भावनापुञ्ज-भित्र विनिता उपाध्यायको भावहरू

- सुकराज दियाली

कवि विनिता उपाध्ययः
असमबाट धेरै नारी हस्ताक्षारको सहभागिता क्रियाशील रूपमा रहेको पाइन्छ। मुन्नी सापकोटा डा. शान्ति थापा, डा. इन्दुप्रभा देवी, गीता उपाध्याय, मैना थापा दैवकी देवी तिम्सिना, डा. गोमा देवी शर्मा (अधिकारी), नया देवी, लावण्य देवी, रिजु देवी, श्रीमति शोभा हजारिका, श्रीमति निरू शर्मा र बसुन्धरा शर्मा अन्य अन्य। यसै लहरमा विनिता उपाध्यायलाई पनि लिन सकिन्छ। उनको कवि व्यक्तित्व उर्जाशील छरिलो देखिन्छ। धेरै पत्र-पत्रिकामा आफ्नो मौलिक रचनाहरू प्रकाशित गरेकी तर पुस्तकरूपमा प्रकाशित कृति भावना पुञ्जलाई नै पहिलो कृति मान्न सकिन्छ। आफ्नो परिवारको देखरेख, आमाको भूमिका, विद्यार्थीको निम्ति गुरूमाको भूमिका, श्रीममानको निम्ति श्रीमतिको भूमिका, गाउँ-घर इष्टमित्र एवं सामाजिक परिवारिक दायित्वलाई निर्वाह गरी सममय उबारेर साहित्यिक सिर्जना गर्नु सानोतिनो कुरा होइन यसको निम्ति कवि बिनिता उपाध्याय बधाईका पात्र छीन्। घाम र छाँया, सुख-दुःख, कहीले कांही फूल र काँड़ाको सङ्गम जीवन हो। जीवनको उकाली ओरालीमा मानिसले विभिन्न परिस्थितिको सामना गर्नुपर्छ भनी स्वीकार गर्ने कवि विनिता उपाध्याय जन्मजात कवि हुन्। जीवन दुःख पीड़लाई फूल जस्तै सुन्दर मानेर स्वीकारेकी छीन्। यस्ताकविको जन् असमको नौगाउँ जिल्लाको लङ्का शहरमा 13 अगस्त 1962-मा भएको तथ्य कवि परिचयबाट प्राप्त हुन्छ। पिता स्व. शिव शास्त्री र माता स्व. रूकमणी देवी सुपुत्री। औपचारीक रूपमा स्नातकसम्मको शिक्षा ग्रहण गरी व्यवहारिक रूपमा जीवन धान्न शिक्षिका जस्ता आदर्श पेशामा लागिन्। हिन्दी भाषा साहित्यमा कोविद जस्ता उच्च शिक्षाले उनको शैक्षिक जीवनमा सुनमा सुगन्ध रहन पुग्यो।
श्री काशीनाथ उपाध्यायसित वैवाहिक जीवन गासिएपछि एउटा शान्ति सुन्दर परिवार लिएर कवि विनिता उपाध्यायले जीवनको गाड़ीलाई गतिशील रूपमा अघाड़ि बड़उँदै लगिरहेकी छीन्। इन्द्रलाल पाठक बालिका उच्च माध्यमिक विद्यालय, निकाशी र रङ्गमहल हाई स्कूल लङ्काका पूर्वका शिक्षिका। असम नेपाली साहित्य सभाका पूर्व पसभानेत्री, लङ्का गोर्खा पञ्चायातका साहरित्य सचिव, अखिल असम गोर्खा सम्मेलनका उपसभानेत्री जस्ता पदमा रहा साहित्य भाषाको सेवा पुऱ्याइरहेकी छीन्।
विद्यार्थीकालदेखि साहित्यमा रूची लिएर साहित्यिक जीवनको थालनी गरेकी हुन् भन्ने प्रमाण विभिन्न नेपाली साहित्यिक पत्र पत्रिकामा हाइकु, कविता विभिन्न लेखहरू प्रकाशित भइसकेको पाइन्छ। गीत लेखनमा पनि उतिकै सक्रिय उपाध्याय। गायनकला तथा संगीतकला क्षेत्रमा पनि सक्रिय रहेकी छीन्। असमी, हिन्दी भाषा साहित्यमा पनि कलम चलाउने विनिता असमीया पत्रिका आदिमा कविता, बंगला पत्रिकामा निवन्ध, प्रवन्ध, लघुरखा नाटक पनि प्रकाशित भइरहेको पाइन्छ। असमबाट नारी नाटक लेखिका एवं मञ्चन क्षेत्रमा पनि सहभागिता छीन्। धेरै मौलिक नाटक रचना गरेर मञ्चन गरेकी तथ्य इनकै परिचयबाट थाहा लाग्छ। ऋछीक (द्विभाषिक पत्रिकाका सह-सम्पादिका रही सम्पादक जस्तो उत्तदायित्वपूर्ण भूमिका निर्वाह गरीसकेकी बिनिता उपाध्याय ठेट कवि हुन्। यसबेला उनको पहिलो साहित्यिक कृति भावनापुञ्जलाई सरसरती हेर्न पढ़न लागेको छु।
भावनापुञ्ज कविता सङ्ग्रहको परिचयः
असम नेपाली साहित्य सभा लङ्का शाखाद्वारा सन्2014 मा प्रकाशित कविता सङ्ग्र जसको कवि हुन् श्रीमति बिनिता उपाध्याय। रङ्गीन चित्रमा सजिएको यो कविता सङ्ग्रहका किताप हार्ट कभरमा ज्याकेजट कभरले बेहेरिएको 80 पन्नाको किताप। भित्री पातोमा पिता-मातालाई समर्पण गरेकी छीन्। श्रीवासुदेव उपाध्याय सभापति असम नेपाली साहित्य सभा लङ्का शाखाको पक्षमा प्रकाशकीय लेखन रहेको अनि केही कुरा भन्नु पर्दा शीर्षकमा डम्बर दाहाल हवाइपुर कार्बि आङलङले भावनापुञ्जमाथि भूमिका लेखेका छन्। मेरो भनाइ शीर्षकमा कवि बिनिता उपाध्यायले आफ्नो सिर्जनामाथि छोटो र मोटो कुरालाई प्रस्तुत गरेकी छीन्। यस कविता सङ्ग्रहभित्र जम्मा 41-वटा कविताहरू छन्। जुन कविताहरू उनकै विद्यार्थीकालदेकि 2014 सम्म हाम्रो ध्वनि, सम्मेलन, देशवार्ता, सपरिवार, नवयात्रा एवं विभिन्न साहित्यिक पत्र-पत्रिकामा प्रकाशित भइसकेका कविताहरू छन्।
कविता लेखनको उत्प्रेरक आधारहरूः
बिनिता उपाध्यायले किन के को लागि कविता लेख्छीन् भन्ने प्रश्नलाई सर्वप्रथम मनमा सिर्जना लिंदा बिनिता उपाध्यायको कविता सिर्जनाको उत्प्रेरक तत्वहरू केलाउन पुगिन्छ। बिनिताले कसरी कविता लेख्ने परिवेश प्राप्त गरे भनेर खोज्दै जाँदा उनको परिवारमा तथा उनी बाँचेका परिवेशले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। बिन्ताको कवि व्यक्ततित्व उर्जाशील मलिलो,संवेदनशील हृदय, जाति समाज र राष्ट्रको उन्नत र विकास चाहने मन।उरूको दुःख पीड़लाई आफ्नै ठान्ने, शोषण दमन र अत्यचारलाई सहन गर्न नसक्ने, देख्न नसक्ने प्रवृतिले पोतिएको बिनितामा रहेको प्रमाण हुन्। उनको कवितामा पोखिएको उनुभूतिहरू। उनले जे देखे, जस्तो बाचे तत्यस्तै लेखे। उनको कवि व्यक्तित्वको उत्प्रेरक स्रोतमा उनकै घर र पिता स्व. शिव शासस्त्रीलाई पाउन सकिरहेका छौं। पिता स्व. शिव शास्त्री संस्कृतका दुरन्धर विद्वान पण्डित र साहित्यकार हुनाले गर्दा कविता लेखनको प्रेरणा बिनिताज्यूले आफ्नो पिताबाटै पाएको हुन् बनीरहँदा फरक नपर्ला। भानु जयन्ती र बेला-बेला भइरहने कवि गोष्ठीमा कविता वाचचन गर्ने बिनिता उपाध्ययाभित्र कवि व्यक्तित्व हुर्किन्दै थियो। कवि उपाध्याय स्वयम् लेख्छीन्-भानु जयन्ती वा कविगोष्ठी आदि अनुष्ठित हुँदा छात्र-चात्राहरूमा लेखादि या कविता आदि लेख्ने बाढ़ी आउने गर्दथ्यो र म पनि त्यबाट अलग बस्न सकेकी थिइन। जानी-नजानी, सकी-नसकी भए पनि कनि-कुथी केही लेख्ने प्रयास गर्ने गरेकी थिएँ। मेरो स्व. पूज्य पिताजीको अनुप्रेरणामा मनका भावनाललाई कविताको रूपमा प्रकाश गर्ने जारी राखेकी थिएँ। यसरी कविता सिर्जना धर्मितालाई लिएर अघाड़ि बढ़ेकी बिनिता आत्म सन्तुष्टि हुन्छीन् कविता सिर्जना गरीसकेपछि।
भावना पुञ्जभित्रका कविताहरूः
बिनिता उपाध्यायका भावनापुञ्ज कविता सङ्ग्रहभित्र मोठ 41-वटा फुटकर कविताहरू समावेश छन्। जुन कविताहरू असम, दार्जीलिङ, सिक्किम, मणिपुर र शिलाङबाट प्रकाशित हुने साहित्यिक पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्। सपरिवार, नवयात्रा, देशवार्ता, सम्मेलन र हाम्ररो ध्वनिमा प्रकाशित कविताहरू नै यसमा समावेश रहेको पाइन्छ।ममता, नवजातक, झत्तो, कसिङ्गर, पतिव्रता सफर, श्रध्दाञ्जली, मायामृग, बैनीको प्रेम, अवला, नानीको बोली, विवशता आमाको, सपक्षपतित्व समाजको, जवानी, आमा, व्यक्तित्व, मृत्यु, मानवताको मृत्यु, निस्वार्थी, म मेरो माटोमा बाँच्न चाहन्छु, आत्मसम्मान नारीको, आशिक, नाउँ, अस्त्र, वीर नेपाली, त्यो अभिशप्त जन्मदिन, विस्मृतिको पन्नामा, नारीरूप, जीवन नयनतारा, आर्शीवाद, अन्तिम यात्रा, कृतिमता लक्ष्य, दौलत, अभिज्ञता, कविता, ऋतु, नारी, सुयोग्या पुत्री, र बीस अगस्त जस्ता कविताहरूले कविता सङ्ग्रह भावनापुञ्जको काया तयार भएको पाइन्छ।
भावनापुञ्जःकविताहरूको प्रवृतिहरूः
भावनापुञ्ज-भित्रका कविताहरू अध्ययन गर्दा प्राप्ति प्रवृति र विशेषताहरू कवि बाँचेको स्थिति समयनुसार घटनाक्रममा निर्भर गर्दोरहेछ। कविले बाँचेको परिवेशको कारकहरूलाई आधार मानेर बुझ्नुपर्छ भन्ने उद्श्यले कवि बिनिता उपाध्यायको भावपुञ्ज कविता सङ्ग्रह प्रवृतिगत विश्लेषण गर्न बिनिता उपाध्य़ायले भोगेको बुझ्नु सक्नुपर्छ। नारीको जीवनधारालाई मूल सस्वर बनाएर प्रकाश पारेको भावलाई बुझ्दा समाजमा नारीले बहन गर्नुपरेको भूमिका, नारीको आत्सम्मान, पुरूष समाजप्रतिको आस्था, नारीत्वको समाजमा महत्व अनि समाजप्रतिको कर्तव्यलाई जगाउँदै पाठकप्रति सचेतनाको भाव प्रकाश पारेकी छीन्। आफ्नो जन्भूमिप्रति श्रध्दा स्नेहलाई शब्दचित्रद्वारा उतार्ने प्रयास गरेकी छीन्। भाषा साहित्यप्रतिको मोह पाइन्छ उपाध्यायको केही कविताहरूमा। राष्ट्रभावधाराका कविताद्वारा जनमानसमा बलियो प्रकारले राष्ट्रभाव सम्प्रेषणको दिशामा कविताहरू पठनीय छन्। संस्कृति र प्रकृतिप्रेममा कविको झुकाउले दर्शाएका भावभित्र पाठकमा स्पष्ट हुनपुगेको पाइन्छ। जीवनलाई बचाइको आधारमा बड़ो सुन्दररूपमा अभिव्यक्त गरेकी छीन्। भावपुञ्जमा रहेका कविताहरूले उत्तर-पूर्वीय राज्यमा गोर्खेहरूले बाँचिरहेको समयकाललाई झल्काउँछन्।
भावनापुञ्जमा नारी चेतनाः
नारी जागरणको पक्षमा केन्द्रित कविताहरू पाइन्छ। झत्तो, पतिव्रता, बैनीको प्रेम, अवला, विवशता आमाको, पक्षपतित्व समाजको, जवानी, आमा, आत्मसम्मान नारीको, नाउँ, अस्त्र, नारीरूप, नयनतारा, लक्ष्य, नारी र सुयोग्या पुत्री जस्ता कविताहरूमा नारीजातिले भोगिरहेको स्थिति, कर्तव्यलाई प्रकाश पारेका छन्।
चेली तिमी नलेऊ जन्म यहाँ
सीता भएर अग्नि परीक्षा दिन
तिमी नआऊ यो धर्तीमा
द्रोपदी भएर दुर्योधनले
वस्त्रहरण गरेको खप्न। (सुयोग्या पुत्री-बाट)
सुयोग्या पुत्री भएर जन्मीदेऊ भनी आह्वान गरेकी छीन्। रानी लक्ष्मीबाई, मेराक्यूरी, सुनीता, विललियम, किरणवेदी, पीटी उषा, मेरीकोम् जस्ता नारीहरूका जन् भइरहोस जसले पुरूष प्रधान समाजका पुरूषसित काँध जोड़न सकोस्। दलित र पीड़ित नारी भएर होइन जीवन सार्थकरूपमा बाँच्ने र बँचाउने भएर नारीको जन्म भइरहोस भन्ने कामनामय भावलाई कवितामा व्यक्त गरेकी छीन् कवितामा।
नारीको रूपमा र रङ्गलाई प्रस्तुत गर्दै एउटा नारीको भूमिका र परिमार्जित घर-परिवारको व्यवस्थामा उनिहरूको प्रतिक्रियालाई कविले पाठकको अघाड़ि प्रस्तुत गरेकी छीन्-
नारी म सागर झौं विशाल र
गहिरो हृदय लिइ
नारी म अग्नि बनि
दुष्कर्महरू उड़ाई खरानी पार्न सक्ने
नारी म गंगा पखाली स्वच्छ पार्नसक्ने।(नारी-बाट)
नारी धरती पनि हुन् सबैलाई आश्रय दिनसक्ने। नारीमा आकाशझैं उच्च माया प्रेम र स्नेहरागहरू हुन्छ। आमा, दिदी, बहिनी, पत्नी, शिक्षिका, नर्स सबै नारीमा रूपहरू हुन् जसले समाज देशमा ठूलो भूमिका निर्वाह गरिरहेका हुन्छन्। जुन राष्ट्रमा नारीको सम्मान र इज्जत हुन्छ त्यो राष्ट्र सभ्य र उन्नतशील हुन्छ भनी कवि उपाध्यायले आफ्नो भावद्वारा प्रकाश पारेकी छीन्।
नारीविना नरले संसार चल्दैन
बाती विना दीयो एक्लै बल्दैन।(लक्ष्य-बाट)
कोमलता च तर होइन दुर्वलमा
ममता छ तर छैन विवशता
स्थायित्व छ प्रेममा तर छैन अज्ञानता
सहनशीलता छ तर छैन स्वीकार पराधीनता।(नारीरूप-बाट)
नारीको व्यथा सहने शक्तिलाई
नकार्न सक्दैन कसैले
धैर्यलाई अटुट राखी
गरौं कर्तव्य हामी
एउटा बीजबाट रूख भएर
हरियाली छाउँछ यो धरतीमा। (अवला-बाट)
नारी र पुरूष नङ्ग र मासु समतुल्य हुन्। दुवैको भूमिका समाज निर्माणमा महत्वपूर्ण छाएको छ। एक-अर्कामा सम्पूरक हुन्-दुवै। यसै अर्थमा नारीको व्य़था पीड़ा सहने शक्तिलाई नकार्न सक्दैन। सांसारिक कुरामा सङ्घर्षशील बनेर अगाड़ि बढ़दा प्रतिरोध र वाधाहरूसित नैरश्यतता खिन्नता लिनभएन। जीवनमा असन्तुष्टि र घतनपरेका कुराहरू नै दुःखको जड़ बनेर देखापर्छ भनी कविले नारी पुरूषको जीवनशैलीसलाई समीरकण दिन खोजेका चन्।
कसैको फोस्रो समालोचना गरेर
आफैमा गाँड़ कोरा-कोर नगर
सङ्गठित नै नारी जाति
सृष्टि गरौं त्यो नारी शक्तिको।(अबला-बाट)
हाम्रो छोरा-चेलीहरूले फुर्सदका समयहरूमा अचाहिदो गफमा ससमय नष्ट गरिरहेका छन्। अरूको घर-परिवारको आलोचना गर्ने प्रवृतिले नारीको समय अकर्ममा बितिरहन्छ। यस्तो व्यक्तिवादी, परिवारवादी आलोचनाले समाजमा परिवारमा नकरात्मक स्थिति सिर्जना हुन्छ। यस्ता कुरादेखि नारीहरू टाड़ो रहेर समयको सदुप्रयोग गरौं भन्ने नारी जागरणको चेतनालाई अघि सारेका छन्।
भारतीय परम्परा अनुसार भारत पुरूष प्रधान देश हो। भारतीय नारीहरूले आफ्नो पतिलाई देउता सम्मान ठान्दछन्। पतिहरू पनिआफ्नो पत्नीको भक्त भएर बाँच्नुपर्छ तर आजभोलि पतिहरू आधुनिकको नाममा मोजमज्जाको होड़मा भूलिरहेका पक्षलाई कवितामा जीवान्त दिएकी छीन्।
रक्सीको बोतल बोकि
कुनै अर्घनग्न तरूणीको काखमा
राखेर आफ्नो शिर अँगाल्छ उसलाई
अनि बिताउँछ उसका रमाइला रातहरू।(पतिव्रता-बाट)
शहर बजारको माहौलमा विवाहित पुरूषको कुकर्म कार्य व्यापारलाई आधुनिक पतिको रूपलाई उदाङ्गो पारेकी छीन्।
आधुनिक युवतीहरूको पैहासनमाथि अवलोकन गर्दै नारीको लुगाफाटा, चालचलन, राखन-धरन सठीक नभएको कारण आज भइरहेको विकृति र नारीमाथि भइरहेको कुव्यवहारको उत्दायित्व नारीहरू नै हुन्। नारी सही मार्गमा भे यस्ता वातावरण र व्यवस्था सिर्जना हुँदैन भनी नारी जागरण चेतनाको भावलाई प्रकाश पारेकी छीन्। जाति चेतनाका कविताले असमे गोर्खाहरूका जीवनशैली एवं उनीहरूमा रहेका जातिमोहलाई बुझ्न सकिन्छ।
यहाँ त गाँस र बासको समस्यावीच
जिन्दगी विताउनुपर्छ
यहाँ त पाइला पाइलामा मृत्युसंग जुझ्दै
जिन्दगी विताउनु पर्छ।(नवजातक-बाट)
भाषा साहित्यको स्नेहमोह उपाध्यायको कविता श्रध्दाञ्जली –कविताबाट प्राप्त हुन्छ। नेपाली भाषाको आदिकवि भानुभक्तमाथि समर्पित कविताले बाषामोह तथा नेपाली भाषाको साहित्यप्रतिको श्रध्दालाई प्रकाश पार्छन्।
रम्घा गाउँको पुण्य धरामा
उदाएको भानु हाम्रा
भानु हाम्रा उदाए
सूर्यको ज्योति लिई
रविको नाउँ लिई
साहित्यकतो फूलबारीमा सजाएर
नेपाली समाजलाई।(श्रध्दाञ्जली-बाट)
कवि बिनिता उ
पाध्यायको कविताको अर्को पक्ष राष्ट्रभाव धाराका कविता। राष्ट्रभक्त तथा देशप्रेमप्रवृतिको कविताहरू बलियो र शसक्तरूपमा पाउन सकिन्छ। आफू जन्मीएको देशको माटो, गाउँ घर एवं परिवेशमा रहेको सुन्दरपक्षलाई गुणगान गरेकी छीन्। देशको विकास र उन्नतिमाप्रेरणा र उत्साह पुऱ्याउने चेतनाका कविताहरू सिर्जना गरेकी छीन्। देशको सुरक्षामा खटीरहने सैनिकहरूको सेवाको भावनालाई दरिलो पार्ने उनका कविताले जनमानसमा देशभक्त भावना जागरण गर्छन्।
वीरताको रगत छ तिम्रो शरीरमा
साहस असीम लेऊ तिम्रो आफ्नो मनमा
कुरा आफ्नो प्रकाश गरल भेर निडर
सतताको जगतमा हुन्छ सँधै कदर।(वीर नेपाली-बाट)
बालखमा गाएको हाँसेको स्वर
यहाँको हावामा, आकाशमा
वतासमा प्रतिध्वनित हुन्छ
त्यसैले म मेरैठाउँको हावामा
सास फेर्न चाहन्छु।(म मेरो माटोमा बाँच्न चाहन्छु-बाट)
भावनापुञ्ज-भित्रका कविताहरूमा सांस्कृति परम्परा, मानवतावाद, जीवनवादी धारणाका कविताहरू पनि पाइन्छ। उपाध्यायको कविता सिर्जना धर्मिताले असमबाट प्राप्त नारी हस्तक्षारहरूको लहरमा एउटा उज्यालो पाटालाई वोध गर्न सक्छौं। उनको कवित्व व्यक्तित्व उर्वरता देखिन्छ। साधारण बाषामा गहन र महत्वपूर्ण भावलाई प्रकट गर्न सक्ने उनको काव्यनुभूतिहरूले कविता पाठकको मन जित्न सक्छीन्। पहिलो सिर्जनाको रस्वादनमा प्राप्त कवि बिनिता उपाध्यायलाई कवि भनेर चिनाइरहनु पर्ने भावनापुञ्जले प्रमाण राख्छन्। भारतीय नेपाली साहित्यमा बिनिता उपाध्यायको कविताहरू पढ़ीसक्दा भावनापुञ्ज कस्ता कविताहरू छन् बनी सोदिरहने फूर्सद पनि नजुट्ला। उनी असमे नेपाली कविताको उज्यालो नाम भिसकेका लिखित प्रमाण भावनापुञ्ज-लाई मानिलिँदा मनग्गै पुगिहाल्छ।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु