जीवन

- विनोद नेपाल

कहिले फूल,
कहिले बिझाउने कांडा हो,
कहिले मैदान,
कहिले दुरुह डांडा हो ।

कहिले,
अत्यासलाग्दो उकालो,
अनकण्टार भीर,
निर्जन मरुभूमि,
कहाली लाग्दो सपना हो ।

कहिले मन्द पवन,
शीतल चौतारी,
कहिले मनमोहक
खुला क्षितिज,
सुन्दर दृष्य देखिने
भञ्ज्याङ हो ।

ए मान्छे,
बुझिराख्,
चल्दैन जीवन सरल रेखामा सधै,
जीवन भन्नु नै,
आरोह,अवरोह हो ।
कहिले व्यस्त चौबाटो,
कहिले बन्द कारागार हो ।

बुझिराख्,
संघर्षमै जीवन्त हुन्छ जीवन,
र,
यो पनि कि,
जीवन,
उज्यालोको गर्भको आंध्यारो,
र,
अंध्यारोको गर्भको उज्यालो हो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु