नन्दलाल आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

- मौसम बंजारा

यस शोधकार्यको अध्ययन गरिने क्षेत्र र सीमा यस शोधकार्यको शीर्षक बमोजिम छ । नन्दलाल आचार्यको जीवनीका महत्वपूर्ण घटनाक्रम र उनको व्यक्तित्वका महत्वपूर्ण पक्ष तथा कृतित्वको परिचयात्मक अध्ययन, विश्लेषण र मूल्याङ्कन गरिएको छ । त्यसभन्दा बाहेकका यस कार्य भित्र कुनै पनि पक्षका अध्ययन गरिएको छैन ।

१.८ पूर्व कार्यको समीक्षाः
कुनै पनि व्यक्तित्व, वा कृतित्वको अध्ययन र विश्लेषण हुने पृष्ठभूमिमा सम्वन्धित विषयमा केही न केही रुपमा अध्ययन तद्दथा विश्लेषण भएको हुन्छ कुनै विषयमा बढी अध्ययन भएको हुन सक्छ भने कुनैमा न्यून । नन्दलाल आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन उदासीन देखिएको छ तापनि केही न्यून रुपमा उनको व्यक्तित्ववारे अथवा कृतित्व वारे चर्चा गरिएको छन् । जुन निम्नानुसार चर्चा गर्नें प्रयत्न गरिएकोछ ।
१. रामविक्रम थापाः–
२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटा गरी कूल १५ ओटा नाटक÷एकाङ्की संग्रहित ‘युग उचाल्ने अक्षर कर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदयमान प्रतिभा नभनी सुखै छैन । पत्रपत्रिका र पुस्तकहरुबाट समसामयिक र जल्दाबल्दा कुराहरुको जानकारी लिएर नाटक÷एकाङ्कीको निर्माण भएकाले नाटककार नन्दलाल आचार्यको अध्ययन, चिन्तन र मन्थनको क्षेत्र व्यापक र उज्यालो छ । उखान, टुक्का, गहकिला उक्ति र सुक्तिसहितको कवितात्मक भाषाले सम्वाद जीवन्त भएर नाटक गाढा र प्रभावकारी भएका छन् । कुप्रथा, कुसंस्कार, विकृति, पीडा, विसङ्गति र असमानताका विरुद्धमा धावा बोल्ने यी नाट्यवाणीहरु विषयवस्तुको गहिराइमा पुग्दै र कुराको जरो (चुरो) पक्रेर अभिव्यक्ति दिन सफल छन् ।
२. दिल साहनीः–
आचार्यले मुलुकका जल्दाबल्दा विषयमा एकाड्ढी÷नाटक लेखेका छन् । उनका प्रत्येक नाटकमा नयाँ विचार, नयाँ भाषाशैली तथा नयाँ प्रयोग छ । उनको चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् । उनका केही नाटक हास्यव्यङ्ग्यात्मक छन् भने केही नाटक गम्भीर र दार्शनिक पनि छन् । उनका केही नाटक सामाजिक छन् भने केही राजनीतिक पनि । उनका केही नाटक मनोवैज्ञानिक छन् भने केही ऐतिहासिक पनि । सामान्य विषयलाई गम्भीरता र रोचकताका साथ प्रस्तुत गर्नु उनको विशेष खुबी हो भन्ने कुरा स्वीकार गरेका छन् । (नयाँ कोसी, पू.३७, मङ्सिर २०६८, पृष्ट ४४)
१.९ शोधकार्यको औचित्य, महत्व र उपयोगिताः
नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभा भएका तर ओझेलमा परेका साहित्यकार नन्दलाल आचार्यको आजसम्म औपचारिक रुपमा अध्ययन अनुसन्धान भयो त्यो सवै साहित्यिक सन्दर्भमा यदाकदा अध्ययन समीक्षण भएको तथ्य पनि नकार्न सकिन्न तर उनको साहित्यिक व्यक्तित्वलाई सही रुपमा कोट्याउने बाहेक अरु केही भएको पाइदैन । अतः उनको “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटक र एड्ढाकी संग्रह पत्रपत्रिकाहरु (युवामञ्च, गुञ्जन, मूना, संग्राम, अभियान, गरिमा, मधुपर्क, अभिव्यक्ति, विमोचन साथै (जन आन्दोलन पछिका नेपाली कविताहरु बाल एड्ढाकी स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय) पत्रपत्रिका लेखहरुको मूल्य निर्धारण र निष्कर्षात्मक मूल्याड्ढन प्रस्तुत गर्न यसको औचित्य हुनेछ । नेपाली साहित्कार यिनका बारेमा अध्ययन गर्न चाहने अध्येता अनुसन्धानकर्ता भोलीको सिर्जनशील नव प्रतिभा छान्नलाई सन्दर्भस्रोतका रुपमा आचार्यको साहित्यिक व्यक्तित्वका बारेमा जिज्ञासा हुने पाठक र आचार्यको बारेमा सम्वन्धित भएर शोधकार्य गर्न चाहने उत्तरवर्ती शोध दिन सक्नुले पनि शोध कार्यको महत्व र उपयोगितालाई स्पस्ट्याइएको छ ।
१.१० प्राक्कल्पनाः
साहित्यकार नन्दलाल अचार्यको समाजसुधारक, प्रकृतिप्रेमी, प्रगतिवादी र देशप्रेमी साथै चेतनामूलक साहित्यकार हुन् भन्ने यस शोधपत्रको प्राक्कल्पना रहेको छ ।
१.११ सामग्री सङ्कलन विधिः
प्रस्तुत शोधपत्रको सन्दर्भमा सामग्री सङ्कलन गर्दा आवश्यक स्रोत र साधन हुन सक्ने पुस्तकालयको प्रयोग गरिएको हुँदा पुस्तकालयीय विधि अँगालिएको छ, साथै सम्वद्ध व्यक्तिसँगको लिखित एवम् मौखिक अन्तर्वार्ताको माध्यमबाटसमेत सामग्री सङ्कलन गरिएको छ ।
१.१२. शोधको रूपरेखाः
प्रस्तुत शोधपत्रको रूपरेखा व्यवस्थित, वैज्ञानिक एवम् क्रमवद्ध रूपमा निम्न अध्याय र शीर्षक अनुरूप विभाजन गरिएको छः
अध्याय–एक ः शोधपत्रको परिचय
अध्याय–दुई ः नन्दलाल आचार्यको संक्षिप्त जीवनी तथा व्यक्तित्व
अध्याय–तीन ः सैद्धान्तिक अध्ययन
अध्याय–चार ः युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्कीका कथानकको विश्लेषण
अध्याय–पाँच ः युग उचाल्ने अक्षरकर्मीको अवसानमा संग्रहित नाटक÷एकाङ्कीका चरित्रको विश्लेषण
अध्याय–छ ः युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्कीका परिवेशको विश्लेषण
अध्याय–सात ः उपसंहार
सन्दर्भग्रन्थ सूची



अध्याय–दुई

नन्दलाल आचार्यको संक्षिप्त जीवनी तथा व्यक्तित्व

२.१. नन्दलाल आचार्यको जीवनी

२.१.१. विषय प्रवेश
कुनै एउटा व्यक्तिले जीवनभर गरेको महत्वपूर्ण कार्यको क्रमबद्ध लेख नै जीवनी हो यसमा सो व्यक्तिको जीवनको सम्पूर्ण वा आंशिक पक्षको तथ्यपूर्ण विवरण, सामाजिक तथा मानसिक परिवेश व्यक्तिगत जीवनका भोगाइहरू समेटिएका हुन्छन् । यसले सामान्य र विशिष्ट व्यक्तिवीच विभेद ल्याउँदै विशिष्ट व्यक्तिलाई ओझेलबाट मूलधारमा ल्याउँदै सम्पूर्ण व्यक्तिमाझ ऐनाझैं छर्लङ्ग प्रतिविम्ब देखाउने काम गर्दछ । अझ यसमा व्यक्तिगत गहिराइमा डुबुल्की मार्दै सामाजिक, परिवारिक परिवेशलाई पनि छर्लङग्याउने काम गर्दछ । यो सजीव, सरस र तथ्यपूर्ण हुन्छ । जीवनका विविध घटना असामान्य रूपमा प्रस्तुत भई व्यक्तित्व र अस्तित्व नै आलोकित हुनेहुँदा साहित्यिक स्रष्टाको कृतिको अध्ययन गर्नुपूर्व स्रष्टाको जीवनका विविध पाटालाई उजागर गर्न आवश्यक छ ।
व्यक्ति जन्मँदा स्वतन्त्र भएर जन्मे पनि ऊ विभिन्न परिवेशमा अल्झिरहेको हुन्छ । त्यसैले व्यक्तिको सम्बन्ध समाज, संस्कृति, राजनीति, सामाजिक तथा पारिवारिक संरचनाका विभिन्न अवयव र कार्यप्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएर आउने हँुदा साहित्य लेखनलाई पनि प्रभाव पारिरहेको हुन्छ । परिणाम स्वरूप व्यक्ति विशिष्टतातिर उन्मुख हुँदा आफ्नो अमिट प्रभाव समाजमा छाड्न सफल हुन्छन् । यस्ता व्यक्तिहरूमध्ये नन्दलाल आचार्य पनि एक स्रष्टाका रूपमा हाम्रा सामु उपस्थित भएकाले ओझेलमा रहेका उनका जन्मदेखि हालसम्मका जीवन अवधिका विभिन्न पक्षहरूलाई सङ्क्षिप्त रूपमा केलाउने जमर्को यस परिच्छेदमा गरिएको छ ।
२.१.२. वंश परम्परा
साहित्यकार नन्दलाल आचार्यको जीवनका विविध पाटाहरूलाई संक्षिप्त रूपमा विश्लेषण गर्ने क्रममा उहाँका वंशपरम्परालाई उहाँकै माध्यमद्वारा निम्नानुसार प्रस्तुत गरिएको छ । यसमा साहित्यकार आचार्यका चार पुस्तासम्मको नामावली उल्लेख गरिएको छः–
१. रविलाल आचार्य
छोरा (क) भवानीशंकर आचार्य
२. भवानीशंकर आचार्यका
–छोराहरू–
(क) लुते आचार्य (ख) बुच्चे आचार्य (ग) शशिधर आचार्य
(घ) रुपनारायण आचार्य (ङ) विष्णुप्रसाद आचार्य
–छोरीहरू–
(क) विष्णुमाया (ख) जगमाया
३. विष्णुप्रसाद आचार्यका छोराहरू (क) बासुदेव आचार्य (ख) नन्दलाल आचार्य
(ग) उमेश आचार्य (घ) धनराज आचार्य
–छोरीहरू– (क) पबीमाया (ख) भोजकुमारी (ग) बेदमाया (घ) डम्बरी
४. नन्दलाल आचार्यका
–छोरा (क) गणित आचार्य
–छोरीहरू (क) गरिमा आचार्य (ख) गजल आचार्य
२.१.३. पुख्यौली विवरणः
साहित्यकार नन्दलाल आचार्यका पुर्खाहरू खोटाङ जिल्लाको दिक्तेलमा बसेका हुन् । त्यसपछि अंशबण्डा भई भवानीशंकर आचार्यका जीवित रहेका दुई भाइ रुपनारायण आचार्य र विष्णुप्रसाद आचार्य उदयपुर जिल्लाको ठोक्सिला गाउँ विकास समिति अन्तर्गत जहडा गाउँमा आई बसोवास गरेका हुन् । त्यसै समयमा नन्दलाल आचार्यको जन्म जहडामा नै भएको हो । हाल पनि लुते आचार्यका सन्तान पुख्यौली थलो दिक्तेलमा नै बसोवास गरिरहेका छन् । आचार्य पितामाता र दाजुभाइ सहित वि.सं. २०२८ देखि तपेश्वरी–१, उदयपुरमा स्थायी बसोबास गर्दै आएका छन् । ३ हजार विघाका दरले तेह्र विघा जग्गा किनेर राम्रैसँग बसोबास गर्दै आएकोमा खोलाले बगाएपछि थातबास छाडेर हाल तपेश्वरी–१, उदयपुरमा बसोबास गर्दै आएको बुझिन्छ । त्यसपछि अध्ययन अध्यापन गर्ने क्रममा वि.सं. २०४७ सालदेखि नन्दलाल आचार्य भने सप्तरी जिल्लाको राजविराज नगरपालिका–४, पोखरेल टोल भन्ने ठाउँमा अस्थायी बसोवास गर्दै आएका छन् ।
२.१.४. जन्म र जन्मस्थान
वि.सं. २०३० साल असार २८ गते बिहीबार बिहानीपख २ः५५ बजे आफ्नै घरमा (जहडामा) माता भगवती आचार्य र पिता विष्णुप्रसाद आचार्यका माहिलोे पुत्रका रूपमा जन्मिएका आचार्यको जन्मस्थान उदयपुर जिल्लाको ठोक्सिला गा.वि.स. जहडा हो । आफ्ना मातापिताका चार छोरा र चार छोरीमध्ये चौथो सन्तानका रूपमा जन्मिएका आचार्य ग्रामीण इलाकामा वाल्यकाल बिताउन वाध्य भएकाले अन्धकारमा बितेको बताउँछन् । बुबाआमाको उचित वात्सल्य प्रेम रहे पनि खेतीपाती गर्न उहाँहरू विहानै हिँडेर बेलुका आउने हुँदा उचित स्याहारसुसार नपाएको बुझाइ आचार्यको छ । पछि गएर माहिली दिदी भोजकुमारीको जिम्मामा सुम्पेपछि भने उनले समयमा खानपिन गर्न पाउँथे । ठोक्सिलाको खेत खोलाले बगाएपछि परिवारको आर्थिक स्थिति अति नै जर्जर भएकाले अभाव र अनिकालबाट ग्रस्त भयो । विपन्न परिवारमा गनिन पुगेकाले गाउँका हुनेखाने र ठूलाठालु वर्गबाट अपहेलित भएको तीतोसत्य उनका दिमागमा नाचिरहेको छ । उनीहरूले विभिन्न तरिकाबाट दुःख दिने सताउने र अति नै घृणा गर्ने गरेकाले सानैदेखि वालमनोविज्ञानमा नै गम्भीर असर परेकाले आचार्य सानैदेखि अति नै संवेदनशील हुँदै गएका हुन् ।
आचार्य प्राकृतिक दृश्यले भरिपूर्ण भएको ठाँउमा जन्मिए पनि सामाजिक र पारिवारिक वातावरणले भने उनलाई नकारात्मक प्रभाव पारिरह्यो । यसरी रूढीवादी परम्परा र वर्गीय समाजमा अंकुरण हुन लागेका उहाँका बालप्रतिभाहरूलाई निमोठ्ने र ठिंगु¥याउने कार्य त्यहाँको समाजले गरेको घृणित व्यवहारले उहाँलाई सानैदेखि अन्र्तमुखी र एकान्तप्रेमी बनाइदियो फलस्वरूप त्यही घृणित समाज नै उहाँका साहित्यिक कृतिहरूमा तिखा तिखा व्यङ्गवाण बनेर प्रहार भएको पाइन्छ । व्यक्तिको मानसिक परिवेश निर्माण गर्न जन्म स्थानको महत्वपूर्ण भूमिका हुन्छ । नावालक अवस्थामा व्यक्तिले भोगेको सामाजिक, पारिवारिक वातावरण र जन्मस्थानको प्रतिबिम्बले उसको जीवनभर प्रत्यक्ष प्रभाव पार्ने हुँदा यस परिणामबाट साहित्यकार आचार्य पनि अछुतो रहेका छैनन् ।
२.१.५. वाल्यकालः
उदयपुर जिल्लाको पूर्वी भेग, सुनसरी जिल्लाको सीमाना सप्तकोशी नदीको काखमा अवस्थित सुगम तर शैक्षिक जागरण नभएको ठाँउ ठोक्सिला–जहडामा माहिलो छोराको रूपमा जन्मिएका साहित्यकार नन्दलाल आचार्यको वाल्यकाल सामान्य तरिकाले बितेको छ । एउटा गरीब किसान परिवारमा जन्मेका आचार्यमा आर्थिक विपन्नताको अनुभव नराम्ररी जकडिएको छ भने तत्कालीन वर्गीय समाजले आफ्नो परिवारलाई दिएको दुःख अपहेलना, घृणा अझ मनस्थितिमा ताजा रहेको अनुभव आचार्यसँग छ । सानैदेखि घरमा एक्लै छाडेर बुबाआमा काममा टाढाटाढा जाने हुँदा आचार्यको उचित रेखदेख गरी हुर्काउनमा माल्दिदी भोजकुमारी आचार्य (ढुङ्गाना) को महत्वपूर्ण योगदान रहेको छ । सन्तानले डाँडाकाँडा ढाकून् भन्ने सोचको समाजको सदस्य भएका कारण र छोराको चाहना गर्दा गर्दै जन्मेको छोरो भएको कारण बुबाआमाबाट उचित माया–स्नेह पाएको अनुभव आचार्यको छ । कामको चटारो सँधैं रहने भएकाले उहाँहरूसँग समय नहुँदा चाहिँ भोकभोकै घरमै थुनिएर बस्नु परेको र जान्दाजान्दै पनि दिशापिसाव पनि घरैभित्र गर्नु वाध्य हुनु परेको स्मरण उनको दिमागमा ताजै छ । आमा निरक्षर रहे पनि बाह्रखरी लगायत प्रारम्भिक ज्ञान र जानकारी मुखाग्र रहेकाले उनको शिक्षा–दीक्षा आमा भगवती आचार्यबाट नै भएको हो । अक्षराम्भ पनि उहाँबाटै भए पनि पछि गएर दाजु बासुदेव आचार्यले उचित रेखदेख सहित लेखपढ गर्न सिकाएको पाइन्छ । सानैदेखि बोधो दिमाग भएका आचार्यलाई छ वर्षको उमेरमा घरमै अक्षर र अंक सिक्न ठूलो कहर काट्नुपरेको थियो । परिवार र गाउँघरका कुनै व्यक्ति पनि लेखपढ नगर्ने भएकोले अरू कोहीबाट सिक्ने वातावरण नै थिएन । कसैको देखासिकी गर्न नपाउँदा र गल्ती भएमा सजायको भागिदार हुनुपर्ने त्रास मनमा रहिरहँदा जानेको कुरा पनि बिर्सन सक्ने अवस्था हुन्छ भन्ने अनुभूति आचार्यसँग रहेको छ ।
सानोमा लज्जालु स्वभाव भएका आचार्य अति नै संवेदनशील, विनयशील र मिलनसार भएकाले थुप्रै साथीहरू बनाएको बताउँछन् । साथीहरूसित सिन्कीधुली, बाघचाल, कपर्दी, डण्डीबियो, गट्टा, झुम्राको भकुण्डो खुब खेलेको बताउँछन् ।
२.१.६. शिक्षादीक्षा
वि.स.२०३६ सालतिर ६ वर्षको उमेरमा घरमै आमा भगवती आचार्यबाट अक्षरारम्भ गरेका आचार्यले गाउँदेखि ४५ मिनेट टाढाको तपेश्वरी गा.वि.स.–४, पुरन्दहस्थित श्री जनता बेलका नि.मा.वि. (हाल उ.मा.वि.) मा भर्ना भई वि.स. २०४७ सालमा एस.एल.सी. द्वितीय श्रेणीमा उत्तीर्ण गरेका हुन् । पढ्नुपर्छ भन्ने भावना जगाउने काम उनकी आमाले गरे पनि र शैक्षिक प्रेरणा भेटे पनि दाजु नभएका भए अक्षर नै सिक्न नसक्ने ठहर उनको छ । जोरजुलुम गरेर भए पनि पढाइको संसारमा होम्न महत्त्वपूर्ण योगदान दिने व्यक्तिका रूपमा दाजुलाई नै मनमा राखेका छन् ।
आर्थिक अभावको बावजुद अनेक दुःखकष्ट सहेर पनि परिवार जनले किताबकापीको जोहो गरिदिएको तर गाइड, गेसपेपर भने फिटिक्कै नकिनिदिएको बताउँदै आचार्य भन्छन्– ‘प्रा.वि. तह मात्र छिचोलेका दाजुले कक्षा ५ सम्म मात्र रेखदेख गर्ने गरेको तर कक्षा ६ बाट भने कुनै किसिमको राहत पाउन सकिनँ ।’ वि.स.२०४७ सालमा एस.एल.सी. द्वितीय श्रेणीमा उत्तीर्ण गरे भने वि.स. २०४७ सालमा नेपाली विषयमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा आई.ए.को अध्ययन सुरुआत गरी त्यही क्याम्पसबाट बि.ए. पास गरे । वि.पी.कोइराला क्याम्पस जनकपुरबाट एक वर्षे वि.एड. पास गरी वि.स. २०५८ मा नेपाली विषयमा कीर्तिपुरबाट एम.ए. पढ्दा पढ्दै स्थगित गरेको पाइन्छ भने पछि नेपाली विषयमा प्रथम श्रेणीमा एम.एड. उत्तीर्ण गरेका हुन् ।
२.१.७. युवावस्थाः
युवावस्था प्रत्येक व्यक्तिको व्यक्तित्व तथा जीवनका आरोह अवरोहहरूको उत्कर्ष समय हो । बाल्यावस्था र प्रौढावस्थाको मध्यविन्दुमा रहेको समय जीवनमार्गकै महत्वपूर्ण समय हो । भविष्यको निर्धारण गर्ने समय नै युवावस्था भएकाले यस अवस्थालाई क्रिटिकल अवस्था पनि भनिन्छ । यस्तो लाउँलाउँ खाउँखाउँ भन्ने अवस्थामा पनि आचार्यले संघर्षमय जीवन व्यतित गरेको देखिन्छ । अतः सानैदेखि सङ्घर्ष गर्ने पृष्ठभूमि तयार भइसकेकाले होला सुख र दुःखलाई समभावको रूपमा लिँदै धेरै सफलता हात पर्न सफल भए । सानैदेखि हुनेखाने व्यक्तिले हेपेको घृणा गरेको, दुःख दिएको, साह्रै नै सताएको पीडकवर्गहरूप्रति घृणा उत्पन्न भएकाले अन्धपरम्परागत रूढि परम्परालाई तोड्न प्रगतिशील भावनाको जन्म भएको आचार्य बताउँछन् । वि.सं.२०४४÷४५ तिर तत्कालीन जनता बेलका मा.वि. पुरन्दह, उदयपुरमा पढ्दा त्यहाँ पढाउने इतिहास विषयका चौधरी थरका शिक्षकबाट नेपालको प्रजातान्त्रिक आन्दोलन र सहिदहरूको योगदान बारे बताएका कुराबाट प्रभावित आचार्य निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा उभिएको स्मरण सुनाउँछन् ।
राजनैतिक सुझबुझ नभए पनि त्यसबेला विद्यालय एकाइको सहसचिव भई बहुदलीय व्यवस्था पुनस्र्थापनाको आन्दोलनमा चासो राख्ने गर्थे । २०४६ सालको जनआन्दोलनको सफलतापश्चात् भने खुल्ला राजनैतिक माहोलमा उनले राजनैतिक सुझबुझलाई बढाउने मौका पाए । अझ प्रमाणपत्र तह पढ्दा पढ्दै माक्र्सवाद र प्रगतिशील विचारसँग परिचित हुन गए र प्रभावित भए पनि कुनै पार्टीको सदस्यता नलिएको र स्वतन्त्र रहन रुचाएको वताउँदछन् । उनी जनमुक्तिका लागि प्रगतिवादी दर्शनलाई आत्मसात् गर्दै साहित्य–सृजना गर्न भने रुचाउँछन् । नराम्रो र राम्रो दुवै व्यक्तिलाई आफ्नो गुरू मानेर दुवैबाट शिक्षा लिने आचार्य मिलनसार भए पनि उनले धेरै साथीहरू बनाएका छैनन् । उनीप्रति सद्भाव राख्ने धेरै साथी÷पाठकहरू भने बनाएको पाइन्छ । निकृष्ट र क्षुद्र स्वार्थबाट माथि उठेर अरूको विचार, भावना र जीवनदर्शनलाई सम्मान गर्ने साथी मनपर्ने र नियत बाङ्गिएका, कालो मन भएका बाहिर नैतिकता, इमान र निष्ठाको ढोङ्ग ओढेर भित्र घोर अनैतिक, बेइमान र छलकपट बोक्ने साथीदेखि टाढै बस्न मन पराउने स्वभाव आचार्यको रहेको छ ।
२.१.८. वैवाहिक जीवन र सन्तानः
मानिसको विभिन्न सांस्कृतिक कर्ममध्ये विवाह पनि परम्परादेखि चल्दै आएको एउटा महत्त्वपूर्ण कर्म हो । मानिसको सामाजिक, मानविय, जैविक तथा प्राकृतिक आवश्यकता र कर्तव्यका रूपमा तादात्मक रहेको विवाह मानवीय सद्भाव र जनशक्ति विकासका लागि महत्वपूर्ण रहँदै आएको छ । यिनै आवश्यकता र कर्तव्य पूरा गर्न प्रगतिशील विचारबाट अभिप्रेरित भएका आचार्यले वि.स. २०६१ असार ९ गतेका दिन रूपनगर–७, प्रगतिटोल, सप्तरी बस्ने गोपालप्रसाद र भूमिका रिजालकी दुई छोरीमध्ये वि.स. २०३९ सालमा चैत्र १५ गते जन्मिएकी जेठी छोरी लक्ष्मी रिजालसित फत्तेपुर मन्दिरमा विवाह गरेर ठूलाठालुहरूको तडकभडकपूर्ण विवाहलाई चुनौति दिएका थिए । भोजभत्तेरविहीन सो विवाह हिन्दू संस्कतिअनुसार नै थियो । एक छाक सबैलाई खुवाए पनि जस नपाइने बरू आफैं कैयौं छाक भोकै रहनुपर्ने हुनसक्ने स्थितिलाई मध्यनजर राख्दै त्यसो गरेको आचार्य बताउँदछन् ।
आचार्यका तीन सन्तानमध्ये पहिलो सन्तानको रूपमा वि.स. २०६२।४।१५ मा जेठी छोरीे गरिमा आचार्य र कान्छो सन्तानको रूपमा वि.स. २०७०।८।१८ गते छोरी गजल आचार्यको जन्म भएको हो । २०७६ सालमा छोरो गणितको जन्म भएको हो । (थप) हाल ९ वर्षकी छोरी गरिमा आचार्य कक्षा २ मा श्री लिटिल फ्लावर उच्च मा.वि., राजविराजमा अध्ययनरत छिन् । कम्प्युटर चलाउन, चित्रहरू कोर्न, अन्य बालसुलभ दौडधुपमा रूचि राख्ने गरिमा स्किपिङ्ग खेल खेल्न औधि मन पराउँछिन् । मिलनसार र भद्र स्वभावकी गरिमा टेलिश्रृङ्खला भने पछि त्यसैमा केन्द्रित हुने स्वभावकी छिन् । उनलाई कतिपय हिन्दी टेलिश्रृङ्खलाका कुराहरू मुखाग्र छन् । उनी कपडा, ओछ्यान मिलाएर चट्ट राख्न सिपालु छिन् । नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजी भाषा बोल्न माहिर छिन् ।
२.१.९ प्रगतिशील चिन्तनको रुपमा नन्दलाल आचार्यको चिनारीः
राष्ट्रिय स्तरका मधुपर्क, गरिमा, शब्दाङ्कुर जस्ता साहित्यिक र कान्तिपुर, कोशी, जस्ता गैरसाहित्यिक पत्रिकामा नेपाली, मैथिली र हिन्दी भाषामा कथा, कविता, उपन्यास, नाटक, एकाङ्की, गीत, गजल, समालोचना, समीक्षाको रचना आचार्यले प्रकाशन गरेको देखिन्छ । आचार्यका हरेक कृतिमा मधेशका विषयवस्तुलाई नेपाली भाषामा लिपिबद्ध गरिएको देखिन्छ । व्यक्ति र व्यक्तिको भोगाई नै साहित्यि हो भन्ने कुराको अभिव्यक्ति उनको साहित्यमा प्रकट भएको देखिन्छ । स्रष्टा आचार्य पनि आफ्ना हरेक साहित्यिक कृतिमा आफूले भोगेका देखेका र अनुभव गरेका कुरालाई चिन्तनको चास्नीमा भुटी विकारयुक्त चिन्तनलाई कराही रुपी मस्तिष्कमा छोडी पत्रात्मक शैलीमा साहित्य लेख्ने साहित्यकार हुन् ।
शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई विषय बनाएर लेखिएको “युग उचाल्ने अक्षरकर्मीको अवसान” एकाङ्कीको नामबाटै प्रकाशित “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटक÷एकाङ्की संग्रहमा सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा व्याप्त विकृति र विसंगतिलाई देखाई त्यस्ता विकृति र विसंगतिबाट अनेकौ समस्या जन्मेको कुरा प्रस्तुत नाटक संग्रहमा देखाएको छ । प्रस्तुत “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटक÷एकाङ्की संग्रहमा १५ वटा रचना समेटिएका छन् । राष्ट्रिय साहित्यिक मासिक प्रत्रिकामा प्रकाशित भइसकेका ती नाटक÷एकाङ्की बारे तत्वमा आधारित विश्लेषण अघि सार्ने ध्येय राखिएको छ ।
उनका नाटक र एकाङ्कीमा विभिन्न परिस्थिति, घटना र भावधाराको कलात्मक समायोजन देखिन्छ । आचार्यका एकाङ्कीमा कथानकका घटना पात्रका माध्यमबाट गतिशील भएको देखिन्छ । एकाङ्कीका प्रत्येक तत्वको आ–आफ्नै अस्तित्व हुन्छ । कथानकले यी विभिन्न तत्वहरुका बीच पारस्परिक सम्बन्ध कायम गर्ने काम गर्दछ । (थपलिया, २०७०; १५)
जीवनको अनुकृति नै नाटक भएकाले यसमा जीवनका यावत घटनाहरुको उद्देश्योन्मुख वर्णन अपरिहार्य देखिने भएकाले आचार्यले “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटकमा यसको ख्याल गरेको देखिन्छ । नाटकको कथावस्तुमा असान्दर्भिक घटना वा सन्दर्भहरु जोडेर कथावस्तुको प्रभाव खज्मज्याउनु हुदैन र कार्य व्यापारमा क्षति पुग्ने गरी पूर्वदीप्तिको मात्रा बढाउनु नहुनाले यस नाटकको सफल कथावस्तुमा पूर्णता, सम्भाव्यता, सहजविकास, कौतुहल जस्ता गुणहरु समेटिएको देखिन्छ । एकाङ्कीले जीवनको एक क्षणलाई मात्र प्रस्तुत गर्ने भएकोले यसको कथावस्तु पनि सानो परिधिको हुन्छ । एकाङ्कीको आदि, मध्य र अन्त्यको क्रममा नै विषय वस्तुको परिचय, कुतूहल, द्वन्द्व, संघर्ष, चरमसीमा, नाटकीयक्षण र परिणति जस्ता कुराहरु कलात्मक संरचना समावेश भइसकेका हुन्छन् । प्रगतिवादी विचार धारा भएका लेखकले कथानक एकाङ्की एउटा महत्वपूर्ण तत्वका रुपमा राखी त्याग, तपस्या, विद्रोह र बलिदानले भरिएका यथार्थवादी वैज्ञानिक कथावस्तु हुनु आवश्यक मान्दछन् । स्तुतिजन, स्वैरकल्पनावादी अर्थात कुरुप कथावस्तुले बहुसंख्यक जनताको सेवा नगर्ने भएकाले त्यस्ता कथावस्तुलाई वर्जित गरी बहुसंख्यक जनताको हित गर्ने कथानकलाई प्रश्रय दिनु आवश्यक हुन्छ । (थपलिया, २०७०; १६)
आचार्यका नाटक÷एकाङ्कीका कथावस्तुमा विभिन्न घटना, विभिन्न प्रकरण वा सन्दर्भका समुचित र सन्तुलित एवं व्यवस्थित प्रस्तुति वा विन्यासीकरण गरेका छन् । उनका एकाङ्कीमा आकारका दृष्टिले लघुता, पात्रमा सीमितता, गतिमा तीव्रता र कार्यमा एकोन्मुखता देखिन्छ । एकाङ्कीमा घटनाहरुको बहुबलता देखिदैन । आचार्यका सम्पूर्ण एकाङ्कीमा आजको नेपाली समाजमा घटित र घटन सक्ने घटनाहरुको सार्थक उपयोग भएको हुनाले प्रगतिवादी विचारधारा भएका एकाङ्कीकारको रुपमा चित्रण गर्न सकिन्छ ।
कथानकमा रहेका सम्पूर्ण घटनाहरुको क्रमलाई पात्रले गतिशील बनाउँछ । पात्रको समस्या, विचार, निर्णय एवं बोली तथा कार्यले नै कथानकको घटना घट्दछ । पात्रका क्रियाकलाप नै कथानकका घटना हुन् । एकाङ्की नाटकको कथानक छोटो हुने भएकाले यसमा पात्र प्रयोग भएको राम्रो मानिन्छ । आचार्यका एकाङ्कीमा गौण पात्रको भरसक्य प्रयोग गरिएको छैन । उनका एकाङ्कीमा पात्रहरु आ–आफ्नो निश्चित चरित्र लिएर नै देखापर्दछन् । एक पात्रको चरित्रले वा घटना परिस्थितिले कुनै पात्रको चरित्रमा आएको परिवर्तनलाई एकाङ्कीको द्वन्द्व संघर्षको अन्ततिर देखाउन सकिन्छ । एकाङ्की नाटकको द्वन्द्व चरित्रका बीचमा नै हुने गर्दछ । आचार्यका एकाङ्कीका पात्रको बाहिरी द्वन्द्व आन्तरिक द्वन्द्वले एकाङ्कीलाई उत्कृष्ट बनाएको देखिन्छ । सामान्यतया एकाङ्कीका ४–५ भन्दा बढी पात्र संख्या हुनु हुदैन । त्यसमा पनि २ प्रमुख र अरु ३ पात्र गौण हुनु पर्दछ । (थपलिया, २०७०; १९)
एकाङ्कीमा आवश्यक तर न्यून पात्रको समावेश हुनु आवश्यक छ । यसले एकाङ्कीलाई संक्षिप्तता, परिमितता र गतिशीलता प्रदान गर्दछ । एकाङ्कीकार आचार्यका एकाङ्कीमा समावेश भएका पात्रले कथालाई गतिशील बनाउन र एकोन्मुखतासँग सम्वद्धता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । चरित्रका स्वरुप सामाजिक, मनोवैज्ञानिक होता है, उसके ज्ञान और अनुभव, स्वीकृति नैतिक सिद्धान्तो उसके साथ सक्रिय अन्योन्याक्रिया पर निर्भरकर्ता है । (दर्शनकोश, १३१)
आचार्यका एकाङ्कीमा प्रयोग भएका मुख्य पात्रहरुले समाज परिवर्तनका विचार तथा दृष्टिकोण व्यक्त गरिरहेका छन् भने जडसूत्रवादी विचार अभिव्यक्त गरेको देखिन्छ । यसप्रकार समाजलाई आधुनिकताको दिशातर्फ धकेल्ने विचार अभिव्यक्त गरेका उनका सबै एकाङ्कीमा प्रयुक्त प्रमुख पात्रहरु प्रगतिवादी विचारधारा भएका पात्रको रुपमा औल्याउन सकिन्छ ।
देश, काल र परिस्थितिको जुन परिवेशमा एकाङ्कीमा घटना र पात्रहरु रहेका हुन्छन् । त्यही त्यस एकाङ्कीको वातावरण वा परिवेश हो । घटना र पात्रका पृष्टभूमिमा वातावरण रहेको हुन्छ । मान्छेका मनस्थितिको निर्धारण र घटनाको श्रृजनामा वातावरणको भूमिका हुन्छ । घटनाको श्रृजना र पात्रको मानसिकताले अर्को वातावरणको निर्माण गर्दछ । घटना, मानसिकता र वातावरणको घुलनबाटै जीवन जगत गतिशील र परिवर्तनशील रहेको हुन्छ । एकाङ्की अभिनय गरिने साहित्यिक विधा भएकाले कथानकमा मात्र वातावरणको सफल समावेशले पुग्दैन । एकाङ्कीकार आफ्ना सवै एकाङ्कीमा एकै घटना विषयवस्तु र उद्देश्यमा बाधिएर तीब्रगतिमा अगाडि बढेको देखिन्छ । कथोपकथन, अभिनय, वेषभुषा र रङ्गमञ्च सज्जा प्रयोग गरी आधुनिकता थपेकाले गतिशील चिन्तनका रचनाकारको रुपमा देखिएको आभाष हुन्छ । दार्शनिक सबले पहले भूतद्रव्य के साथ काल तथा देश के सम्बन्ध में रुचि, याने इसमें रुचि लेते है कि काल तथा देश यथार्थ हैं या ऐसे शुद्ध अपकर्षण हैं, जो केवल मनुष्य की चेतना में अस्तित्वमान हैं । द्वन्द्वात्मक भौतिकवाद के अनुसार मानवका साथ–साथ बस्तुगत रुप से याथर्थ देश तथा काल की अधिक समझ मुहैया करता जाता हैं । (दर्शनकोश, १५६) आचार्यले पनि नेपाली समाजका विभिन्न परिवेश, विद्यालय, सडक, घरपरिवार जस्ता परिवेशलाई एकाङ्कीको वातावरण (परिवेश) छनौट गरेको देखिन्छ ।


अध्याय–तीन
सैद्धान्तिक अध्ययन
३. प्रगतिवादको परिचयः
प्रगतिवादी साहित्यका सैद्धान्तिक मान्यताहरु आधार र अधिरचना सम्वन्धी माक्र्सवादी मूल स्थापनासित सम्वन्द्ध छन् । माक्र्स एंगेल्सले समाजको मूल स्वरुप आर्थिक संचरनालाई मूल आधार मानेका छन् । विचारका विभिन्न रुपहरुलाई यिनै आधार माथि उभिएको अधि रचना मानेका छन । (बराल, २०४९; १२)
सामान्यतः प्रगति भन्नाले उन्नति, अग्रगति वा विकास भन्ने अर्थ बोध भए पनि साहित्यमा प्रगतिवाद भन्नाले एउटा निश्चित दार्शनिक र सैद्धान्तिक मान्यतासित सम्वन्धित वाद भन्ने बोध हुन्छ । वस्तुतः साहित्यमा प्रगतिवादलाई कार्लमाक्र्स, एंगेलस प्रतिपादित द्वन्द्वतात्मक भौतिकवादी विश्व दृष्टिकोणको द्योतक मानिन्छ । यस अर्थमा प्रगतिवादलाई माक्र्सवादी राजनैतिक दर्शनको साहित्यिक अवतरणको संज्ञा दिन सकिन्छ ।
वर्गीय दृष्टिकोण नारीहरुमा प्रबल नभएसम्म अन्याय, अत्याचार, असमानता र शोषणबाट मुक्त हुन सकिन्न । नारीहरुले नारीहरुकै रिस, डाह र इष्र्या गर्ने होइन कि समाजमा विद्यमान नारीहरुलाई पङ्गु बनाउने परम्परागत सामन्ती सोच, संस्कार र धारणा प्रति विद्रोह वा विरोध हुनुपर्दछ (भण्डारी, २०६८; २८) । यस्ता विचारहरु अभिव्यक्त गर्ने साहित्यकार र साहित्यिक रचनाहरु नै प्रगतिवादी हुन् ।
शाब्दिक विश्लेषणअनुसार प्रगतिको अर्थ उत्कृष्ट रुपले कुनै भाव, विचार वा कार्यलाई गतिशील वा चलायमान गर्नुहुन्छ । यसको तात्पर्य विकास वा उन्नति हुन्छ । विकास जीवनको भौतिक र अध्यात्मिक दुवै पक्षमा हुने गर्दछ । तसर्थ काव्यमा प्रगतिवादको सामान्य अर्थ जीवनको विकास गर्ने भावना अभिव्यक्त गर्नु हो । यो प्रगतिवादको व्यापक परिचय भयो । यस दृष्टिले बाल्मीकि, व्यास, होमर, भानुभक्त, मोतिराम र लेखनाथ सवै प्रभावकारी भए । प्रगतिवादी काब्य भन्नासाथ हाम्रो सामु खास प्रकारको दर्शनमा आधारित रचना उपस्थित हुन आउँछ । समाज विकासको मूल चिन्तालाई दर्शनशास्त्रको क्षेत्रमा स्थान दिदैँ द्वन्द्वात्मक भौतिकवादले समाजको चिन्ता गर्नु भनेको समाजको वर्णन गर्नु मात्र नभएर समाजलाई नै फेर्नु हो । (बराल, २०४९; ३)
नेपाली साहित्यमा माक्र्सवादी साहित्य, समाजवादी यथार्थवाद र वढीभन्दा बढी प्रगतिवादी साहित्य भनेर प्रचलनमा ल्याइएको पाइन्छ । नेपाली साहित्यमा पनि प्रगतिवादलाई माक्र्सवादकै साहित्यिक अवतरणको रुपमा लिइन्छ । प्रगतिवादअनुसार समाजको झैँ साहित्यको पनि कुनै शास्वत र एकरस स्वरुप हुँदैन । समाजमा झैँ साहित्यमा पनि परिवर्तन र विकास भइरहन्छ । समाजको विकासको कथालाई हेर्ने हो भने प्रगतिवादअनुसार भाव वा विचार प्रकाशमा आउनुभन्दा अघि जडजगत् विद्यमान थियो । मानवको वर्तमान रुप वा अवस्था क्रमिक विकासको परिणाम हो । भाषा, भाव र शैली सवै परिवर्तनशील छन् । त्यसैले प्रगतिवादका मान्यता विकासको आधारमा स्थापित भएका छन् । प्रगतिवाद साहित्यका पुराना विषयवस्तु अभिजात वर्गीय वा मध्यम वर्गीय र पात्रको स्थानमा नयाँ विषयवस्तु र सर्व साधारण पात्रका अवस्थालाई प्रस्तुत गर्छ । यसले अभिजातवर्ग वा मध्यमवर्गलाई होइन, सर्वहारावर्गलाई महत्व दिन्छ । ऊ कवितामा सहजता, सरलता र स्पष्टताको माग गर्छ । यसले उपेक्षित र दलितवर्गको समस्यालाई प्रस्तुत गर्दछ । सत्य, शिव, सौन्दर्य, प्रेम, आनन्द सबैको सर्वसाधारण वर्गको लागि उपयोगी हुने किसिमले स्थापना र मूल्याङ्कन गर्छ । यसले बैज्ञानिक आविष्कार र उपलब्धीलाई महत्व दिन्छ र ईश्वर, स्वर्ग, आत्मा, धर्म आदि धार्मिक र आध्यात्मिक विषयको भत्र्सना र तिरस्कार गर्छ । यसले साहित्य अलौकिक र अतिमानवीय चित्रणको परित्याग गरी मानव, श्रम र माटोको गुणगान गर्छ । सामान्तवाद, पूँजीवाद, साम्राज्यवाद, पुरोहितवाद र पुराणवादको निन्दा गरी संसारबाट यी सबैको समाप्त गर्ने भावना यसमा व्यक्त गरिन्छ । (उपाध्याय, २०४९; ३२१)
सामाजिक चेतनालाई मानिसहरुको विचार, दृष्टिकोण, सिद्धान्त, सामाजिक भावना, बानी–व्यहोरा र रीति–रिवाजको समुच्चय मानिन्छ । यसको निर्धारण भौतिक आधारले गर्दछ । सामाजिक जीवनमा मानिसहरु उत्पादनका विभिन्न गतिविधिमा संलग्न हुन्छन् । परन्तु उनीहरु आर्थिक गतिविधिसित मात्र सम्बद्ध नभएर बौद्धिक क्रियाकलापसित पनि सम्वद्ध हुन्छन् । यसै क्रममा मानिसहरुले निश्चित राजनीतिक तथा भौतिक विचारहरुलाई अनुशरण गर्दछन्, जसबाट उनीहरुका सैद्धान्तिक तथा जीवन प्रतिको दृष्टिकोण पनि निर्धारित हुने गर्दछ ।
राष्ट्रिय जीवनमा मात्र परिसीमित नभई अन्तर्राष्ट्रिय गतिविधिमा सचेत रहेर विश्वबन्धुत्वको भावनाले परिपूर्ण हुँदै संसारभरका दलित, पीडित र शोषितको पक्षमा बोल्नु प्रगतिवादको स्वभाव हो । हाम्रा प्रगतिवादी कविहरुले पनि यस धर्मको निर्वाह गरेका छन् । प्रगतिवादका अशक्त र अनुकरणशील कविहरुका कविता शिल्प र भावावेगका दृष्टिले निरस छन् । प्रचारात्मक अथवा नारावादी छन् तर प्रगतिवादी भावना कविमानसमा प्रतिष्ठित भएपछि तिनका अनुभूतिहरु संवेदनात्मक र अभिव्यक्ति कलात्मक हुन गएका छन् । प्रगतिवादी कवि प्रकृति चित्रणमा परम्पराभन्दा भिन्न मार्ग र लक्ष्यलाई लिएर हिंडेका छन् ।
प्रगतिवादले साहित्यलाई मानव संघर्षको धरातलमा प्रतिष्ठित ग¥यो र साहित्यलाई मनोरञ्जन वा समाज निरपेक्ष आल्हादको साधन नबनाई समाजको पुननिर्माण गर्ने प्रेरक तत्व सिद्ध गरिदियो । जुनसुकै वादमा पनि साहित्य जब जीवनको चित्रण, त्यसप्रति आफनो नीजि मौलिक प्रतिक्रिया, विषयको संवेदनात्मक अभिव्यक्ति जस्ता कार्यलाई उपेक्षा गरी उपदेश वा प्रचारलाई महत्व दिन थाल्छ, तब त्यो उत्तम कोटिको साहित्य रहन जाँदैन । दुर्वलता हरेक धाराका रचनाहरुमा प्रचारात्मकता नैतिक, आध्यात्मिक वा भौतिक जुन धारामा पनि पाइन्छ । प्रचारात्मकताको आरोप भने प्रगतिवादी माथि मात्र लगाइन्छ । (उपाध्याय, २०४९; ३२४)
जेहोस् तर कति चाहिँ अवश्य स्वीकार गर्नुपर्छ भने सस्तो भावुकता, उडन्ते रोमान्स, पलायनवादी भावना र सामाजिक दायित्वको उपेक्षाको विरुद्ध प्रगतिवादले ठोस यथार्थ, गम्भीर संकल्पशक्ति, प्रगतिको आशामुखी सन्देश र अप्रिय पुरानो व्यवस्थाको ध्वंस र सर्वजन–हितकारी निर्माणको स्वर मुखरित गरेर साहित्यिक क्षेत्रमा नव–जागरण ल्याइदियो । प्रगतिवादी विचारधारा साहित्यका हरेक (कविता, कथा, उपन्यास, नाटक, निबन्ध जस्ता) विधामा देखापरेको पाइन्छ ।
समाजवादी यथार्थवादको सैद्धान्तिक मार्गदर्शनमा एकाङ्की नाटकको रचना गर्नु प्रगतिवादी स्रष्टाहरुको मूल कर्तव्य हो । नाटककारले सामाजिक यथार्थको कोरा चित्रण नगरी यथार्थको क्रियात्मकतालाई आत्मसात् गर्दै मानवजीवनको सिर्जनात्मक प्रकाशन गर्दछ । यसरी वैचारिक प्रतिबद्धता र कलात्मक प्रतिबिम्बनको संयोजनबाट नै उत्कृष्ट नाट्यरचनाको जन्म हुन्छ । एउटा उत्कृष्ट नाटकको स्तरलाई नाप्ने अन्तिम कसी भनेको रङ्गमञ्च नै हो ।
रुपवादी, कलावादी र स्वच्छन्दतावादीहरुले भने जस्तै साहित्य लालित्यपूर्ण र उन्मुक्त प्रकृतिको कलाकरण होइन । नाटकको रचनाको अन्तिम विषयवस्तु भनेका मानवसमाजको क्रियाकलापहरु नै हुन्, जो श्रमसौन्दर्यसित अभिन्न रुपमा जोडिएको हुन्छ । त्यसैले सामाजिक यथार्थको गतिशील रुप र अन्तर्वस्तुको संयोजन नाटकमा आवश्यक हुन्छ । कुनै पनि लेखकको कल्पना र प्रकृति, समाज र मानवजीवनका घटनाक्रमसँग जोडिएको हुन्छ । शेक्सपियरले राजतन्त्रात्मक समाजलाई नाट्यकरण गरेका छन् भने गोपालप्रसाद रिमालले निरङ्कुशताबाट प्रजातन्त्रतिर सङ्क्रमित नेपाली समाजको चित्रण गर्दै यथार्थवादी नाट्य परम्परालाई अगाडि बडाएका हुन् । रिमालको यस यथार्थवादी नाट्यपरम्पराले प्रगतिवादी नाट्यलेखनको पूर्वपीठिकाको आधारभूमि तयार पारेको हो ।
महान् नेपाली जनयुद्धले राजनीतिक क्रान्ति मात्र नभई यसले प्रगतिवादी साहित्यकलामा नयाँ विषयवस्तु प्रदान ग¥यो । सामन्तवादका विरुद्ध जनताको विद्रोह र प्रतिरोध, प्रतिक्रियावादीहरुको नरसंहारकारी अभियान, सामूहिक हत्याकाण्ड तथा चरम यातना, जनता, योद्धा र नेताहरुको त्याग, तपस्या र बलिदान नाटकका विषयवस्तु बने । विभिन्न समयान्तरमा लेखिएका नाट्यसिर्जनाले जनतालको मुक्तिका निम्ति वर्गसंघर्षको पक्षपोषण गरेका छन् । अर्कोतिर कृतिमा समेटिएका नाटककारहरुको नाटयसिर्जना बजार मूल्यलाई होइन कि वैचारिक एवम् नाटकीय मूल्यलाई प्राथमिकतामा राखिएको छ । मालेमावादी सौन्दर्य चिन्तन यसको साझा अन्तर्वस्तु हो ।
यसैगरी “युग उचाल्ने अक्षरकर्मीको अवसान” कृतिमा समेटिएका नाटककारका पात्रहरुले नेपाली समाजको सबैभन्दा उत्कर्षको वर्गसङ्घर्षको प्रक्रियामा देखिएका त्याग, तपस्या र बलिदानका उच्च कीर्तिमानहरुलाई सुन्दर ढङ्गले नाटकीकरण गरेका छन् । नेपाली प्रगतिवादी एकाङ्की नाटकको क्षेत्रमा नवीनतम प्रयोगहरु मात्र भएका छैनन्, युद्धको जीवन भोगेका नाटककारहरुले लेखन तथा मञ्चनका दृष्टिले नाट्यविधालाई समृद्धसमेत बनाएका छन् ।
एकाङ्की भन्नाले एक अंक भएको नाटक हो । एकाङ्कीमा एउटै मात्र अंक हुन्छ । नाटकमा भने विभिन्न अंकहरु हुन्छन् । एकाङ्कीलाई विभिन्न अंकमा लेख्दा नाटक हुँदैन । फेरी नाटकलाई एक अंकमा लेख्दा एकाङ्की हुदैन । नाटकको आफ्नै व्यक्तित्व हुन्छ । एकाङ्कीको आफ्नै अस्तित्व हुन्छ । एकाङ्कीमा एउटै कार्य हुन्छ । अर्को शब्दमा, एकाङ्कीमा एउटै उद्देश्य हुन्छ । एकाङ्कीमा एउटै मात्र स्थिति हुन्छ । यसैबाट एकाङ्कीको स्वरुप र माध्यमको कठोर नियन्त्रणले गर्दा एउटै घटना वा स्थितिमा एकाङ्कीले विकसित रुप लिन्छ । (थापा, २०४९; १००) एकाङ्कीमा जीवनको एउटै पक्षको चित्रण हुन्छ, एउटै तथ्यको उद्घाटन हुन्छ र एउटै सत्यको विश्लेषण हुन्छ । नाटकमा भने जीवनका विभिन्न पक्षको बहुलता हुन्छ, विभिन्न तथ्यको विविधता हुन्छ र विभिन्न सत्यको अनेकरुपता हुन्छ । नाटकमा विषयको विशुद्धता हुन्छ । कार्यको व्यापकता र घटनाको विस्तृतता हुन्छ । एकाङ्कीमा विषयको एकोन्मुखता कार्यको तीव्रता र उद्देश्यको सूक्ष्मता हुन्छ । नाटककार समका आधारमा एकाङ्कीमा एउटै विषय, एउटै समय र एउटै अंकका दृश्य हुनु आवश्यक छ । एक र अनेकमा जति टुक्रा पनि हुन सक्छन्, तर एकमा एकचोटि पनि नटुटेको सिंगो हुनुपर्छ, छोटो, सानो भए पनि । (थापा, २०४७; १०१)
एकाङ्की नाटक साहित्यको दृश्यात्मक विधा हो । वस्तुतः यो विधा नाटकबाटै विकसित भएकाले यसले नाटकसित निकटको सम्वन्ध राखेको छ । त्यसैले त्यही सन्निकट सम्वन्धकै आधारमा सामान्य बोलीचालीको भाषामा एकाङ्कीलाई पनि नाटक नै भनेर सम्वोधन गर्ने गरिएको छ । नाटक र एकाङ्कीमा सैद्धान्तिक भेद छ । नाटकबाट एकाङ्कीको पूर्ण विकास भएपछि अंक संख्याका आधारमा यहाँ दुई वर्गको विभाजन भएको हो । भेद व्याख्या गर्ने क्रममा एउटा मात्र अंक भएको एकाङ्की नाटक र एकभन्दा बढी अंक भएको पूर्णाङ्की नाटक भनियो । वास्तवमा यी दुवैका बीचमा नाट्यकलामा रहेको पृथकबाट नै यी दुईले भिन्नभिन्न नाम पाएका हुन् । बोलीचालीको भाषामा नाटक पदावलीले दुवैलाई बुझाउने गरेको पाइए पनि यी दुवैको प्रस्तुतिकलामा निकै भिन्नता छ । साहित्यका विधागत दृष्टिले यी दुवै समस्तरीय र छुट्टाछुट्टै विधा हुन, यद्यपि यिनीहरुमा समधर्मिताको मात्रा पनि निकै छ । नेपालमा यसबारे विभिन्न कोणबाट केही मात्रामा लेखन योजना त अगाडि बढेको छ तर यसको मूल्यलाई गहिरो गरी आत्मसात् गरेर अध्ययन, लेखन तथा विश्लेषणको काम न्यून रहेको छ । नेपाली जनताको आवश्यकता र नेपाली समाजको चेतनाको स्तरमुताविक नेपाली एकाङ्की नाटक यस्तो हुनुपर्छ भनेर आधिकारिक मानक अभिलेखसम्म तय गरिएकै छैन । यो विधाको विधागत संरचनाबारे गहन प्रयास पनि भएको छैन । यसको सिर्जनामा स्रष्टाले ध्यान दिनुपर्ने कुराहरुका बारेमा यथेष्ट एवं प्रभावकारी बहस, अध्ययन–अनुसन्धान एवं सही विश्लेषणको आवश्यकता छ । निश्चय नै साहित्यका अन्य विधाहरुमा झै एकाङ्की नाटकमा पनि सर्जकको सिर्जनशीलता, उसको सोचाइ र विचारको समृद्धीकरणमा पु¥याउने योगदान निर्भर रहेको हुन्छ, जुन अत्यन्त स्वाभाविक हो । साहित्यका अन्य विधामा जस्तो नाट्यविधामा पढेर, आलोचना गरेर मात्र पुग्दैन । दृश्यबाट मात्र यसको स्तरीकरणको मापन गर्न सकिन्छ । यद्दपि एकाङ्की नाटकको अध्ययन गरेर त्यसको विचारधारात्मक मापन गर्न सकिए पनि त्यसको गहिराइमा पुग्न भने असम्भव छ ।
आजसम्म यसको पठनद्धारा गहिराइ नभेट्टाउनु यसको ठोस प्रमाण हो । सबै विधाहरुका आ–आफ्नै पहिचान हुन्छन् । सबै विधाका आ–आफ्ना पहिचानका चरित्रहरु हुन्छन् । नाटकको पनि आफ्नै पृथक चरित्र रहेको छ । अन्य विधाभन्दा पृथक पहिचान नै यसको दृश्यात्मकता हो । नाटक लेखिँदैन, यसमा त वातावरण मात्र मिलाइन्छ । यो विधामा रंगञ्चको महत्व निकै माथि रहेको जोकोहीलाई पनि सहजै बोध हुने विषय हो । यो दृश्य विधा हो । त्यसैले यो पठनीयभन्दा पनि दर्शनीय हुन्छ । यसर्थ, एकाङ्कीको विकास, विस्तार र प्रवद्र्धनका निमित्त यसको सैद्धान्तिक पक्षको गहिरो अध्ययन गर्नु अपरिहार्य छ ।
आधुनिक कालमा दुःखान्त र सुखान्त दुवैको उद्देश्य हो, समाजको भव्यत्तर वा हीनत्तर यथार्थ चित्रण गर्नु । तर, नाटककारले प्रस्तुत गर्न खोजेको विषयअनुसार कुनै नाटकको उद्देश्य नैतिक सन्देश दिनु, समाज सुधार गर्नु वा जीवनको जस्ताको तस्तै रुप देखाउनु र व्यङग्य गर्नु वा मनोविकृतिले ग्रस्त नरनारीको समस्यालाई अघि सार्नु इत्यादि हुन सक्छ । वास्तवमा जीवनको कुनै अङ्ग विशेषमा देखिने असंगति, असन्तुष्टि वा यस्तै केही न केही त्रुटिलाई लिएर नाटक लेखिन्छ । प्रचारात्मक नाटकको कुरा छाडिदिऊँ भने यस्तो स्थितिमा समस्यातर्फ दर्शकको ध्यान आकर्षित मात्र गरिदिनु वा समाधानको बाटोतर्फ दर्शकलाई शान गरिदिनु आधुनिक नाटकको उद्देश्य हो भन्न सकिन्छ । (उपाध्याय, २०४९; १०८)
एकाङ्कीमा केवल एउटै भावना अथवा समवेदनाको कलात्मक प्रभावात्मक प्रस्तुति हुनु आवश्यक छ । यसरी अन्वितिको निर्वाहमा मात्र एकाङ्कीमा गत्यात्मकता र तीव्रताको प्रार्दुभाव हुन्छ । बालकृष्ण समले एकाङ्कीको गतिसँग घोडादौडको गतिको तुलना गरेका छन् । उनी भन्छन– यो घोडादौडको एक दौड जस्तो हो, जसमा विश्राम हुनुहुदैन, जसलाई दर्शकहरु सासको गति रोकेर भनेजस्तो, आँखा झिमिक्क नगरेर भनेजस्तो हेर्छन, दौडको बीचमा उनीहरु जति कराउँछन्, उनका मस्तिष्क अवाक रहन्छन् । खेलको छिनोफानो भएपछि मात्र ती संदिग्धको बाँधबाट खस्छन् अनि खुकुलो भएर बगैँचामा जस्तो कुरा गर्छन् । (थापा, २०४७; १०१)
एकाङ्कीमा घटना, विषय र चरित्रको विस्तार हुँदैन । तिनीहरुको केवल एक छेउ हुन्छ । एकाङ्कीमा असम्वद्ध प्रसंग, अप्रासंगिक घटना र निरर्थक पात्रको जमघट हुनु हुँदैन । कठोरत्तम अनुशासनको पालना गर्नुपर्ने हुनाले एकाङ्कीकारले एकाङ्कीको संलग्नता र उद्देश्योन्मुखतामा ध्यान दिनु आवश्यक छ । यसरी एकाङ्कीमा घटना, विषय र चरित्रको विस्तार नभएर केवल जीवनको एउटै पक्षको चित्रण अथवा जीवन्त क्षणको प्रस्तुति हुन्छ । हिन्दीका विद्वान डा.नगेन्द्रको शब्दमा– “एकाङ्कीमा हामी जीवनको क्रमबद्ध विवेचना नभएर, त्यसको एक पक्ष, एक महत्वपूर्ण घटना, एक विशेष परिस्थिति अथवा एक उद्दिप्त क्षणको चित्रण पाउँछौ ।” यसको लागि एकाङ्कीकारमा कठोरत्तम संयम हुनुपर्छ । एकाङ्कीको उद्देश्य, प्रभाव, परिस्थितिको अन्वितिमा जोड दिनुपर्दछ ।
कथामा जीवनको खण्डविशेष उपस्थापना गरिएझैँ नाटकको तुलनामा एकाङ्कीमा एक अंश विशेषको इतिवृति हुन्छ । प्रभाव, उद्देश्य र वस्तुमा एकता तथा आयाममा लघुता हुन्छ । (उपाध्याय, २०४९; २२३)
“यसमा एउटै विषय, एउटै समय र एउटै अंकका दृश्य हुन आवश्यक छ । एक र अनेकमा जति टुक्रा पनि हुन सक्दछ, तर एकमा एक चोटी पनि नटुटेको सिङ्गो हुनुपर्दछ छोटो, सानो भए पनि । यो घोडदौडको एक दौड जस्तो हो, जसमा विश्राम हुनु हुँदैन । जसलाई दर्शकहरु सासको गति रोकेर भनेजस्तो, आँखा झिम नगरेर भनेजस्तो हेर्छन्, दौडको बीचमा उनीहरु जति कराउँछन, उनका मस्तिष्क अवाक् रहन्छन्, खेलको छिनाफाना भएपछि अथावा खेल खतम भएपछि मात्र ती सन्दिग्धको बाँधबाट खुस्कन्छन् अनि खुकुलो भएर बगैँचामा जस्तो कुरा गर्न थाल्छन् । यसमा दृश्यको अन्त्य नै पूर्णविराम हो, जसमा एक कथानक वाक्य टुङ्गीन्छ । एकाङ्की नाटकको रस बेग्लै छ– जुन एकाग्रचितले मात्र पिइन्छ ।” (थापा, २०४७; १०६)
एकाङ्कीमा पनि नाटकका सरह निम्नलिखित तत्व छन्– कथानक, पात्र, वातावरण, संवाद, भाषाशैली र उद्देश्य ।
एकाङ्कीको विकासका पनि मुख्यतः तीन चरण छन्– आरम्भ अथवा उद्घाटन, विकास अथवा सङ्गर्ष र नाटकीय स्थल, अन्त अथवा चरमसीमा र अन्तिम अवस्था । नाटकमा झैं एकाङ्कीमा घटनाको विस्तार र पताकाप्रकरीको अभाव रहन्छ । हिन्दीका प्रसिद्ध एकाङ्कीकार डा.रामकुमार वर्माका मतमा एकाङ्कीको प्रत्येक घटना कोपिलाझैं फुटेर फूलभैm विकसित हुन्छ । यसमा लहराझैं फैलिने उच्छृङ्खलता हुँदैन । एकाङ्कीमा प्रारम्भ एकाएक हुने हुँदा प्रायः दर्शक र पाठक अलमलिने गर्छन्, तर यो सबै सामाजिक कथावस्तु लिएका नाटकहरुमा पनि कुरा हो । कथानकको विकास अकस्मात् हुने हुँदा संघर्ष, कुतूहल एवम् चरम सीमामा छिटै आएको पनि हामी पाउँछौ । केही एकाङ्की चरम सीमामा नै अन्त भएको पनि पाइनेछन् र केही एकाङ्कीमा भने चरम सीमापछि पनि अन्तिम अवस्था आउन समय लाग्नेछ । संघर्ष र कौतूहल कथानकका महत्वपूर्ण विशेषता हुन् । यी दुई यस्ता तत्व हुन्, जसको अभावमा एकाङ्की निष्प्राण हुन्छन् । यी तत्वमध्य निम्न लिखित तत्वहरुको मात्र यहाँ चर्चा गरिएको छ ।
३.१. कथावस्तुः
विभिन्न घटनाहरुको समुचित र सन्तुलित प्रस्तुति नै कथावस्तु हो । घटनाहरुको श्रृंखलावद्धता र सुसंवद्धता हुँदैन । तर, कथावस्तुमा घटनाहरुको सुनियोजित गठन र गुम्फन हुन्छ । अर्को शब्दमा कथावस्तुमा कलात्मकता र सुसंवद्धता हुन्छ ।
कथानकका लागि कथावस्तु कुनै पनि क्षेत्रबाट लिन सकिन्छ– इतिहास, पुराणबाट, शासक र शासित, धनी र गरीबका बीचको द्वन्द्व सम्पन्न र विपन्न दैनिक जीवनमा घटेका घटनाहरु । विभिन्न स्रोतबाट लिइएका कथावस्तुलाई एकाङ्कीकारले आफ्नै ढंगले सजाउँछ । केही समीक्षक कथावस्तु र कथानकलाई छुट्याई दुई भिन्न तत्व मान्छन् । कथावस्तु एकाङ्कीकारले एकाङ्की रचनाका निम्ति चुनेको घटनाको क्रमबद्ध रुप हो भने कथानक त्यसैको उसले संयोजित गरेको आफ्नो आयोजना रुप हो । कथानकमा घटनाको क्रमबद्धता हुनुपर्दछ भन्ने केही छैन ।
एकाङ्कीमा संक्षिप्त, सक्रियता र तीब्रता हुने हुनाले एकाङ्कीको अवस्थालाई पूर्णाङ्की नाटकमा जस्तो व्यापक र विस्तृत रुप दिन मिल्दैन । यस आधारमा एकाङ्कीको कथावस्तुमा छिटोछरितोपन हुनु अत्यावश्यक छ । यस पृष्ठभूमिमा प्रारम्भ, विकास र अन्त्य वा चरमोत्कर्षको रुपमा एकाङ्कीको कथावस्तुको विभाजन गर्न सकिन्छ । प्रारम्भ, विकास र अन्त्यको अवस्थालाई क्रमशः विश्लेषण, परिस्थिति र उद्घाटनको रुपमा पनि विश्लेषण गर्न सकिन्छ । (थापा, २०४७; १०४)
(क) प्रारम्भः
प्रारम्भ अवस्थामा एकाङ्कीको मूल पात्र र उद्देश्यको चिनारी हुन्छ । अर्को शब्दमा एकाङ्कीको कथा र कथ्यको आधारभूमिको रुपमा प्रारम्भ अवस्थाको प्रस्तुति भएको हुन्छ । आधारशिलाको रुपमा रहेको प्रारम्भावस्था एकाङ्कीको संरचना हुन्छ । यसैलाई विश्लेषणको रुपमा विवेचना गर्न सकिन्छ ।
प्रारम्भ उत्सुकतापूर्ण स्थितिमा प्रस्तुत हुनु आवश्यक छ । उत्सुकतापूर्ण र कौतुहलपूर्ण प्रारम्भ भएन भने एकाङ्की प्रभावकारी हुँदैन । प्रभावकारी आरम्भ भएन भने एकाङ्कीले वा पाठकको ध्यानाकर्षण गर्न सक्दैन । नाट्य गति तीव्र हुन सक्दैन । परिणाम स्वरुप पात्र र दर्शकको बीच तादाम्यभाव स्थापित हुन सक्दैन । यसमा मूलतः एकाङ्कीको आरम्भ बीज, बिन्दू, यत्न र उत्सुकतापूर्ण हुनुपर्छ भन्ने भावना अभिव्यक्त भएको पाइन्छ ।
उत्सुकतापूर्ण आरम्भका लागि आकस्मिक र अप्रत्याशित रुपमा एकाङ्की शुरु हुनु आवश्यक छ । एकाङ्कीमा द्वन्दात्मकताको समावेशले गर्दा पनि उत्सुकता र आकस्मिकताको लागि सबल आधार प्रदान गर्दछ । यसमा आन्तरिक द्वन्द्वको महत्वपूर्ण भूमिका हुन्छ । यसले गर्दा एकाङ्की रोचक र आकर्षक हुन्छ साथै कौतुहलपूर्ण पनि हुन्छ । क्रमबद्ध रुपमा प्रारम्भबाटै प्रारम्भ गरेर अन्तमा नै अन्त गर्दा कथानकमा आकर्षणको अभाव रहन्छ । यस कारण एकाङ्कीकार घटनालाई आफ्नै ढंगमा सजाउँछन् । यसमा कथामा झै घटनालाई कार्य–कारण श्रृंखलामा बाँधेर कथानकको विकास हुन्छ । यसको प्रारम्भ अकस्मात् हुन्छ र कुनै एउटै मात्र मुख्य विषयलाई लिएर यो अगाडि बढ्छ । एकाङ्कीकार हृदयचन्द्र प्रधानको भनाइमा एकाङ्कीको कथावस्तु शुरुदेखि नै प्रभावपूर्ण ढंगमा एकाएक हुरी उठेजस्तो उठेको हुनुपर्दछ ।
(ख) विकासः
विकासको अवस्था विभिन्न घटना र क्रियाकलाप तीब्रतर स्थितिमा पुग्दछ । पात्रमा रहेका द्वन्द्वात्मक स्थिति गतिमान हुन्छ । अर्को शब्दमा घटनाको क्रिया–प्रतिक्रिया हुन्छ । विभिन्न स्थापनाको द्वन्द्व– प्रतिद्वन्द्व हुन्छ र भावनाको घात–प्रतिघात हुन्छ । (थापा, २०४७; १०६)
संक्षेपमा एकाङ्कीको यस अवस्थामा घोडाको श्वासप्रश्वास तीब्र गतिमा चलिरहने र दर्शकहरुको चेतना र संवेदना उद्दीप्त अवस्थामा पुग्दछ । विभिन्न क्रिया–प्रतिक्रिया, द्वन्द्व प्रतिद्वन्द्व र घात– प्रतिघातले गर्दा यसै अवस्थामा एकाङ्की उत्सुकता र कौतुहलताको तीव्रतर स्थितिमा पुग्दछ । विकासावस्था एकाङ्कीको यस्तो एउटा मोड हो, जहाँ प्राप्ति–अप्राप्ति, सुख–दुःख, आशा–निराशा आदिको द्वन्द्वात्मक स्थिति हुन्छ । यसैलाई परिस्थितिको रुपमा लिन सकिन्छ ।
(ग) अन्त्यः
अस अवस्थामा एकाङ्कीको क्रियाकलाप वा घटना तीब्रतम स्थितिमा पुग्दछ । अर्को शब्दमा द्वन्द्वात्मक स्थिति उत्कर्षतामा पुगेर टुङ्गिन्छ । यो घोडा दौडको अन्तिम लक्ष्यस्थल हो । अन्तिम लक्ष्यस्थल पुगेपछि पनि घोडाको शारीरिक र मानसिक स्थिति तनावपूर्ण नै रहन्छ । घोडामा सवार हुने व्यक्तिकै रुपमा दर्शक वा पाठकलाई लिन सकिन्छ । यस स्थितिमा घोडामा सवार हुने व्यक्तिको शरीर मनस्थिति पनि चनावपूर्ण र उत्तेजनापूर्ण हुन्छ । यस्तै एकाङ्कीको आस्वादनपछि पनि दर्शक वा पाठकको सचेतना र सम्वेदनाका साथै जिज्ञासावृत्ति पनि उद्दीप्त अवस्थामै हुन्छ । यस्तो स्थिति सिर्जना हुनु एकाङ्कीको सफलता हो । यस अवस्थामा एकाङ्कीको सम्पूर्ण रुप प्रकट हुन्छ । यस दृष्टिले यस अवस्थालाई उद्घाटनको रुपमा विश्लेषण गर्न सकिन्छ । (थापा, २०४७; १०७)
३.२. पात्र
पात्र एकाङ्कीको दोस्रो महत्वपूर्ण तत्वका रुपमा स्वीकारिन्छ । एकाङ्कीमा प्राणी–अप्राणी, मानवीय, अमानवीय (मानवेत्तर) महिला, पुरुष जस्ता पात्रको प्रयोग हुन्छ । एकाङ्कीमा थोरै तर आवश्यक मात्र पात्र हुन जरुरी हुन्छ । थोरै पात्रको समावेशले एकाङ्कीलाई आवश्यक संक्षिप्तता, पारिमितता र गतिशिलता प्रदान गर्दछ । एकाङ्कीमा समावेश भएका पात्रले कथालाई गतिशील बनाउँछ । यसले एकोन्मुखतासँग सम्वद्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनुपर्छ । मूल कथालाई प्रवाहपूर्ण र प्रभावपूर्ण नबनाउने पात्र एकाङ्कीको दृष्टिले अनावश्यक हुन्छ ।
एकाङ्कीमा चारपाँच पात्रभन्दा बढी हुनु हुदैन । त्यसमा दुई प्रमुख पात्र र अरु दुईतीन जना गौण पात्र भए यथेष्ट हुन्छ । गौण पात्र एकाङ्कीमा मूल पात्र र कथासँग सम्वन्धित हुनुपर्छ । मूलपात्रको चरित्रमा प्रकाश पार्न र कथालाई विकसित गर्नमा गौण पात्रको भूमिका हुनु आवश्यक छ । (थापा, २०४७; १०९)
रङ्गमञ्चमा पात्रहरुको ठूलो भीड खडा गर्नु उचित होइन । फेरि धेरै पात्र–पात्रा भएमा चरित्र–चित्रण राम्रो गरी हुन सक्दैन र दर्शकलाई पनि अनेक पात्रहरुको संख्या सकेसम्म कम हुनुपर्छ । वास्तवमा मुख्य पात्रपात्रा पाँचमा नबढाई राखिएमा चरित्रहरुको विकास राम्रो गरी देखाउन सकिन्छ । त्यस्तै अल्पसंख्यक चरित्र भएको नाटक अभिनयको लागि पनि सुविधाजनक हुन्छ र प्रभावशाली पनि हुन्छ । (उपाध्याय, २०४९; १०४)
एकाङ्कीमा मूल पात्र र सहायक पात्र हुन्छन् भने सहायक पात्रको सहायताका लागि गौण पात्रको प्रयोग गर्न पनि सकिन्छ । मूल पात्र पुरुष र नारी दुवै हुन सक्छन् । पुरुष पात्रले पुरुषको भूमिका निर्वाह गर्दछ र महिला पात्रले महिलाको भूमिका निभाएको हुन्छ । एकाङ्कीका चरित्र कथानकका अनुसार कल्पित हुन सक्छन् । तर, सर्वदा चरित्राकंन गर्दा स्वाभाविकता एवं सजीवता ल्याउने प्रयास लेखकको हुन्छ । लेखक आजको भएकोले जस्तै पुरानो कथानक भए पनि आजका मान्छेको चरित्रको गन्ध ती पुराना पात्रमा पाइन्छ । आजका एकाङ्कीकारले राम, सीता, जनक, पृथ्वीनारायण शाहजस्ता ऐतिहासिक पुरुषहरुको चरित्रचित्रण गर्दा आजकै मान्छेका विशेषताहरुको केही अंश तिनमा पनि राख्छन । आजको युगमा मानिसका बाह्य क्रियाकलापभन्दा पनि मानिसको मनमा उठेको घात–प्रतिघात, आशा–निराशा, उद्वेलन र संघर्षलाई देखाउने चेष्टा गरिन्छ । यसप्रकार आजका एकाङ्की निकै गम्भीर बनेका छन् र दृश्यभन्दा पाठ्य भएका छन् ।
नाटकमा मुख्य चरित्र बढीमा तीन हुनु र सहायक चरित्र पनि पाँच–छ भन्दा बढी नहुनु राम्रो हो । यस्तो भएमा चरित्रचित्रण राम्ररी हुन सक्छ । (उपाध्याय, २०४९; ९५)
एकाङ्कीमा नायक र प्रतिनायक पनि हुन्छन् । तर विषयवस्तुअनुरुप पात्रहरुको छनोट हुन्छ । एकाङ्कीका पात्र रंगमञ्चमा देखिंदा अनावश्यक रुपमा देखिंदैनन्, आफ्नो जीवनका आकर्षक क्षणमा मात्र देखिन्छन् । पात्रहरुका कार्यहरुको एकता त आवश्यक नै छ । पात्रको स्वभाव र कार्यमा समन्वय होस् । प्रत्येक कार्यको कारण हुनुपर्छ । पात्रलाई खेल्न र बग्न दिनु संयोगवश कुनै काम गर्न दिनु र अवान्तर प्रसंग वा घटनामा जान दिनु यहाँ सम्भव छैन । एउटै परिस्थितिमा विभिन्न व्यक्तिको चरित्रमा विभिन्नता हुन्छ र यसैमा सबैको चरित्र स्पष्ट हुन्छ । चरित्रविना एकाङ्की पूरा हुँदैन, चरित्र नै यसको महत्वपूर्ण तत्व र यो चरित्र जस्तो पनि हुन सक्छ । हुनुपर्ने कुरा यति हो– चरित्रमा स्वाभाविकता, सम्भाव्यता र विशिष्टता हुनुपर्छ । आजको युग अन्तरराष्ट्रिय सहअस्थित्व र विश्व भ्रातृत्वको युग हो । अतः यस युगका रचनालाई देशकालको संकीर्णतामा बाँध्नु अनुचित हो तापनि भाषाविशेषमा जातिविशेषले रचेका कृतिमा आफ्नोपन हुनु जाति हो भन्नु अन्याय हुने छैन ।
३.३. वातावरणः
साहित्य र समाजको अविभाज्य सम्वन्ध हुन्छ । साहित्य मानव जीवनको सबल अभिव्यक्ति हो । अभिव्यक्तिको आधारभूमि मानव समाज हो । यसरी साहित्य मानिसजस्तै समाजमा जन्मन्छ र समाज पनि मानव जीवनजस्तै साहित्यमै हुर्कन्छ । यसप्रकार साहित्यको आफ्नै आधारभूमि हुन्छ । भौतिक र मानसिक आधारभूमि नै वातावरण हो । अर्को शब्दमा वातावरण भनेको नै देशकाल हो । साहित्यको एउटा विधाको रुपमा रहेको एकाङ्कीको पनि देशकाल वा वातावरण हुन्छ । जसरी मानव जातिको देशकाल हुन्छ, त्यसरी नै एकाङ्कीको पनि आफ्नै देशकाल हुन्छ । यसै पृष्ठभूमिमा एकाङ्कीको लागि प्रयुक्त हुने वातावरण एकाङ्कीको समाजिकता र मानसिकताको अनुकूल हुन आवश्यक छ । वातावरण अनुसार एकाङ्कीको संरचना भएन भने एकाङ्की सहज र सरल हुँदैन । दर्शक वा पाठकको एकाङ्कीका पात्रहरुसँग तादाम्य भाव स्थापित गर्न सक्दैन । यसरी एकाङ्कीमा प्रयुक्त वेशभूषा, भाषा, अभिव्यक्ति, परिस्थिति र मनस्थिति प्रस्तुत गरिएको वातावरण अनुकूल हुनु आवश्यक छ । एकाङ्कीमा बाह्य र आन्तरिक वातावरणको प्रयोग हुन्छ ।
घटना, मानसिकता र वातावरणको घुलनबाटै जीवनजगत गतिशील, परिवर्तनशील रहेको हुन्छ । त्यसैले वातावरणको सजीव निर्वाहबिना कथानक सफल हुन सक्दैन । साथै एकाङ्की अभिनय गरिने साहित्यिक विधा भएकाले कथानकमा मात्र वातावरणको उपयुक्त निर्वाह हुन आवश्यक छ । एकाङ्कीमा वातावरणको ठूलो महत्व भए तापनि नाटक र एकाङ्कीकारलाई कथा र उपन्यासकारले चाहेजस्तो वातावरणको विस्तृत सिर्जना सम्भव हुँदैन ।
नाटकमा देशविशेष, कालविशेष र वातावरण विशेषको चित्रलाई प्रस्तुत गरिन्छ । यी नाटकको प्रत्यङ्कनमा वास्तविकता र औचित्यको पालन आवश्यक छ । हरेक देशको आफ्नै प्रकृति हुन्छ । हरेक कालको आफ्नै रीति–नीति हुन्छ र हरेक वातावरणको आफ्नै विशेषता हुन्छ । (उपाध्याय, २०४९; १०५)
एकाङ्कीको अनुरुप वातावरण विश्वसनीय बनाउनका लागि त्रयान्वितिको निर्वाहले एकाङ्कीमा वाञ्छित प्रभाव पार्न सक्छ । त्रयान्विति भनेको स्थान, समय र कार्यको क्रमबद्ध, रुप हो । स्थानान्विति भनेको एकाङ्कीको सम्पूर्ण घटना र क्रियाकलाप एउटै ठाउँमा सीमित र केन्द्रित हुनु हो । एउटा दृश्य काठमाडौंको अर्को जुम्लाको र तेस्रो विराटनगरको हुनु हुँदैन । एकाङ्कीको एउटै अंक वा दृश्य हुनुपर्छ भन्ने धारणाको अनुकूल पनि छैन । त्यस्तै एकाङ्कीमा एउटा दृश्य पाँच वर्ष अघिको र अर्को दृश्य पाँच वर्ष पछिको हुनुहुँदैन । एकाङ्कीमा एउटै समय र त्यसको निरन्तरता हुनु समन्वान्वितिको उद्देश्य हो । अलगअलग समयको अलग अलग दृश्यको प्रस्तुतिले गर्दा स्वभाविकता, विश्वसनीयता र प्रभाव समष्टिमा आघात पार्छ । यो एकाङ्कीमा एउटै दृश्य हुनुपर्छ भन्ने धारणाको प्रतिकूल पनि छ । यसरी स्थानान्वितिथ र समयान्वितिको सफल निर्वाहको परिवेश आकर्षक र सार्थक हुन्छ । (थापा, २०४७; ११८)
एकाङ्कीमा प्रतिपादित विषयको प्रस्तुति कलात्मक र प्रभावात्मक हुनुपर्छ । यसको लागि विषय प्रस्तुति अप्रत्यक्ष रुपमा हुनु आवश्यक छ । एकाङ्कीको चरित्र, घटना र परिवेश आदिको मध्यमद्वारा एकाङ्कीकारको चिन्तनधारा समुचित रुपमा प्रभाहित हुनुपर्छ । यस प्रकारको प्रस्तुतिमा कलाकारिता र प्रभावकारिता हुन्छ । यसको लागि एकाङ्कीको शिलाविधिमा पनि नवीनता र चमत्कारिताको उपयोग हुनु आवश्यक छ । नवीनता र चमत्कारिताले गर्दा एकाङ्कीको भाव–भूमि आकर्षक र सार्थक हुन्छ । साथै कलापूर्ण र प्रभावपूर्ण प्रस्तुतिले गर्दा समसामयिकतामा पनि शाश्वत मूल्यको स्थापना हुन्छ । पात्रहरुको माध्यमद्धारा जीवनप्रतिको सोचाई प्रत्यक्ष रुपमा प्रस्तुत भयो भने एकाङ्की प्रचारात्मक हुन्छ । प्रचारात्मक परिपाटीमा एकाङ्कीको संरचना भयो भने समयको क्रमसँगै एकाङ्की पनि दुर्घटनाग्रस्त हुन्छ ।
संक्षेपमा केवल संवादकै माध्यमद्वारा प्रत्यक्ष रुपमा उद्देश्य प्रस्तुत गर्दा एकाङ्कीको कथा र कथ्य चमत्कारी र प्रभावकारी हुन सक्दैन । यसैले मूल पात्रको चरित्र, प्रमुख घटना र वातावरणको माध्यमद्वारा यसको अभिव्यक्ति हुनु आवश्यक छ । एकाङ्कीले आफ्नो भाव र पक्षलाई चरित्रमा मिसाउनुपर्छ, घटनामा घटाउनुपर्छ र परिवेशमा मिलाउनुपर्छ ।
अभिनय रंगमञ्च–संकेत र संवादद्वारा पनि एकाङ्कीमा वातावरणको बोध गराइन्छ । सानो अवधिमा पूरा हुने हुँदा यसमा वातावरणको विस्तृति सम्भव छैन । एकाङ्कीकार एउटै प्रधान विषयमा रहने हुनाले यसमा बाह्य एवं आन्तरिक वातावरण संक्षेपमा देखाइन्छ । निश्चय नै पात्रहरु सीमित वातावरणमा बसेका हुन्छन् र विशेष परिस्थितिमा विशेष कार्य गर्छन् र बोल्छन् । वि.सं. २०५२ देखि २०६३ सम्मको नेपालको युद्धकालीन परिवेशमा एकाङ्कीकारले युद्धकालीन परिवेश छनोट गरेर एकाङ्कीको वातावरण छनोट गरेको देखिन्छ । एउटै प्रधान घटना, विषय स्थल र समयको आवश्यकता हुने हुँदा वातावरणको संयोजनमा एकाङ्कीकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । माथि भनेझै वातावरणमा स्थानीयताको आग्रह स्वाभाविक हो, यद्यपि सार्वभौमिकता महान् कलाको विशेषता मान्न सकिन्छ । वातावरण त्यो तत्व हो, जुन एकाङ्कीको आदिदेखि अन्तसम्म सर्वत्र व्याप्त रहन्छ– दृश्यविधान, संवाद, भेशभूषा, हाउभाउ सबैमा । सफल एकाङ्कीकारले सर्वप्रथम आफ्नो एकाङ्कीमा घटित घटना र वर्णित जीवनसँग राम्ररी परिचित हुनुपर्दछ । वातावरण योजनाको असफलताले सम्पूर्ण एकाङ्कीलाई खल्लो र अस्वाभाविक बनाउँदछ ।
३.४ शीर्षक
शीर्षकको शाब्दिक अर्थ टाउको हो । यो नाटक एकाङ्कीको शिरमा नामका रुपमा रहन्छ । यसले नाटक एकाङ्की भित्रको समग्र विषयवस्तु वा प्रमुख चरित्र आदिका बारेमा समेट्ने प्रयास गरेको हुन्छ । नेपाली नाटक एकाङ्कीहरुको शीर्षक प्रमुख पात्रका नाममा, मुख्य विषयका आधारमा र परिवेश आदिका आधारमा छनौट गरिएको पाइन्छ । शीर्षक एउटा उपयुक्त र सारगर्भित पद वा पदावलीका रुपमा रहनु आवश्यक हुन्छ । यी बाहेक नाटक एकाङ्की निर्माणका लागि संवाद, द्वन्द्व र परिच्छेद वा विश्राम आदिको समेत आवश्यकता पर्दछ ।
शीर्षक पाठको कथावस्तु, चारित्र, परिवेश आदिका आधारमा चयन गरिन्छ । नाटक र एकाङ्कीमा प्राय गरेर पात्रका आधारमा शीर्षकको नामाकरण राखिन्छ । घटनाको तार्तम्यबाट पनि शीर्षकलाई सार्थक बनाइएको हुन्छ । नाटकको शीर्षक विषयवस्तु अनुकूल रहनुपर्दछ । नाटक तथा एकाङ्कीमा पुरुष र महिला पात्रहरुको सर्वाधिक भूमिकाका आधारमा शीर्षक उसकै नाममा सुरुमै आउनु स्वभाविक देखिन्छ । मुकुन्द इन्दिरा नाटकमा आएको मुकुन्द (नाम) शब्दले पुरुष चरित्रलाई जनाउँदछ । यस नाटकमा पुरुष पात्रहरुमा सर्वाधिक भूमिका उसकै भएकाले शीर्षकमा उसको नाम सुरुमै ल्याएको देखिन्छ । त्यस्तै गरेर नारी पात्रहरुको सबैभन्दा बढी भूमिकाका आधारमा पनि शीर्षक राख्ने गरेको पाइन्छ । ‘सत्ताको खोजमा’ एकाङ्की नारी समस्यामूलक विषयवस्तुमा आधारित छ । प्रमिला नारीवादी पात्र हुन् । उनी नारीको स्वतन्त्र सहअस्तित्व अर्थात् सत्ता खोज्दछिन् भन्ने तिलकमान मार्फत् प्रमिलाको चरित्रलाई उजागर गर्न आएको अभिव्यक्ति र नारी अस्मिताका लागि आफ्नो प्राणोत्सर्ग गर्ने प्रमिलाको चरित्रले नारी सत्ता खोजेको छ । त्यसैले विषयवस्तुअनुसार एकाङ्कीको शीर्षक सार्थक देखिन्छ । (दाहाल, २०६१; ११४)
नाटक तथा एकाङ्कीको कथावस्तुले नै महत्वपूर्ण कुरा समेटेको छ भने सोकै आधारमा पनि शीर्षक चयन गरिन्छ । नाटक एकाङ्कीको शीर्षक अभिधात्मक र प्रतीकात्मक दुवै सन्दर्भमा विषयवस्तुअनुसार एकाङ्कीको शीर्षक राखेर सार्थकता देखाउने गरिन्छ । शीर्षक नाटक एकाङ्कीमा घटित घटनाक्रम र विषयवस्तुका आधारमा राखेको पनि पाइन्छ । कुनै पनि साहित्यिक कृतिको शीर्षक प्रमुख पात्रको नामबाट वा विषयवस्तुलाई प्रतिनिधित्व गराउने हिसाबले राख्ने गरेको पाइन्छ । शीर्षक विषयवस्तु अनुकूल रहेकाले शीर्षक र विषयवस्तुका बीच पर्याप्त मात्रामा अन्तः सङ्गति रहने गर्दछ । कतिपय नाटक एकाङ्कीकारहरुले सामाजिक विषयवस्तुमा आधारित शीर्षक राखेर सामाजिक समस्यालाई उजागर गरेका हुन्छन् भने मानवीय पात्र र अमानवीय (पशु) पात्रहरुलाई आधार मानेर पनि शीर्षक राखिन्छ । शीर्षकले कृतिको सम्पूर्ण घटनाक्रमलाई पूर्णतः प्रतिनिधित्व गरेको हुनुपर्दछ ।
प्रगतिवादी साहित्यकारहरुले नेपाली समाजमा सामन्तीवर्गले निम्नवर्गमाथि गर्ने आर्थिक शोषणलाई उजागर गर्ने उद्देश्यले पनि शीर्षकको चयन गर्दछन् । गरीब, सोझा, सीधा, निमुखा तथा निर्धाका सपनाहरु खोस्ने षड्यन्त्रकारी र जाली, झेली शोषक सामन्तका घृणित एवम् निन्दनीय चालबाजीलाई अत्यन्त मार्मिक रुपमा शीर्षकबाट नै छेड हान्ने किसिमका शीर्षकहरु पनि चयन गरेको देखिन्छ ।
पदावलीगत रुपमा राखिएका शीर्षकहरुले इमान्दार, साधारण र कर्तव्यनिष्ठ व्यक्तिका रुपमा उभिने ज्ञान प्राप्त, स्वाभिमानपूर्वक र संघर्षपूर्ण तरिकाले बाँच्नेशैलीलाई केन्द्रीय विषयवस्तु बनाई मानिसले संघर्षबाट चरम सन्तुष्टि प्राप्त गर्दछ भन्ने सन्देश दिने खालका शीर्षकहरु राखेर पनि नाटक एकाङ्कीका शीर्षक विषयवस्तु अनुकूल सार्थक बनाउने गरिन्छ । कुनै पनि साहित्यिक रचनाको शीर्षक विषयवस्तु र पात्र प्रतीकात्मक रुपमा राख्ने गरिन्छ । नाटक एकाङ्कीको शीर्षक प्रमुख भूमिका निर्वाह गर्ने, आदर्श स्थापना गर्ने पुरुष र नारी पात्रका आधारमा पनि राखेका छन् । “अँध्यारामा बाँच्नेहरु” एकाङ्कीको शीर्षक एकाङ्कीमा घटित विषयका आधारमा राखिएको छ । यसमा निम्न वर्गीय प्रवासी नेपालीहरुको पीडा र वेदना प्रतिविम्वित भएको छ । सोझा, निमुखा मानिसहरु प्रहरीबाट कतिसम्म यातना र दुव्र्यवयहार भोग्न बाध्य छन् भन्ने तथ्यलाई उद्घाटन गरिएको यस एकाङ्कीको शीर्षक विषयवस्तु अनुकूल रहेको देखिन्छ । (शर्मा, २०७०; ११८)


अध्याय–चार
“युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटक÷एकाङ्कीको विश्लेषण
“युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटक÷एकाङ्की संग्रहमा निम्न लिखित नाटक र एकाङ्की छन्ः
१. वादविवाद (एकाङ्की)
२. करार विवाह (एकाङ्की)
३. दर्द (एकाङ्की)
४. आधा मेरो आधा तिम्रो (एकाङ्की)
५. जस्तो मति उस्तै गति (एकाङ्की)
६. युग उचाल्ने अक्षरकर्मीको अवसान (नाटक)
७. पीडा एक भाका अनेक (एकाङ्की)
८. एकता (एकाङ्की)
९. नम्र विनम्र (एकाङ्की)
१०. नाम तिम्रो काम हाम्रो (एकाङ्की)
११. परिवर्तन (एकाङ्की)
१२. छलछाम छात्ते छ पार्टी (एकाङ्की)
१३. दाइजो (एकाङ्की)
१४. देश हराएको सूचना (एकाङ्की)
१५. परिचय (एकाङ्की)
नेपाली साहित्यको क्षेत्रमा प्रगतिवादी विचारधारमा लिएर कलम चलाउने साहित्यकार नन्दलाल आचार्यको “युग उचाल्ने अक्षरकर्मीको अवसान” नामक नाटक÷एकाङ्कीको कथानक निम्नानुसार छः–
४.१. ‘वादविवाद’ एकाङ्कीको कथानकः
ईश्वरवादी र अनिश्वरवादी बीचको स्वभाविक द्वन्द्वलाई स्थान दिँदै ईश्वरको पछि हैन कर्मका पछि लाग्नेले नै जीवनयात्रामा विजय पाउन सक्दछ भन्ने लेखकीय दृष्टि व्यक्त भएको एकाङ्की हो– वादविवाद । “वादविवाद” शीर्षक “युग उचाल्ने अक्षरकर्मीको अवसान” शीर्षकमा रचिएको एकाङ्की आचार्यको नाटक÷एकाङ्की संग्रहमा संग्रहित पहिलो एकाङ्की हो ।
४.१. (क) आरम्भः
पारिवारिक पृष्ठभूमिमा रचित प्रस्तुत वादविवाद एकाङकीले श्रीमान् र श्रीमतीमा भएको वादविवादलाई स्थान दिएको छ । एकाङ्कीको प्रारम्भमा श्रीमान मानिसको कर्मका कारण मानवीय जीवन सरल र सफल भए¬¬¬¬¬¬¬¬¬¬¬को तर्क अघि सार्छन् । भगवानको अनुकम्पाले मानिसले आफ्नो जीवनलाई सुन्दर बनाएको भनाई श्रीमतीको छ । त्यसमा बहिनीले मध्यस्थकर्ताको भूमिका खेलेकी छन् । उनको धारणाअनुसार निरर्थक विवादमा फँसेर व्यवहार नचल्ने भएकाले सार्थक व्यवहार देखाउन नङग्रा खियाउनुपर्ने, पसिना बगाउनुपर्ने भन्ने छ । यो एकाङ्कीको प्रारम्भिक भागमा श्रीमान भौतिकवादी र श्रीमती अध्यात्मवादी भएकोले भौतिकवाद र आध्यात्मवाद बीच द्वन्द्व भएको छ ।
४.१. (ख) विकासः
एकाङ्कीको मध्य कथावस्तुमा विश्वदृष्टिकोण भौतिकवादी भए पनि यसले अरु फरक दृष्टिकोण वा विचारलाई सम्मान गर्ने अवधारणा राख्छ । शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ । अहङ्कार, ईश्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । यस्तो भएमा छोटो समयमै चमत्कार भित्रिन्छ भन्ने विचारको आदानप्रदान हुँदै वादविवाद अगाडि बढेको देखिन्छ । इहलोक र परलोक सपार्न वर्तमान सपार्नुपर्छ भन्ने श्रीमानको तर्कको सट्टामा ईश्वरको साथ चाहिने कुरामा श्रीमती विश्वस्त देखिन्छन् । चराचर जगत वैज्ञानिक सिद्धान्तानुसार चलेको र अर्थोक केही भयो या हुन्छ भन्नु भनेको भ्रम मात्र भएको व्यहोरा श्रीमानको तर्कमा छ ।
यसमा एक घरपरिवारको श्रीमान, श्रीमती, बहिनी र छोरी पात्रहरु समुद्घाटन गरिएको छ । भोलिका पुस्ताका लागि त्यही धर्तीमा रहने र हिँडने पूर्वाधार आजै बनाउनु पर्छ । भविष्यका लागि विभिन्न सपना तुनेर आजको मान्छेले पाइला चालेको हुन्छ । भविष्य सपार्न वर्तमान सपार्नु पर्छ । परलोक भन्ने कुरो कल्पना हो । इहलोक र परलोक सपार्न ईश्वरको साथ चाहिन्छ । ईश्वरसँग अलौकिक शक्ति छ । यो ब्रह्माण्ड संसारलाई ईश्वरले अस्तित्ववान पारेका छन् । लालनपालन गरेका छन् । ईश्वरको कृपा हुँदा यो पनि प्रतिभाशाली हुन्छ । कर्म नगरी फल पाउने अभिलाषा राख्नु मिथ्या कुरा हो भन्ने श्रीमतीका कुरालाई श्रीमानले देवता, ईश्वर, परमेश्वर कहीँकतै छैनन् । यी मान्छेको कल्पनामै सीमित छन् । स्वर्ग–नर्कको कुरा गरेर महात्मा भनाउँदाहरुले आफ्नो प्रभुत्व जमाउन खोजेका मात्र हुन् । यी सबै प्राकृतिक नियम हुन् । प्राकृतिक तारतम्य विग्रिएपछि सबै भताभुङ्ग हुन्छ । शान्ति पाउन ईश्वरको आराधना हैन, कर्मशील बन्नुपर्छ, वर्तमानको उपासक हुनुपर्छ । सही रुपमा प्रगति गर्नका लागि प्रथमतः मानिसमा अहङ्कार, ईश्र्या, पश्चगामी र यथास्थितिवादी सोचको मृत्यु हुनुपर्छ । अनि एकदशकमै चमत्कार भित्रिन्छ भन्ने कुराको विचार आदानप्रदानबाट वादविवाद अगाडि बढेको छ ।
४.१. (ग) अन्त्यः
यस एकाङ्कीको अन्त्यमा बहिनीले हस्तक्षेपकारी भूमिका निर्वाह गरेकी छे । विना कर्म अर्थ पाइन्न । विनाअर्थ व्यवहार चल्दैन । विना व्यवहारको मानिस कहलिन गाह्रो छ । मानिस हुन पनि कर्म नै चाहिन्छ । पूर्ण स्वतन्त्र जन्मेको मानिसलाई स्वतन्त्र नै रहन दिनुपर्छ भन्ने विचार अभिव्यक्त गर्दै एकाङ्कीको अन्त्य भएको छ । अन्तमा बहिनीको हस्तक्षेपकारी भूमिकाका कारण अन्त्यहीन बहस विनाअन्त्य टुङ्गिएको छ ।
वादविवाद एकाङ्की पारिवारिक भए पनि यसले विषयवस्तु भने सामाजिक उठाएको छ । सामाजिक यस अर्थमा कि यसले हाम्रो समाजमा यगौँयुगदेखि चल्दै आएका अध्यात्मवादी र भौतिकवादी चिन्तनलाई वादविवादको रुप दिएको छ । नाटकमा श्रीमती अध्यात्मवादी चिन्तनले ग्रस्त छिन् भने श्रीमान भौतिकवादी चिन्तनबाट दीक्षित । नाटककारको उद्देश्य अध्यात्मवादी चिन्तनको सट्टा भौतिकवादी चिन्तनकै पक्षपोषण गर्नु हो । यसैले ‘वादविवाद’ मा लेखकले तुलनात्मक रुपमा भौतिकवादकै पल्ला भारी बनाएका छन् । यस नाटकमा लेखकको विश्व दृष्टिकोण भौतिकवादी भए पनि यसले अरु फरक दृष्टिकोण वा विचारलाई सम्मान गर्ने अवधारणा राख्छ । नाटकले दिन खोजेको सन्देश हो, वास्तविक स्वतन्त्रता भनेको विपक्षको विचारमाथि दमन होइन बरु सम्मान हो । नाटककारले यस नाटकमा विगतदेखि वर्तमान र भविष्यमा पनि निरन्तर चलिरहेका र चलिरहने अध्यात्मवाद र भौतिकवादबीचको वादविवादलाई तार्किक रुपमा प्रस्तुत गरेका छन् । लेखकले वादविवादलाई बडो रोचक ढंगले प्रस्तुत गरेका छन् । (साहनी, २०६७; भूमिका)
प्रस्तुत एकाङ्कीको शीर्षक वादविवाद जुराइएको छ । शीर्षकले नै द्वन्द्वात्मक अवस्थाको सङ्केत गर्दछ । श्रीमान र श्रीमती बीच भएको परिवार बाहिरको द्वन्द्वलाई कथावस्तुका रुपमा एकाङ्कीले स्वीकारेको छ । श्रीमानका तर्कहरु पेचिला छन् । श्रीमतीका तर्क एकलकाँटे छन् । मौखिक भनाभनले नै एकाङ्कीले आफ्नो आकार ग्रहण गरेको छ । यस दृष्टिबाट हेर्दा शीर्षक सार्थक देखिन्छ ।
४.२. “करार विवाह” एकाङ्कीको कथानकः
करार विवाह परम्परागत विवाह पद्धतिका विरुद्धमा लेखिएको एकाङ्की हो । यसमा आधुनिक वैज्ञानिक प्रविधिले ल्याएको विकृतिलाई देखाइएको छ । सन्तानोत्पादन र सृष्टिचक्रलाई निरन्तरता दिन मानिसले विवाह गर्छन् । यसै पृष्ठभूमिमा व्यक्तिको स्वतन्त्रताको वकालत गर्दै भाडामा सन्तान जन्माउने सोच अनुरुप प्रस्तुत करार विवाह लेखिएको हो ।
४.२. (क) आरम्भः
एकाङ्कीको प्रारम्भ भागमा अभित र सृष्टिका बीचमा विवाह मानिसको सामाजिक जीवनको एउटा अभिन्न अंग भएकोले विभिन्न व्यक्तिका सकारात्मक तथा नकारात्मक धारणा व्यक्त छ । अभित र सृष्टि बीच करार विवाहका वारेमा भएको सामाजिक संवादलाई प्रस्तुत एकाङ्की कथावस्तुका रुपमा स्वीकारेको छ । मूलतः सृष्टिलाई विवाहदर्ता प्रमाण–पत्र चाहिएको छ तर विवाह गर्नु छैन । पतिको भूमिका निर्वाह गर्न अभित सक्षम छन् तर विवाह गर्न चाहँदैनन् । एकाङ्कीको प्रारम्भिक भागमा अभित र सृष्टिको सकारात्मक र नकारात्मक धारणा बीचको द्वन्द्व भएको छ ।
४.२. (ख) विकासः
एकाङ्कीको मध्य भागमा कर्णकान्त र लक्ष्मीले जाँच विचार गरेर मात्र विवाह हुनुपर्छ । कुशलतापूर्वक जीवन सञ्चालन गर्ने हो भने विवाह अनुपम प्रेम बन्छ । प्रेम गर्ने अनि त्याग्ने प्रवृतिबाट संसारमा कोही सुखी हुदैन । पति–पत्नीमा तिलको पहाड बनाउने सोच किमार्थ राम्रो होइन भन्ने कर्णकान्तका लामा–लामा संवादबाट एकाङ्की अगाडि बढेको छ । पुण्य, लक्ष्मी र कर्णकान्त सृष्टिको इच्छा पूरा होस् भन्ने चाहन्छन् । अभितको पनि विवाह नगरी भए पनि एक सन्तान होस् भन्ने इच्छा राख्छन् । सृष्टिको नियमलाई निरन्तरता दिन विवाहबाट सम्भव भए करार विवाहबाट सम्भव गरिनुपर्छ । यसमा प्राकृतिकता र यान्त्रिकताका बीचको द्वन्द्व भएको छ ।

४.२. (ग) अन्त्यः
अन्त्य भागमा अभित र सृष्टि दुवैको करार विवाहका लागि सहमति हुन्छ । वकीलको प्रवेश भएपछि कागजपत्र तयार पारी सहीछाप गर्छन् । पुण्य र लक्ष्मी दुबैलाई एक–एक प्रति दिएर पाँच वर्षका लागि पनि पत्नी बनाएर मानसिकता बनाई एक सन्तान सृष्टिले जन्माइ दिने र बदलामा अभितले आर्थिक भार वहन गर्ने गरी सही छाप गरिन्छ र एकाङ्की टुङ्गिन्छ ।
‘करार विवाह’ आचार्यको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ भित्रको दोस्रो एकाङ्की हो । पुण्य, सृष्टि, अभित, लक्ष्मी, लक्ष्मीकान्त, कर्णकान्त जस्ता निम्न प्रकृतिका ६ जना नरनारीहरु बीच भएको संवादमा आधारित एकाङ्की हो ‘करार विवाह’ । लेखकले यस एकाङ्की मार्फत विवाहको विकृत रुप र विवाहको अवमूल्यन वा अवहेलना नगरी विवाह सम्बन्धमा गम्भीर कुरा व्यक्त गरेका छन् । विवाहका सम्बन्धमा समाजमा विभिन्न व्यक्तिहरुको फरक फरक विचारले सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेकोे हुन्छ । आधुनिक समयमा समाजमा पारपाचुकेको संख्या अत्यधिक बढ्नाले पनि विवाह करार हो भन्ने कुराको पुष्टि गर्दछ । आधुनिक समाजमा विवाहलाई कानुनले करार नमाने पनि करारका रुपमा लिन थालिएको छ भन्ने कुरा यथार्थको एक पाटोलाई नाटककारले समातेको पाइन्छ ।
करार विवाह शीर्षक नेपाली समाजमा नपचेको शीर्षक हो । हामी समस्यै–समस्यामा जेलिएर बाँचेका छौँ । यसबाट मुक्र हुने प्रयास गर्ने हिम्मत पनि छैन । मनोगत कुण्ठामा जेलिएर अग्रगमनको बाटो अवरुद्ध पार्नु मनासिव होइन । निकासमा भरमग्धुर प्रयत्न नगर्ने हो भने समस्या छ भन्नु अधोगति तर्फ मोडिनु मात्र हो । त्यस्ते प्रस्तुत एकाङ्कीले उठाएका तमाम समस्याको जरो पत्ता लगाई त्यही देखि समाधान पत्ता लगाउनुपर्छ भनेको छ । सृष्टि र अभितका आ–आफ्नै प्रकारका कथाव्यथाको टुङ्गो ५ वर्षे करार विवाहबाट सम्भव भएको छ । पुण्य, कर्णकान्त र लक्ष्मीको मनोभाव पनि सम्वोधन भएको छ । त्यस्तै जटिल युगको सरल ओखतीको रुपमा करार विवाह आएको छ । विवाहकै सेरोफेरोमा रहेर कर्णकान्तको मुखराविन्दबाट दार्शनिक विचार बाहिरिउका छन् । समस्यको दलदलबाट मुक्र पार्ने ठोस उपाय स्वरुप करार विवाह आएको हुनाले सम्पूर्ण रुपले प्रस्तुत एकाङकीको शीर्षक करार विवाह राखिनु सार्थक ठहरिन्छ ।

४.३. “दर्द” एकाङ्कीको कथानकः
एकल महिलाको संघर्षशील जीवन र दुःखबाट मुक्ति पाउने उपायस्वरुप निस्केका क्रान्तिकारी विचारलाई आधार बनाएर कसैलाई सहयोग गर्न सकिन्न भने पनि घृणा गर्न पाइन्न भन्ने लेखकीय अभिमत स्वरुप प्रस्तुत दर्द एकाङ्की लेखिएको छ ।
४.३. (क) आरम्भः
यस एकाङ्कीको प्रारम्भमा पतिले त्यागेकी मञ्जरीको दुःख दायी अवस्थाको जीवनशैली देखिन्छ । श्रीमानले त्यागेकी दुई सन्तानकी आमा मञ्जरीको कारणिक जीवनगाथालाई दर्द एकाङ्कीले आफ्नो कथावस्तु बनाएको छ । मञ्जरीलाई समाजले विना गल्तिको दोष लगाएपछि उनी गाउँ नै छाडेर अर्कै गाउँमा बसाईं सर्छिन् । त्यहाँ परिश्रम गरेर जीवन चलाइरहँदा बबलध्वज नाम गरेका स्वास्नीबाट बहिष्कृत पुरुष फेला पर्छन् । उनी समाजको हित चिताउने र व्यक्तिको सुखदुःखमा सहभागी हुने असल नियतले मञ्जरीकहाँ पुग्छन् । यस एकाङ्कीको प्रारम्भिक भागमा मञ्जरी र समाज बीचको द्वन्द्व भएको छ ।
४.३. (ख) विकासः
यस एकाङ्कीको मध्य भागमा समाज सुधारको विचारलाई प्रस्ट्याइएको छ । नारीलाई हेला गर्नु हुँदैन भन्ने बबलध्वजले एकाङ्कीमा प्रगतिशील चिन्तन व्यक्त गरेको छ । एकाङ्की रोचक देखिए पनि कृतिमा भाषाशैलीको मध्य भागले गति लिएको देखिन्छ । पात्रको अवस्था र स्थिति सुहाउँदो नाम र भाषा प्रयोग गरेको देखिदैन । एउटा पुरुषले धोका दिइसकेका कारण उनी विचलित भएर बबलध्वजका कुरालाई वेवास्था गर्छिन् । आफ्नो नियत ठीक हुँदाहुँदै पनि गलत प्रमाणित हुनुपर्दा बबलध्वज मानसिक रुपमा विक्षिप्त हुन्छन् । मध्यभागमा बबलध्वजको मानसिक द्वन्द्वबाट एकाङ्की अगाडि बढेको छ ।
४.३. (ग) अन्त्यः
यस एकाङ्कीको अन्त्यमा छोराछोरीको मुखबाट बबलध्वजको बौद्धिकता र नियतको स्पष्ट संकेत पाएपछि मञ्जरीको मन पग्लेको छ र पछुतोमा परेकी छिन् । श्रमले जिउने श्रमजीवीले ठूलो महत्वाकांक्षा मनमा पाल्नु उचित छैन भन्ने मानसिकता विकसित हुँदै एकाङ्कीको अन्त्य भएको छ ।
दर्दको पर्यायवाची शब्द दुःख, पीडा, व्यथा, आदि हुन्छ । एकाङ्कीमा आएको कथावस्तुले महिलाको दर्दलाई समेटेको छ । पुरुषबाट विनाकारण गलहत्याइएकी महिला (मञ्जरी) र श्रीमतीबाट पागल भनी त्यागिदिएकी पुरुष (बबलध्वज) बीच भएको संवादबाट एकाङ्कीले सार्थक मोड लिन गएको देखिन्छ । मञ्जरीको मुखबाट पीडाको वखान सुन्न पाइन्छ । दर्द निवारणको अचुक ओखतीको रुपमा लगनशीलतापूर्वक गरिने परिश्रमलाई लिइएको छ । बबलध्वज मञ्जरीको दर्द निवारण महायात्रामा निस्कन चाहन्छन् । तर समाजका सदस्यले अर्को पोइ खोज्दै छे मञ्जरी भन्ने कुराले मञ्जरी तर्सिएकी छिन् । आफ्नो निरिहपनको धज्जी उडाउँदै निहीत स्वार्थपूर्तिमा बबलध्वज सक्रिय रहेको भान भएको कारण मञ्जरी बबलध्वजका कुरासम्म सुन्न रुचाउँदिनन् । जे होस् अन्ततिर बबलध्वज निस्वार्थी समाजसेवक भएको पुष्टि हुन्छ । यसप्रकार नारी पिडा र समाजकल्याण गर्दै हिड्ने बबलध्वजले भोग्नुरेको पीडा दुवैलाई समेटेर दर्द शीर्षक राखिनु सार्थक प्रतीत हुन्छ ।
४.४. “आधा मेरो आधा तिम्रो” एकाङ्कीको कथानकः
लैङ्गिक असमानताको जरो उखलेर समानताको जग बसाल्ने असल नियत छताछुल्ल भएको प्रस्तुत एकाङ्कीमा श्रीमान र श्रीमती दुवैको समान पहिचान सन्तानमा रहनुपर्ने कुराको वकालत गर्ने लेखकीय अभिमत प्रकट भएको छ ।
४.४. (क) आरम्भः
एकाङ्कीको प्रारम्भावस्थामा श्रीमान र श्रीमती बीचको पारिवारिक पृष्ठभूमिका गन्थन हुँदै सार्वजनिक सरोकार मुद्दामा प्रवेश भएको प्रस्तुत एकाङ्कीको कथावस्तु गहकिलो छ । झिनो कथावस्तु भए पनि गहकिलो विचार प्रस्तुत भएको छ । श्रीमान बाहिरफेरो गएर निर्धारित समयभन्दा ढिलो घर पुग्दा श्रीमती झर्कोफर्को गर्छिन् । त्यसमा पनि घरमा चाँडो खाना पकाउन लगाएर होटलमा खाना खाएको सुन्दा रिसको पारो तातिन्छ । यसरी क्रमिक घटनाक्रम हुँदै कथावस्तु अघि बढेको छ । यो एकाङ्कीको प्रारम्भमा श्रीमान श्रीमतीबीचमा द्वन्द्व भएको छ ।
४.४. (ख) विकासः
मध्यभागमा कुरा उचित भए पनि यसले पतिपत्नी बीचमा अनावश्यक द्वन्द्व बढाउन सक्ने सम्भावनालाई व्यङ्ग्यात्मक रुपले अगाडि बढाइएको छ । हाम्रो पुरुष प्रधान समाजमा छोराछोरीले आमाको होइन, बाबुको थर लिनुपर्ने र पत्नीले बाबुको होइन, पतिको थर लेख्नुपर्ने सामाजिक तथा कानूनी मान्यता छ । श्रीमान नरनाथले श्रीमतीलाई तँ त मेरा लागि तेरा बाउआमाले दान दिएकी होस् । दानमा ल्याएको कुरा त्यति अमूल्य र अनमोल हुन्न । तेरो बाउको वंश चलाउने चाहना पूरा गर्ने ठेक्का मैले लिएको छैन । चाहिँदो कुरामा मात्र गनगन गर्दा राम्रो हुन्छ । नचाहिने कुरामा गरेको गनगन ठीक हुन्न भन्ने भनाइ र श्रीमतीको प्रतिद्वन्द्वबाट एकाङ्कीले विकास लिएको छ । कानूनमा आमाको नाममा पनि नागरिकता प्राप्त गर्न सकिने व्यवस्था भएपछि छोराछोरीले आमाको नाममा नागरिकता लिँदा बाबुको नभई आमाकै थर लिनुपर्ने अवस्था आउन सक्ने समसामयिक विषय वस्तुबाट मध्यभाग अगाडि बढेको छ ।
४.४. (ग) अन्त्यः
श्रीमतीको विचारमा छोराको नाम पुष्पकमल रिचार्य राख्नु मनासिव हुन्छ । किनकि उनी रिजाल पुत्री हुन् भने श्रीमान आचार्य पुत्र हुन् । दुवैको थर मिलाउँदा रिचार्य सुहाउँदो भएको जिकिर उनको छ । श्रीमानका मनमा त्यत्रो आपत्ति केही नभए पनि समाजले नपचाउने त्रास छ । समाजले तेर्साएको तगारो तोड्ने र उभ्याएको बाँध भत्काउने मन श्रीमान श्रीमतीमा हुनुपर्छ, समाजले परिवर्तित सोचलाई सलाम गर्दछ भन्ने ठहर श्रीमतीको छ । यसरी विवाद चर्कदै जाँदा श्रीमान तल पर्दै जान्छन् र श्रीमतीको मनोभावलाई स्वीकार्दछन् । यसरी सार्थक निष्कर्षमा पुगेर एकाङ्कीको बिट मारेको छ ।
वर्तमान नेपाली समाजमा पाइने महिला र पुरुषका बीचमा पाइने भेदभावलाई विरोध गरी दुवै बीचमा समानता हुनुपर्छ भन्ने वकालत गरेको एकाङ्की हो ‘आधा मेरो आधा तिम्रो’ा लक्ष्मी (अधबैसे युवती), नरनाथ (अधबैसे युवक), रञ्जना (ठिटी), पुष्पकमल (बालक) र अन्य पात्रहरुको प्रयोग गरी विद्यालय र घरपरिवारको वातावरण उल्लेख लेखकले गरेका छन् । आचार्यले यस एकाङ्कीमा छोराछोरीले नागरिकता लिदाँ बावु आमा दुबैको नामबाट लिन सक्दा पतिपत्नीबीचमा अनावश्यक द्वन्द्व हुन सक्ने सम्भावनालाई व्यङ्ग्यात्मक पाराले प्रस्तुत गरेका छन् । हाम्रो पुरुषप्रधान मुलुकमा आमाले पतिको थर लेख्नु पर्ने र छोराछोरीले बावुको थर लेख्नुपर्छ भन्ने विचार दृष्टिकोणलाई यस एकाङ्कीमा व्यक्त गरेको देखिन्छ ।
सन्तानप्रति आमावावु उत्तिकै जिम्मेवार हुन्छन् । सन्तान जन्माउन दुवै समान सहभागिता जनाएझैं त्यसको पहिचानमा समेत उक्तिकै भूमिका हुनुपर्छ भन्ने मत अघि सारिएको छ । आन्तरिक किचलो उत्कर्षमा पुगेर मिलनविन्दु खोज्न तर्फ लक्षित भएको छ र श्रीमतीको निष्कर्षसँगै श्रीमान्ले मौन सहमती जनाएपछि एकाङकीले विश्रान्ती पाएको छ । जैविक दृष्टिकोणले हेर्दा पनि सन्तानमा दुवैका बंशानुगत गुणहरुको मेल हुने अवस्था पाइन्छ । सन्तान बाँडफाँड गर्न त पाइन्न, दुवैको संरक्षण र पालनपोषणमा सन्तानले हुर्कन पाउनु पर्छ । उसको नैसर्गिक हक छिन्ने अधिकार त कसै हुन्न हुन्न तर पहिचान दिन पाउने अधिकार भने दुवैको वरावरी हो । आफु सक्षम कसैको हस्तक्षेप स्वीकार्य हुन्न । यसरी कथावस्तुको बनावट, पात्रहरुको उपस्थिति र परिवेशको चित्रण आदिलाई मूल्यांकन गर्दा, आधा मेरो आधा तिम्रो शीर्षक राखिनु सार्थक छ ।
४.५. “जस्तो मति उस्तै गति” एकाङ्कीको कथानकः
यो आचार्यको पाँचौं एकाङ्की हो । एकले अर्काको भावनाको कदर नगर्दा हुने विभेदकारी अवस्थालाई दुरुस्त उतार्ने जमर्को स्वरुप लेखिएको प्रस्तुत एकाङ्कीमा समयलाई बुझ्ने श्रीमानका गालामा थप्पड बर्साउनु र होस् फर्काउनु लेखकीय अभिमत प्रकट भएको छ ।
४.५. (क) आरम्भः
प्रभु र प्रभा दम्पती हुन् । पुर्खेउली धनको चुरीफुरीमा प्रभुले सारा धन नष्ट पार्छ । रोक्दा रोकिँदैन । सोकेशमा सजाएको पुतलीझैं राम्री र मेरी मात्र भएर बस भनेर प्रभालाई अह्राउँछ । जागिर खाएर आफ्नालाई आपैंm कमाउनुपर्छ, पुख्र्यौली सम्पत्तिलाई मास्नु हुँदैन भन्ने प्रभाको मतलाई कुल्चेर ऊ आफ्नै मतमा अडिग हुन्छ । मेरो मत तल परेमा तिम्रो हात माथि परेको सहन्छु भन्ने वाचा गर्छ । नभन्दै एकदिन धन सकिएर विल्लीबाँठ हुन्छ । सम्पतिको बलमा पतिले पत्नीलाई दबाउनु हुँदैन । पत्नीले पनि आयआर्जन वा सम्पतिको बलमा पतिसित बदला लिने विचार राख्नु ठीक छैन । यसले गर्दा पतिपत्नीबीच सुमधुर सम्वन्ध स्थापित हुन सक्दैन भन्ने प्रभु, प्रकाश, प्रणिता र प्रपन्नाचार्यको अभिमत एकाङ्कीको प्रारम्भमा देखिन्छ ।
४.५. (ख) विकासः
श्रीमतीको कमाइमा पालिनु पर्दा श्रीमानलाई सकस पर्छ । घरको सम्पूर्ण कामकाज गर्ने जिम्मा श्रीमान प्रभुको काँधमा आउँछ । बाहिरफेरोको काम गर्ने, जागिर गर्ने काम प्रभा गर्दछिन् । काम विगारेको खण्डमा वा ढिलासुस्ती भएको समयमा प्रभुले सजाय समेत भोग्नुपर्छ । काम गर्नबाट पन्छिदा पाइने सजायबाट बच्न प्रभु पत्नीपीडित पतिहरुको संगठन खोलेर बस्छ । त्यहाँ प्रकाश प्रणिता, प्रपन्नचार्य र प्रकृतिजस्ता पात्रहरु पनि भेला हुन्छन् । मध्यभागमा महिलाले पतिका विरुद्ध कुरा गर्छन् भने पुरुषले पत्नीको विरुद्ध सवालजवाफ गर्छन् । एकाङ्कीको प्रमुख मात्र प्रभुले पनि पीडामा बाँच्नेको संख्या जति नै पत्नी पीडामा बाँच्ने पुरुषको संख्या छ । सारा पतिहरुको पीडा परपर सार्ने हो भने तन–मनदेखि फर्किनु पर्ने जस्ता लामा–लामा अभिव्यक्ति दिएको छ । श्रीमान (प्रभु) र श्रीमती (प्रभा) बीचको द्वन्द्वबाट एकाङ्कीको विकास भएको छ ।
४.५. (ग) अन्त्यः
प्रपन्नाचार्यले पति र पत्नी एउटै रथका दुई प्राङ्ग्रा हुन् । प्रयन्नाचार्य भने जान्ने–बुझ््ने व्यक्ति भएकाले समझदारीले परिवार चल्नुपर्ने विचार राख्छन् । यस्तो भनाइबाट एकाङ्कीको मध्यभाग चरम उत्कर्षमा पुगेको छ । यसरी पत्नी विरोधी र समर्थक वातचितकै सवालमा प्रभा आइपुग्छिन् । प्रपन्नाचार्यको चलाखीले दुवैका बीच समझदारी सम्भव हुन्छ र भत्कन लागेको परिवार फेरि सुदृढ भई एकाङ्की टुङ्गिन्छ ।
यो एकाङ्की नेपाली साहित्यको आधुनिक कालका प्रथम सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित ‘परालको आगो’ नामक कथासँग मिल्दोजुस्दो जस्तो देखिन्छ । यसको निष्कर्ष लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखानमा आधारित छ ।
जसले जस्तो व्यहार गर्छ ऊसँग त्यस्तै व्यवहार गरिनुपर्छ भन्ने अभिमत प्रकट गर्न जस्तो मति उस्तै गति शीर्षक जुराइएको छ । प्रभुले प्रभालाई सुरुमा सताएको छ, धन मासिएपछि उल्टै प्रभाको कमाइमा बाँच्नु परेको छ । यसरी आफू नयाँ दुलही भएर भित्रदा आफ्नो राय नमान्ने र अहिले आफ्नै कमाइमा भरपर्ने श्रीमानलाई प्रभाले पनि सताएकी छे । घरभित्रका सारा काम अह्राएकी छे । जस्तो व्यवहार गरिएको थियो, सोही अनुरुपको व्यवहार फर्काएकी छे । तसर्थ परिस्थितिलाई नियाल्दा शीर्षक सार्थक देखिन्छ ।
४.६. “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटकको कथानक
देश र जनताको पक्षमा समर्पित भएर कलमी पौरखमा बाँचेका पत्रकार तथा साहित्यकार कृष्ण सेन “इच्छुक” को जीवनको उत्तराद्र्धकालमा घटेका घटनालाई सजीवरुपमा उतारी समाजलाई खबरदारी गर्ने लेखकीय अभिमत स्वरुप प्रस्तुत नाटक लेखिएको स्पष्ट देखिन्छ ।

४.६. (क) आरम्भः
कैदी र बर्दीधारी बीचको द्वन्द्वात्मक अवस्थालाई कठोर र कारुणीक हिसावले प्रस्तुत गरिएको प्रस्तुत ऐतिहासिक नाटक हो । यहाँ प्रयोग भएका घटना सत्य छन् भने प्रयुक्त संवाद पनि सार्वजनिक भइसकेका छन् । यो त एक किसिमको संकलन र नाटकीकृत गरिएको जस्तो मात्र लाग्छ । यो नाटककार आचार्यको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक÷एकाङ्की संग्रह भित्र संग्रहित एक नाटक हो । यो नाटक तीन दृश्यमा रहेको छ । पहिलो दृश्य कृष्ण सेन ‘इच्छुक’ को जीवनमा २०५९ साल जेष्ठ ७ गते महेन्द्र पुलिस क्लवमा घटेको घटनामा आधारित छ । ठकुरी जातका बन्दी १ लाई बर्दीधारीहरुले कठोर यातना दिन्छन् । तड्पाई–तड्पाई जनताका कलमवाजलाई मार्न सके फुली पाउने गर्छन् । मालिकको इशारामा नाच्ने ती बर्दीधारीहरुमा देश र जनताप्रति कुनै जिम्मेवारीवोध छैन । मात्र सुख–सुविधा र पदोन्नतिको चाहना छ । अति नै सजाय दिएर मुर्छित अवस्थामा पारेपछि तल्ला तहका बर्दीधारीले पेनकिलर खुवाई बन्दी १ लाई केही सहज अवस्थामा फर्काउँछन् । उनलाई आत्मसमर्पण गर्न कर लगाइन्छ । उनी एकरति चुक्दैनन् । सास रहेसम्म देश र जनताको पक्षमा अभिमत जाहेर गरिरहने प्रतिबद्धता व्यक्त गरिरहन्छन् । बन्दी २ को रुपमा देखिएकी महिलाले पनि विभिन्न विद्धान्हरुको सहरा लिँदै इच्छुक (बन्दी–१) को गुणगान गाउँछन् ।
४.६. (ख) विकासः
दृश्य २ मा डोरीले पछाडि दुवै हात बाँधेर बन्दी–१ लाई उभ्याइएको छ । उनी वरपरका बर्दीधारीहरुलाई हटाइएको छ । बन्दी १ लाई चरम यातना दिइसकेको झलक स्पष्ट देखिन्छ किनभने उनका शरीर र हातखुट्टा सुनिएर विरुप देखिएका छन् । उनी विना अडेस उभिन सक्ने अवस्थामा छैनन् । घोर यातनाले उनको शरीरभित्रैबाट जलन भइरहेको जस्तो बुझिन्छ । त्यही जलन मेट्न उनी पानी मागिरहेका छन् ।
४.६. (ग) अन्त्यः
अन्तमा कठोर पाशविक यातनाले बन्दी–१ को प्राणपखेरु उड्छ । दृश्य तीनमा रातको समय छ । आर्यघाटमा बर्दीधारीहरु उभिएका छन् । सहरका मान्छेहरुको चालचुल हुँदैन । निम्न तहका बर्दीधारीका अनुहारमा निराशाका बादलहरु मडारिएको प्रष्ट आभास हुन्छ । उच्च तहका बर्दीधारीहरु भने मनमा त्रास लिएर पनि ओठमा हाँसो ल्याउने असफल प्रयत्न गरेको र सर्वत्र अनिष्ट निम्तेला जस्तो वातावरण छ । हत्त न पत्त आर्यघाट पु¥याएर दाहसंस्कार गरिन्छ । त्यसवेला नेपथ्यबाट आएको आवाजले प्रहरी प्रशासनको कर्तुतको पर्दाफास गरेको छ । त्यस्तै इच्छुकको योगदानको चर्चा समेत गरेको छ । यसरी यो नाटकले कारुणिक इतिहासलाई सम्वोधन गरेको छ । हालै खेम थपलियाद्वारा सम्पादित तथा साझा प्रकाशनद्वारा प्रकाशित प्रगतिशील नेपाली नाटक एकाङ्की नामक पुस्तकमा समेत यो नाटक सङग्रहित छ ।
नाटककार नन्दलाल आचार्यले ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ सङ्ग्रहमा सङ्ग्रहित छैटौँ नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ हो । लेखकले यही नाटकको शीर्षकबाट नै पुस्तकको नाम राखेको पाइन्छ । ऐतिहासिक वास्तविक घटनामा आधारित भएर यो नाटक लेखिएको छ । तीन ओटा दृश्यमा आधारित यस नाटकमा जनप्रिय कवि तथा कुशल पत्रकार कृष्णसेन इच्छुकलाई पुलिस क्लबमा बर्बर यातना दिएर हत्या गरिएको दर्दनाक दृश्यलाई यथार्थरुपमा चित्रण गरेर लेखिएको छ ।
नाटकको पहिलो दृश्यमा कृष्णसेन ‘इच्छुक’ को जीवनमा वि.सं. २०५९ साल जेष्ठ ७ गते महेन्द्र पुलिस क्लबमा घटेको घटना उल्लेख छ । दोस्रो दृश्यमा उनकै जीवनमा वि.सं. २०५९ साल जेष्ठ १३ गते विहानको ११ बजे सोही क्लबमा घटेको घटना उल्लेख छ । तेस्रो दृश्यमा इच्छुकको हत्यामा पश्चात् आर्यघाटमा घटेको घटनामा आधारित छ । लेखकका अनुसार उदयपुर जिल्लामा सशस्त्र द्वन्द्वको समयमा घटेको घटना चाडैँ प्रकाशन गरेको कारणबाट पक्राउ परी सप्तरी, सिराहा, जनकपुर विभिन्न स्थानमा पुलिसले चरण यातना दिँदै अन्त्यमा हत्या गरिएको मार्मिक कहानीलाई यस नाटकमा यथार्थ रुपमा उल्लेख गरिएको छ ।
इच्छुक चेतनाका संवाहको अर्को नाम हो । लाटालाई बाठो पार्ने, निधाएकालाई उठाउने र उठेकालाई दौडाउने तागत उनको कलममा थियो । उनले कविताबाटै जनक्रान्तिलाई मलजल पु¥याएका थिए । जेलभित्र रहँदा होस् बाहिर छँदा होस् उनी जनताको ढुकढुकी भएर रहिरहे । यसरी युगलाई नै सफलताको शिखरमा पु¥याएर नेपाल र नेपालीलाई धन्य–धन्य तुल्याउने सामथ्र्य भएका महान् सपुत कृष्ण सेन इच्छुकले प्रहरी प्रशासनको पाशविक जालोमा बेरिएर प्राण त्याग गर्नु परेको कथावस्तुलाई नियाल्दा युग उचाल्ने अक्षरकर्मीको अवसान शीर्षक जुराउनु सार्थक ठहरिन्छ ।
४.७. “पीडा एक भाका अनेक” एकाङ्कीको कथानकः
मानिसको चाहनाको सीमा हुन्न । थरीथरीका चाहनाको चाँङमा मान्छे, परिएको हुन्छ । कसैका चाहना परिपुर्ति गर्न सम्भव र कसैका असम्भव हुन्छन् । सम्भव र फलदायी निष्कर्षमा पुग्ने चाहनालाई पुरा गर्न सरोकारवालाहरु सचेत हुनुपर्छ भन्ने कुरामा खबरदायी गर्ने लेखकीय मनसाय प्रस्तुत एकाङ्कीमा प्रकट भएको छ ।
४.७. (क) आरम्भः
प्रस्तुत एकाङ्कीको कथावस्तु यत्रतत्र छरिएको छ । सुनसान सडक क्षणभरमै मान्छेले भरिन्छ । रक्ताम्य, कालाम्मे र हिलाम्मे सडकमा एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्न थाल्छ । संक्रमनकालीन नेपालको यथार्थ सडकमा पोखिएको हुनाले सडक मुलुकका जल्दाबल्दा समस्या हल गर्ने थलो हो । लोकतान्त्रिक गणतन्त्र स्थापित भइसक्दा पनि देश र जनताको अवस्थामा उल्लेखनीय परिवर्तन नआएको सूत्रधार, सन्तोष युवती अधवैसें आइमाईका कुराबाट एकाङ्कीको प्रारम्भ भएको छ ।
४.७. (ख) विकासः
कारण सरल र सफल जीवन विताउन पाउने चाहना सवै पात्रमा छ तर ती प्रकटीकरणका भाकाहरु भिन्न भिन्न छन् । सामन्तको षड्यन्त्रमा परेर जेलनेल खपी अहिले बेरोजगार जीवन धान्न विवश सन्तोष, बोक्सीको आरोपमा मलमुत्र कोच्याइएकी अधबैसे आइमाई दलित भएर विद्रोह गरेका आरोपमा गाउँ निकाला गरिएको युवक, दाइजो नल्याएको आरोपमा मट्टितेल खन्याएर आगो लगाइएकी युवी सबैका आ–आफ्नै प्रकारका पीडा छन् । यस भागमा वर्तमान संस्कार र कुरीतिसँग द्वन्द्व चलेको छ । त्यस्ता पीडा भएकाहरु सडकमा उभिएका छन् । एकअर्कालाई सुनाएका छन् र समाधानको प्रयत्न गरेका छन् । मध्य भागमा सन्तोषले लामा–लामा संवाद प्रयोग गर्दै सबैलाई चित्त बुझाउदै अगाडि बढाइएको छ ।
४.७. (ग) अन्त्यः
प्राप्त गणतन्त्र स्थापित भएर जनअधिकार बहाली नभएकोमा गुनासो पोखेका छन् । सुत्राधारको लामो भाषणबाट पीडित वर्ग एक ठाउँ उभिएर इमान्दारपूर्वक प्रयत्न गरे पीडा कम गर्न सकिन्छ, बेथिति न्यूनिकरण गर्न सकिन्छ भन्ने मानसिकताका साथ एकाङ्की टुङ्गिएको छ ।
‘पीडा एक, भाका अनेक’ नाटककारको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ भित्रको सातौँ नाटक हो । यसमा सूत्रधार, सन्तोष, युवती, युवक र अधबैसे आइमाई जस्ता पात्रहरु छन् । सूत्रधार यस नाटकको एकाङ्कीको प्रमुख र महत्वपूर्ण भूमिका निर्वाह गर्ने पात्र हो । वर्तमान समयमा मुलुकमा देखापरेको विकृति र विसङ्गतिप्रति व्यङ्ग्यात्मक तवरमा आधारित रहेर लेखिएको यस एकाङ्कीले विकृति र विसङ्गतिबाट आइपरेका समस्याहरुलाई समाधानका लागि सवै मिलेर अगाडि बढ्नु पर्ने सन्देश प्रदान गरेको देखिन्छ ।
प्रस्तुत एकाङ्कीको शीर्षक पीडा एक भाका अनेक राखिएको छ । यहाँ पात्रहरुले दुःख झेलेको छन् । अन्योलपूर्ण वर्तमानको सिकार भएका छन् । सन्तोष, युवन, युवती र अधवैसे आइमाईका दुःखका क्षण प्रतिनिधिमूलक घटना मात्र हुन् । हामी नेपालीहरु त्यसखाले दुःखै, दुःखले पिल्सिएका छौं । अनेकौ किसिमका झमेलामा फँसेका छौैँ । तसर्थ पीडाका भाकाहरु अनेक भए पनि शारीरिक, मानसिक र सामाजिक पीडा नै मुखरित भएको देखिन्छ । यसबाट शीर्षकलाई सार्थकता दिन बल पुगेको छ । परिवेशको नजरले हेर्दा पनि सडक एक छ तर त्यहाँ अनेकौं दुःखका घरहरु बनेका छन् । अतः शीर्षक सार्थक ठहरिन्छ ।
४.८. “एकता” एकाङ्कीको कथानकः
समुन्नतिको मजबुत सोपान एकता रहेको उल्लेख गर्दै आपसमा भएको सौहाद्रपूर्ण व्यवहारले नै शत्रु पराजित हुन्छन् भन्ने लेखकीय चाहना प्रस्तुत एकाङ्कीमा व्यक्त भएको छ ।
४.८. (क) आरम्भः
रंगमञ्चको छानोमा बत्ती बाल्नासाथ नेपाली राष्ट्रियगानको धुन बज्न थाल्छ । राष्ट्रिय गानको समाप्तिसँगै तीनै जना पात्र आ–आफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढेर आक्रोशमा आएपछि यस एकाङ्कीको प्रारम्भ भएको छ ।
४.८. (ख) विकासः
हिमाल, पहाड र तराई गरी नेपालका तीनवटा भौगोलिक अवस्थालाई मानवकृत गरी एकता एकाङ्कीमा संवाद गराइएको छ । यी तीनै प्रदेशहरुको आ–आफ्नै मौलिक पहिचान भएको कुरा दर्शाइएको छ । आमा तमोर र पर्वतवीचको बाझाबाझ हेरिरहन्छिन् । हिरण्य दुबैको अनुहारमा हेरिरहन्छन् । तमोर र पर्वत बीचको झगडालाई हिरण्य र आमाले सम्झाउने कार्य एकाङ्कीको मध्य भागमा भएको छ । यस भागमा दाजुभाइ तमोर र पर्वत बीचमा द्वन्द्व भएर एकाङ्कीले विकासको गति लिएको छ ।
४.८. (ग) अन्त्यः
दाजुभाइका बीच किचलो आउँदा बाबु आमालाई दुःख हुन्छ । त्यस्तै यी तीनै प्रदेशका जनताबीच सामाजिक सदभाव र आस्था स्खलित हुँदा नेपाल आमालाई पर्नु पीर परेको छ । आमाले हिरण्यलाई मेरा अरु सन्तानसँग मिल्ने र मिलाउने काममा तिम्रो पनि योगदान हुनुपर्छ । अरुको भावना बुझेर जायज हकअधिकार दिन र लिन कन्जुस्याई नहोस् । ‘एक थुकी सुकी सयले थुकी नदी’ भन्ने कुरा बुझेर काम गर । तँछाड र मछाडले कसैको कल्याण हुँदैन भन्ने तर्क अघि सार्दै एकताबद्ध भई बसेमा विदेशी शक्तिको पाण्डव नृत्य स्वयम् बन्द हुनेछ भन्ने कुरालाई कथावस्तुले देखाएको छ ।
रचनाकार (एकाङ्कीकार) आचार्यको ‘एकता’ आठौं युग उचाल्ने अक्षरकर्मीको अवसानमा रहेको आठौं एकाङ्की हो । वि.सं.२०६३ चैत्र २४ गते रचना गरिएको यस एकाङ्कीमा आमा, हिरण्य, पर्वत र तमोर पात्रहरु छन् । आमा भन्नाले विभिन्न पीडाहरु भोगिरहेकी नेपाल आमालाई उभ्याइएको छ । हिमाल, पहाड र तराईका चित्रले राष्ट्रिय एकता हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको पाइन्छ । यस नेपाल आमाको काखमा बस्ने सबै दाजुभाइ एकजुट भएर मिलेर बसेको देख्दा आमा खुसी र प्रशन्न भएको कुरा दर्शाउन खोजेको पाइन्छ । हिरण्य पात्रका माध्यमबाट असाध्य अग्लो भौतिक स्वरुप तथा हिमालबासी नेपालीलाई, पर्वत पात्रका माध्यमबाट मध्यम उचाईका बासिन्दा वा पहाडी नेपाली दाजुभाइ र तमोर पात्रका माध्यमबाट तराईबासी नेपालीहरुलाई सङ्केत गरेको आभाष व्यक्त भएको पाइन्छ । यी दाजुभाइका बीचमा भएको झगडाले उनीहरुकै सन्तानलाई पनि मन नपरेको कुरा पनि यस एकाङ्कीमा प्रस्तुत भएको रचनाकारले प्रस्ट्याउन खोजेका छन् ।
हिरण्य, पर्वते र तमोर तीन दाजुभाईका बीच भएको अधिकार प्राप्तिको झगडालाई पृष्ठभूमि बनाएर एकाङ्की अघि बढेको छ । आफ्ना छोराहरु झगडामा व्यस्त रहेको र उन्नति–प्रगतिको काम ठप्प भएकोमा आमा चिन्तित हुन्छिन् । अझ छिमेकी प्रभूको ताली बजाउने प्रवृति र स्वार्थपूर्ति गर्ने ध्याउन्नबाट आमा तर्सिएकी छिन् । आफ्नोव कोख नै अपवित्र भएको भनाई अघि सार्दै उनी हिनता वोधी विचार तिर्साउँछिन् । छोराहरुलाई भारकाट गरेर मर अनि मेरो नाम माटोमा मिलाऊ भनेर हकारपकार गर्छिन् । छोराहरु मिल्न तयार हुन्छन् र एकतबद्ध भएर अघि बढ्छन् । अर्कातिर राजनैतिक सोचले जन्मेको एकाङ्कीका पात्र संयोजन पनि शीर्षक सार्थक गराउन पर्याप्त छन् । समयको मांग र एकाङ्कीको परिवेश आदिको समुचित प्रयोग एकता शीर्षक सार्थक तर्फ एकोहोरिएको देखिन्छ ।


४.९. “नम्र विनम्र” एकाङ्कीको कथानकः
यो एकाङ्की नाटककार आचार्यको नवौं एकाङ्की हो । हैकमले क्षणिक परिवर्तन सम्भव हुने तर दीर्घकालीन परिवर्तनका लागि विनम्रताको प्रतीक गान्धीवादी बाटो अपनाउनुपर्ने लेखकीय मत प्रस्तुत एकाङ्कीमा प्रकट भएको छ ।
४.९. (क) आरम्भः
प्रारम्भमा पारिवारिक वातावरणको तस्वीर खिच्न सफल नम्र–विनम्र एकाङ्कीले शिक्षकका हरेक कुकृत्यको पर्दाफास गरेको छ । अनुशासनको खोक्रो पाठ पढाउने शिक्षक आफ्नो स्थानबाट तल झरेर कक्षा–९ की छात्रा कविताको कलकलाउँदो जवानीमा मख्ख र मस्त हुन्छ । प्रेम विवाह गरेर घर भित्र्याउँछ । आफू पत्नी, छोराछोरीको संरक्षक र समाजको नेतृत्वकर्ता भएको कुरा भुसुक्कै बिर्सन्छ ।
४.९. (ख) विकासः
मध्यभागमा कर्णनाथ, लोचन र अमित जस्ता सचेत र सजग पात्रहरुको भूमिकाले एकाङ्की कथावस्तुले नयाँ मोड लिएको छ । हरे सरप्रतिको अनुराग अतिशयोक्तिपूर्ण रहेको आभाष नवितालाई हुन गएको छ । उनी आफ्नो स्तरभन्दा माथि उक्लिएकोमा पछुतोमा परेकी छिन् । हरेलाई शिक्षकको रुपमा मात्र हेर्ने र प्रेमीको स्थानबाट हटाउने सोचमा पुगेकी छिन् । यस भागमा खराब शिक्षकको गैरजिम्मेवारी कार्य र विचार प्रति द्वन्द्व देखाइएको छ ।
४.९. (ग) अन्त्यः
अन्तिम भागमा एकाङ्कीको कथावस्तु मोडिएर समाजमा बाटो विराउनेहरुले उपयुक्त मार्गनिर्देश पाएमा सप्रन्छन् भन्ने आभाषका साथ टुङ्गिएको छ ।
यस एकाङ्कीको विषयवस्तु समाजमा देखापरेका विकृति र विसङ्गति देखिन्छ प्रेम र विवाह आजको जल्दोबल्दो समस्या हो । प्रेम र विवाहबाट हाम्रो समाजमा सिर्जिएको समास्याको चित्रण गरी समाधानको उपाय पनि यस एकाङ्कीबाट पाइन्छ । यसका लागि ४५ बर्षे अविवाहित युवक कर्णनाथ, १७ वर्षे अविवाहित युवती नविता जो निजी विद्यालयमा कक्षा–९ मा अध्ययनरत छे, शिक्षण पेशामा आवद्ध रहेको अर्को अधवैंसे युवक अमित रहेकी पत्नी २७ वर्षे लोचन र शिक्षित, पठित र सरकारी विद्यालयको शिक्षक ४२ वर्षे हरे जस्ता पात्रहरु यस एकाङ्कीमा रहेका देखिन्छन् । समाजका दोषीलाई मित्रवत र प्रेमपूर्ण व्यवहार राखेर सही बाटोमा ल्याउन सकिन्छ भन्ने आदर्शवादी समाधान देखाएका छन् रचनाकार आचार्यले यस एकाङ्कीमा ।
विनम्रपूर्वक गरिएको व्यवहार सधैं सर्वत्र मान्य हुन्छ । विनम्रताले नै सबै खाले समस्या निदान गर्न सक्छ । एकाङ्कीमा आएकी कक्षा–९ मा अध्ययनरत छात्रा नविताले हरे शिक्षकसँग गरिसकेको प्रेम विवाहबाट समेत फिर्ता आएर आफ्नो जीवन नयाँ कोणबाट सुरु गर्ने भएकी छन् । हरेकी श्रीमतीको विनम्रपूर्वक गरिएको व्यवहारले परिवर्तन सम्भव भएको छ । एक भन्दा लागेको पारिवारिक वातावरण साम्य हुन गएको रोचक कथा वस्तुलाई नियाल्दा गान्धीका अहिंसाको जित हुने कुरालाई दर्शाएको हुनाले शीर्षक सार्थक देखिन्छ ।
४.१०. “नाम तिम्रो काम हाम्रो” एकाङ्कीको कथानकः
राम्रो जति आफ्नो भागमा नराम्रो जति अर्काको भागमा पार्ने कलुषित विचारको पर्दाफास गरी विद्यार्थीहरुको मानसिकता बुझी विद्यालय प्रशासन चल्नुपर्ने लेखकीय धारणा प्रस्तुत एकाङ्कीमा प्रकट भएको छ ।
४.१०. (क) आरम्भः
स्वभाविक मागहरु पुरा गर्न अस्वभाविक बाटो अपनाउने बोर्डिङ्ग स्कूलका विद्यार्थीको चर्तिकलालाई मूल विषयवस्तु बनाएर अघि बढेको एकाङ्की “नाम तिम्रो काम हाम्रो” मा छात्रहरुद्वारा गरिएको उश्रृङ्खल व्यवहारको नालिबेली प्रस्तुत एकाङ्कीको प्रारम्भावस्थामा छ ।
४.१०. (ख) विकासः
सामाजिक शिक्षकको अभाव, खेलकुद सामग्रीको अभाव, कम्प्यूटर प्राक्टिकल, साइन्स प्राक्टिकल नहुने अवस्थाजस्ता कुराहरुले विद्यार्थीको पढाइलेखाइमा तेर्सिएको व्यवधान समाप्तिका लाग छात्रहरुको आन्दोलन गरेका छन् । भौतिक सामग्रीको तोडफोड गरेर व्यवस्थापनमा अवरोध ल्याउने काम गरेका छन् । त्यस्तै आफ्नै विध्वंसात्मक गतिविधिमा साथ दिन छात्रा साथीहरुलाई वाध्य पारेका छन् । यो कुरालाई एकाङ्कीको मध्यभागमा राखेर अगाडि बढाइएको छ ।
४.१०. (ग) अन्त्यः
बिग्रेको कामको जवाफदेहिता स्वीकार्न वाध्य पार्ने रणनीति लिएका छन् । प्रशासन सुधार्ने तरिका भने अव्यवहारिक देखाएर एकाङ्की टुङ्ग्याइएको छ ।
प्रस्तुत एकाङ्कीमा बोर्डिङ्ग स्कुलका जल्दाबल्दा समस्यमा र स्कुलमा हुने गरेको व्यापक व्यापारीकरणलाई झल्क्याइएको छ । नवीन, नरेश र निमेष छात्रहरु र आयुषी, आभचा र प्रिन्सिपल छात्राहरु पात्र प्रस्तुत गरी निजी विद्यालयका शिक्षकहरुले भोग्नु परेका वास्तविक पीडालाई यसमा रचनाकारले यथार्थ चित्रण गरेका छन् । नाटककार आफै पनि लामो समयदेखि निजी विद्यालयमा कार्यरत भएको हुनाले आफैंले खेपेका दुःखदायी अनुभवलाई पनि यसमा उजागर गरेको देखिन्छ । नाफा कमाउने उद्देश्यले खोलेका बोर्डिङ्ग स्कूलले देशको रिजल्ट राम्रो ल्याए पनि स्कूल र शिक्षकले भ्रष्टाचारको बाटोमा लागेकाले प्रत्यक्ष रुपमा विद्यार्थीमा असर पर्ने कुरालाई औल्याएको देखिन्छ । देशका विभिन्न ठाउँ र विशेष गरी सहरी इलाकामा च्याउ सरी उम्रिएका बोर्डिङ्ग स्कूलले शिक्षकलाई थोरै तलब दिएर धेरै काम लगाउछन् अनि विद्यालयको नाम चम्काउने, विद्यार्थीसँग धेरै शुल्क उठाउने तर विद्यार्थीको सुविधा र ज्ञानको विकासका लागि कुनै पनि कार्य नगर्ने, विद्यार्थीलाई डर र त्रास देखाएर थोरै तलबमा अयोग्य शिक्षक नियुक्ति गर्ने जस्ता वास्तविकतालाई यस एकाङ्कीमा प्रष्ट्याउने कार्य अन्यन्त समसामयिक र सान्दर्भिक रुपमा गरिएको छ ।
“नाम तिम्रो काम हाम्रो” नाम राखिएको प्रस्तुत एकाङ्कीमा कामकुरो विगार्ने केटाहरु हुन्छन् । सहभागी केटीहरुलाई बनाउन खोज्छन् । तिनीहरुको मूलध्येय नै विद्यालय प्रशासन सुधार्नुं हुन्छ । सपार्ने नाममा भएका घटनाको गम्भीर रुपले जीम्मेवारी केटीहरुले पनि लिनुपर्ने जिकिर गर्छन । विद्यालय कार्वाही गरिहाल्यो भने पूरै कक्षालाई गरोस भन्ने चाहना विद्यार्थी केटाहरुको छ । नमान्ने र केटाहरुको भेद खोल्ने केटीहरुको वेइज्जत बाटोमा गर्ने कथन समेत दोहो¥याएका छन् । यसप्रकार चाहेर वा नचाहेर पनि केटीहरु कक्षामा भएका सम्पूर्ण राम्रा र नराम्रा व्यवहारको जवाफदेहिता बहन गर्न वाध्य हुन्छन् । यस पृष्ठभूमिलाई नियाल्या “नाम तिम्रो काम हाम्रो” शीर्षक जुराउनु सार्थक ठहरिन्छ ।
४.११. “परिवर्तन” एकाङ्कीको कथानकः
नाटककार आचार्यको नाटक÷एकाङ्की सङ्ग्रहमा सङ्ग्रहित एघारौँ एकाङ्की ‘परिवर्तन’ हो । आवश्यकतानुसार परिवर्नत हुनु मानवीय आवश्यकता भए पनि नकारात्मक परिवर्तन मात्र भई अग्रगमनको बाटो अवरुद्ध हुँदाको अवस्था चित्रण गर्ने लेखकीय ध्येय प्रस्तुत एकाङ्कीमा प्रकट भएको छ ।

४.११. (क) आरम्भः
एकाङ्कीको प्रारम्भमा सूत्राधार र देवराज बीचमा भएको संवाद अगाडि सारिएको छ । मान्छेमा असन्तोष फैलिएको छ । गाउँ नै राजनीतिक पार्टीको कब्जामा फँसेको छ । कतै मेलको कुरा देखिन्न, झेल नै झेलले बास गरेको छ । तँछाडमछाड विद्यमान छ । बाबु छोराछोरीमा हेरविचार पु¥याउन सक्दैन, चाहेर पनि पाउँदैन । छोराछोरी बावुआमा प्रति श्रद्धा प्रकट गर्न सक्दैन । चाहेर पनि सक्दैन । पार्टीको मान्छेका नाममा सामाजिक श्रद्धा स्खलनमा परेको छ । श्रद्धा र स्नेह धरापमा परेको छ ।
४.११. (ख) विकासः
मध्यभागमा गंगाप्रसाद, पुष्पराजको भनाइलाई सूत्राधारले सहभागिता जनाएको छ । गाउँ सामाजिक रीतिरिवाजले कम तर राजनीतिको प्रभावले बढी चलिरहेको छ । यसप्रकार २५ वर्षदेखि गाउँ कोलाहलमय, असन्तोषी र घमण्डी बनेको छ । हो, त्यही गाउँ २५ वर्ष अघि शान्त थियो, परिश्रमी थियो, आपसी भाइचाराको सम्वन्धले चलेको थियो । यही कथावस्तु प्रस्तुत एकाङ्कीको मध्यभागमा देखिन्छ ।
४.११. (ग) अन्त्यः
मूलतः राजनीति फोहोरी खेलमा परिणत हुनुहुन्न भन्ने मानसिकता आएको छ । जनसेवक (नेता) हुन आफ्नो धन पार्टीकरण हुनुपर्ने र श्रमदानद्वारा आफ्नो गाउँ आफैं बनाउनुपर्ने आवाज बुलन्द भएर एकाङ्की टुङ्गिएको छ ।
यस एकाङ्कीमा सुत्रधार, देवराज, गंगाप्रसाद र पुष्पराज पात्रहरु रहेका छन् । वर्तमान समाजमा सकारात्मक भन्दा नकारात्मक कुराहरुले ठूलो प्रभाव पारेको कुरा एकाङ्कीका पात्रहरुले व्यक्त गरेका छन् । पहिलेका मान्छेहरु सोझा र सरल स्वभावका थिए । तर आजभोलि यस्ता मान्छे कमै छन् भन्ने कुरा यसमा अभिव्यक्त छ । नाटककारले एउटा गाउँलाई केन्द्र बनाएर पुरै मुलुकको चित्र उतार्न खोजेका छन् । धर्म छाडेर बाहुनले पनि रक्सी पिउन थालेको कुरालाई वास्तविक तीतो सत्यलाई यस एकाङ्कीमा उल्लेख गर्नु लेखकको सामाजिक यथार्थवादीता देखिन्छ । पार्टीको नाममा आफ्नो स्वार्थको घैला भर्नेहरुलाई छानविन गरी उचित दायरामा ल्याउनु पर्ने कुरा कसैको धाक र धम्कीबाट हैन, विवेकसम्मत तवरले मुलुकको स्वार्थबमोजिम चल्नु पर्ने समसामयिक र अत्यावश्यकीय विचार प्रस्तुत गर्ने एकाङ्की पात्र सूत्रचार विवेकशील देखिन्छ ।
नेता नेतृहरुमा धन सोहोर्ने र कुर्सीको मज्जा चाख्ने चाहना मार्नका लागि विशेष व्यवस्था गर्नुुपर्छ, सवै पार्टीमा आफ्नो–आफ्नो ठाउँको विकासका लागि श्रमदान दिनेय चलन हुनु नितान्त आवश्यक छ । नेतानेतृको जीवन व्यक्तिगत हुनुहुन्न, जनताको अघोषित हुनुपर्छ भन्ने राजनैतिक विचार राख्ने लेखकले आजका भ्रष्टाचारी राजनैतिक व्यक्तिलाई व्यङ्ग्यको झटारो प्रहार गरको देखिन्छ ।
नदीमा पानी बगिरहन्छ । बगेको पानी फर्केर आउँदैन । त्यो सम्झनामा मात्र सीमित हुन्छ । परिवर्तन संसारको रीत हो । एकपछि अर्को परिवर्तनको अभिलाषी हुनु मानवीय स्वभाव हो । आफ्नो स्वभाव विपरीत हामीले उभिने चेष्टा गर्नु किमार्थ उपयुक्त हुँदैन । प्रस्तुत एकाङ्कीमा पनि २५ वर्षको अन्तरालमा गाउँमा आमूल परिवर्तन भएको देखाइएको छ । त्यो परिवर्तन स्वभाविक भए पनि मानिसमा सामाजिक सोच, आदर्श र सदभाव भने हराउँदै गएकोमा चिन्ता प्रकट गरिएको छ । पहिले गाउँले मिलेर विकास निर्माणका काम गर्थे, अभिले मिलेर आफ्नो पार्टीगत स्वार्थका काम गर्छन । यसै पृष्ठभूमिलाई आधार बनाएर नियाल्दा परिवर्तन शीर्षक जुराउनु सार्थक ठहरिन्छ ।
४.१२. “छलछाम छात्ते छ पार्टी” एकाङ्कीको कथानकः
आचार्यको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ मा सङ्ग्रहित बाह्रौँ एकाङ्की ‘छलछाम छात्ते छ पार्टी’ हो । २०६२–२०६३ को सफल वसन्त आन्दोलन पश्चात् च्याउ उम्रेझैँ उम्रेका राजनैतिक दल र तिनका निहित स्वार्थको पर्दाफास गर्ने लेखकीय दृष्टिकोण अनुरुप प्रस्तुत एकाङ्की लेखिएको हो ।
४.१२. (क) आरम्भः
प्रारम्भमा मण्डले, निरंकुशतावादी र जनविरोधी भ्रष्टखोरहरु एक स्थानमा उभिएर आफूमाथि लाग्ने प्रलयको वादल छिन्नभिन्न बनाउन पार्टी खोलेका छन् । पार्टीको नाम हो– छलछाम छात्ते छ पार्टी । त्यस पार्टीका सम्पूर्ण सदस्यहरु २००७ सालपूर्व देखि वर्तमानसम्म छिनौला काममा सरिक रहेका छन् ।
४.१२. (ख) विकासः
तिनीहरुको सिद्धान्त नै भ्रष्टचारी र जनघातीहरुलाई प्लेटफर्म दिलाउनु र आफूमाथि पर्न सक्ने बज्रपातलाई साथसाथै मिलेर मुकाविला गर्ने रहेको छ । अद्र्धभूमिगत हिसावले रहेर अग्रगमन उन्मुख सम्पूर्ण क्रियाकलापमा वाधा व्यवधान तेर्साउनु रहेको बुझिन्छ । काम आफूले विगारी अपजस अरुको काँधमा थुपार्ने रणनीति छ । सबै एकै नाशका चरित्रहीन भएका कारण आ–आफ्ना कर्तुतका वारेमा खुलेर कुरा राख्दछन् ।
४.१२. (ग) अन्त्यः
अन्त्यभागमा जसले जति ठूलो अपराध गरेका छ, ऊ त्यत्ति नै शक्तिशाली व्यक्ति ठहरिने मानसिकता देखिन्छ । हाँस्यरस प्रधान एकाङ्कीले तीतो सत्यलाई सार्वजनिक गर्ने काम गरेको छ ।
हास्यव्यङ्ग्यात्मक शैलीमा लेखिएको यस एकाङ्कीमा सुन्दै हाँसो उठ्ने खालका पात्रहरु प्रस्तुत गरिएका छन् भने एकाङ्कीको शीर्षक नै हाँसो लाग्ने किसिमको देखिन्छ । एउटा पार्टीको अध्यक्ष, छट्टराज, उपाध्यक्ष– छत्तीसमान, सचिव–छयालीसबहादुर, सहसचिव–छरितकुमार, सदस्य–छन्नला र सदस्य–छक्कमाया यस एकाङ्कीका पात्रहरु हुन् । सबै पात्रको नाम ‘छ’ बाट सुरु भएको छट । जस कारण पनि एकाङ्कीमा हाँस्यता थपिएको छ । पार्टीको बैठकमा उपस्थित भएका पदाधिकारीहरुले छलछाम गर्ने कार्यक्रम, रणनीति र कार्यनीति लिएको कुरा यसमा चर्चा छ । (साहनी, २०६७; भूमिका)
प्रस्तुत “छलछाम छात्ते छ पार्टी” मा ६ जना मात्र ६ वर्णबाट निर्माण भएका छन् । ती सबै पात्र र तिनका भनाई एवं इतिवृति कलुषित मानसिकताका उपज हुन् । समाजलाई नष्ट र भ्रष्ट पार्न सबै पात्रहरु उद्यम हुन्छन् । उनीहरुद्वारा निर्माण गरिएको पार्टीको अभिष्ट नै भ्रष्टखोरहरुलाई बचाउनु र समाजको अग्रगमनको ढोका बन्द गर्नु रहेको बुझिन्छ । पात्रहरुको नाम पनि शीर्षक सार्थक उन्मुख छन् । एकाङ्की परिवेश समेत लुटाहा र फटाहाको कहिरनले भरिपूर्ण छ । यी सारा कुराहरुलाई आधार माने हेर्दा छलछाम छात्ते छ पार्टी नामाकरण गर्नु सार्थक ठहरिन्छ ।
४.१३. “दाइजो” एकाङ्कीको कथानकः
निजी विद्यालयहरु आफू जति मालामाल भए पनि कार्यरत कर्मचारी शिक्षकको भविष्यप्रति वेवास्ता भाव राखेको र समाजमा जरो गाडेर रहेको दाइजो प्रथाले सर्वसाधारणलाई नराम्ररी सताएको विचार व्यक्त गर्ने लेखकीय दृष्टि दाइजो एकाङ्कीमा व्यक्त भएको छ ।

४.१३. (क) प्रारम्भः
प्रारम्भमा शिक्षक कर्मचारीलाई काममा जोताउने तर उचित पारिश्रमिक दिन बाह्र हात पछि सर्ने बोर्डिङ्ग स्कूलहरुको छल नीतिको भण्डाफोर गर्दै शिक्षकको दुर्दशालाई मूल कथावस्तुको रुपमा प्रस्तुत एकाङ्कीले स्वीकारेको छ । मानसिक अवस्था सुदृढ पार्न सामाजिक विकृति नहट्ने भएकाले पीडित वर्ग एकजुट भई दाइजो विरुद्ध आवाज बुलन्द पार्न सके परिवर्तनको स्वाद चाख्न सकिन्छ भन्ने विद्यालय प्रशासनको भनाइमा केही सत्यता लुकेको भए पनि स्वार्थी चाला पनि छताछुल्ल भएर पोखिएको छ ।
४.१३. (ख) विकासः
मध्यमा शिक्षक दिपेश घरखर्च धान्न र छोरीहरुको विहेदान गर्न खर्च जुटाउने ध्याउन्नमा छन् । त्यसका लागि स्कूलले तलब बढाइदिनुपर्ने तर्क राख्छन् । उनको आशयविपरीत परिस्थिति देखा पर्दछ । शिक्षक दिपेश र प्रिन्सीपल बीचको वैचारिक द्वन्द्वबाट एकाङ्कीले विकास लिएको छ ।
४.१३. (ग) अन्त्यः
लाजै पचाएर आफ्नो परिश्रमको मूल्यनिर्धारण गर्न साहूलाई नै सुम्पेर एकाङ्की अन्त्य भएको छ । नाटकमा शिक्षकको जागीरमा केन्द्रित छलफल नाटकीय रुपमा दाइजो विरोधी चेतना जगाउने दिशातिर मोडिन पुग्दछ । नाटक रोचक, शिक्षाप्रद तथा यथार्थवादी छ । समष्टिमा नाटकले बोकेको विचार प्रगतिशील र क्रान्तिकारी छ । ‘दाइजो’मा दाइजोपीडित अभिभावको ठीकलाग्दो मनोदशा छ । (साहनी, २०६७; भूमिका)
यहाँ शिक्षक दीपेशको मानसिकता दुई छोरीको विवाहमा दिनुपर्ने दाइजोलाई लिएर साह्रै विचलित भएको छ । आफ्नो कमाइको केही अंश दाइजोको रुपमा वचत नगरे छोरीहरुको घरवार नै नहुने त्रास छ । अर्कातिर प्रिन्सिपल र हेडम्याडम पनि दाइजो विरोधी भएर त्यसकै वरपर घुमेका छन् । यहाँ आएको सामाजिक परिवेश दाइजो समर्थक छ । त्यसै कारणले गर्दा पनि दाइजो शीर्षक कायम गर्नु मनासिव ठहर्दछ ।
अर्कातर्फ शिक्षक, विद्यालय र त्यो समाज सबै मधेमा विद्यमान छन् । मधेसको परिपाटी अनुसार चाहेर वा नचाहेर प्रत्यक्ष वा परोक्ष दाइजो विना विवाह हुँदै नहुने अवस्था हुन्छ । अतः सम्पूर्ण हिसावले शीर्षक सार्थक प्रतीत हुन्छ ।
४.१४. “देश हराएको सूचना” एकाङ्कीको कथानकः
लेखकको ‘देश हराएको सूचना’ उनको नाटक सङ्ग्रहमा सङ्ग्रहित चौधौँ नाटक÷एकाङ्की हो । पटकपटक संविधान सभाको निर्वाचन सारेर देश र जनतालाई अन्यौलमा पारेको दृश्य खिच्दै हामी आफ्नो देश गुमाउने र खोज्ने दोहोरो चरित्रको भूमिकामा रहेको भन्ने लेखकीय विचार देश हराएको सूचना एकाङ्कीमा प्रकट भएको छ ।
४.१४. (क) आरम्भः
आरम्भ भागमा जनताहरु आ–आफ्नै समस्यामा बाँधिएका छन् । भएका उपलब्धीको सुरक्षा हुन नसक्दा उन्नति र समृद्धि ओझेलमा परेको छ । काम कुरो गर्नुपर्छ, देशलाई अघि बढाउनुपर्छ भन्ने सबैमा छ तर क्रियाशीलता छैन ।
४.१४. (ख) विकासः
मध्यभागमा आफू कुँजिएर, पुरातनतर्फ फर्किए र आशे भएर बाँच्न विवशहरुको कहानी कहालिलाग्दो छ । भनेजस्तो उपलब्धी हात मार्न र सही मार्गमा एकोहोरिन संविधान जनताले भेट्नुपर्ने हो । त्यो भेटिएको छैन । अतः सूत्रधार देश खोज्दै छन् । युवक वेरोजगारीबाट मुक्त हुन चाहँदै छन् । युवती बावुआमाको अहङ्कारबाट बँच्न खोज्दै छिन् ।
बन्द तथा हड्ताल भएको कारण सुनसान सडकको वातावरणमा सड्कन्र जाम हुने गरी भएको मान्छेको भेला गराएर सूत्राधारले नयाँ नेपालको संरचना गर्न तम्तयार भएको देखाइएको छ । सबै मिलेर टुक्राटुक्रा भई हराउन लागेको देशलाई पुनर्संरचना गर्न चाहेको अभिव्यक्ति यस एकाङ्कीमा पाइन्छ । राजनीतिक उथलपुथल भएको कारण देशको अस्तित्व नै लोप हुन लागेको यथार्थलाई नाटककारले यसमा देखाउन वा सूचना दिन खोजेको पाइन्छ । युवक र युवती पनि देश हराउँदै गएकोमा चिन्तित देखिन्छन् । युवती आफ्ना मिल्ने साथी जसले हराएको देशलाई खोज्ने सहयात्री खोज्दै गरेको अनुभूति अभिव्यक्त गरेको छ । युवक शिक्षित भएर पनि बेरोजगार वस्नु परेका नवयुवकलाई संकेत गर्न राखिएको छ । एकाङ्कीमा युवक भन्दा बढी युवती आशावादी भएको पाइन्छ । यहाँ बस्ने सम्पूर्ण मानिस पीडैपीडा लिएर बाँच्न विवश छन् भन्ने कुरा एकाङ्कीमा सुत्रधारले यसरी प्रस्तुत गरेको छः आज पीडा सुन्ने र सुनाउने क्षण हो । “पीडाबाट मुक्ति हुने र गराउने क्षण हो । आउनुस् आ–आफ्ना पीडा साटासाट गरौं ।” यस एकाङ्कीमा रहेका प्रायः सम्पूर्ण पात्रहरु देश हराएकोमा चिन्तित देखिन्छन् भने पात्रहरु आफ्ना विचार अत्यन्तै छिटोछिटो अभिव्यक्त गरेको आभास हुन्छ ।
४.१४. (ग) अन्त्यः
अन्त्यमा सूत्रधारले आफैं क्रियाशील भएर र आफ्नै ठाउँमा सङ्र्घषरत रहेर विजय प्राप्त गर्न सकिन्छ भनेर एकाङ्कीलाई निष्कर्षमा पु¥याएका छन् ।
सूत्रधार देश खोज्ने अभियानमा लागेको अभास मिल्दछ । सूत्रधारले टुक्राटुक्रा भएर हराउन थालेको देशलाइै जोरजार पारे पुनर्संरचना गर्न चाहेका छन् । सूत्रधार आशावादी छन् । उनी मिलीजुली अघि बढ्न आह्वान गर्दछन् । युवक पनि देश हराएको पीडाले व्यथित छ । ऊ आफूलाई अवाक र असमर्थ अनुभूत गर्दछ । युवकभन्दा युवती आशावादी छे । ऊ नवीन इतिहास बनाउन चाहन्छे । नाटकमा बृद्ध अनुभवी पात्रका रुपमा छन् । सूधार पीडामुक्तिको आह्वान गर्दछन् । (साहनी, २०६७; भूमिका)
संघीयता सहितको संविधान बनाउने महायात्रामा सरिक भएको मुलुक पटक पटकको जालझेलबाट अझ पछाडि परेको सङ्केत देखिन्छ । मुलुकको नाम निशान नरहने खालका हर्कतहरु प्नि भएका छन् । मौलिक हक छिन्ने काम समेत भएका छ । मौलिक हक छिन्ने काम समेत भएको छ । यसरी मुलुकलाई बन्दकीमा राखी रक्षकहरुले भक्षकको भूमिका खेल्दा देश हराएको महसुस हुन्छ । त्यसकै खोजीमा एकाङ्की सुरु हुन्छ र अन्त्यमा हराएको मुलुकको परिचय दिई समाप्त हुन्छ । तसर्थ शीर्षक देश हराएको सूचना राखिनु सार्थक देखिन्छ ।
४.१५. “परिचय” एकाङ्कीको कथानकः
युद्धकाल तथा वसन्त आन्दोलन (२०६२–०६३) ले गणतन्त्र ल्याए पनि त्यसको संस्थागत विकास हुन नसकेको पृष्ठभूमिमा हामी नेपाल र नेपालीको परिचय दिलाउने अभिष्ट स्वरुप “परिचय” एकाङ्की लेखिएको लेखकीय चाहना देखिन्छ ।
४.१५. (क) प्रारम्भः
परिचय र सदभाव लिएर यस एकाङ्की अगाडि बढ्छ । अनेकौं जातजाति र परम्पराका हामी नेपाली भौगोलिक रुपमा बाँडिने हैन, मानसिक रुपले एकतावद्ध हुने क्रममा मानसिक कसरतमा लागेका छौं । यसै क्रममा एकाङ्कीमा १७ वटा संघीय राज्य परिकल्पना गरी तिनीहरुको परिचय प्रारम्भ भागमा प्रस्तुत गरिएको छ ।


४.१५. (ख) विकासः
प्रत्येक राज्यको नामको पहिलो अक्षरमा आधारित ती नामहरु नै परिचयको पहिलो संवाहक छ । एक राज्य अर्कोसँग भौगोलिक रुपमा गाँसिन नसके पनि मानसिक रुपले गाँसिएका छन् । हरेक राज्यले आफ्नो मौलिक पहिचानका सकारात्मक पक्षको खुलेर राख्ने प्रयास गरेका छन् । नकारात्मक पाटाहरुलाई अग्रगमनको वाधकका रुपमा देखाएका छन् । पहिचान सहित बाँच्न पाउनुपर्छ भन्ने अठोट दर्शाएका छन् ।
४.१५. (ग) अन्त्यः
भनेको कुरा लागु हुनैपर्छ भन्ने छैन । सबैको चित्र बुझ्ने काम चाँहिं हुनुपर्छ भन्ने कुरा दर्शाएका छन् । मुलतः जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति, पिछाडावर्गको आन्दोलनप्रति श्रद्धा प्रकट भई एकाङ्कीको अन्त्य गरिएको छ ।
१७ जना पात्रले १७ वटा परिकल्पित संघीय राज्यको परिचय र पहिचानलाई स्पष्टरुपमा देखाएका छन् । सबै सँग आ–आफ्नै प्रकारका कथाव्यथा छन् । सबै मूलधार बाहिर भएकोले मूलधारमा समाहित हुन लालायित छन् । त्यसैले पनि झेलको विचार छाडी मेलको विचार स्थापित गर्न एकाङ्की सफल भएको छ । विविध किसिमका आन्दोलनहरुद्वारा स्थापित हकअधिकारलाई विस्थापित गर्ने अधिकार कसैंमा नरहेको भन्दै सबै एक ठाउँमा उभिए संसारको कुनै शक्तिले केही विगार्न नसक्ने विचार प्रकट भएको छ ।
सारमा भन्नुपर्दा यहाँ आएका सबै पात्रहरु परिचय आदानप्रदान गर्न जानेका राम्रा र नराम्रा पहिचानका कुराहरु बताउन केन्द्रित रहेका कारण परिचय शीर्षक राखिनु स्वभाविक लाग्दछ ।


अध्याय–पाँच
युग उचाल्ने अक्षरकर्मीको अवसानमा संग्रहित नाटक÷एकाङ्कीका चरित्रको विश्लेषण
नेपाली साहित्यको क्षेत्रमा प्रगतिवादी विचारधारमा लिएर कलम चलाउने साहित्यकार नन्दलाल आचार्यको “युग उचाल्ने अक्षरकर्मीको अवसान” नामक नाटक÷एकाङ्कीको चरित्र चित्रण निम्नानुसार छः–
५.१. “वादविवाद” एकाङ्कीको चरित्र चित्रणः
वादविवाद एकाङ्कीमा श्रीमान, श्रीमती, बहिनी र छोरी गरी जम्मा चार जना पात्र छन् । यस एकाङ्कीमा श्रीमान र श्रीमती मुख्य पात्र छन् । गौण वा सहायक पात्रको रुपमा बहिनी र गौणपात्रको रुपमा छोरी रहेका छन् । त्यसमा पनि छोरी बालमनोविज्ञान अनुसार ईश्वरसँग भेट गर्ने जिज्ञासा राखिछन् । एकदमै छोटो संवाद बोलेर उनले आफ्नो भनाई अन्तय गरेकी छिन् । खालि श्रीमान र श्रीमतीका कथन लामाललमा छन् । विज्ञानको चमत्कारले मानिस चन्द्रमामा वस्ती बसाल्न सक्षम भएको पृष्ठभूमि बताउँदै श्रीमान, मानिसले अर्को पृथ्वी सिर्जना गरिरहेको तर्क अघि सार्छन । उनी भन्छन् ईश्वरीय अस्तित्व र स्वर्ग नर्कको कुरा मान्छेको कोरा कल्पना हो । यसरी श्रीमान र श्रीमती बीचको संवादबाट द्वन्द्वको सिर्जना हुन्छ । त्यसको विरुद्धमा श्रीमति ईश्वरीय अनुकम्पाको प्रतिफल मानिसले सफलता प्राप्त गर्दै गएको तर्क अघि सार्छिन । २०६५ साल भदौ २ गते सप्तकोशी बाँध भत्केर जनजीवन त्राहीमाम हुँदाको अवस्थाका बारेमा श्रीमतीको विचार अपराध कर्मलाई ईश्वरले दण्ड दिएको भन्ने छ । श्रीमान र श्रीमतीको सुरुदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिका भएकाले यिनीहरु यो एकाङ्कीका मुख्य पात्र हुन् ।
यस प्रकार श्रीमान् वैज्ञानिक सुझबुझले सम्पन्न मुख्य पुरुष पात्र हुन् भने श्रीमती जडसुत्रवादी मुख्य नारी पात्र हुन् । बहिनी भने सम्झौताबाट जीवन चल्नुपर्ने भन्ने मध्यममार्गी बाटो अपनाउने पात्र हुन् ।
५.२. “करार विवाह” एकाङ्कीको चरित्र चित्रणः
करार विवाह एकाङ्कीमा पुण्य, सृष्टि अभित, लक्ष्मी, कर्णकान्त र लक्ष्मीकान्त गरी छ जना पात्र छन् । सुरुदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सृष्टि र अभित मुख्य पात्र हुन् भने पुण्य, लक्ष्मी र कर्णकान्त सहायक पात्र हुन् । अन्त्यतिर मञ्चमा प्रवेश पाएको वकिल लक्ष्मीकान्तको खास भूमिका नभएकाले गौण पात्रको रुपमा रहेको छ । सृष्टिको संस्थामा जागिर पाउने योग्यताको रुपमा विवाह दर्ता प्रमाणपत्र रहेको छ । त्यो पाउन उनी विवाह गर्न तयार छैनन् । अस्थायी विवाह गर्न भने मञ्जुर छिन् । त्यसका लागि अभितसँग पाँच वर्षे करारविवाह गर्न मञ्जुर छिन् । बदलामा एउटा सन्तान अभितका लागि जन्माउन राजी हुन्छिन् । उनको मानसिकता गुणलाई गुणले नै सम्मान गर्नुपर्छ भन्ने छ । अभित विवाह विरोधी भए पनि यस सृष्टिको स्थायीत्वका लागि एक सन्तानका पिता हुन मञ्जुर छन् । सृष्टिको वैयत्तिक स्वतन्त्राको सम्मान गर्दै ५ वर्षे करारविवाहको कागजमा सही छाप गर्दिन्छन् । कर्णकान्त विवाहका भुक्त भोगी तथा दर्शनिक विचारले प्रेरित व्यक्ति हुन् । लक्ष्मी र पुण्य मध्यस्थकर्ता पात्रका रुपमा परिचित छन् । स्वतन्त्रता हरण नहोस् र सबैको व्यवहार चलोस् भन्ने चाहन्छन् । समयको आवश्यकतालाई पूरा गर्ने दायित्व शिक्षित समाजका सदस्यहरुको भएको जिकिर गर्दछन् । उनीहरुकै योजना मुताविकको ५ वर्षे करारविवाहको सम्झौता भन्ने छ र एकाङ्की सार्थक निष्कर्ष दिएर टुङ्गिएको छ ।
५.३. “दर्द” एकाङ्कीको चरित्र चित्रणः
दर्द एकाङ्कीमा आएका मञ्जरी र बबलध्वज नै भूमिका निर्वाहका आधारले गहकिला (मुख्य) पात्र हुन् । उनीहरुले नै एकाङ्कीलाई सार्थक मोड प्रदान गर्ने काम गरेका छन् । प्रकाश चाहि बबलध्वजको सहयोगी मित्रको भूमिकामा मात्र आएका गौण पात्र हुन् । त्यस्तै बालमनोविज्ञानको झलक दिने प्रमोद र बौद्धिकताको सशत्तत अभिव्यक्ति दिन सफल प्रमिला दुबै मञ्जरीका दुई सन्तानको भूमिकामा देखापरेका छन् । यहाँ क्षणिक तनाव छ । पुरुष अह्ङ्कारका विरुद्ध मञ्जरीबाट विषवाणवर्षा हुन्छ, त्यो बबलध्वजलाई तोकेर प्रहार भएको भए पनि समाजका अह्ङ्कारी वर्गप्रति लक्षित छ । मञ्जरी लेखपढ गर्न जान्दिनन् । छोराछोरीबाट सिकिरहेकी छिन् । उनी पढेर नजाने पनि परेर नै जीवनवोध गर्न माहिर छिन् । उनीहरु पाको बौद्धिकता छ । सोच फराकिलो छ । आशावादी दृष्टिकोण छ । आफूमाथि जाइलाग्नेप्रति आँधी बेहरी ल्याउने हिम्मत छ । समग्रमा एक क्रान्तिकारी चेत भएकी सरल र सफल पात्रका रुपमा मञ्जरी देखा परेकी छिन् ।
५.४. “आधा मेरो आधा तिम्रो” एकाङ्कीको चरित्र चित्रणः
आधा मेरो आधा तिम्रो एकाङ्कीमा नरनाथ र लक्ष्मी श्रीमान र श्रीमतीको एकाङ्कीको सुरुदेखि अन्त्यसम्म प्रधान भूमिका भएकोले मुख्य पात्र यिनीहरु हुन् । रञ्जना र पुष्पकमल बालपात्रका रुपमा निष्कृय भूमिका खेल्न आएका हुनाले गौण पात्र हुन् । रञ्जनाको उपस्थिति मञ्चमा देखिए पनि पुष्पकमलको बोली सुन्न पाइन्न । जे होस् । पितृसत्तात्मक सोचका कारण उत्पन्न समस्यालाई समाधान गर्ने एउटा व्यवहारिक समाधान पहिल्याउने काम भएको छ । त्यो समाधानका विरुद्ध खडा भएको प्रतिरोधलाई मुकाविला गर्ने तागत दुवै दम्पतीमा हुनुपर्ने निष्कर्ष छ । यसरी पात्रहरु एक अर्काको स्वतन्त्रता कदर गर्नतर्फ उन्मुख छन् । आफूले भनेजस्तो परिवर्तनको लक्षण नदेखाएमा आफ्नो अगाडिको संसार स्वयम् रचना गर्ने धम्की दिन पनि श्रीमती पछि पर्दिनन् । अर्कातिर नरनाथ कसैको लहडलाई सम्वोधन गर्ने ठेक्का आफूले नलिएको र लिन नरुचाएको तर्क अघि सार्छन् । चरमोत्कर्षमा पुगेपछि नरनाथ–लक्ष्मी मेलको विन्दूमा ओर्लन्छन् । लक्ष्मीको विचारको सम्मान भएको छ । मेलबाट परिवर्तन गर्न सक्ने संस्कृति बसेको छ ।
५.५. “जस्तो मति उस्तै गति” एकाङ्कीको चरित्र चित्रणः
जस्तो मति उस्तै गति एकाङ्कीमा प्रभु, प्रभा, प्रमोद, प्रमिला, प्रकाश, प्रणिता, प्रपन्नाचार्य र प्रकृति गरी ८ जना पात्रहरु एकाङ्कीमा आएका छन् । स्त्रीपुरुष बराबरी छनोट गरिएको र नामाकरण पनि प्रबाट नै गरिएको हाँस्यरस प्रधान कथावस्तु बोकेको एकाङकीमा प्रभुको सुझबुझ विहीन निर्णयउपर एकाङ्कीकारको व्यङ्ग्य तेर्सिएको छ । पत्नी पीडित महासंघको दोबाटे कार्यालय नामक संस्था खोलेर पीडित पतिहरुलाई एकजुट पार्ने काम गरेको छ । प्रभु अल्छी र लाचारीको प्रतीकका रुपमा देखिन्छ । उसको कर्तुतको भण्डारफोर गर्ने काम प्रभाले गर्छिन् । प्रभु र प्रभा यस एकाङ्कीका मुख्य पात्र हुन् । अन्य पात्रहरु सामान्य भूमिकामा आए पनि प्रवन्नाचार्यको भूमिका भने गहिकलो छ । यिनीहरु सहायक पात्र हुन् । उनकै सुझबुझले विखण्डनको अवस्थामा अल्झेको परिवार समुन्नतिको मार्गतर्फ अघि बढेको छ । यसरी पात्र संयोजनमा बडो हेक्का पु¥याइएको देखिन्छ ।
५.६. “युग उचाल्ने अक्षरकर्मीको अवसान” नाटकको चरित्र चित्रणः
‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटकमा बर्दीधारी १, २, ३ र बन्दी १ र २ गरी जम्मा ५ जना पात्रहरुको भूमिका प्रस्तुत नाटकमा रहेको छ । यस नाटकमा बन्दी १ र २ ले नाटकको सुरुदेखि अन्त्यसम्म नायकको भूमिका निर्वाह गरेकाले मुख्य पात्र हुन् । अन्य सहायक पात्रको रुपमा रहेका छन् । मूलतः बन्दी १ प्रति श्रद्धाभाव लक्षित संवादहरु प्रशस्त छन् । त्यस्तै बर्दीधारीहरुको आक्रोश र स्वार्थले समेत मनग्यै स्थान पाएको छ । बन्दी २ को बौद्धिकता र विद्धानहरुको अभिमत प्रसंसनीय छ । ठाउँठाउँमा इच्छुकका कविताको प्रयोग भएको छ ।
५.७. “पीडा एक भाका अनेक” एकाङ्कीको चरित्र चित्रणः
पीडा एकः भाका अनेक एकाङ्कीमा सन्तोष, अधवैंसे आइमाई, युवक, युवती, सूत्रधार जस्ता पात्रहरु प्रस्तुत एकाङ्कीमा आएका छन् । सन्तोषले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेकोले मुख्य पात्र हो । पीडा बोकेका यी सबै पात्रहरुको मनमा आक्रोश छ । परिवर्तनको चाहना छ । सूत्रधारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । पीडित यी सबै पात्रहरुमा जीवनप्रति आशावादी सोच सल्बलाई रहेको भेटिन्छ । परिवर्तन सित्तैमा पाइने फल नभएकोले पीडा सार्वजनिक गर्दै सङ्घर्षमा उत्रनुपर्ने विचार प्रकट गरेका छन् । आफ्नो स्थान छोडर हैन, स्थानमै रहेर परिवर्तनका लागि एकतावद्ध भएर जुट्नु आजको आवश्यकता भएको आभाष गराएका छन् ।
५.८. “एकता” एकाङ्कीको चरित्र चित्रणः
एकता एकाङ्कीमा आमा, हिरण्य, पर्वत र तमोर नाम गरेका पात्रहरु छन् । ती क्रमशः नेपाल आमा, हिमाल, पहाड र तराई हुन् । हिरण्य र आमाले सुरुदेखि अन्त्यसम्म सन्देशमूलक विचार अभिव्यक्त गरेकाले प्रमुख भूमिका निर्वाह गर्ने मुख्य पात्र हुन् । पर्वत र तमोर एकाङ्कीमा सहायक वा गौण पात्रको रुपमा रहेका छन् । स्वभावले हिमाल सोझो छ । पीरव्यथा ओकलेर हिँड्दैन । गरीवीलाई पिएर बाँचेको छ । पर्वते दाजु हिरण्य र भाई तमोरलाई दबाएर शासन गर्न खोज्छ । आफूलाई बलियो र बुद्धिमान ठान्छ । तमोर सबैभन्दा होचो छ । तराईको प्रतीक बनेको तमोर थिचोमिचो सहन चाहदैन । आफ्नो धन अरुलाई बाँड्न चाहँदैन । दाजु पर्वते प्रति सदियौंदेखि रुष्ट छ । भनेको मान्नु नै पर्छ भने विभेदकारी नीति हुनुहुन्छ भन्छ ।
नेपाल आमाको प्रतीक बनेकी आमा पात्रका कुरा सबै छोराहरु मान्न तयार हुन्छन् । दाजु र भाइ सबै समान अधिकार प्राप्त व्यक्ति हुन्, एकले अर्कोलाई सहयोग गर्दै हिँडे शत्रुहरु स्वयम् हट्छन् भनेर आमाले तीनवटै दाजुभाइलाई एकताबद्ध पारेकी छिन् ।
५.९. “नम्र–विनम्र” एकाङ्कीको चरित्र चित्रणः
नम्र विनम्र एकाङ्कीमा कर्णनाथ, नविता, अमित, लोचन, हरे गरी पाँच जना पात्रहरु ”नम्र–विनम्र” एकाङ्कीमा देखापरेका छन् । नवीन विषयवस्तुमा आधारित यी सवै पात्रहरु विनम्रतापूर्वक गरिएको व्यवहारबाट परिवर्तन सम्भव छ भन्ने कुरा अघि सार्छन । कर्णठनाथमा प्रेम सम्वन्धी दार्शनिक विचारको छेलोखेलो छ । उनी मानसिक रुपमा केही गडबड भएका व्यक्ति हुन् तापनि सत्य कुरा बोल्ने भएकोले यस एकाङ्कीका मुख्य पात्र हुन् । अन्य पात्र सहायक हुन् । निजी विद्यालयमा अध्ययन गर्ने नविताले हेर नामक शिक्षकसँग लसपस गरेकी छे । हरे आफैं अनुशासन कायम गराउने शिक्षक हो । मर्यादापालक र रक्षक भएर पनि आफ्नै छात्रा नविताबाट यौनतृप्ति गर्ने र विवाहित पत्नी लोचन अनि सन्तानको भविष्यप्रति प्रश्न चिन्ह खडा गर्ने काम गरेको छ । लोचन विनम्रता की प्रतीक पतिपरायण नारी हुन् । अरुको खुशी र सुखमा आफू रमाउने प्रवृति उनमा छ । अनेकै सहनशीलता र मायालु वातावरणले नविता र हरेको मन फिरेको छ । अर्कातिर प्रेमले शारीरिक सुखको अभिलाषा नभएर मानसिक सद्भावको अपेक्षा राख्दछ भन्ने कर्णनाथको तर्कले समेत एकाङ्कीको भयावह रुपलाई निष्कर्ष तर्फ लैजना मद्दत पुगेको छ । प्रेम घृणा र द्वैषको जननी नभएर पवित्रता र सहदयीताको लक्षण भएको आभाषा सँगै गल्तीलाई स्वीकारेर सबै अमिल्दा पक्ष मिल्न गएका छन् । नविता कक्षा ९ की छात्राकै रुपमै फर्कने र हरे शिक्षककै दायराभित्र अटाउने निष्कर्षका साथ एकाङ्की टङ्गिएको छ । केही क्षण खल भूमिकामा भए पनि सबै पात्रहरु मिलेर, सदभाव राखेर अघि बढ्नुपर्छ भन्ने विचारमा छन् ।
५.१०. “नाम तिम्रो काम हाम्रो” एकाङ्कीको चरित्र चित्रणः
नाम तिम्रो काम हाम्रो एकाङ्कीमा नवीन, नरेश र निमेष र छात्राहरुमा आयुषी र आभा छन् । प्रिन्सिपलको भूमिका समेत अद्दम् छ । यस एकाङ्कीमा नवीन र नरेशलेल शिक्षा सम्वन्धी क्रान्तिकारी विचार तथा परिवर्तनका भावना को भूमिका निर्वाह गरेका हुनाले मुख्य पात्र हुन् । निपेक्षको भूमिका पनि केही ठाउँमा निकै गहकिला छन् । आयुषी, आभा र प्रिन्ुिसपल सहायक पात्रका रुपमा देखिन्छन् । यहाँ विद्यार्थीहरुको आन्तरिक र वाह्य प्रतिभा प्रष्फुटनको अवस्था नभएकोमा आक्रोश पोखेका छन् । डेक्स–वेञ्च भाँच्ने र होहल्लामा उत्रने रणनीति लिएका छन् । त्यस्ता काममा संलग्नहरुलाई राजनीति गरेको आरोप प्रिन्सिपलले लगाउँदा उनीहरु ऋझ आक्रोशित हुने गरेका छन् । पछि सुझबुझ सहितको निर्णय गरेपछि भने विद्यार्थीहरु शान्त भएका छन् । प्रयोगशालाको व्यवस्थापन, शिक्षक अभावको पूर्ति अनि खेलकुद सामग्रीको परिपूर्ति गरिदिने आश्वासनले आन्दोलन मत्थर हुन्छ ।
५.११. “परिवर्तन” एकाङ्कीको चरित्र चित्रणः
परिवर्तन देवराज, पुष्पराज, गङ्गा्रसाद र सूत्रधार गरी चारजना पात्रहरुको भूमिका प्रस्तुत एकाङ्कीमा छ । सबैसँग आ–आफ्नै किसिमको सुझबुझ छ । वर्तमानप्रति चिन्ता छ, भविष्यप्रतिको आशावादी सोचभने प्रवलरुपमा देखिन्छ । मूलतः गाउँ सानो भए पनि विकासको चरणमा उक्लिए पनि नैतिकता र आत्मीयता हराउँदै गएकोमा चिन्ता प्रकट भएको छ । देवराज र पुष्पराजले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यिनीहरु यस एकाङ्कीका प्रमुख प्रमुख पात्र हुन् भने गङ्गाधार र सूत्राधार सहायक पात्रको रुपमा लिइन्छ ।
यी सबै पात्रहरुमा सुझबुझको कमी छैन । २५ वर्ष अघिको सौम्य, शान्त र सहदयी गाउँ एकाएक कोलाहलमय, अविवेकी र सामाजिक मूलय र मान्यता ह्रास हुँदै जानुमा उनीहरुको ठम्याई दुई तरिकाले प्रकट भएको छ । पहाडबाट अन्धाधुन्द बसाइँसराई गरी जनसंख्या वृद्धि गर्नु, २०४६ सालको राजनैतिक परिवर्तनले गाउँ राजनीतिक चंगुलमा फस्नु । यी दुई कारणले गाउँमा द्वन्द्वात्मका अवस्था जन्मेकोमा पात्रहरुले असन्तोष जाहेर गरेका छन् । र राजनैतिक दललाई सुध्रन चेतावनी दिएका छन् ।
५.१२. “छलछाम छात्ते छ पार्टी” एकाङ्कीको चरित्र चित्रणः
छलछाम छात्ते छ पार्टी एकाङ्कीमा फोनको भरमा जमघट भएका छट्टुराज छत्तीसमान, छयालिसबहादुर, छरितकुमार, छन्नुलाल र छक्कमाया गरी जम्मा छ जना पात्रहरु छन् । तिनीहरु पार्टीका क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, सदस्य पदमा छन् । छट्छुराज यस एकाङ्कीमा मुख्य र अन्य सहायक पात्र हुन् । २००७ सालपूर्वदेखि राष्ट्रघाती कार्यमा संलग्न हुँदै आएकी पात्रहरु वर्तमानको प्रगतिलाई धरासायी गरी गुलामी युग आमन्त्रण गर्ने मनसायका साथ पार्टी गठनमा सक्रिय भएका छन् । सबैको मनमा जनतालाई कीरा–फटेङग्रा सम्झने मानसिकता छ । जनता सचेत हुँदा उनीहरुलाई सोला दिन्छ । सुख–शान्ति कायम हुँदा उनीहरुको होसहवास उड्छ । जनता अन्यौल र अशान्तिमा गुज्रिरहे, मुलुक यथास्थितिमा अल्झिरहे उनीहरुले दशैं मनाउन पाउँछन् । हैन, मुलुक अग्रगमनको बाटोमा अग्रसर भए उनीहरु आफ्नो अस्तित्व खण्डित हुँदै र विलाउँदै गएको महसुस गर्छन । यस किसिमको राक्षसी पात्रहरुको जमघटबाट प्रस्तुत एकाङ्कीले आफ्नो आधार लिएको छ ।
५.१३. “दाइजो ” एकाङ्कीको चरित्र चित्रणः
दाइजो एकाङ्कीमा दीपेश, हेडम्याडम, प्रिन्सिपल, लेखापाल, जुनु र मुनु जस्ता पात्रहरु छन् । शिक्षक व्यवस्थापनमा आधारित प्रस्तुत एकाङ्कीमा मुख्य गरी प्रिन्सिपल, हेडम्याडम र दीपेशका बीचमा भएको संवाद नै लक्ष्य निर्धारकका रुपमा आएको छ । दीपेश र प्रिन्सिपल यस एकाङ्कीमा प्रारम्भदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकाले मुख्य पात्र हुन् । हेडम्याम सहायक पात्र, जुनु र मुनु गौण पात्र हुन् । दीपेशका जुनु र मुनु नाम गरेका दुई छोरी छन् । तिनीहरुको विवाहमा मोटो धनराशी दाइजोको रुपमा दिनुपर्ने वाध्यता छ । त्यसैले दीपेशलाई पर्नु पीर परेको छ । कमाइको एकमात्र स्रोत शिक्षण हो । त्यसमा पनि बाँच्न मात्र पुग्ने रकम पाउनाले उनी आत्तिएका छन् । यसै पृष्ठभूमिलाई नियाल्दा दीपेश शोषित वर्गमा पर्ने श्रमजीवि हुन् भने हेडम्याडम र प्रिन्सिपल सामन्त तथा शोषक वर्गको प्रतिनिधि हुन् ।
५.१४. “देश हराएको सूचना” एकाङ्कीको चरित्र चित्रणः
देश हराएको सूचना एकाङ्कीमा सूत्रधार, युवक, युवती र वृद्ध जस्ता पात्रहरु छन् । तिनीहरु आ–आफ्नै समस्यामा जेलिएका छन् । बेरोजगारी भएर बाँच्न विवस युवक, सामन्तसँग विवाह गरिदिएर छोरीलाई सुख दिने बाबुआमाको लालचको शिकार भएकी युवती संरक्षण र सुरक्षाको अभावमा प्राण बचाउन हम्मे परेका वृद्ध गरी थरीथरीका समस्याबाट आक्रान्त भएका पात्रहरु भेला पारिएको छ । यस मा सूत्रधारका विचार प्रगतिवादी भएको हुनाले मुख्य पात्र हो । अन्य, युवक, युवती र वृद्ध सहायक पात्र हुन् ।
सुझबुझको कमी नभएर पनि क्रियाशीलताको अभाव भने खट्केको छ । प्रशासन दयाले हैन मायाले चलोस् भन्ने आकांक्षा प्रकट भएको छ ।
५.१५. “परिचय” एकाङ्कीको चरित्र चित्रणः
“परिचय” एकाङ्कीमा आएका १७ जना पात्रहरुको आ–आफ्नै प्रकारको परिचय छ । लिलि, विजय, कोपिला, किशोर, ममता, तार्केश्वर, शेफालिका, तासा, नेहा, नारायणी, तब्बू, रिसव, मनिषा, थानेश्वर, भोर्जन, भेषराज, सेकरिन नाम गरेका ती पात्रहरुले क्रमशः २० देखि ३६ वर्षे उमेरलाई संकेत गरेका छन् । पुरुष र नारी पात्रहरु सरावरी पार्ने ध्येय रहेका देखिन्छ । ती पात्रहरु १७ वटा संघीय राज्यलाई प्रतिनिधित्व गर्ने पात्रका रुपमा देखिएका छन् । तिनले क्रमशः लिम्वुवान, विजयपुर, कोचिला, किराँत, मधेश, तामाकोशी, शेर्पा, तामसालिङ, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारुवान, भोटेलामा, भेरी, कर्णाली, सेतिमहाकाली नाम भएका संघीय राज्यलाई संकेत गरेका छन् । राज्यको मूलधारमा आउन नसकेकोले आउने प्रयत्नस्वरुप आफू यहाँ सबै सामु उभिएको आभाष सवै पात्रमा भएको छ । बेमेलको कुमार्ग छाडी मेलको मार्गमा एकताबद्ध भएर अघि बढ्ने आकांक्षा सबैमा छ । आ–आफ्ना प्रचलित संस्कृतिका गुणकारी पक्षलाई अवलम्वन गर्ने अठोट सबैले दोहो¥याएका छन् । जडसूत्रवाला पक्षलाई हटाएर अग्रगमनउन्मुख समाजनिर्माणमा सबै प्रतिबद्ध छन् । यसरी मानवेतर पक्षलाई मानवले नै चिनाउने हैसियत भएका पात्रहरुको संयोजन अनौठो लाग्छ तर सार्थक छ ।
अध्याय–छ
युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्कीका परिवेशको विश्लेषण
६.१. “वादविवाद” एकाङ्कीको परिवेशः
गाउँले पृष्ठभूमिको पारिवारिक परिवेशलाई वादविवाद एकाङ्कीमा स्थान इिएको छ । मूलतः श्रीमान र श्रीमती बीचको मनोद्गार उद्घाटित भएको छ । ईश्वरवादी जडसूत्र अपनाउने र विज्ञानसम्मत खुकुलोपन अपनाउने बीचको स्वभाविक द्वन्द्वलाई एकाङ्कीमा स्थान दिइएको छ । कर्ममुखी भएर जीवन धान्न सक्नुपर्ने तर्कलाई समेत उत्तिक्कै धतलाग्दो तवरले अघि ल्याइएको छ । विहानको एक बसाइमा घटित घटनाक्रमलाई एकाङ्कीले आफ्नो समय निर्धारण गरेकाले यसमा आन्तरिक परिवेश छ । तापनि एकाङ्कीमा आएको द्वन्द्वात्मक अवस्थाको सिर्जना भने लामै समयदेखि हुँदै आएको देखिन्छ ।
६.२. “करार विवाह” एकाङ्कीको परिवेशः
५ जना पात्रको एक बसाइको समयलाई आधार बनाएर करार विवाह एकाङ्की अघि बढेको छ । समस्या थरिथरीका छन् । तिनको निकास भने एकै थरीको देखिन्छ । सृष्टिलाई विवाहदर्ता प्रमाण–पत्र त्रास अभितसँग छ । पुण्य र लक्ष्मीलाई मान्छेले विवाह नै नगरी बसे भने सृष्टिको चक्र नै ठप्प हुने भय छ । त्यसको निकास निकाल्ने काम कर्णकान्तबाट भएको छ, त्यो हो करार विवाह गर्नु र आ–आफ्नो लागि एक–एक सन्तान जन्माउनु । मन मिले करारलाई स्थायीमा परिणत गर्नु, नमिले आ–आफ्नो कामधाम गरी जीवनगुजारा चलाउनु । मनासिव तर्क कर्णकान्तको रहे पनि समाजले सजिलै पचाउन सक्ने स्थिति छैन । जे होस्, नवीन समस्याको नवीन समाधानको रुपमा आएको करार विवाहले क्रान्तिकारी छलाङ मारेको प्रतीत हुन्छ । दार्शनिक पक्षका धेरै कुराहरु कर्णकान्तबाट सार्वजनिक भएकाले यसमा आन्तरिक र बाह्य परिवेश छ । समस्या भएकै ठाउँबाट समाधान खोजिएको छ । नेपाली समाजलाई विश्व परिवेशभित्र समाहित गर्न खोजिएको प्रतित हुन्छ ।
६.३. “दर्द” एकाङ्कीको परिवेशः
पारिवारिक वातावरणको स्पष्ट झलक दर्द एकाङ्कीमा पाइन्छ समय छोटो भए पनि पृष्ठभूमि लामो प्रतीत हुन्छ । सोझासीधा मान्छेलाई छट्टु मान्छेले छक्याउने र सताउने मानसिकता एकाङ्कीमा प्रष्ट साथ देखिन्छ । शोषक–सामन्ती समाजको झलक दिन र परिश्रमीहरुको जीवनयुद्ध वर्णन गर्न एकाङ्की सफल छ । संवाद पात्रहरुको भोगाइमा आधारित छ । खारिएको चिन्तन संवादबाट प्रष्ट हुन्छ । जीवनलाई एउटै कोणबाट हेर्दा तल परिने भएकाले मान्छेले विविध कोणबाट जीवनलाई नियाल्नुपर्ने आभाष एकाङ्कीमा प्रकट भएको छ । गाउँले पृष्ठभूमि, अशिक्षित र अद्र्धशिक्षित समुदायको जमघट, बालमनोविज्ञानमा आधारित पात्रहरुको संयोजन र बाह्य सुन्दर परिवेश आदिका कारण एकाङ्कीले सार्थक मोड लिएको आभाष हुन्छ ।
६.४. “आधा मेरो आधा तिम्रो” एकाङ्कीको परिवेशः
सहरउन्मुख गाउँको दृश्यलाई आधा मेरो आधा तिम्रो एकाङ्कीमा स्थान दिइएको छ । लेखपढ गर्ने अनुकुल वातावरण भएको पारिवारिक अवस्थालाई चित्रण गरिएको छ । श्रीमान र श्रीमती बीचको आपसी मतभेदलाई प्रमुख स्थान दिँदै अधिकारको वकालत गरिएको छ । एक बसाइलाई समयका रुपमा लिँदै एकाङ्कीले पृष्ठभूमि भने साह्रै गहकिलो लिएको छ । समाजमा नपचेको विभेदलाई आधार बनाएर कथावस्तु अघि बढाएको स्थिति छ । लक्ष्मी र नरनाथको मनोविज्ञानलाई सजीव रुपले एकाङ्कीमा स्थान दिइएको छ । अस्वभाविक लाग्ने विषय स्वभाविक तवरले छलफलमा प्रवेश भएको छ र मजवुत परिवेश निर्माण गर्न सहायक भएको छ । जसरी सन्तान प्राप्तिमा नसारी समान सहभागि छन्, त्यसैगरी त्यस सन्तानको परिचयमा बावुको मात्र थर नजोडी आमाको थर पनि गाँसिनु पर्ने त्यसो गरेर नयाँ थरको जन्म गराउनु पर्ने निष्कर्ष लक्ष्मीको छ । विजयी मत पनि त्यही भएको छ र कल्पना गरिएको मतलाई मिलेर स्थापित गर्ने संकेत दिइएको छ ।
६.५. “जस्तो मति उस्तै गति” एकाङ्कीको परिवेशः
जस्तो मति उस्तै गति एकाङ्कीको वातावरण गाउँको चौतारोमा घटेको घटनामा आधारित छ । त्यहाँ पतिहरुको जमघट मात्र छैन, उही संख्यामा पत्नीहरु पनि छन् । एउटा बसाईलाई अधार बनाएर समय निर्धारण भएको भए पनि कथावस्तुको लहरो भने धेरै लामो छ । यहाँ श्रीमतीलाई मनोरञ्जनको भरपर्दो साधन ठान्ने प्रवृत्ति हावी भएको देखिन्छ । पुरुषको अहङ्कारका सामु महिला हारेका छन् र महिलाको कमाइमा पुरुषले बाँच्नुपर्ने दिन आएपछि पालोको पैँचो भन्ने उखानले सार्थक मोड लिएको छ । सुझ नभएका पतिहरु अलमलमा परेका छन् भने टाठाबाठा पत्नीहरु अझ चनाखा बनेका छन् । परिश्रमको फल स्वादिलो हुने कुरामा विश्वस्त हुँदै प्रभुले प्रभासँग मिलेर घरजम गर्ने मनसाय बताएपछि एकाङ्कीको बिट मरेको छ ।
६.६. “युग उचाल्ने अक्षरकर्मीको अवसान” एकाङ्कीको परिवेशः
‘युग उचाल्ने अक्षरकर्मीको अवसान नाटकमा’ महेन्द्र पुलिस क्लवको भीआइपी कोठामा यातनाको लागि लगिएका बन्दी १ लाई मरणपश्चात् आर्यघाटमा दाहसंस्कारसम्मको समयलाई नाटकले आफ्नो कथावस्तु भित्र अटाएको छ र यातनाको भयावह रुपलाई नाटकमा स्थान दिइएको छ । बर्दीधारीहरुको ज्याजतिले उत्तिक्कै प्रश्रय भेटेको छ । निरंकुशताका पृष्ठपोषकहरुको विजय र स्वतन्त्रता सेनानीहरुको पराज्यका कारण नाटक निराशजनक अवस्था भएर अघि बढेको छ । यही अवस्थाले क्रान्तिकारीहरु जन्मन ऊर्जा दिएको छ । त्यस ऊर्जाको यथेष्ट आभाष बन्दी २, साना दर्जाका बर्दीधारी र नेपथ्यबाट आएकी आवाजबाट थाहा पाइन्छ । रङ्ग मञ्चीय दृष्टिकोणले पनि यो नाटक सफल देखिन्छ । इच्छुक प्रति सम्मान जनाउन उनले उमारेका बेर्नाहरुको सुरक्षा, संरक्षण र मलजल गर्नु हाम्रो कर्तव्य हो भन्ने अभिमतका साथ नाटकको बिट मारिएको छ ।
६.७. “पीडा एक भाका अनेक” एकाङ्कीको परिवेशः
‘पीडा एक भाका अनेक एकाङ्कीको’ परिवेशको मूलआधार सडक हो । एक्कासी सडक भरिने र एकाङ्की सकिनासाथ खाली हुने अभिप्रायलाई नियाल्दा यो सडक नाटक हो । यहाँ पीडित वर्गको जमघट भएको छ । सबैले आ–आफ्ना पीडा झल्कने पोशाक लगाएका छन् । एकाङ्कीले सडक अवरुद्ध गरी केही समयमै सारा संवादहरु बोलेको छ ।
६.८. “एकता” एकाङ्कीको परिवेशः
हिमाल, पहाड र तराईको भौगोलिकपन देखाउने फरक–फरक वातावरण र अवस्थाको झलक ‘एकता’ एकाङ्कीमा देखाइएको छ । मुलतः मधेश आन्दोलनले जन्माएको “मधेश” एक प्रदेश को नीति बमोजिम विखण्डनकारी सोच प्रार्दुभाव भएको पृष्ठभूमिलाई परिवेशको रुपमा राख्न सकिन्छ । दाजुभाईको झगडा, आमालाई आपत र शत्रुहरु टाढाबाठा भएको अवस्था आदिको सजीव चित्र एकाङ्कीमा आएको छ । अर्कातिर आमाको धम्की पूर्ण भनाई र हिनतावाधी विचार तर्सिएर छोराहरु एकताबद्ध हुन बाध्य भएको देखाइएको छ । अतः राजनीतिक पृष्ठभूमिमा आधारित भएर सबै नेपालीलाई एकै थलोमा उभिन लगाउने सोच एकाङ्कीमा देखिन्छ ।


६.९. “नम्र–विनम्र” एकाङ्कीको परिवेशः
बोर्डिङ्ग स्कूलको कडा अनुशासनको परिवेशलाई आधार बनाएर “नम्र–विनम्र” काम हाम्रो एकाङ्कीले आफ्नो स्वरुप ग्रहण गरेको छ । स्कूल प्रशासनको लथा लिङ्गे पाराले वोर्डिङ्ग स्कूलको पठनपाठन चौपट्ट हुँदै गएको सजीव चित्र यहाँ पाइन्छ । अनुशासनको जिम्मा दिएकै शिक्षकबाट हुन गएको अनैतिक र अमर्यादित कार्यलाई भण्डाफोर गरेको छ । अनुशासनको घेरा भित्र मौलाएको अनैतिक कामकुरालाई आधार बनाउँदा परिवेश सन्तुलित किसिमको देखिन्छ । अर्कातिर पारिवारिक जमघटको छोटो समयावधिलाई परिवेशभित्र अटाएको देखिन्छ ।
६.१०. “नाम तिम्रो काम हाम्रो” एकाङ्कीको परिवेशः
यस एकाङ्कीमा निजी विद्यालयको परिवेश छ । त्यसमा पनि कक्षा कोठाको आन्तरिक वातावरण धमिलिएको छ । स्कूल समयमै घटना घटेको छ । विद्यार्थीको बाह्य भन्दा आन्तरिक अक्रोश बढी छ । शिक्षकप्रति श्रद्धालु भाव राख्ने र प्रशासनप्रति रुष्ट व्यवहार देखाउने क्रियाकलापको चर्चा छ । डेक्सवेन्च भाँचेरै भएपनि बदलmा लिने मानसिकता अघि सारिएको छ । यस प्रकार विद्यार्थी र अभिभावकलाई मुखले मीठा–मीठा आश्वासन बाड्ने तर व्यवहारले थाङ्नामै सुताउने बोर्डिङ्ग स्कूलहरुको कर्तुतको पर्दाफास गर्ने ध्येय प्रस्तुत एकाङ्कीमा रहेको देखिन्छ ।
६.११. “वादविवाद” एकाङ्कीको परिवेशः
गाउँले परिवेशमा परिवर्तन एकाङ्की सिर्जना गरिएको छ । २५ वर्ष अघिको गाउँ विल्कुलै भौतिक रुपले अविकसित छ भने २५ वर्षपछिको गाउँ भौतिक उपलब्धीमा धेरै अघि तर सामाजिक मूल्य–मान्यता स्थापितमा धेरै पछाडि रहेको देखाइएको छ । पार्टीमा लेखिएको र दर्शाइएका आधारमा २५ वर्ष अघिको गाउँ र २५ वर्ष पछिको गाउँको अवस्था देखाइएको छ । जे होस् नवीन मूल्य र मान्यतालिएर अघि नबढे मुलुकले काँचुली फेर्ने छैन भन्ने आभाष स्पष्टताका साथ देखाइएको छ ।
६.१२. “छलछाम छात्ते छ पार्टी” एकाङ्कीको परिवेशः
घरधनीलाई लखेटेर कब्जा गरिएको सुन्दर घरभित्रको अव्यवस्थित अवस्थालाई छलछाम छात्ते छ पार्टी एकाङ्कीले परिवेशका रुपमा लिएको छ । छट्टु र अनैतिक पात्रहरुका कर्तुतहरु सार्वजनिक भएका छन् । अस्तव्यस्त समाजलाई धुजाधुजा पार्न सहज छ भन्ने मानसिकताबाट एकाङ्की प्रेरित छ । त्यहाँ भएका र हुनसक्ने सम्पूर्ण क्रियाकलापहरु कुरुपताका प्रतिक हुन् । शोषक–सामन्ती दर्शनमा भएका कुराहरु सार्वजनिक गरी सचेत पारी अग्रगमनकारी युग निर्माण गर्न एकताबद्ध हुनुपर्ने आवाज बुलन्द पार्ने कुरालाई लक्षित गरी परिवेश निर्माण गरिएको छ ।
६.१३. “दाइजो” एकाङ्कीको परिवेशः
वोर्डिङ्ग स्कूलको कार्यालय कक्षमा घटेको र भएको घटनालाई परिवेश बनाएर प्रस्तुत दाइजो एकाङ्की लेखिएको छ । विशेष गरेर स्कूल प्रशासनले शिक्षक दीपेशलाई तलब वृद्धि वारे बाडेको र दिएको आश्वासनमा आधारित मुल कथावस्तुव भए पनि शिक्षक दाइजो दिनुपर्ने कुरा सम्झेर चिन्तित भएका छन् । प्रिन्सिपल र हेडम्याडम दाइजोको कुरामा नतर्सी त्यसलाई हटाउन एकजुट भएर अघि बढ्नुपर्छ भन्ने मत अघि सार्छन ।
६.१४. “देश हराएको सूचना” एकाङ्कीको परिवेशः
“देश हराएको सूचना” नामक एकाङ्कीमा सडकको पेटीमा घटेको घटनाक्रमलाई प्रतिकारात्म ढंगले देखाउने काम भएको छ । सडकको सुनसानलाई चिर्ने गरी सूत्रधारले ठूलठूलो स्वरमा देशको खोजी गरेपछि मान्छेको जमघट बढेको छ । राज्य कानुन जन्माउन जुटेको तर बीच बाटैमा अलपत्र परेको अवस्थाले अस्थिर वर्तमान र अनिश्चित भविष्यको सङ्केत गरेको छ ।
६.१५. “परिचय” एकाङ्कीको परिवेशः
पूरै नेपाललाई १७ वटा संघीय राज्यमा विभक्त गरी समृद्धशाली नयाँ नेपालको परिकल्पना गने सहास एकाङ्कीमा गरिएको छ । यहाँ आएका सबै पात्रले आ–आफ्नै संघीय संरचनाका पोशाक र परिचय बोकेका छन् । सूत्रधारको संकेतअनुसार उनीहरु एक मञ्चमा उभिएर एक आपसमा परिचय आदानप्रदान गर्दै छन् । मिलेर गएर जंघार तर्न सकिने नत्र बीच बाटो मै अलपत्र हुनुपर्ने आभाष भएको छ । मूलत एक बसाईलाई आधार बनाएर एकाङ्कीले छोटो वातावरणको स्वरुप ग्रहण गरे पनि पृष्ठभूमि तयार भने सदियौं पूर्व देखि हुँदै आएको आभाष मिल्दछ । सबैले सबैलाई आफन्त सम्झदै परिवर्तित सोचअनुसार अरुको भावना बुझ्ने गर्नाले आफ्नो भावना समेत बुझ्न वाध्य हुन्छन् भन्ने मानसिकता एकाङ्कीमा व्यक्त भएको छ ।
परिचय लेखक आचार्यको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक÷एकाङ्की सङ्ग्रहमा सङ्ग्रहित पन्ध्रौ तथा अन्तिम एकाङ्की हो । यसमा लिम्वुवान, विजयपुर, कोचिला, किराँत, मधेस, तमाकोसी, शेर्पा, तामसालिक, नेवा, नारायणी, तमुवान, रिडी, मगर, थारुवान, भोटेलामा, भेरी कर्णाली, सेती महाकाली भएता सम्भाव्य संघीय राज्य र ती राज्यका बसोवास गर्ने १७ जना पात्रपात्राहरुलाई २० देखि ३९ नम्वरसम्मका कडा अङ्कित पोशाक लगाएर एउटै कोठामा भेटवार्ता गराइएको छ । यो एकाङ्की लामालामा संवादका कारण मञ्चनका दृष्टिले असम्भव देखिन्छ । सूत्रधार भन्ने व्यक्ति उद्घोषकका रुपमा देखिन्छ । देशलाई बिखण्डन नभएर एकताका लागि संघीयताको आवश्यकता रहेको सूत्रधारको छ । प्रत्येक पात्रले परिचयको क्रममा आफ्नो र आफ्नो राज्यको समेत परिचय छुट्टाछुट्टै रुपमा गर्दछन् । प्रत्येक राज्यका प्रतिनिधिको कुरा (विचार) सुनेपछि सूत्रधारले कतिपय कुसंस्कारको विरोध जनाउदाँ यस एकाङ्की मार्फत लेखकले कुसंस्कार र अन्धपरम्पराको विरोध गरेको पनि देखिन्छ । प्रत्येक राज्यमा फरक फरक रहनसहन तथा संस्कृति रहेको जानकारी पनि देख्न सकिन्छ । लामो समयदेखि चल्दै आएका पुराना कुसंस्कृतिहरु राज्यले हटाउने नियमकानुन लगाएर पनि अझसम्म बाँकी नै रहेको कुरा पनि एकाङ्कीका विभिन्न पात्रहरुको अभिमतबाट बुझाउन खोजिएको छ । एकाङ्कीको अन्त्यमा सूत्रधारले हामी सवै मिलेर बस्न सके मात्र देश बन्न सक्छ । एकधुकी सुकी, सय थुकी नदी’ भने झै हामी सबै मिल्नु नै आत्यावश्यक छ । भन्ने अभिव्यक्ति पछि सवैले एक अर्कामा अंगालो मारेपछि एकाङ्की अन्त्य भएको देखायएको छ साथै सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने सन्देश व्यक्त गरिएको देखिन्छ ।

अध्याय–सात
उपसंहार तथा निष्कर्ष
७.१ निष्कर्षः
वि.सं. २०३० साल असार २८ गते उदयपुर जिल्लाको ठोक्सिला गाविसमा जन्मिएका नन्दलाल आचार्यका पुर्खाहरू बसाईका क्रममा खोटाङबाट उदयपुरमा आएर बस्न थालेका हुन् । मध्यमवर्गीय परिवारमा जन्मिएका नन्दलाल आचार्यको बाल्यकालमा आर्थिक अभाव र संकटावस्था आइपरे पनि साथीभाइसँगको हाँसखेल र घुमफिरले रमाइलो साथ नै बितेको देखिन्छ । वि.सं. २०३६ सालतिर ६ वर्षको उमेरमै आमा भगवती आचार्यबाट अक्षरारम्भ गरेका आचार्यले गाउँदेखि ४५ मिनेट टाढाको तपेश्वरी गाविस–४ पुरन्दहस्थित श्री जनता बेलाका निमाविमा भर्ना भई २०४७ सालमा प्रवेशिका, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट आइ.ए. र बी.ए., बी.पी. कोइराला क्याम्पस जनकपुरबाट एक वर्षे बी.एड. पास गरी वि.सं. २०५८ मा नेपाली विषयमा एम.एड उत्तीर्ण गरेका हुन् । उनले २०५२ देखि शिक्षण पेशा अपनाउँदै यो क्रमलाई हालसम्म निरन्तरता दिएको देखिन्छ । २०६१ असार ९ गते रुपनगर प्रगतिटोल बस्ने लक्ष्मी रिजालसँग विवाह गरेका आचार्यका हाल दुई छोरी रहेका छन् ।
सानै उमेरदेखि साहित्य लेखनमा उत्सुक आचार्यले २०६७ सालमा युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्की संग्रह प्रकाशित गराएका हुन् । उनको यो नै पहिलो प्रकाशित रचना संग्रह हो । साहित्य र साहित्येत्तर विधामा गरी करिब अढाई सय रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा सार्वजनिक भइसकेका छन् । नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याएका आचार्यले खासै ठूला पुरस्कारहरू प्राप्त गर्न नसके पनि विभिन्न साहित्यका संघ संस्थामा उनी आबद्ध हुँदै आएका छन् ।
हेर्दा गहुँगोरो, गोलो मुखाकृति र हँसिलो मुहार भएका आचार्य मझौला कदका भए पनि निकै रातापिरो देखिन्छन् । भ्रमण र भेटघाटमा रुचि राख्ने आचार्यको वरिष्ठ र कनिष्ठसँगको भेदभाव बिना सबैलाई समान व्यवहार गर्ने, परेको बेला साथीभाइहरूलाई सक्दो सहयोग गर्ने र चित्त नबुझेको कुरा तुरुन्तै प्रतिवाद गर्ने स्वभाव राम्रो मानिन्छ । आचार्यको शैक्षिक व्यक्तित्वले प्रा.वि.को शिक्षकदेखि मा.वि.को प्र.अ.सम्मको भूमिका सम्पन्न गराएको थाहा लाग्दछ । साहित्यकार व्यक्तित्व अन्तर्गत् नाटक÷एकाङ्कीकार, कथाकार, बालसाहित्यकार, कवि, उपन्यासकार, निबन्धकार, समीक्षक व्यक्तित्व रहेको छ । आचार्यका नाटक÷एकाङ्कीमा मूलतः प्रगतिवादी, विसंगत विचार जस्ता विशेषता पाउन सकिन्छ । साहित्यकार व्यक्तित्वमध्ये नाटक÷एकाङ्कीकार व्यक्तित्वमा विशेष सिद्धि हासिल गरेका आचार्यका नाटक÷एकाङ्कीहरु व्यक्तिदेखि सामाजिक जीवन उद्घाटन भएका नवीन प्रयोगवादी र मानवीय जीवनका वास्तविक यथार्थको खोज गरिएका सामाजिक यथार्थदेखि उत्तरआधुनिक मानवीय विघटित अवस्था जस्ता विषयगत एवं प्रवृत्तिगत पहिचान लिएका देखिन्छन् ।
आचार्य प्राकृतिक दृश्यले भरिपूर्ण भएको ठाँउमा जन्मिए पनि सामाजिक र पारिवारिक वातावरणले भने उहाँलाई नकारात्मक प्रभाव पारिरह्यो । यसरी रूढीवादी परम्परा र वर्गीय समाजमा अंकुरण हुन लागेका उहाँका बालप्रतिभाहरूलाई निमोठ्ने र ठिंगु¥याउने कार्य त्यहाँको समाजले गरेको घृणित व्यवहारले उहाँलाई सानैदेखि अन्र्तमुखी र एकान्तप्रेमी बनाइदियो फलस्वरूप त्यही घृणित समाज नै उहाँका साहित्यिक कृतिहरूमा तिखा तिखा व्यङ्गवाण बनेर प्रहार भएको पाइन्छ । सानोमा लज्जालु स्वभाव भएका आचार्य अति नै संवेदनशील, विनयशील र मिलनसार भएको बुझिन्छ ।
आचार्यका नाटक÷एकाङ्कीका कथावस्तुमा विभिन्न घटना, विभिन्न प्रकरण वा सन्दर्भका समुचित र सन्तुलित एवं व्यवस्थित प्रस्तुति वा विन्यासीकरण गरेका छन् । उनका एकाङ्कीमा आकारका दृष्टिले लघुता, पात्रमा सीमितता, गतिमा तीव्रता र कार्यमा एकोन्मुखता देखिन्छ । एकाङ्कीमा घटनाहरुको बहुबलता देखिदैन । आचार्यका सम्पूर्ण एकाङ्कीमा आजको नेपाली समाजमा घटित र घटन सक्ने घटनाहरुको सार्थक उपयोग भएको हुनाले प्रगतिवादी विचारधारा भएका एकाङ्कीकारको रुपमा चित्रण गर्न सकिन्छ । आचार्य आफ्ना सवै एकाङ्कीमा एकै घटना विषयवस्तु र उद्देश्यमा बाधिएर तीब्रगतिमा अगाडि बढेको देखिन्छ । कथोपकथन, अभिनय, वेषभुषा र रङ्गमञ्च सज्जा प्रयोग गरी आधुनिकता थपेकाले गतिशील चिन्तनका रचनाकारको रुपमा देखिएको आभाष हुन्छ ।
उनका बालसाहित्यिक कृतिहरूमा उपदेशात्मकता, नीतिमूलकता, मनोरञ्जनात्मकता जस्ता प्रवृत्ति हासिल गर्न सकिन्छ । निबन्धकारका रूपमा समेत चिनिएका आचार्यका निबन्धहरू संस्मरणात्मक, आत्मपरक तथा विवरणात्मक र विश्लेषणात्मक शैलीका देखिन्छन् भने विभिन्न साहित्यिक व्यक्तिहरूको परिचय, कृतिहरूको समीक्षणका माध्यमबाट उनले द्रष्टा व्यक्तित्वको समेत परिचय बनाएका छन् । प्रत्येक समय नवीनताको खोजीमा क्रियाशील रहने आचार्यको साहित्यिक व्यक्तित्वले नाटक÷एकाङ्कीहरूको विपठनका हिसाबले समेत महत्वपूर्ण रचनागर्भको लेखनारम्भ गरेको देखिन्छ ।
सामान्यतः प्रगति भन्नाले उन्नति, अग्रगति वा विकास भन्ने अर्थ बोध भए पनि साहित्यमा प्रगतिवाद भन्नाले एउटा निश्चित दार्शनिक र सैद्धान्तिक मान्यतासित सम्वन्धित वाद भन्ने बोध हुन्छ । वस्तुतः साहित्यमा प्रगतिवादलाई कार्लमाक्र्स, एंगेलस प्रतिपादित द्वन्द्वतात्मक भौतिकवादी विश्व दृष्टिकोणको द्योतक मानिन्छ । यस अर्थमा प्रगतिवादलाई माक्र्सवादी राजनैतिक दर्शनको साहित्यिक अवतरणको संज्ञा दिन सकिन्छ ।
नेपाली साहित्यमा माक्र्सवादी साहित्य, समाजवादी यथार्थवाद र वढीभन्दा बढी प्रगतिवादी साहित्य भनेर प्रचलनमा ल्याइएको पाइन्छ । नेपाली साहित्यमा पनि प्रगतिवादलाई माक्र्सवादकै साहित्यिक अवतरणको रुपमा लिइन्छ । प्रगतिवादअनुसार समाजको झैँ साहित्यको पनि कुनै शास्वत र एकरस स्वरुप हुँदैन । समाजमा झैँ साहित्यमा पनि परिवर्तन र विकास भइरहन्छ । समाजको विकासको कथालाई हेर्ने हो भने प्रगतिवादअनुसार भाव वा विचार प्रकाशमा आउनुभन्दा अघि जडजगत् विद्यमान थियो । मानवको वर्तमान रुप वा अवस्था क्रमिक विकासको परिणाम हो । भाषा, भाव र शैली सवै परिवर्तनशील छन् । त्यसैले प्रगतिवादका मान्यता विकासको आधारमा स्थापित भएका छन् । प्रगतिवाद साहित्यका पुराना विषयवस्तु अभिजात वर्गीय वा मध्यम वर्गीय र पात्रको स्थानमा नयाँ विषयवस्तु र सर्व साधारण पात्रका अवस्थालाई प्रस्तुत गर्छ । यसले अभिजातवर्ग वा मध्यमवर्गलाई होइन, सर्वहारावर्गलाई महत्व दिन्छ । ऊ कवितामा सहजता, सरलता र स्पष्टताको माग गर्छ । यसले उपेक्षित र दलितवर्गको समस्यालाई प्रस्तुत गर्दछ ।
महान् नेपाली जनयुद्धले राजनीतिक क्रान्ति मात्र नभई यसले प्रगतिवादी साहित्यकलामा नयाँ विषयवस्तु प्रदान ग¥यो । सामन्तवादका विरुद्ध जनताको विद्रोह र प्रतिरोध, प्रतिक्रियावादीहरुको नरसंहारकारी अभियान, सामूहिक हत्याकाण्ड तथा चरम यातना, जनता, योद्धा र नेताहरुको त्याग, तपस्या र बलिदान नाटकका विषयवस्तु बने । विभिन्न समयान्तरमा लेखिएका नाट्यसिर्जनाले जनतालको मुक्तिका निम्ति वर्गसंघर्षको पक्षपोषण गरेका छन् । अर्कोतिर कृतिमा समेटिएका नाटककारहरुको नाटयसिर्जना बजार मूल्यलाई होइन कि वैचारिक एवम् नाटकीय मूल्यलाई प्राथमिकतामा राखिएको छ । यस्ता विचारधारा नाटककार आचार्यले आफ्ना रचनामा समावेश गरेको पाइन्छ ।
एकाङ्कीको विकासका पनि मुख्यतः तीन चरण छन्– आरम्भ अथवा उद्घाटन, विकास अथवा सङ्गर्ष र नाटकीय स्थल, अन्त अथवा चरमसीमा र अन्तिम अवस्था । नाटकमा झैं एकाङ्कीमा घटनाको विस्तार र पताकाप्रकरीको अभाव रहन्छ । हिन्दीका प्रसिद्ध एकाङ्कीकार डा.रामकुमार वर्माका मतमा एकाङ्कीको प्रत्येक घटना कोपिलाझैं फुटेर फूलभैm विकसित हुन्छ । यसमा लहराझैं फैलिने उच्छृङ्खलता हुँदैन । एकाङ्कीमा प्रारम्भ एकाएक हुने हुँदा प्रायः दर्शक र पाठक अलमलिने गर्छन्, तर यो सबै सामाजिक कथावस्तु लिएका नाटकहरुमा पनि कुरा हो । कथानकको विकास अकस्मात् हुने हुँदा संघर्ष, कुतूहल एवम् चरम सीमामा छिटै आएको पनि हामी पाउँछौ । केही एकाङ्की चरम सीमामा नै अन्त भएको पनि पाइनेछन् र केही एकाङ्कीमा भने चरम सीमापछि पनि अन्तिम अवस्था आउन समय लाग्नेछ । संघर्ष र कौतूहल कथानकका महत्वपूर्ण विशेषता हुन् । यी दुई यस्ता तत्व हुन्, जसको अभावमा एकाङ्की निष्प्राण हुन्छन् । यी आरम्भ, विकास र अन्त्यलाई नाटककारले आफ्ना सबै नाटक÷एकाङ्कीमा उद्घाटन गरेको देखिन्छ ।
एकाङ्कीमा मूल पात्र र सहायक पात्र हुन्छन् भने सहायक पात्रको सहायताका लागि गौण पात्रको प्रयोग गर्न पनि सकिन्छ । मूल पात्र पुरुष र नारी दुवै हुन सक्छन् । पुरुष पात्रले पुरुषको भूमिका निर्वाह गर्दछ र महिला पात्रले महिलाको भूमिका निभाएको हुन्छ । एकाङ्कीका चरित्र कथानकका अनुसार कल्पित हुन सक्छन् । तर, सर्वदा चरित्राकंन गर्दा स्वाभाविकता एवं सजीवता ल्याउने प्रयास लेखकको हुन्छ । लेखक आजको भएकोले जस्तै पुरानो कथानक भए पनि आजका मान्छेको चरित्रको गन्ध ती पुराना पात्रमा पाइन्छ । आजका एकाङ्कीकारले राम, सीता, जनक, पृथ्वीनारायण शाहजस्ता ऐतिहासिक पुरुषहरुको चरित्रचित्रण गर्दा आजकै मान्छेका विशेषताहरुको केही अंश तिनमा पनि राख्छन । आजको युगमा मानिसका बाह्य क्रियाकलापभन्दा पनि मानिसको मनमा उठेको घात–प्रतिघात, आशा–निराशा, उद्वेलन र संघर्षलाई देखाउने चेष्टा गरिन्छ । यसप्रकार आजका एकाङ्की निकै गम्भीर बनेका छन् र दृश्यभन्दा पाठ्य भएका छन् । आचार्यका एकाङ्कीहरु पनि दृश्यात्मक भन्दा बढी पाठ्यात्मक जस्ता देखिन्छन् ।
अभिनय रंगमञ्च–संकेत र संवादद्वारा पनि एकाङ्कीमा वातावरणको बोध गराइन्छ । सानो अवधिमा पूरा हुने हुँदा यसमा वातावरणको विस्तृति सम्भव छैन । एकाङ्कीकार एउटै प्रधान विषयमा रहने हुनाले यसमा बाह्य एवं आन्तरिक वातावरण संक्षेपमा देखाइन्छ । निश्चय नै पात्रहरु सीमित वातावरणमा बसेका हुन्छन् र विशेष परिस्थितिमा विशेष कार्य गर्छन् र बोल्छन् । वि.सं. २०५२ देखि २०६३ सम्मको नेपालको युद्धकालीन परिवेशमा एकाङ्कीकारले युद्धकालीन परिवेश छनोट गरेर एकाङ्कीको वातावरण छनोट गरेको देखिन्छ । एउटै प्रधान घटना, विषय स्थल र समयको आवश्यकता हुने हुँदा वातावरणको संयोजनमा एकाङ्कीकारले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
नाटक तथा एकाङ्कीको कथावस्तुले नै महत्वपूर्ण कुरा समेटेको छ भने सोकै आधारमा पनि शीर्षक चयन गरिन्छ । नाटक एकाङ्कीको शीर्षक अभिधात्मक र प्रतीकात्मक दुवै सन्दर्भमा विषयवस्तुअनुसार एकाङ्कीको शीर्षक राखेर सार्थकता देखाउने गरिन्छ । शीर्षक नाटक एकाङ्कीमा घटित घटनाक्रम र विषयवस्तुका आधारमा राखेको पनि पाइन्छ । कुनै पनि साहित्यिक कृतिको शीर्षक प्रमुख पात्रको नामबाट वा विषयवस्तुलाई प्रतिनिधित्व गराउने हिसाबले राख्ने गरेको पाइन्छ । शीर्षक विषयवस्तु अनुकूल रहेकाले शीर्षक र विषयवस्तुका बीच पर्याप्त मात्रामा अन्तः सङ्गति रहने गर्दछ । कतिपय नाटक एकाङ्कीकारहरुले सामाजिक विषयवस्तुमा आधारित शीर्षक राखेर सामाजिक समस्यालाई उजागर गरेका हुन्छन् भने मानवीय पात्र र अमानवीय (पशु) पात्रहरुलाई आधार मानेर पनि शीर्षक राखिन्छ । यस सङ्ग्रहका १५ रचनाको शीर्षक कथावस्तुकै आधारमा राखेर सार्थकता दिलाइएको पाइयो । आचार्यले पनि गरीब, सोझा, सीधा, निमुखा तथा निर्धाका सपनाहरु खोस्ने षड्यन्त्रकारी र जाली, झेली शोषक सामन्तका घृणित एवम् निन्दनीय चालबाजीलाई अत्यन्त मार्मिक रुपमा शीर्षकबाट नै छेड हान्ने किसिमका शीर्षकहरु पनि चयन गरेको देखिन्छ ।
यसरी हेर्दा नाटक÷एकाङ्कीकार नन्दलाल आचार्यको नाटक÷एकाङ्कीहरुमा ग्रामीण परिवेशीय चित्रण, गरीबी, अभाव, रोग, भोक, जस्ता सामाजिक समस्याको प्रस्तुतीकरण जस्ता विशेषता प्राप्त गर्न सकिन्छ । सामाजिक विकृति र विसंगतिप्रति व्यङ्ग्य प्रहार गर्नमा केन्द्रित देखिन्छन् भने उनको रचनाहरुलेले अझ फरक र अत्याधुनिक जीवनमूल्यलाई आत्मसात् गरेको देखिन्छ ।
यसरी नन्दलाल आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन नामक शोधपत्रको अध्याय एकमा शोध शीर्षक, शोधार्थीको नाम, शोध प्रयोजन, शोध गराउने संस्था, समस्या कथन, शोधको उद्देश्य, अध्ययनको सीमा, पूर्व कार्यको समीक्षा, शोध कार्यको औचित्य, महत्व र उपयोगिता, प्राक्कल्पना, सामग्री संकलन विधि र शोधको रुपरेखा रहेका छन् ।
त्यसैगरी अध्याय दुईमा नन्दलाल आचार्यको संक्षिप्त जीवनी तथा व्यक्तित्वको चर्चा गरिएको छ । जीवनीभित्र विषय प्रवेश, वंश परम्परा, पुख्र्यौली विवरण, जन्म र जन्मस्थान, बाल्यकाल, शिक्षादीक्षा, युवावस्था, वैवाहिक जीवन र सन्तान साथै प्रगतिशील चिन्तनको रुपमा आचार्यको चिनारी समेटिएको छ ।
अध्याय तीनमा सैद्धान्तिक अध्ययन अन्तर्गत् प्रगतिवादको परिचय, कथावस्तु, पात्र, वातावरण र शीर्षकको चर्चा गरिएको छ भने अध्याय चारमा युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्की भित्रका १५ रचनाहरुको कथानकको चर्चा गरिएको छ । त्यसैगरी अध्याय पाँचमा युग उचाल्ने अक्षरकर्मीको अवसानमा संग्रहित नाटक÷एकाङ्कीका चरित्रको विश्लेषण गरिएको छ । त्यस्तै गरेर अध्याय छ मा युग उचाल्ने अक्षरकर्मीको अवसान नाटक÷एकाङ्कीका परिवेशको विश्लेषण गर्दै अध्याय सातमा उपसंहार तथा निष्कर्षबाट शोधपत्रको समापन गरिएको छ ।
नाटक÷एकाङ्कीकार आचार्यको “युग उचाल्ने अक्षरकर्मीको अवसान” भित्रका नाट्य रचनाहरुले समाजका विविध क्षेत्रहरुलाई समेटेका छन् । यसमा राम्रा पक्ष मनग्यै भएपनि कमजोरी पक्ष समेत कम छैनन् । त्यस्ता कमजोरीहरुको फेहरिस्त निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
१. सबै नाट्य रचनामा सशक्त परिवेश निर्माणमा हेक्का पु¥याइएको छैन ।
२. धेरै जसो ठाउँमा लामा–लामा संवादहरुको प्रयोगले भन्न चाहेको कुरा खुले पनि पट्यार लाग्ने स्थिति देखिन्छ ।
३. अभिनयका दृष्टिले आचार्यका रचनामा प्रसस्त कमजोरी छ ।
४. पात्रको बौद्धिकता विपरीतका संवादहरु समेत ठाउँठाउँमा आउका छन् जसलाई सहजै पचाउन सकिन्न ।
५. नवीन विषयवस्तु पस्कने क्रममा नेपाली समाजले पचाउनै नसक्ने “करार–विवाह” जस्ता एकाङ्कीहरु प्नि संग्रहमा परेका छन् ।
६. भाषाशैलीगत हिसावले अझ परिपक्व तुल्याउन कसरतको खाँचो देखिन्छ ।







सन्दर्भग्रन्थ सूची

१. आचार्य, नन्दलाल, २०६७ युग उचाल्ने अक्षरकर्मीको अवसान, उदयपुर, लक्ष्मी रिजाल ।
१+......................., २०७६ गरुराहा, उदयपु्र, जामुनलाल स्मृति प्रतिष्ठान ।
२. आचार्य, ब्रतराज, २०६६, आधुुनिक नेपाली नाटक, काठमाडौं; साझा प्रकाशन ।
३. उपाध्याय, केशवप्रसाद, २०४९, साहित्य प्रकाश, काठमाडौं; साझा प्रकाशन ।
४. थपलिया, खेम, २०७०, प्रगतिवादी नाटक एकाङ्की, काठमाडौं; साझा प्रकाशन ।
५. थापा, हिमांशु, २०४७, साहित्य परिचय, काठमाडौं; साझा प्रकाशन ।
६. दाहाल, दुर्गाप्रसाद, २०६१ साधारण नेपाली, काठमाडौं, के.पी. पुस्तक भण्डार ।
७. देवकोटा, लक्ष्मीप्रसाद, २०६४, लक्ष्मी निबन्ध सङ्ग्रह, ललितपुर; साझा प्रकाशन ।
८. पोखरेल, भानुभक्त, २०४०, सिद्धान्त र साहित्य, प.सं., विराटनगर; श्यामपुस्तक भण्डार ।
९. फ्रोलोभित, सन् १९८८,. दर्शनकोश, मास्को; प्रगति प्रकाशन, दिल्ली पिपुल्स पब्लिसिङ हाउस प्रा.लि. ।
१०. बन्धु, चूडामणि, २०६४, साझा एकाङ्की, काठमाडौं; साझा प्रकाशन ।
११. बराल, ऋषिराज, २०४९, प्रगतिवाद, विराटनगर; हाम्रो साहित्य सदन ।
१२. भट्टराई, घटराज, २०५५, नेपाली साहित्यको ऐतिहासिक रूपरेखा, काठमाडौं; श्रृष्टि प्रकाशन।
१३. भण्डारी, डा.हरिहर, २०६८, मूल्याङ्कनका कसीमा नाटक र निवन्ध, विराटनगर; लक्ष्मी प्रकाशन ।
१४. मिश्र, डा.भगीरथ, २०३६, काव्यशास्त्र, चौ.सं.; विश्वविद्यालय प्रकाशन ।
१५. शर्मा, डा.तारानाथ, २०५१, नेपाली साहित्यको इतिहास, ते.सं., काठमाडौं; नवीन प्रकाशन।
१६. शर्मा, पी.आर., २०७०, ऐच्छिक नेपाली, काठमाडौं, निमा पुस्तक प्रकाशन ।
१७. शर्मा, मोहनराज, २०५५, समकालीन समलोचना सिद्धान्त र प्रयोग, काठमाडौं; ने.रा.प्र.प.।
१८. शर्मा, मोहनराज र लुइटेल खगेन्द्रप्रसाद, २०५५, शोधविधि, दो.सं.काठमाडौं;साझा प्रकाशन।
१९. शर्मा, मोहनराज र श्रेष्ठ दयाराम, २०५९, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, छैठौं सं. काठमाडौं; साझा प्रकाशन ।
२०. श्रेष्ठ, दयाराम, २०६०, नेपाली कथा भाग–३ र ४, ललितपुर; साझा प्रकाशन ।
२१. सम, बालकृष्ण, २०६७, आगो र पानी, एघारौं संस्करण, ललितपुर; साझा प्रकाशन ।
२२. सुवेदी, राजेन्द्र, २०५१, श्रष्टा श्रृष्टि ः द्रष्टा दृष्टि, ललितपुर; साझा प्रकाशन ।
२३. सुवेदी, राजेन्द्र, २०४९, केही समीक्षण, केही विश्लेषण, प.सं., ललितपुर; साझा प्रकाशन ।
२४. त्रिपाठी, बासुदेव, २०४९, पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (भाग–२), ते.सं., ललितपुर; साझा प्रकाशन ।
अप्रकाशित शोधपत्रहरू
१. यादव, रामनारायण, २०६९, सप्तरी जिल्लाको साहित्यिक गतिविधि, स्नातकोत्तर क्याम्पस, विराटनगर ।
२. राई, मणिचन्द्र, २०६९, कवि पुण्य कार्कीको काव्य–कविता कृतित्वको अध्ययन, स्नातकोत्तर क्याम्पस, विराटनगर ।

पत्रपत्रिकाहरू
१. अधिकारी, डा.नन्दिश (२०६४), क्रान्तिमै खोजौं, कविलाई आस्थाको अग्निपथ, भूमिका ।
२. आचार्य, नन्दलाल, पुण्य कार्कीको केही कविताको अध्ययन, ‘न्यूज टुडे’ वर्ष ६ अङ्क १३, २०६० ।
३. चैतन्य, नयाँ विचार र शिल्पको सङ्गम् (२०६४) आस्थाको अग्निपथ, भूमिका ।
४. थापा, रामबहादुर, क्रान्तिकारी कवि पुण्य कार्कीको कविताको अध्ययन ‘नवउदय साप्ताहिक’ वर्ष ३ अङ्क २, २०५९ ।
५. पोखरेल, सनत, कार्कीको बाघले घाँस खायो ‘नवआवाज साप्ताहिक’ वर्ष ३ अङ्क २९, २०५६ ।
६. कलम त्रैमासिक, वर्ष ५, अङ्क ३, २०५४ ।
७. त्रियुगा अर्धसाप्ताहिक, वर्ष २ अङ्क ४, २०४७ ।
८. नवउदय साप्ताहिक, वर्ष ३, अङ्क ३९, २०५६ ।
९. नवउदय साप्ताहिक, वर्ष ६, अङ्क २, २०५९ ।
१०. लोचन समदृष्टि सामयिक सङ्कलन, वर्ष १ अङ्क ३, २०५४ ।
११. सगर त्रैमासिक, वर्ष ७ अङ्क ३५, २०५९ ।
१२. सहयात्री त्रैमासिक, वर्ष २ अङ्क २, २०५५ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु