गजल

- छविलाल खड्का

हिजो अस्ति किन किन मात्तिएकी थियौ सानू
लाज सरम टाढा राखी पात्तिएकी थियौ सानू ।

सामाजिक सिमानाका सबै पर्खालहरु तोड्दै
हुन्छ हुन्छ आजै भनी तात्तिएकी थियौ सानू ।

जोशमा होस् गुमाउँदा के के भयो के के भयो
चारै तर्फ औला उठ्दा आत्तिएकी थियौ सानू ।

समय र परिस्थितीलाई समाल्न नसके पछि
आँखा छल्न कुना तिरै खात्तिएकी थियौ सानू ।

कोहलपुर-६,बाँके

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 32 जेठ, 2077

लेखकका अन्य रचनाहरु