गजल

- सङ्गीत आयाम

जिन्दगीदेखि भागेको मान्छे कस्तो लाग्छ
पर पुगेर फर्किएको यात्रा कस्तो लाग्छ ।

कति हिड्नु मौनतामा गन्तव्य अझै कहाँ
पल-पलका संवेदना क्रमशः खस्तो लाग्छ ।

आजको दिन ढल्यो भोलि आउने नै छ
हिजोका कुरा सोच्दा सार्‍है सस्तो लाग्छ ।

यौवनको मात्र चर्चा जवानीको मात्र नशा
बैंस मात्रै सबै होइन मलाई यस्तो लाग्छ ।

स्वार्थ त्यागौं मनसँग मनको दुरी नापौं
तव पो काँडा पन्छाएको फूल जस्तो लाग्छ ।


देवकोटा अध्ययन केन्द्र, चितवन

 

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 10 भाद्र, 2065

लेखकका अन्य रचनाहरु