अखण्डको बत्ती र उनी

- अर्जुन थापा

“हरेक कुराको समय आउनु पर्दो रहेछ । तिमी आफै सोच न कि, त्यस दिनको पार्टीमा हाम्रो भेट नभएको भए अन्त कतैे भेट हुन्थ्यो होला त हाम्रो ?” महेशले भिडियो च्याटमा लक्ष्मीलाई हेर्दै भन्छ ।
“ त्यहि त राजा ! कस्तो अचम्म लाग्छ हाम्रो सम्बन्धको बारेमा सोच्दा मलाई । हिजै जस्तो लाग्छ रमेश दाईको बिहेको भोजमा हामी दुईको भेट भएको । दुई वर्ष पुरा हुन लागिसक्यो हेर्दा हेर्दै ।” सिल्की कपालल लाई मिलाउँदै भन्छिन् लक्ष्मी ।
“त्यो पहिलो भेटको सबै पलहरु याद छन् मलाई ।” उनकोे आँखा मुनिको कालो कोठीलाई हेर्दै भन्छ महेश ।
“गफमा त तिमीलाई कसले सक्छ र । ल भन त त्यो दिन कुन रङ्गको लुगा र कानमा के लगाएको थिए ? अनि मात्र मान्छु तिम्रो कुरा । ” मिलेको नाकलाई खुम्च्याउँदै मुसुक्क हाँस्छिन् उनी ।
“ यो दुई वर्षमा चिन्न पनि सकेनौं मलाई ?”
“कुरालाई किन मोड्छौ ? प्लिज आन्सर माई क्वईशन , राजा ।”
“हाऊ मच डु यू लभ मि लक्ष्मी ?” भावुक हुँदै प्रश्न गर्छ ऊ ।
“नो आई डोन्ट , प्लिज आन्सर माई आन्सर माई क्वईशन फस्र्ट । ” जिस्किदैँ भन्छिन् लक्ष्मी फेरी ।
“तिमी लुगा र कानको टपको कुरा गर्छौ ? त्यो दिन तिम्रो शरिरमा भएका हरेक कुराहरुको याद छ मलाई । तिम्रो त्यो सुन्दर नजर म मा कतिपटक प¥यो भन्ने समेत याद छ मलाई । तिमी जाबो लुगाको कुरा गर्छयौ । ” हाँस्दै महेश ।
“वाऊ , हाउ रोमान्टिक माई स्विट राजा । आई एम सो इम्प्रेस्ड ।” मिठो मुस्कानका साथ लक्ष्मी ।
“ अहिले सम्ममा पाएको सुन्दर उपहार हौ तिमी , भगवानले दिएका मध्ये ।” भावुक भएर भन्छ महेश ।
“प्लिज , महेश तिम्रो मुखबाट सुन्न चाहन्छु म । आज एक प्रकारले तिम्रो अग्निपरिक्षा नै भयो ल । ”
“पहेँलो कुर्तामा हल्का रातो रङको सल । खरानी रङको जुत्ता । दाहिने हातको माझी औंलामा औंठी । ठुलो गोलो आकारको कानमा टप । कलेजी रङको निधारमा टिका । हल्का खैरो रङको लिपिस्टिक । सुनौलो लामो कपाल । हातमा कालो रङ्गको मोबाईल जसलाई पालैपालो तलमाथि गर्दै खेलाई रहेकी । हाँस्दा मिलेको सुन्दर सेता दाँत मोतीको दाना टल्केझैँ टल्किरहेको । अनि त्यो सुन्दर आँखाले घरि घरि मलाई खोजी रहेको ।” मुसुक्क हाँस्दै महेश ।
“वाऊ , तिमीले आजको दिन राम्रो बनाई दिने भयौ । थ्यांक्यू सो मच माई डिएर महेश ।” खुशी हुँदै भन्छिन् लक्ष्मी ।
“प्लिज, मेरो मायालाई कहिल्यै शंका नगर ल । गाली गर, रिसाउ सहन्छु म । तर मायामा शंका सहन सक्दिन ।” । भावुक हुँदै भन्छ महेश ।
“ सरी राजा ! हजुरको मन पो हेरेको त । कति चाँडो भावुक भाको हजुर पनि ?”
“कस्तो छट्पटि भई राखेको छ । झन् मेरो प्यारो मान्छेको जन्मदिन मा सँगै बसेर मनाउँछु भनेर सबै कुरा मिलाएको थिए । यहि बेला ‘ कोरोना’ ले गर्नु ग¥र्यो नि । त्यहि पनि प्लेन टिकट मिलाउँदै छु हेरौं के हुन्छ ।” कोल्टे पर्दै भन्छ महेश।
“ त्यहि त राजा । के के प्लान बनाएकी मैले पनि । हाम्रो मायाको बिचमा यो ‘कोरोना’ ले भिलेन खेल्यो । यो पटक त तिमीलाई मेरो मामुबाबा लाई भेटाउँछु भनेर सोचेको थिए । ठिकै छ चाँडै ठिक हुन्छ भनेर आशा राखौं । ” मलिनो अनुहार पार्दै लक्ष्मी ।
“आफ्नै हातले तिमीलाई दिन नसकेता पनि सानो बर्थडे गिफ्ट पठाएको छु अनलाईन बाट । प्लिज स्विकार गर ल ।” चम्किलो आँखा पार्दै ।
“थ्यांक्यू सो मच डियर । तर कति पटक भनिसके कि यति महङ्गो गिफ्ट मलाई नपठाउनु भनेर । लास्टटाईम पनि मलाई नभनी स्कुटर किनिदियौ । अहिले फेरी आईफोन ।” रिसाएको अनुहारमा लक्ष्मी ।
“अझ के के गर्छु भनेर कति सपना देखेको छु हामी दुई लाई लिएर । मसँग जे जति छ सब तिम्रै त हो नि अब । समाजलाई थाहा नभएता पनि हामी श्रीमान श्रीमतीको रुपमा एक अर्कालाई अपनाई सक्यौं होईन र ?” सम्झाउन खोज्दै महेश ।
“हो राजा ! भगवान्ले मलाई हजुर जस्तो मान्छे श्रीमानको रुपमा दिनुभएको छ । मैले सानोमा जे जति दुःख भोगे हाम्रो बच्चाहरुले ति कुनै भोग्न नपरोस् भन्ने चाहन्छु म । त्यसैले अब हामी दुर्इृ मिलेर हाम्रो भविष्यलाई झन् उज्वल बनाउनु पर्छ महेश ।” आँखालार्इृ रसिलो बनाउँदै लक्ष्मी ।
“प्लिज लक्ष्मी , अब म यो चाहन्छु कि तिम्रो आँखामा आँशु होस् तर खुशी को । तिमी बाहेक को नै छ र यो संसारमा आफ्नो भन्नलाई मेरो ।” फोनबाटै माया गर्दै भन्छ महेश ।
“आजको न्यूजमा त अमेरिकामा ‘कोरोना’ संक्रमण हुनेको संख्या बढी रहेको छ भनेर देखाई रहेको छ । प्लिज तिमी आफ्नो केयर गर्नु । अब तिमी एक्ले छैनौं नि । मेरो लागि भएपनि केयर गर्नु पर्छ बुझेको हो ? यत्रो दुःख गरेर बल्ल बल्ल पाएको थिएँ भिसा । जसको कुनै अर्थै लागेन । अझै भन्छु म, तिमी नेपाल आउनुको सट्टा म नै आउँछु त्यहाँ । म भए भने मलाई पनि ढुक्क हुन्छ तिम्रो ।” सम्झाउँदै लक्ष्मी ।
“तिम्रो ईष्टमित्रलाई किन कुरा काट्ने बाटो दिने । नेपालमा सबैको अगाडि तिम्रो सिउँदोमा सिन्दुर र गलामा पोते त लगाउन देउ । अब त तिमी सँग भिसा छँदै छ । तिमी एनिटाईम अमेरिका आउन सक्छौ नि । ” ग्लासको पानि पिउँदै भन्छ ।
“यो संसारमा तिमी भन्दा मुल्यवान कुरा केहि छैन मेरो लागि महेश । तिमी लाई तलमाथि केहि भएमा मेरो बाँच्नुको केहि अर्थ रहने छैन । कुरा बुझिबक्स्यो मेरो राजाले । यो कुरा सदैव ध्यान राखिबक्स्योस ।” मोबाईलको स्क्रिनमा माया गर्दै लक्ष्मी ।
“अर्को एउटा कुरा तिमीबाट लुकाएको छु । नरिसाउने भएमात्र भन्छु । ” मलिनो स्वरमा भन्छु महेश ।
“तिम्रो हरेक पटक यस्तो बानि ले मलाई अप्ठ्यारोमा पार्ने गर्छ । प्लिज , भन चाँडो, अब के ग¥यौ फेरी ?” आतुर हुँदै प्रश्न गर्छिन लक्ष्मी ।
“लास्ट टाईम आउँदा हामी दुई भएर एउटा घर हेरेका थियौं याद छ ? त्यो घर तिम्रो नाममा लिईदिसकेको छु मैले । हाम्रो विवाह सँगै नयाँ घरको उद्घाटन तिम्रो पाईला बाट शुरु गर्ने बिचार गरेको थिए । तर यो ‘कोरोना’ ले गर्दा सबै यता उता भयो । त्यसैले समय मिलाएर आफ्नो नाममा नामसारी गरिहाल ल ।” लक्ष्मीको उज्यालो भएको अनुहारलार्इृ मोबाईलबाटै हेर्दै भन्छ महेश ।
“रियल्ली महेश यति विश्वास गर्छौ मलाई तिमी ? खोई के भनुँ म तिमीलाई ? जबसम्म तिमी नेपाल आउँदैनौ न घर न मोबाईल नै प्रयोग गर्ने छु म । तिम्रो हातले दिएपछि मात्र यी सबको महत्व हुनेछ मेरो लागि ” । आँखाबाट झरिरहेको आँशुलार्इृ पुछ्दै लक्ष्मी ।
“हस् हजुर ! हजुरको जो हुकुम । ल अब हजुर सुकुला होस् । निन्द«ा बिग्रिनु हुँदैन । फेरि डार्क सर्कल भयो भने त्यो सुन्दर अनुहार राम्रो देखिदैन । ” जिस्कँदै महेश ।
  
“तिमीलाई खुशीको खबर सुनाउ भनेर कल गरे यति राति । के गर्नु मनले मानेन ।” खुशी भएर भन्छ महेश ।
“प्लिज , भन न ?” निन्द«ामै लक्ष्मी ।
“मेरो नेपाल आउने टिकट पक्का भयो । त्यो पनि भोली कै । अब हामी एक हुने दिन एकदम नजिक छ लक्ष्मी । तर विदेशबाट आउनेहरुले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु नियम लगाएको नेपाल सरकारले । सो, त्यसपछि मात्र तिमीलाई अंगालोमा बाँध्न पाउने छु । ” भावुक हुँदै महेश ।
“के नचाहिने कुरा गर्छौ तिमी पनि । पर्दैन १४ दिन कहिँ पनि । खुरुक्क तिमी म को मा आउने हो । एयरपोर्टमा चिनेको छु मैले । यसको केहि चिन्ता लिनु पर्दैन तिमीले ।” रिसाएको स्वरमा भन्छिन् लक्ष्मी ।
“त्यस्तो होईन डियर , यो समयमा केहि भन्न सकिन्न । मेरो कारण तिमीलाई केहि भएमा मेरो हालत के होला । त्यसैले १४ दिन मात्र त हो । जसले गर्दा सबैलाई राम्रो हुन्छ पनि ।” सम्झाउँदै महेश ।
“त्यस्तै हो भने बरु मलार्इृ ‘कोरोना’ लागोस् तिमीलाई होईन । र अर्को कुरा तिमीलार्इृ लाग्नु पनि मलार्इृ लागे सरह हो । त्यसैले अलग बस्ने कुरा नगर । बाँचे पनि सँगै र मरे पनि सँगै मरौँला । प्लिज, मेरोे यत्ति कुरा मानिदेउ महेश । अब नेपाल आएर पनि हामी टाढा बस्ने यो संम्भव हुँदैन ।” जिद्दी गर्दै लक्ष्मी ।
“ओके, नेपाल आउन त देऊ पहिला । त्यसो भए अबको दुई दिन पछि त तिमी मेरो अंगालोमा हुने छौ ।” खुशी हुँदै फोन राख्छ महेश ।
  
“पहिलो रिपोर्ट पोजेटिभ आएर के भयो त । दोस्रो नेगेटिभ आउन पनि सक्छ । तिमी रत्तिभर पनि पिर नमान । म छु तिम्रो हरेक पाईलामा सँगै हिँड्ने । बिहान हस्पिटलमा आएको थिएँ । तर भेट्न नदिएको कारण फर्के । धन्न मोबार्इृल छ तिमीसँग र सँगै भए सरह भएको छ ।” सान्तवना दिँदै लक्ष्मी ।
“तिमी जस्तो साथ दिने श्रीमती भएसम्म मलार्इृ केही हुँदैन । भगवान यति निष्ठुरी त पक्कै हुँदैनन् पनि । मेरो धेरै पिर लिने होईन नि । अबको केहि दिनमा तिम्रो महेश ठिक भएर तिम्रो सामु उभिएको हुनेछ ।” फुर्तिका साथ भनिरहन्छ महेश ।
“आज देखि श्वास फेर्न अलिक गाह्रो हुन थालेको छ । दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आयो । तर हरेश पटक्कै खाएको छैन मैले । रुममा कोही पस्दैनन् । सबै कुरा ढोकाबाटै दिएर जान्छन् नर्सहरुले । नेटले पनि त्यति काम गरिरहेको छैन । अरु जे सुकै भएता पनि तिम्रो स्वर फोनमा सुन्न पायो भने मात्र पनि ठुलो हौसला मिल्छ मलाई । केही किताबहरु मगाएको थिए । अझै आईपुगेको छैन । ” म्यासेज पठाउँदै महेश ।
“जब जब रमाउन खोज्छु म, तब तब केहि न केहि भै हाल्छ । तर यो पटक मलाइृ पुर्ण विश्वास छ भगवान प्रति । हाम्रो मायाको बिचमा कसैलाई आउन दिने छैन बाधा बनेर । ” स्माईलको ईमोजीका साथ म्यासेज गर्छिन् लक्ष्मी ।
“श्वास फेर्न गाह्रो हुन्छ । बोल्न पनि गाह्रो भएकोले तिमीसँग कुरा नगरेको पनि तिन दिन भई सक्यो । आज रात भर ज्वरोले निदाउन सकिन । बिहान पख झपक्क भएछ आँखा । सपनामा ओरालो लागेको । कालो बिरालो यो कोठामा छिरेको मात्र देख्छु । खोई के हुन लागेको हो ।” रोएको ईमोजीका साथ म्यासेज गर्छ महेश ।
  
“तिन दिन सम्म तिम्रो केहि खबर नपाउँदा पागल जस्तै भै सकेकी थिएँ । हस्पिटल दिनै पुगेको हुन्छु ,तर केहि बताउँदैनन् तिम्रो बारे । तिम्रो यत्ति म्यासेजले कति खुशी दियो मलाई । राम्रो राम्रो सपना देख्छु मैले त । पक्कै पनि चाँडो ठिक हुन्छौ तिमी । बिहान बेलुका अखण्डको बत्ती बालि राखेको छु तिम्रो नामको ।” रुदैँ म्यासेज गर्छिन् लक्ष्मी ।
“दुई दिन पछि होसमा आए आज । हातभरी निजेक्सनले घोपेका दागहरु देख्दा एकछिन त डर पनि लाग्यो । आफु सँगै राखेको मोबाईल नदेख्दा रुन मन लागेर आएको थियो । धेरै बिन्ती गरे पछि लुकाएर एउटा नर्सले ल्याएर दिईन् । अनि तिमीलाई म्यासेज गर्दै छु । शरिर यति कमजोर भएको छ कि अघि उभिन खोज्दा लडे । तर पुर्ण रुपमा ठिक भएर आउने छु मेरी लक्ष्मीलाई सदाको लागि आफ्नो बनाउन ।” कामी रहेको औंलाले म्यासेज गर्छ ।
“आज पुरै १५ दिन भयो यस कोठामा कैद भएको पनि । अब त यस्तो लाग्न थालेको छ कि हस्पिटल नभएर कुनै कैदखाना मा छु । यस कोठा बाहिर के के भै रहेको छ भन्ुने केहि थाहै हुँदैन । मान्छेको अनुहार पनि अब कस्तो हुन्छ भन्ने लाग्न थालिसक्यो । डाक्टर तथा नर्स पुरै लुगामा ढाकिएका हुन्छन् । न कुनै संवाद नै गर्न पाउँछु । कस्तो रोग लागेछ त मलाई । तेस्रो रिपोर्ट पनि पोजेटिभ आएदेखि झन् कडा गर्न थालेका छन् मलाई यहाँ । संसार नै यता को उता किन नहोस् तर ठिक हुनै पर्छ मलाई तिम्रो लागि भएपनि ।” मोबाईलको स्क्रिनमा रहेको लक्ष्मीको फोटोलाई माया गर्दै म्यासेज पठाउँछ महेश ।
“२१ औं दिन भयो तिमी हस्पिटल बसेको । कहाँ कहाँ पुगि सके मात्र तिम्रो एक झलक पाउनको लागि । सबैले हुँदैन मात्र भन्छन् । मेरो महेश कस्तो भयो होला , कसरी बसेको होला भन्ने चिन्ताले पागल भैसके म । फोन गर्छु । म्यासेज गर्छु । तर तिम्रो मोबाईल बन्द छ । मैले पठाएका म्यासेज तिमीले देखेका छौ या छैनौ केहि थाहा छैन । कस्तो ग्रहण लाग्न पुग्यो हाम्रो मायामा महेश । तिम्रो नाममा बालेको अखण्डको बत्ती आजसम्म निभेको छैन । जसको मतलब यो हुन्छ कि तिमी ठिक छौ । हरेक मन्दिरका ढोका ढक्ढक्याएको छु । प्लिज तिमीलाई ठिक हुनै पर्छ महेश ।” टि.भी. मा ‘कोरोना’ संक्रमितको संख्या ५ भनिएको समाचार हेर्दै म्यासेज पठाउँछिन् लक्ष्मी ।
“ल बधाई छ । तपाईको चौथो रिपोर्ट नेगेटिभ आयो । दुई महिना सम्म मृत्युसँग लडेर पनि अन्तमा विजय प्राप्त गर्न सफल हुनु भएकोमा फेरि पनि तपाई लाई बधाई दिन चाहन्छु । अब तपाइृ आफ्नो घर जान सक्ने हुनुु भएको छ । तपाइको आफन्तहरु तपाईलाई लिन बाहिर आउनु भएको छ ।” डाक्टरले भनेको सुनि रहन्छ महेश ।
“खोइृ त लक्ष्मी े? आज म डिस्चार्ज हुने खबर पाईनन् र उनले ?” चारै तिर लक्ष्मीलाई खोज्दै प्रश्न गर्छ महेश ।
“लौ ! लक्ष्मी त एक महिना अगाडि नै अमेरिका गै सकिन् नि । जाने बेला त्यत्रो ठुलो पार्टी दिएकी थिइृन् उनले । भर्खर किनेको घर पनि हतार हतारमा बिक्री गरेको सुनेको थिएँ । खोई अमेरिकामा नै केटा थियो रे भन्ने सुनेको छु मैले पनि । होईन तिमीलाई चाँहि यस्तो बेलामा पनि किन लक्ष्मी चाहियो ?” महेशको लरखराउँदै गरेको शरीरलाई सहारा दिँदै साथी ।
अखण्डको बत्ती , मन्दिरका ढोकाहरु र त्यो मिठो स्वर ..... दिमागमा एकै पटक खेल्न थाल्छ महेशको ।
समाप्त ।  

धुम्बाराही,काठमाण्डौं

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

लेखकका अन्य रचनाहरु