलधारको राजनीतिबाट अलग्याएर संबिधान जारि भयो भनेर नाकाबन्दिको बेला भारतको भूमिमा गएर नेपालको भूमिमा ढुंगा मुडा गर्ने अनि नेपालमा नाकाबन्दि गर्न उद्धत गराउने महतो, ठाकुरहरुले उनै गोर्खाली इन्जिनियरसँग मुन्टो जोडेको पाईन्छ नत्र भारतिय चेली सरिता गिरिको डाँको संसद भवनमा किन सुनिईन्थ्यो र ? कारबाही गरे पनि उनलाई गरिएको कारबाही क्षणिक हुनेछ , लेखेर नै राख्नुस् । यस्ता दादागिरी त कति छन् कति लेखि साध्य भएन हौ । अहिलेलाई यत्ति नै । तारेमाम् ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 आसाढ, 2077

लेखकका अन्य रचनाहरु