गजल

- छविलाल खड्का

खेल हो हार वा जित, अवश्य हुन्छ
मेल भो तिम्रो र मेरो, भविष्य हुन्छ ।

हरुवा अनि जितुवा, पदवि बेग्लै
आँखामा छारो हाले पो,रहस्य हुन्छ ।

होश गर भित्ताका नि, कान हुन्छन
आ आफ्नै बिचमा न,ै बैमनस्य हुन्छ ।

बाहिर जानी दुश्मन, भित्र छ मेल
कठै गाँठी कुरो बुझ्दा,आलस्य हुन्छ ।



रुघा ७, रुकुम
हाल कोहलपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 22 माघ, 2076

लेखकका अन्य रचनाहरु