विद्यावारिधि

- डा. शंकरप्रसाद नेपाल

विद्यावारिधी सकेर आएको करीब ६ महिना भएको थियो । नोटरी पब्लिकको कार्यालय डा. शीवराम सुवेदी (एम.ए., वि.एल., पिएच.डी.) लेखिएको साईनबोर्ड, मेरो घरको माथिल्लो तल्लाको दिवालमा बाटो तर्पm फर्काएर टाँगेको थिएँ । यो टाँग्नु नोटरी पब्लिकको आचारसंहिता अन्तर्गत थियो ।
म माथि कोठाको झ्यालमा बाटो तर्पm हेर्दै बसेको थिएँ । मैले बाटोमा हिडेका प्रत्येक व्यक्ति देख्थें । तिनीहरुले मलाई देख्दैन थिए । झ्यालमा बाहिरबाट जाली ठोकिएको थियो, मच्छर नपसोस् भनेर ।
दुई जना व्यक्तिहरु मेरो पर्खाल निर आएर ठीङ्ग उभिए । साइन बोर्ड पढ्न थाले । डा. शीवराम सुवेदी – एम.ए., वि.एल., पिएच.डी. ।
है शीव सर तो शान्तिनगर के कलेजवा मे मास्टर रहले, डाक्टर कैसे भैलें ? भन्ने वित्तिकै मेरो ध्यान तिनीहरु तर्पm केन्द्रित भयो ।
अर्कोले जवाफ दियो – कैसे भैलें – पढके भैलें ।
अच्छा यी बता – “सुई लगा पावले ?”
यी सुई उई वाला डाक्टर नाई हों ।
तब कैसन डाक्टर ? हौ कपिलवस्तु मेडिकल वाला तो लगा लेला ।
यी पिएच.डी. डाक्टर हो ?
एन के कौन काम ? वेफाल्तुके डाक्टर । सुई नाई लगा पावले । भन्दै पश्चिमतर्पm लागे ।
एकातिर मेरो स्वाभिमानमा धक्का लागे जस्तो भयो । अर्को तर्पm, समाज कति पिछडिएको रहेछ? सोंच कति सानो रहेछ भन्दै म भित्र भित्र हाँस्न थाले । मेरो स्वाभिमानमा लागेको धक्कालाई मेरो हाँसोले जित्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु