अन्तिम युद्ध

- राज कुमार पुडासैनी

आमा तिमीले जन्माएका कुपुत्रहरुसंग
फेरी अर्को यूद्द लड्न मन छ
आफ्नै आमालाई सारेआम बलत्कार गरेर
दिउसै रात पार्न खोज्ने बुख्यांचाहरुलाई
उत्तर र दक्षिण दिशा फर्काएर
तिम्रै पवित्र मन्त्रहरू पाठ गर्दै
चण्डी रणचण्डि र उग्रचण्डी जगाएर
खुलेयाम शिरोच्छेदन गर्न मन छ
तिम्रा कहिल्यै नझुक्ने स्निग्ध सफा सेता
हिमालका ती टाकुराहरूलाई निहुराउनेहरूसित
माॅ कस्सम बीर अमरशिह, भिमसेन थापा र
बलभद्र कुँवरको कसम खाएर
काली, महाकाली र भद्रकालीको मन्त्र जप्दै
टुडिखेलमा झुण्याएर मार्न मन छ
पुर्खाले आफ्नो रगत र पसिना बगाएर
त्यत्रो अदम्य साहस र बलिदानीले आर्ज्याको यो मुलुकलाई
बाघको छालामा स्यालको रजाई भने झैँ
आफ्नै बाउको बिर्ता ठानेर
अझै पनि छेपाराले रङ्ग फेरे झैं
घरी घरी आफ्नो अनेकौं रुप र रङ्ग फेरेर
सधैभरी देस र जनतालाई चुसिरहने ब्वांसाहरूलाई
गोरखकाली, भैरवी र त्रिपुरासुन्दरीको शक्ति जगाएर
खुडा र तरबारले ती सप्पै
दुराचारी, व्यभिचारी, अत्याचारी र भ्रष्टाचारीलाई
मुला काटे झैं चटाचट काटेर
नेपाल आमाको निम्ति
फेरी एकपटक अन्तिम
यूद्द लड्न मन छ।

नुवाकोट, हाल बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु