समाजशास्त्रीय समीक्षाको बाटोमा राजेन्द्र पहाडीका पाइला

- तोयनाथ आचार्य

प्रारम्भिक परिचय
सर्जकका सिर्जनालाई विभिन्न दृष्टिबिन्दूबाट पर्गेल्नु आफैमा चुनौतीपूर्ण कर्म हो । स्रष्टाले देखेका वा नदेखेका अन्तरकुन्तर विषयलाई द्रष्टाका रुपमा खोजीखन्तरी गरी प्रकटिकृत गर्नमा समीक्षकको गहन भूमिका रहेको हुन्छ । नेपाली बाङ्मयिक फाँटमा विद्यमान रहेको समीक्षकीय प्रवृत्तिलाई थप फराकिलो बनाउन थुप्रै्र व्यक्तित्वहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको यथार्थ हाम्रा सामू छ । यसै क्रममा साहित्य सिर्जनाका विभिन्न आयामहरुलाई समाजपरक दृष्टिले अवलोकन गर्ने कर्ममा लाग्नुभएका समाजशास्त्रका अध्येता राजेन्द्र पहाडीको पहलकदमीलाई यस आलेखमा समेट्न प्रयास गरिएको छ ।
गण्डकी प्रदेश अन्तरगतको पर्वत जिल्लाका स्रष्टा राजेन्द्र पहाडी त्यस क्षेत्रका एक अब्बल सर्जकमा गनिन्छन् । पर्वत साहित्य सङ्गमको लगातार दुई कार्यकाल अध्यक्ष भैसकेका यिनी नेपाली साहित्यका समीक्षा, कविता, निबन्ध, मुक्तक, गजल, हाइकू, लघुकथा आदि विधामा कलम चलाउँछन् । हालसम्म यिनका एकदर्जन कृति प्रकाशित भैसकेकाछन् भने केही प्रकाशनको तयारीमा रहेकाछन् । नेपाली साहित्य क्षेत्रका सिर्जनाहरुलाई समाजशास्त्रीय दृष्टिबिन्दुबाट पर्गेल्ने काममा सम्भवतः यिनी धवलागिरि क्षेत्रकै एकमात्र समीक्षक पनि हुन् भन्न सकिन्छ । यिनका आफ्ना सिर्जनाहरु स्वभावतः समाजशास्त्रीय कोणबाट सिर्जित भएको पाइन्छ भने अरुका रचनाहरुमा यिनले हेर्ने नजर समाज विज्ञानकै ऐना हुने गरेको भेटिन्छ ।
अनौपचारिक रुपमा विद्यार्थी जीवनदेखिनै साहित्यका विविध विधाहरुमा कलम चलाएपनि स्रष्टा राजेन्द्र पहाडीले औपचारिक रुपमा २०४७÷४८ सालतिर पर्वत सन्देश पत्रिकामा मेरो देश शीर्षक कविता प्रकाशन गरेर साहित्यिक सिर्जनाको क्षेत्रमा प्रवेश गरेका हुन् । विधागत रुपमा पर्गेल्ने हो भने यिनले नेपाली साहित्यका विविध प्रकाशन तथा सिर्जनाहरुमा समाजपरक दृष्टिगोचर गरी समीक्षा लेख्ने गरेको पाइन्छ । नेपाली साहित्यको सामाजिक यथार्थवदी धारामा रही नेपाली साहित्यमा समाजशास्त्रीय सिद्धान्तमा आफ्नो कलम चलाउन यिनी सफल देखिन्छन् । उनले सामाजिक यथार्थवादी धारामा कलम चलाएर नेपाली साहित्यलाई अगाडि बढाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
नेपाली साहित्य सिर्जना गर्दा स्रष्टा पहाडीले साहित्यमा सामाजिक चिन्तन गरी त्यसको वास्तविक अध्ययन अनुसन्धान गरी विश्लेषणात्मक निर्णयहरु लेखनीय साहित्यमा प्रस्तुत गर्ने गरेको देखिन्छ । यसै योगदानका खातिर यिनी नेपाली साहित्यको क्षेत्रमा समाज रुपान्तरणको संवाहक एवं मार्गदर्शकको रुपमा आफूलाई प्रमाणित गर्न सफल भएका छन् भने सामाजिक जागरणको लागि पसिना बगाइरहेका छन् । पहाडी नेपाली साहित्यको उत्थानमा निरन्तर लागि साहित्य साधना गर्ने स्रष्टाको रुपमा चिन्न सकिन्छ । उनका पुस्तकाकार १२ वटा कृति क्रमशः १) महिलाविरुद्ध हिंसा–एक सामाजिक विवेचना– २०६६ (समाजशास्त्र) २) सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु– २०६७ (समाजशास्त्र) ३) शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन– २०६७ (समालोचना) ४) पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन– २०६७ (इतिहास÷साहित्य) ५) सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली– २०६८ (समालोचना) ६) नेपालमा समाजशास्त्र र मानवशास्त्र (सहलेखन)– २०६८ (समाजशास्त्र) ७) नेपालको शान्ति प्रक्रियामा स्थानीय शान्ति समिति तथा अन्य सरोकारवालाको भूमिका– २०६८ (राजनीति) ८) नेपालमा महिला हिंसा– २०६९ (समाजशास्त्र) ९) बोल्नेको पीठो बिक्छ– २०६९ (सञ्चार) १०) शिक्षामा सुशासन– २०६९ (शिक्षा) ११) बियाड– २०७० (हाइकूसङ्ग्रह) र १२) विद्यालय क्षेत्र सुधार योजना र शिक्षामा नागरिक सहभागिता– २०७१ (शिक्षा) रहेका छन् । यसै बर्ष उनका दुई कृतिहरु क्रमशः १) सृष्टिमा दृष्टि (समीक्षासङ्ग्रह)– २०७६ र २) शिक्षा चिन्तन (शैक्षिक लेखसङ्ग्रह)– २०७६ प्रकाशनको तयारीमा छन् । पहाडीले आफू ब्यस्त रहने शिक्षण पेशामा संलग्न भएर पनि पुस्तकाकार कृतिहरु प्रकाशन गरेर नेपाली साहित्यमा विशिष्ट योग्दान पु¥याएका छन् । समसामयिक वा समकालीन धाराको विविध मोडहरुमा देखापरेका पहाडीका आफ्ना कृतिहरुमा युगीन यथार्थको चित्रण गरेका छन् । २०४७ सालदेखि निरन्तर साहित्यलेखनमा लगिरहेका पहाडीले सामाजिक यथार्थवादी धारालाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका छन् ।
२०४६ सालमा जनआन्दोलनको समर्थनमा साहित्यकारले कलमको माध्यमबाट चलाएको युगीन परिवर्तको खोज जसबाट नेपाली साहित्य जगतमा पनि नयाँ युगको थालनी भएको अवस्थामा समकालीन समाजलाई विषयवस्तु बनाई साहित्य रचना भएको पाइन्छ । यसै सन्र्दभमा पहाडीको ‘मेरो देश’ नामक कविता प्रकाशन भएको पाइन्छ । विश्व परिवेशमा देखापरेको आर्थिक, सामाजिक, राजनीतिक विकृति, विसङ्गतिप्रति ब्यङ्ग्य प्रहार गरिएका कविताहरु भने अर्कातिर २०४६ सालको जनआन्दोलन पञ्चायती शासकहरुको कुप्रवृत्ति, क्रान्तिचेतना, देशप्रेम आदि भावनाले ओतप्रोत भएका साहित्यिक रचनाहरु पनि रहेको पाइन्छ । उनका कृतिहरुमा तत्कालीन शासन व्यवस्थाप्रति असनतुष्टि, व्यवस्थाप्रतिको विरोध, देश निमार्णका लागि आहवान, देश प्रेम प्रजातन्त्रको स्वागत, सहिदभाव, मुक्त्ती र स्वतन्त्रताको चाहना नेताहरुको दुश्चरित्र आदि विषयवस्तुलाई मुल स्वरुप बनाइएको सामाजिक जीवन परिवेशलाई समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्न सक्नु नै पहाडीको पृथक प्रवृत्ति रहेको पाइन्छ, यो कार्य उनले नेपाली साहित्यलाई दिएको अमूल्य योगदान हो ।
स्रष्टा पहाडीले समाज परिवर्तनका लागि आफ्ना लेख रचनाहरु प्रकाशित गरी गरेका प्रयासहरु निकै सह्रानीय र प्रेरणामूलक छन् । यिनी निरन्तरको अध्ययन, मेहनत र अनुसन्धानात्मक विश्लेषण गरी नेपाली साहित्यका विविध विधाहरुमा आफ्नो छुट्टै अस्तित्व कायम राख्न सफल रहेका देखिन्छन् । विभिन्न समय र परिवेश अनुसार प्राप्त भएका ज्ञानलाई लिपिवद्ध गर्दै थुप्रै कृति र पत्र पत्रिकामर्फत सबैका सामु ज्ञान बाढिरहेका छन् यिनले । यिनका यस प्रकारका कार्यहरुले समाज परिवर्तनका लागि निकै महत्वपूर्ण योग्दान पु¥याएको पाइन्छ ।
बहुमुखी प्रतिभाका धनी राजेन्द्र पहाडी एउटै क्षेत्रमा मात्रा सिमित नभइ विविध क्षेत्रसँग आवद्ध रहेका छन् । पहाडी विभिन्न पत्रपत्रिका तथा रेडियोहरुमा आवद्ध भई नेपाली भाषा साहित्यलाई उजागर गर्न लागि परेको पाइन्छ । यिनले सन् २००४ देखि आजसम्म निरन्तर चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम मनिटरको रुपमा काम गरिआएका छन् भने कुश्मामा रहेको रेडियो कुशुम ९० मेगाहर्जको संस्थापक सदस्य एवम् सञ्चालक समितिको सचिवको रुपमा क्रियाशील रहेकाछन् । पेशाको हिसावले प्राध्यापन पेशामा आवद्ध रहेतापनि नेपाली साहित्यको उत्थानको लागि दिएको योगदानले गर्दा नेपाली साहित्यको वृद्धि र विकासमा फराकिलो रुपमा विस्तारित भएको पाइन्छ । नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने एवम् मोफसलमा रहेका साहित्य स्रष्टा र साहित्यिक रचनाहरुको उजागर तथा ती रचनाहरुले नेपाली साहित्य विकासमा पु¥याएको योगदान चर्चा परिचर्चा आदिबाट पृथक साहित्यकारको रुपमा स्थापित भएको पाइन्छ । क्रियाशील साहित्य स्रष्टाको प्रयासमा स्थापित विभिन्न पत्रपत्रिकामा आवद्ध भई जिम्वेवारीपूर्वक कार्य सम्पादन गरी नेपाली साहित्यमा महत्वपूर्ण योग्दान पु¥याउन सफल स्रष्टाको रुपमा आफूलाई चिनाउन सफल स्रष्टा पहाडी देखिन्छन् । यिनको सम्पादनमा विगत १६ वर्षदेखि ‘समुदाय र सृजना’ त्रैमासिक पत्रिका आजपर्यन्त प्रकाशन भैरहेको छ ।
साहित्य विधाका विविध रचनाहरुमध्ये वास्तविक परिस्थिति, चालचलन, व्यवहारलगायत समाजमा देखिने अवसरवादी प्रवृत्ति, आर्थिक दुरअवस्था, नारीहरुले भोग्नुपरेका पीडा आदिलाई टपक्कै टिपी विश्लेषणात्मक रुपमा प्रस्तुत गर्न सक्नु नै साहित्यकार पहाडीको पृथक पाटो हो । सामाजिक यथार्थ, मनोवैज्ञानिक सन्दर्भ, युद्धजन्य परिस्थिति, नारीवादी चिन्तन, राजनैतिक सन्दर्भ, वैज्ञानिक सन्दर्भ, व्यङग्य, विसङ्गतिमाथिको निर्मम प्रहार, आञ्चलिक सन्दर्भ आदि प्रवृत्तिहरुलाई विषयवस्तु बनाई यथार्थवादी शैलीमा प्रस्तुत गर्ने साहित्यकारका रुपमा पहाडी देखिन्छन् ।
स्रष्टा राजेन्द्र पहाडी सस्ता र हल्का देखिने बजारी चर्चा परिचर्चा आदिबाट पृथक साहित्यकारको रुपमा स्थापित भएको पाइन्छ । जिल्लामा क्रियाशील साहित्य स्रष्टाको प्रयासमा स्थापित पर्वत साहित्य सङ्गमलगायत विभिन्न साहित्यिक संघसंस्था तथा साहित्यिक र गैरसाहित्यिक पत्रपत्रिकामा समेत आवद्ध भई जिम्वेवारीपूर्वक कार्य सम्पादन गरी नेपाली साहित्यमा महत्वपूर्ण योग्दान पु¥याउन सफल स्रष्टाको रुपमा आफूलाई चिनाउन सफल देखिन्छन् उनी । यिनले पर्वत साहित्य सङ्गमबाट प्रकाशित भैरहेको ‘कालीको सुसेली’ साहित्यिक त्रैमासिक पत्रिकामा सह–सम्पादकको भूमिकामा रही पत्रिकाका लागि नियमित रुपमा सम्पादकीय लेखनको भूमिका पनि निर्वाह गरिआएकाछन् ।
साहित्य विधाका विविध रचनाहरुमध्ये वास्तविक परिस्थिति, चालचलन, व्यवहार, समाजमा देखिने अवसरवादी प्रवृत्ति, आर्थिक दुरअवस्था, नारीहरुले भोग्नुपरेका पीडा आदिलाई टपक्कै टिपी विश्लेषणात्मक रुपमा प्रस्तुत गर्न सक्नुनै साहित्यकार पहाडीको खुबी हो । भाषा, कला र साहित्यको उत्थानका लागि पहाडीले विभिन्न पत्रपत्रिका माध्यमबाट पाठकसमक्ष लेख रचनाहरु प्रकाशन गरी साहित्यिक फाँटलाई झनै फराकिलो बनाउने कार्य भएको पाइन्छ । यसका अलवा यिनले कैयन राष्ट्रियस्तरका जर्नलहरुमा आफ्ना शैक्षिक तथा समसामयिक विषयका लेख आलेखहरु पनि प्रकाशन गरिसकेकाछन् भने विभिन्न विषयका गोष्ठी तथा कार्यशालामा भाग लिन नेपालको प्रनिनिधित्व गर्दै भारत, चीन, थाइल्याण्ड, फिलिपिन्सलगायतका देशको भ्रमणसमेत गरेकाछन् ।
धवलागिरि अञ्चल पर्वत जिल्लाअन्तरगत सौन्दर्यले भरिपूर्ण प्रकृतिको काखमा स्थित कुश्मा नगरपालिका– ६ मैत्रीचोकमा २०३० वैशाख १८ गतेका दिन साहित्यकार राजेन्द्र पहाडीको जन्म भएको थियो । यिनले पर्वतको सदरमुकाम कुश्मास्थित नारायण माध्यमिक विद्यालयमा २०४६ सालमा एस.एल.सी. उत्तीर्ण गरे । काठमाण्डौं ठमेलस्थित सरस्वती क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह अध्ययन गरे र तत्कालीन रत्नराज्य लक्ष्मी क्याम्पस काठमाण्डौंबाट स्नातक र समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन केन्द्रीय क्याम्पस कीर्तिपुरबाट पूरा गरे । दर्शन र साहित्यका ग्रन्थ खोजी पढने उनको बानी थियो । पढाइको समाप्ति पछि पहाडी २०५७ सालमा वैवाहिक सूत्रमा बाँधिए । त्यसपश्चातको अध्ययनकै क्रममा यिनले पृथ्वीनारायण क्याम्पस पोखराबाट राजनीतिशास्त्र र शैक्षिक योजना तथा व्यवस्थापन विषय गरी दुईवटा विधामा पुनः स्नातकोत्तर तहको अध्ययन पूरा गरे । त्यसपश्चात जागिरका क्रममा विभिन्न क्षेत्रमा आवद्व भएतापनि २०५८ सालदेखि श्री शिवालय उच्च माध्यामिक विद्यालय र शिवालय वहुमुखी क्याम्पसमा अध्यापकको रुपमा कार्यरत छन् । त्यसो त यिनले विसं. २०५९÷०६० सालमा पृथ्वीनारायण क्याम्पसमा पहिलोपटक स्नातकोत्तर तहमा समाजशास्त्र विषयको कक्षा सञ्चालन हुँदा विभागीय सदस्यका रुपमा केही समय अध्यापन कार्य पनि गरेका थिए ।
पहाडी एक स्वाभिमानी र स्वतन्त्राप्रेमी व्यक्तित्व हुन् । अरुको अनावश्यक नियन्त्रण मन नपराउने पहाडी देशको माटो र राष्ट्रिय स्वाभिमानका प्रति गर्व गर्छन् । सानैदेखि घुम्न, डुल्न र प्रकृतिको काखमा विचरण गर्न मन पराउने पहाडी भावुक, कल्पनाशील र प्रकृतिप्रेमी छन् । साथै यिनी सिर्जना कर्ममा तल्लीन हुँदा प्रकृतिको रहस्यमा हराउन पुग्छन् र प्रकृति सचेत सिर्जना जन्माउँछन् । स—साना घटनाले पनि गहिरो प्रभाव पार्ने उनी ज्यादै संवेदनशील, अन्तर्मुखी र कोमल हृदयका देखिन्छन् । घरमा सानै उमेरदेखि हजुरबा र आमा बाबुको प्रेरणा, माया, ममताबाट कामलाई सम्मान गर्ने र जे कामका लागि पनि लगनकासाथ परिश्रम गर्ने छाप उनमा परेको थियो । अत्यन्त दयालु र सहयोगी भावना भएका व्यक्ति भएकाले अभावमा परेका व्यक्तिहरुको मद्दतमा जुटने उनको बानी सानैदेखि थियो ।
सानै छँदा अक्षर चिनाउने गुरुहरु, हजुरवुवा, घरपरिवार र साथीहरुको प्रत्यक्ष अप्रत्यक्ष प्रेरणाबाट प्रेरित भई साहित्य लेखनमा प्रवृत भए । २०४७ सालमा मेरो देश कविता प्रकाशन गरी आफ्नो साहित्ययात्राको शुभारम्भ गरेका पहाडीको बाल्यकालदेखिनै साहित्यमा रुचि थियो । त्यसैले आजीवन उनी यही क्षेत्रमा निरन्तर लागिरहेका छन् । २०४६ सालदेखि सुरु भएको उनको साहित्यिक लेखन यात्राले झण्डै तीन दशक पार गरिसकेको छ । यस समायमा उनका १२ वटा विविध विधाका कृतिहरु प्रकाशन भएका छन् । स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् । पहाडीका समालोचनात्मक कृतिहरु दुईवटा भेटिन्छन् । २०६७ सालमा कवि शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन र २०६८ सालमा प्रकाशित कथाकार इन्द्रकुमार विकल्पका कथासङ्ग्रहमा समाजशास्त्रीय नालीवेली रहेका छन् । एउटै विधामा आधारित नभई साहित्यका प्रायः सबै विधालाई उत्तिकै माया गरी कलम चलेको पाइन्छ । विभिन्न पत्रपत्रिकामा पहाडीका सिर्जनाहरु प्रकाशित हुँदै आएका छन् । पर्वतबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमा प्रायः निरन्तर रुपमा लेख रचनाहरु प्रकाशित भएका छन् । साथै गजल, कविता, मुक्तक निबन्ध कथा आदि रचनाहरु पनि फुटकर रुपमा नै देखिन्छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा तत्कालीन समयमा देखा परेका विकृति, विसङ्गति हत्या, हिंसाप्रतिको व्यङ्य प्रहार भएका र प्रेम, प्रणय, नीति, चेतनामूलक रचनाहरु फुटकर रुपमा नै देखिन्छन् । सामाजिक विषयवस्तुलाई आधार बनाएर आधुनिक शैलीमा प्रस्तुत गरिएका उनका सिर्जनाहरु विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त गर्न सकिन्छ ।
यसका अतिरिक्त उनका असङ्ख्य लेखरचना र अन्तर्वार्ताहरु विभिन्न पत्रपत्रिकाहरुमा छरिएर रहेका छन् । यसरी हेर्दा पहाडी निबन्ध र समालोचना विधामा पूर्ण सफल साहित्यकार हुन् भन्न सकिन्छ । युवा साहित्यसेवी राजेन्द्र पहाडी निबन्ध, कविता, कथा, गजल, समालोचना, लेख÷आलेख आदि क्षेत्रमा कलम चलाउने बहुमुखी प्रतिभाका धनि व्यक्तित्व हुन् भन्न सकिन्छ । यिनी एक कुशल प्रशिक्षक पनि हुन् । यिनले पर्वत जिल्लाभित्र मात्र होइन, देशका विभिन्न स्थानमा पुगेर विविध विषयका तालिम तथा प्रशिक्षण कार्यक्रमहरु पनि कुशलतापूर्वक सञ्चालन गर्दै आएका छन् ।
पहाडी चिन्तनशील स्रष्टा हुन् । उनको लेखकीय व्यक्तित्व गतिशील चरित्रको देखिन्छ । बहुसङ्ख्यक शोषित पीडित जनताहरुको हितमा कलम चलाउने उनका कृतिहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको यथार्थ चित्रण पाइन्छ । सामाजिक असमानता, विसङ्गति र विकृतिका विरुद्ध उनको लेखनी बेजोड गतिमा चलेको छ । विश्वका प्रसिद्व समाजवादी चिन्तकको विशेष प्रभाव पनि उनमा परेको देखिन्छ यिनका सिर्जनाहरु अनुशीलन गर्दैजाँदा ।
शिक्षण पेशामा सम्लग्न भए पनि उनको ऊर्जाशील युवाजीवन साहित्य सिर्जनामा बितेको छ । नेपाली साहित्यको उत्थानमा विशेष योगदान पु¥याएका पहाडी आफू मात्र नभएर पर्वतको सिङ्गो साहित्यिक माहोललाई नै साहित्य निर्झरीको मधुरसद्वारा शीतल बनाउन साहित्यिक यात्रामा निरन्तर लागेका छन् । आफ्ना कृतिलाई वादको कसिमा होइन, विचार र कला अर्थात कलात्मक कसिमा घोटेर पारख गर्नु पर्दछ भन्ने साहित्यिक मात्यता उनको रहेको छ । पहाडी एक सचेत एवम् निर्भिक प्रतिभा हन् । यिनले विभिन्न साहित्यिक, सांस्कृतिक, सामाजिक, सङघसंस्थासँग आवद्व रहेर नेपालमा प्रजातन्त्र स्थापना र मानव अधिकार आन्दोलनलाई अघि बढाउने अभियानमा कलमद्वारा आन्दोलन गरेर महत्वपूर्ण योगदान पु¥याएका छन् । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसस्थासँग आवद्व रहेर देश र जनताको सेवामा समर्पित पहाडीले समाजिक जागरणका साथै विभिन्न अनुसन्धानात्मक क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय छ । यसरी समाजको उत्थानमा निरन्तर लागेका पहाडी समाजसेवी व्यक्तित्वका रुपमा प्रखर देखिन्छन् । नेपाली भाषा र साहित्यका क्षेत्रमा अमूल्य योगदानको कदरस्वरुप उनलाई विभिन्न संघसंस्थाले सम्मान, कदर र प्रशंसित गरेका छन् ।
यिनका सृजनामा समाजशास्त्रीय पुट रहेतापनि भाषा शैली सरल, सरस र बोधगम्य छ । उनी समाजप्रति संवेदनशील स्रष्टा हुन् । उनी साहित्यिक प्रतिभाका हिसाबले समाजिक यथार्थवादी साहित्यकारको नजिक छन् । यथार्थ दृष्टि, स्वच्छ अभिव्यक्ति र समाजलाई दिशार्निदेश गर्न सक्ने सक्षमता उनको विशेषता हो । त्यस बाहेक प्रकृति वर्णन, देशप्रेम, क्रान्ति चेतना, मानवीकरण, मानवतावादी स्वर, रुढीवादी परम्पराको सुधार भावना, राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थता, दार्शनिकता, आदि उनका साधारण प्रवृत्ति हुन् । यसरी उनमा साहित्यिक कलात्मकताभन्दा वैचारिकता प्रबल पाइन्छ । साथै समाजमा आर्थिक, सामाजिक र राजनैतिक जटिलताहरु तथा समस्याहरुमा केन्द्रित हुने मूल प्रवृति पहाडीमा पाइन्छ ।
पहाडी साहित्य साधनामा निरन्तर लागिरहेका एक महत्वपूर्ण व्यक्तित्व हुन् । साहित्य लगायत उनी समाजसेवा र शिक्षण फाँटमा समेत सेवारत रहेका छन् । उनले नेपाली साहित्यिक फाँटमा सङ्ख्यात्मक भन्दा गुणात्मक कृतिहरु प्रकाशन गरेका छन् । उनी सरल, इमान्दार, लगनशील र सिर्जनशील व्यक्तित्व हुन् । पर्वत जिल्लाको साहित्यिक परिवेशमा उदाएका युवा सर्जक राजेन्द्र पहाडीले नेपाली साहित्यमा महत्वपूर्ण र विशिष्ट योगदान पु¥याएका छन् । त्यसैले नेपाली साहित्य क्षेत्रले उनका गुणहरुको युगौँयुगसम्म सम्झना रहिरहनेछ ।
शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन
समाजशास्त्रीय समालोचनाले साहित्य तथा कलालाई समालोचना गर्दा समाजलाई केन्द्रमा राख्दछ । साहित्यको समाजशास्त्रले साहित्य सामाजिक युग तथा पर्यावरण जस्ता भौतिक पक्षहरुबाट प्रभावित हुने हुँदा समाजको गतिसँगै साहित्य पनि बद्लिन्छ भन्ने मान्यता राखेको पाइन्छ । यहि मान्यतामा आधाति भइ पहाडीले आफ्ना कृतिहरुमा समाजशास्त्रीय दृष्टिकोण बाट समाजको यथार्थलाई चिरफार गर्ने गरेको पाइन्छ ।
वि.स. २०६७ मा प्रकाशित शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन समालोचना राजेन्द्र पहाडीको पहिलो समालोचनात्मक कृति हो । विभिन्न पत्रपत्रिका समालोचनात्मक विश्लेषण गरेतापनि पहाडीको पहिलो समालोचनात्क कृति शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन हो । यस कृतिमा कवि शान्तिनारायणश्रेष्ठका प्रकाशित कविताहरुमा आधारित भई विविध समयसान्दर्भिकता मा संरचित कृतिहरुलाई चिरफार गर्दै त्यसमा समाजशास्त्रीय दृष्टिकोण राख्नु नै समालोचक पहाडीको पृथक प्रतिभा यस कृतिमा रहेको देखिन्छ । योकृति गुप्तेश्वर वहुउद्देश्यीय पुस्तकालय कुश्मा पर्वतबाट प्रकाशन गरिएको पाइन्छ ।
समालोचक पहाडीले शान्तिनारायण श्रेष्ठका कवितालाई समाजशास्त्रीय दृष्टिकोणवाट अध्ययन गरी कृतिलाई दुई खण्डमा विभाजन गरेको पाईन्छ । पहिलो खण्डमा समालोचक पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जीवनी र विविध पक्षवाट उनका प्रतिभाहरुलाई उजागर गरी विविध कुना काप्चावाट कविको अध्ययन गरी परिचय दिएका छन् । कवि शान्तिनारायणको जीवनकालमा उनले नेपाली साहित्यमा दिएको योगदान जस्ले गर्दा अन्य साहित्यिक प्रतिभालाई पनि मार्गनिर्देशकको रुपमा व्यतिmगत पाटाहरुलाई बुझ्न मद्वत हुनेगरी प्रष्टाइएको पाइन्छ । समालोचक पहाडीले यस कृतिमा कविको परिचय दिने क्रममा विभिन्न कोणवाट साहित्य सेवी श्रेष्ठका दुःख, पिडा, खुसी, हाँसो, मिलन, विछोड, र जटिलतायुक्त मानवीय संमवेदनाहरुलाई नजिकैबाट चिनाउने गरी विविध पक्षलाइ बाहिर ल्याउने कार्य यस खण्डमा गरिएको पाइन्छ । दोस्रो खण्डमा साहित्यकार शान्तिनारायण श्रेष्ठलाई स्रष्टाको दृष्टिकोणवाट चिनाउने कार्य गरेका छन् ।
मानव सभ्यताको क्रममा समाजको स्थापनार्थ खबरदारी गर्नु साहित्यिक सेवकको धर्म हो भन्दै पहाडीले साहित्यिक कटु यथार्थलाई साहित्यले उदघाटन गर्न सक्नुपर्छ भन्ने कुरामा समाजिक सास्कृतिक रुपान्तरणको माध्यमबाट समुन्नत नेपाल निर्माणका लागि तथा आदर्श समाजको स्थापनाकालागि काव्य रचना गर्न सक्ने भन्दै कविताका विविध पाटाहरुलाई समाजशास्त्रीय दृष्टिकोण राख्दै समाजका विविध पक्षलाई बाहिर ल्याउन सफल भएको पाइन्छ ।
समालोचक राजेन्द्र पहाडीको कवि शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन कृतिमा सामाजिक विषयवस्तुलाई समाजशास्त्रीय सिद्वान्तको आधारमा समालोचना गरेको पाईन्छ । यस कृतिमा समाजशास्त्र र साहित्य वा साहित्य र समाजशास्त्र बीचको सम्वन्धलाई समयाअनुकूल नयाँ आयाम थपेको पाइन्छ । राजेन्द्र पहाडीको पहिलो समालोचनात्मक कृति भएकाले प्राविधिक कारणले केही त्रुटि भएतापनि समग्रमा कृति सफल भएको देखिन्छ । वास्तवमा यो कृति विषय र विचारको अन्तरसम्वन्धलाई मध्य नजर गरि सरसर्ती पढ्दा सरल तथा सरस भाषामा लेखिएको भएतापनि केही विम्बको प्रयोगले क्विष्ट बन्न पुगेको पाइएतापनि समाग्रमा कृति सफल रहेको देखिन्छ । पाठकले उनका भाव विचार वौद्विकतालाई सक्षम पूर्णरुपले सम्प्रेषण गरेका छन् । प्रस्तुत कृतिमा समाजिक मूल्य मान्यता र परम्परालाई गहन अध्ययन गरी समाजशास्त्रीय सिद्वान्तको आधारमा कृतिलाई कसी लगाएको देखिन्छ ।
कुनैपनि कलाकृतिमा निहित सौन्दर्य मूल्यहरुको खोजि अध्ययन र मूल्याङ्कन गरी समाजशास्त्रीय विश्लेषण गर्न आवश्यक हुन्छ भन्ने तथ्यलाई वुझी पहाडीले समाजशास्त्रीय दृष्टिले कवि शान्तिनारायणका कविताहरुको जाँच गरेको पाइन्छ । मानवतावादी विचारको आधारमा समाजशास्त्रीय सिद्वान्तका आधारमा कृतिको सत्य तथ्य प्रस्तती गरी कृतिको गहिराइमा पुग्न सफल भएको पाइन्छ । भाव र विचारको प्रभावकारीता यस कृति भित्र पाइन्छ । भाव विचार प्रस्तुति निकै कलात्मक र आकर्षक छ । समाज र साहित्यको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तर विरोधको प्रभावभित्र रहेर गर्नुपर्छ भन्ने तथ्य प्रति सचेत भएको पाइन्छ ।
साहित्यकारको जीवन चिन्तनको प्रभाव उसका साहित्यमा पार्छ भन्ने मान्यतालाई अनुसरण गर्दै समालोचक पहाडीले कविताको अन्तरबस्तु समाजिक यथार्थ, सचेतना, जीवनदृष्टि, समाकालीन यथार्थको प्रकटिकरण आञ्चलिकरणजस्ता पक्षलाई समेटेर सामाजिक यथार्थको दृष्टिले शान्तिनारायण श्रेष्ठका कवितामा कसी लगाएको पाइन्छ । मानव जीवनलाई जटिल, कुरुप, दुरुह वनाउने राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक विसङ्गति विरुद्व सुसंकृत सजीव, सुन्दर र रचनात्मक समाज निमार्णको ध्येय साहित्यमा हुनुपर्छ भन्ने मान्यता राखेको पाइन्छ ।
इन्द्रकुमार विकल्पको लघुकथासङग्रह सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली
वि.स. २०६९ सालमा प्रकाशित सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली राजेन्द्र पहाडीको दोस्रो समालोचनात्मक कृति हो । यसको प्रकाशक पर्वत साहित्य संङ्गम कुश्मा पर्वतबाट भएको हो । साहित्यकार इन्द्रकुमार विकल्पको लघुकथासङ्ग्रहलाई समाजशास्त्रीय सिद्वान्तको आधारमा विश्लेषण गरी नयाँ स्वरुप प्रदान प्रदान गर्ने कार्य पहाडी बाट भएको पाइन्छ । सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली कृतिमा पहाडीले डा. कपिलदेव लामिछानेको समाजशास्त्रीय समालोचना पद्वतिको गोरेटोमा राजेन्द्र पहाडीशीर्षकको भूमिका समावेश गरीएको पाइन्छ । समालोचक पहाडीले इन्द्रकुमार विकल्पका लघुकथासङ्ग्रहको समाजशास्त्रीय सिद्वान्तका आधारमा नेपाली साहित्यको विकास क्रममा देखा परेका विचारधारा, समाजमा देखापरेका विद्यामान सामाजिक, राजनैतिक, आर्थिक अवस्थाको चित्रण साहित्यको माध्यामबाट यस कृतिमा गरेको पाइन्छ ।
राजेन्द्र पहाडीले सर्वदलीय घरको समाजशास्त्रीय नालीवेली समालोचनामा साहित्यकारका व्यक्तिगत जीवनको वारेमा चर्चा परिचर्चा इन्द्रकुमार साहित्य सिजृना र मेरा स्मृतिहरु शीर्षकमा प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्य क्षेत्रमा अगुवा भएर सवैलाई साहित्य प्रति प्रेरित गर्ने र नव प्रतिभाका निम्ति प्रेरणाका स्रोत इन्द्रकुमार विकल्पको जन्म वि.स.२०१८ साल असोज २ गते पर्वत जिल्लाको माझफाँट गा.वि.स.वडा नं.३ वारीबेनी बजारमा बाबु गोपीमान जोशी र आमा नन्दकुमारी जोशीको कोख बाट जन्म भएको हो । जन्म कुण्डलीको नाम भीमकुमार जोशी रहेतापनि पछाडी इन्द्रकुमार विकल्पको नामले प्रख्यात भएको पाइन्छ । पहिलो प्रकशित कथा पुरस्कार २०३७ सालमा शिक्षा कुशुम पत्रिकामा प्रकाशित भएको पाइन्छ । साहित्य सिर्जनाको दायित्व पुरा गर्न विकल्पले आफ्नो सिर्जनालाई निरन्तरता दिँदै मौका आउँदा वित्तिकै र परिस्थितिले हरियो बत्ती बालेपछि लेखनी प्रकाशनमा लागिहाल्ने स्वभाव रहेको भन्दै पहाडले साहित्यकारको वारेमा प्रस्तुत गरेको पाइन्छ । २०४४ सालमा संम्झनाका डोबहरु कवितासंङ्ग्रह निकालेको पाइन्छ । २०५२ सालमा इन्द्रकुमारले मनका खुशीहरु कवितासङग्रह प्रकाशनमा ल्याएपछि केही समय सुस्ताएको लेखन कार्य वाह्य राजनैतिक सामाजिक वातावरणमा आएको सुधार सँगसँगै विकल्पको साहित्यिक फाँट पनि फराकिलो बन्दै गएको पाइन्छ (पहाडी, २०६८ः१८)।
विकल्प नारायण उ.मा.वि. मा विगत ३२ वर्ष देखि अध्यापन गराउदै विहान वेलुकाको समयमा आफ्नै पसलमा बसेर व्यापर व्यवसाय गर्ने शान्त, शौम्य, धिर स्वभाव रहेको कुरा पहाडीले प्रस्तुत गरेका छन् । धौलागिरि वाङ्मय समाजका उपाध्यक्ष, धौलागिरि साहित्य प्रतिष्ठान बागलुङका आजीवन सदस्य, मोती पुस्तकालय फलेवास पर्वतका आजीवन सदस्य, नेपाल राष्ट्रिय गजल प्रतिष्ठानका केन्द्रीय सदस्य, हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनका सल्लाकार, जनमत मासिक काभ्रेका संरक्षक र कविता आन्दोलन नेपालका सदस्य रहेको पाइन्छ । विकल्प साहित्यिक व्यक्ति मात्र नभएर सामाजिक व्यक्तित्वको रुपमा पनि चिनिन्छन । समाज राष्ट्र र नागरिक प्रति जिम्मेवार भएर कलम चलाउनेहरु यथार्थमा साहित्य समाजको दर्पण पनि भएकाले समाजलाई उजिल्याउने र समाजका दुःखी, पीडित तथा उपेक्षित वर्गका पक्षमा वकालत गर्ने काममा साहित्यकारको कलम चलेको पाइन्छ।
साहित्यकारहरु समाजका अगुवा, पथप्रदर्शक र अभियन्ता पनि भएकाले समाजको सफल नेतृत्व गरी समाज सुधार गर्न सफल भएको पाइन्छ । समाजको सकरात्मक परिवर्तन गर्न साहित्यकारको व्यक्तिगत जीवन के कसरी व्यतित भएको छ त्यसको प्रभाव साहित्यमा पनि पर्ने हुँदा साहित्यकारले आफ्नो जीवन भोगाइ र अनुभव समाजवाट प्रभावित भई साहित्यमा समावेश गरेको पाइन्छ ।
नेपाली समाजको मूलधारबाट बाहिर परेका र पारिएका सीमान्तकृत वर्गको आवाजलाई झिनो रुपमा उठान हुनु समाविष्ट कथाहरुको प्रशंसनीय पक्ष हुँदा हँुदै पनि ती वर्गमा उत्पन्न वर्गीय चेतना र प्रतिरोधी उर्जालाई होसियारीपूर्वक प्रस्तुत गरिनुपर्छ । जीवन र जगतलाई बदल्न चाहने रहस्य, परम्परा र स्वरुपलाई बदलेर नयाँ रुप दिन चाहने इच्छाशक्तिको अभावमा जर्जर अवस्थाबाट गुज्रिएका वर्गलाई प्रतिरोधका तागत प्रदान गर्न स्रष्टाले कञ्जुस्याई नगरेको कुरालाई प्रस्तुत गरेका गरेको पाइन्छ ।प्रगतिवादी चेतनाका कथाहरुशीर्षकमा पहाडीले सामाजीक सरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, कला, साहित्य, विज्ञान प्रविधि, सञ्चार, राजनीतिक, अर्थनीति आदि विषयवस्तुलाई एउटै वा केही सङ्ख्याका लघुकथामा समेटन नसकिएला सामाजिक महत्व र जनसरोकारका यस्ता सवालहरु कुनै न कुनै रुपबाट यस कथासङ्ग्रहभित्रका कथामा प्रतिबिम्बित भएको पाइन्छ (पहाडी,२०६८ः६७) । कथासङ्ग्रहभित्र प्रायः सवै कथाहरु सामाजिक चलनचल्तीका घटना परिघटनामै आधारीत भएर सिर्जना भएका छन् । सामाजीक यथार्थको उद्वोधन र रहस्योद्घाटन गर्न कथा सक्षम रहेको पाइन्छ । कथाहरुभित्र ग्राम्य संस्कृति संस्कार, मूल्यमान्यता, रहनसहन, आस्था, विश्वास, प्रथा, परम्परा, कानुन, रीतिरिवाज र प्रचलनहरु अटेमटेस भएर प्रस्फुटित भएका छन् भन्दै पहाडीले विकल्पका कथाहरुले सामाजमा परेको प्रभावलाई प्रस्तुत गरेका छन् । सवै कथाका विषयबस्तुहरु तिनमा प्रयुक्त पात्रहरुले नेपाली समाजकै सटिक प्रतिनिधित्व गरिरहेका छन् । अन्य स्रष्टाका दृष्टिमा कथाकार इन्द्रकुमार विकल्पका कथाकारीताशीर्षकमा विकल्पका कथाहरुले समाजमा के कस्तो प्रभाव परेको छ भन्ने कुरालाई विभिन्न जिल्लामा रहेर कलम चलाउने स्रष्टाहरुका विचारहरुलाइ प्रस्तुत गरि प्रष्टाएको पाइन्छ ।
मानिसमा हुने चेतना र प्रविधिको विकास सँगसँगै समान रुपान्तरणका आयामहरु पनि त्रियाशील हँदै जान्छन् र समाजमा प्रगतिउन्मुख हुन्छ साहित्यले समाजमा प्रभाव पारेको हुन्छ । पहडीले प्रगतिवादी चेतनाका कथाहरुशीर्षकमा विकल्पका कथाहरुमा सहजीवन, सहअस्तित्व र समानताका लागि अपेक्षा राखिएको छ । समाज सापेक्ष भएर मानव जगतलाई सुन्दरतामा रुपान्तरण गर्ने मनसायले कथाकारले सौन्दर्य पर्गेल्न प्रयत्न गरेको पाइन्छ भन्दै सामाजिक न्यायका पक्षमा वकालत मात्रै नगरी सामान्ती,शोषण प्रणाली प्रति असहमति तथा बिरोधका स्वरहरु मुखरित गरेको पाइन्छ (पहाडी,२०६८ः६६) । सवैतिर पितृसत्ताको हालीमुहाली तथा वर्चश्व भएको र महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने दृष्टिकोण हावी रहेको नेपाली समाजलाई चिरफार गर्दै कथाकारले आफूालई महिलाका पक्षमा उभ्याई नरेकाका की पोक्ची, कुुकुरको मुतका होटल्नी दिदी, काइला मिस्त्रीकी श्रीमती जस्ता पात्रहरुको प्रयोग गरी जिम्मेवार ढङगले गृहस्थी सम्हाल्ने तथा सुझबुझ पूर्ण नारी पात्रका रुपमा प्रस्तुत गराइ महिला वर्गको न्यायका लागि वकालत गरेका छन् । कथाहरु सम्यक परिवर्तन, रुपान्तरण समाजिक न्यायको स्थापना र प्रगतिशीलताका पक्षमा निर्भिक रुपमा उभिएका छन् । कथाहरु भित्र समाजको मौजुदा अवस्थाप्रति हदैसम्मको असन्तुष्टि र कटाक्ष प्रकट भएको कुरालाई पहाडीले प्रस्तुत गरेको पाइन्छ ।
परिभाषित सिर्जनाधर्मिताका दृष्टिले कथाकार प्रगतिवादी कित्ताका साहित्यकार त होइनन् तैपनि उनका कथामा निम्न तथा मध्यमवर्गप्रति सहानुभुति राखिएको पाइन्छ भन्दै पहाडीले व्याख्या गरेका छन् । अस्तुः

धाइरिङ, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु