नाना कोरोना घना

- मोहन सिटौला

आयो वसन्त मृदु रूपक रूप खानी
नवीन, नीत, चपला, भवदिव्य ज्यानी
अनन्त चाल यसको ऋतुराज रानी
नित्यै छ यो शुभ र सुन्दर औ विरानी !

आयो वसन्त तर साथ छ कोरना यो
कोवीद बीर बिज, त्राश उन्नाइसैको
कोवीद साथ छ छटाछट रुपरानी
कस्तो सुशोभित अहो ! मृदु रूपखानी !

वसन्तका तिलक सुन्दर झैं स्वरूप !
रङ्गी—विरङ्गि रटनाखिल गोल रूप !
सर्वत्र बल्टु, खलु खील अभेद्य अङ्ग
चमक्क चम्चम अधीर प्रत्यङ्ग भङ्ग !

बृहन्नला कि परि उर्बशि नाच्न थाले !
नाटेश्वरै , गिरिसुता वहु अङ्ग भाँचे !
त्यस्तो विछट्ट तनको ! तर भावभङ्गी
झुक्याउने बहव चालचला तरङ्गी !

दुरान्तको विकट हैन ग्रहादि उल्का
न हुन् कुनै प्रलयकारी संंहार झट्का !
काँप्यो धरत्रि ! द्रुत अम्बर यान थन्के
आयो विचित्र कोरना सव जीव तर्से !

बुट्टा विभिन्न कदका मधु विन्दुमाला
चाला मिहीन कटु तीब्र र भेदवाला
विचित्र रूप, मनमोदित हारहारी
परन्तु बीषधर चाल छ ध्वंशकारी !

ब्रह्माण्ड नै निलिसक्यो अब खान लाई
फडाँ फिंजाई सव शक्त—अशक्तलाई
मृत्युञ्जयी अवनिमा, निज काल छेक्ने
मर्नै नसक्ने अति जब्बर स्वत्व थेग्ने !

निर्लिप्त, लुब्ध, खलुलुक्त, विलीन बन्दै
स्वयम् विमुग्ध बनिदै खलुचाल चल्दै
भुजङ्ग वा शकुनिका छलछाम गर्छ
अन्यायमा भुवनस्वर्ग र शान्ति नाश्छ ।

त्यो वीर इन्द्रजित युद्धकला रचेर
प्रवीण त्यो समर लुप्त, अदृश्य पारी
सधर्म युद्धरत लक्ष्मण म्लान पा¥यो !
कोवीदले त्यसरि ब्याप्त उदास ल्यायो ।

जालन्धरै कठिन मार्न भनेर, बृन्दा
झुक्याइ खोज्न लुटनेसरि जुक्ति जाल
फिंजिन्छ कोविद पिडा भवमा कडा यो
बेहाल चाल कटुकाल भयो सवैको !

देखाइ रूपललना कलकल्पनाको !
यद्वा नरेन्द्र ,शिव सुन्दर केशवैको !
उस्तै भएर छलना छलका कलाले
अन्योलमा भव—अरुन्धति म्लान पारे !

डल्लो छ गोल र विभत्स भयङ्करैको
सन्त्राश तीब्र र घ्रिणा मन मन्दिरैको—
उब्जिन्छ झट्ट, भडकिन्छ विछट्टसाथ
ज्वालान्वितै भइ डढाउँछ चित्त,माथ

कप्टी छ दीप्त मनको, तनको विषालु
दागा धरेर खलु—चातुरि झैं सिपालु
प्रत्यक्षमा छ हँसिलो र परोक्षबाट
दारा, छुरा बहुत धस्छ पृष्ठान्तबाट !

कस्तो मुकन्दमय मोहन सान मान !
श्रीपेच वा मुकुट मोहित मुग्ध ज्यान !
शोभा, कला विविध शोभित दृश्य बिम्ब
मायावती छलछला प्रतिबिम्ब बिम्ब

शरीर सुन्दर अहा ! नभद्वार दिव्य !
सुविस्मयी प्रबलतान्वित रश्मि नव्य !
शङ्का, सचेत मनका सव दूर पारी
फसाउँने मृदुल चाल हरे ! मुरारी !

अद्भुत शोभन छटा झलका सुसभ्य
इन्द्रेणि वा सुरधनू, भवद्वार भव्य !
प्रवेश गर्छ छरितो गतिले सुटुक्क
भुतुक्क हुन्छ मुट गर्छ भटक्भटक्क

विषाक्त युक्त ननिको, कटु, सूक्ष्म चाला
लीला विमुग्ध र भयङ्कर कष्टवाला
कालातितै छ भवमा सवमा कमाल
सम्हालिने कसरी हो ? यो त हो कुमाल !

आई कटाइ गरि ज्ञान, विज्ञानलाई
खाई, रजाइ गरदै सव त्राही, त्राही !
पारेर नाश गरदै किमेरासरी झैं
घुम्दोछ मत्त भई लौ ! ...नर हैन केही ?

यस्तो भयानक दशा सव व्याप्त पार्दा
उठौं सवै भइ सचेत, हटाइ पर्दा
अबेर भो निलि सक्यो अब जागुँ शीघ्र
न भै भएन सवले छरितो र तीब्र !

मिलौं, जुटीकन सुव्यापक दाइ ! भाई !
वन्धूत्वविश्वमय चेतक बोल्छ धाई !
चित्कार गर्छ अमुकै दिलकोकिलै यो
हिरण्यगर्भ भवको, कविको कला यो !

मिलौं ! सुचित्तमय मङ्गल कामना यो
यो सृष्टिको शिव र सत्य, सतर्क मीठो !
सम्पूर्णको मधुर पर्क छ सुन्दरैको !
कल्याणकारि छ सुधा वसुुधाखिलैको !

नित्यै सवै घर बसूँ मुदु पातलो भै
रक्षा प्रत्यङ्ग गरि स्वास्थ्य अभेद्य पार्दै !
सिकौं, बुझौं सरल सुत्र, सु्ुज्ञान लाऊँ
पाऊँ प्रदीप मनको, जनको उठाऊँं !

झिल्का झलक्क दिलदर्पण दीप्त पार्रौं
झल्का अभूत र भलो भवको सह्यारौ.
पल्का पुलुक्क हुन जान्छ सुदूरबाट
अन्धेर धेर छ, हटाउ ललाटबाट !

विभेद हैन नररूप सुरांश पूर्ण
अपूर्ण हुन्छ सुरधेय नपारुँ चूर्ण !
सम्पूर्णको मुकट रे ! नवनौं विदिर्ण !
बन्नै हुँदैन मृदु सभ्यलतादि जिर्ण

सकार सोच शुभचिन्तन गर्नु वेस
कोरोन श्राप नभई, नव, तीब्र चेत !
मनुष्यमात्र सुरचेतक अंशुमाली
श्री कौमुदी भुवनबाग सिपालु माली !

द्रष्टा सुस्वप्नमय कल्पलता र विप्ना
साकार पार नडरी तपमा निमग्न
अजस्र स्रोत सुप्रभा र सुधा प्रणाली
गोपाल हो ! नित विहार गरी सम्हाली !

चालौं विवेक मनको र प्रज्ञान बालौं
यात्रा सचेत नव मार्ग लिएर थालौं
जाऊँ, पुगौं, मृदु बनाउन गाउँ, ठाउँ
स्वाभाविकै सहज जीवन गीत गाऊँ !

वेदान्त, बुद्ध, प्रकृतिप्रिय जीवनीको
पूर्वी र पश्चिम सवै बुनियादिताको
विज्ञान, ज्ञान, नव औषध शीघ्र खोजौं
भान्सा, विभिन्न मसला शुभ, ठिक्क रोजौं !

पाताल जान्छ कुदशानन कोविदै यो
हैजा अमङ्गल पिडा कलिकालको यो
विलुप्त हुुन्छ विष यो सव दूर भागी
मासिन्छ , ती अतितकासरि बिघ्न ब्याधी !

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु