बर्नार्ड शाको घरमा हिउँदको एक दिन नियात्राको विश्लेषण

- खुम खड्का

प्रस्तुत ‘बर्नार्ड शाको घरमा हिउँदको एक दिन’ नियात्रा नेपाली डायास्पोरा साहित्यका बेलायत क्षेत्रका साहित्यकार कृष्ण बजगाईद्वारा लेखिएको उत्कृट नियात्रा हो । समकालीन साहित्य प्रतिष्ठान बेलायतकाका अध्यक्ष समेत रहेका कृष्ण बजगाईंका कमरेड भाउजू(कथासङ्ग्रह), यन्त्रवत्, रोडम्याप र कवच(लघुकथासङ्ग्रह), युरेशियाको स्पर्श(नियात्रासङ्ग्रह) आदि कृतिहरु प्रकाशित भएका छन् । ‘बर्नार्ड शाको घरमा हिउँदको एक दिन’ नियात्रा ‘भाया साक्रा’ (२०७४) नियात्रासङ्ग्रहभित्र सङ्कलित रहेको छ । यसमा मुख्यतः नियात्राकारले विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नार्ड शाको निवास स्थल पुगेर सूक्ष्म अवलोकनबाट प्राप्त गरेका अनुभूतिलाई मुख्य विषयवस्तु बनाएको छ । यसमा विश्वप्रसिद्ध साहित्यकार बर्नार्ड शा र नेपाली साहित्यकार देवकोटा, सम, भानुभक्तप्रति असीम श्रद्धा भाव प्रकट गरिएको छ । नेपाली साहित्यकारका घर, सामान र कृतिहरूका संरक्षण गरी साहित्यिक तीर्थ बनाउनु पर्ने विचार कलात्मक ढङ्गले व्यक्त गरिएको छ । प्रस्तुत नियात्राको विश्लेषण निम्न लिखित रूपमा गरिएको छ ।
(क) विषयवस्तु
नियात्रामा यात्राजन्य वस्तु, परिवेश, विषय सन्दर्भ र अनुभूति विषयवस्तुका रूपमा आएका हुन्छन् । प्रस्तुत नियात्रामा नियात्राकारले बेलायतको ग्रामीण क्षेत्रमा रहेका विश्वप्रसिद्ध साहित्यका जर्ज बर्नार्ड शाको निवास स्थान (म्यूजियम) पुग्दा देखेका प्राकृतिक परिवेश, शाको निवास स्थान, उनको जीवन साहित्यिक योगदान, उनले प्राप्त गरेको साहित्यतर्पmको नोबेल पुरस्कार, सिनेमातर्पmको ओस्कार अवार्ड र यता नेपालका साहित्यकारहरूको घरको असंरक्षित हालत आदि कुराहरू यस नियात्राका विषयवस्तु हुन् । यिनै विषय सन्दर्भको कलात्मक र जीवन्त चित्रण नियात्रामा गरिएको छ ।

(ख) यथार्थपरक परिवेश
प्रस्तुत नियात्राका नियात्राकार बेलायत बसोबास गर्दछन् । उनी सहरको कोलाहल र कङ्क्रिटको जङ्गलबाट टाढा रहेको विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नार्ड शाको घर हेर्न आतुर भएर त्यसतर्पm प्रस्थान गरेका छन् । यसमा ग्रामीण क्षेत्रमा रहेका ‘शा’ का घर र त्यस घरको भित्र र बाहिरको वस्तुस्थितिको यथार्थपरक चित्रण गरिएको छ । त्यहाँ बर्नार्ड शाको घरलाई संरक्षण गरी म्युजियम बनाएर राखिएको छ । घर भिक्टोरियन शैलीको दुई तले छ । त्यहाँ पुगेपछि नियात्राकारलाई स्वयम्सेवकहरूले जर्ज बर्नार्ड शा र उनको घको बारेमा जानकारी दिन्छन् । त्यसपछि स्वयम् सूक्ष्म अवलोकन गर्दै जाँदा उनले एउटा वैभवशाली कोठा, पियानो, शा र स्टालिनको फोटो देखेका छन् । अर्को कोठामा पत्थर कोइलाले चल्ने चुह्लो, केही भाँडाकुडा देख्छन् । अर्को देव्रेपट्टिको कोठामा शाको अध्ययन कक्ष र त्यहाँ रहेका बुक ¥याक, टेबल, कुर्सी, टाइपराइटर आदि रहेको चित्रण नियात्रामा यथार्थपरक र बिम्बात्मक रूपमा आएका छन् ।
नियात्राकार माथिल्लो तलामा पुगेपछि शा र उनको पत्नी सार्लोटको ठूलो तस्वीर, टेबलको दुईवटा फोटो एल्बम, व्यायाम गर्ने साइकिलिङ मेसिन, कोठाको बिच भागमा सोकसभित्र सटाएर राखिएको उनले प्राप्त गरेको साहित्यतर्पmको नोबेल पुरस्कार र सिनेमातर्पmको ओस्कर अवार्डको प्रमाण पत्र देख्दछन् । यसका साथै त्यहाँ शाको शयन कक्ष, टेबल, टाइपराइटर, लत्ताकपडा, टोप, लौरो, छाता, टोप, कलम, डायरी आदि देखेको कुराको यथार्थ चित्रण नियात्रामा गरिएको छ । यसका साथै घरबाहिरको हिउँदको चिसो मौसम, बगैँचा र बगँैचामा राखिएको काठको सार्न मिल्ने घुम्ती घर, त्यस भित्र राखिएको टेबल, कुर्सी, टाइपराइटर, सानो बेड आदि नियात्राकारले देखेका छन् । घरबाहिर हिउँदको दिन भएकोले मौसम चिसो छ । यसरी यसमा नियात्राकारले विश्वप्रसिद्ध साहित्यकार बर्नार्ड शाको निवास स्थानतर्पm घुम्न जाँदा देखेका बर्नार्ड शाको निवास स्थान, त्यसभित्रका सामान र आसपासका बगैँचाको वर्णन गरेका छन् ।

(ग) निजी अनुभूति
नियात्रामा नियात्राकारले वैयक्तिक वा यात्राजन्य अनुभूतिहरू कलात्मक ढङ्गले प्रस्तुत गरेका हुन्छन् । यात्रामा पुगेका स्थान, स्थानीय वस्तु तथा परिवेश आदिको अवलोकनबाट प्राप्त निजी अनुभूतिहरूको भावात्मक प्रकाशन गरिएको हुन्छ । प्रस्तुत नियात्रामा नियात्राकार संसार प्रसिद्ध नाटककार जर्ज बर्नार्ड शाको घर हेर्ने निकै अघिदेखिका धोको लिएर त्यसतर्पm प्रस्थान गरेका छन् । नियात्राकार बर्नार्ड शाको घरलाई वैशवशाली देख्छन् । त्यहाँ रहेको पियानो देखेर सायद शा संगीत मन पराउथे र पियानो आपैm बजाउँथे होलान् भन्ने अनुभूति गर्छन् । बर्नार्ड शाको ऐतिहासिक तस्वीरहरू भएको एल्बम हेरेर आफ्नो मानसपटलमा शाको जीवन यात्राको सिङ्गो अल्बम तयार भएको अनुभूति गर्छन् । शाकोे अध्ययन कक्ष देखेर अधिकांश समय शा त्यही कोठामा विताउँदा रहेछन् भन्ने महसुस गर्दछन् । नियात्राकार बर्नार्ड शाको व्यायाम गर्ने साइकिलिङ मेसिन देखेर र उनी शाहाकारी रहेको जानकारी पाएर उनी स्वास्थ्यप्रति सजग र शाहाकारी भएको हुनाले चौरानब्बे वर्षसम्म बाँचेका होलान् भन्ने निष्कर्षमा पुग्दछन् । नियात्राकार बर्नार्ड शाको घरमा सोकेसमा सजाएर राखेको साहित्यतर्पmको नोबेल पुरस्कार र सिनेमा तर्पmको ओस्कार अवार्डको सक्कली प्रमाण पत्र देखेर त्यस्ता महान लेखकको संसार प्रसिद्ध पुरस्कार देखेर आपूmले उर्जा प्राप्त गरेको महसुस गर्दछन् । साथै नेपाली लेखकहरूले पनि कुनै दिन त्यस्ता महान पुरस्कार अवश्य पाउन भन्ने कामना गर्दछन् । त्यसबाट आपूmलाई पनि निरन्तर लेखनमा लाग्ने प्रेरणा भएको अनुभूति गर्दछन् । यता हाम्रो देश नेपालमा पनि आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम जस्ता महान साहित्यकारका घर, उनीहरूसँग सम्बन्धित विभिन्न वस्तुहरूलाई संरक्षण गरी म्युजियम बनाएर साहित्यकारहरूको तीर्थस्थल बनाउन सके साहित्यकारहरू प्रति वास्तविक सम्मान हुने र हाम्रो वाङ्मयको गौरव विस्तार हुने थियो तर त्यसो हुन नसकेकोमा आपूm उदास बन्न पुगेको अनुभूति नियात्राकारले गरेका छन् । यसरी यस नियात्रामा प्रसिद्ध साहित्यकार जर्ज बर्नार्ड शाको घर तथा त्यहाँका सामानहरू देख्दा उत्पन्न भएका नियात्राकारका निजी अनुभूतिहरूको सजीव प्रकाशन नियात्रामा गरिएको छ ।

(घ) मूलभाव वा सन्देश
यस नियात्रामा नियात्राकार विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नार्ड शाको निवास स्थल पुग्दा आपूmले अनुभूति गरेका भावहरूको उद्बोधन गरिएको छ । यसमा जर्ज बर्नार्ड शाले विश्वसाहित्यमा विशिष्ट योगदान गरेका हुनाले साहित्यतर्पmको नोबेल पुरस्कार र सिनेमातर्पm ओस्कर अवार्ड जस्ता विश्वप्रसिद्ध पुरस्कार प्राप्त गरेका कुराको चित्रण गर्दै नेपाली साहित्यकारहरूले पनि कुनै समयमा यस्ता विश्वप्रसिद्ध पुरस्कार प्राप्त गरून् भन्ने भाव यस नियात्रामा व्यक्त भएको छ । यसका साथै बेलायतमा शाको घरलाई म्युजियम बनाएर संरक्षण गरी राखिए भैmँ नेपालमा पनि हाम्रा महान साहित्यकार आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समका घर, उनीहरूका विभिन्न चिज बस्तुहरू, साहित्यिक कृति आदिको संरक्षण गरी साहित्यिक तीर्थस्थलका रूपमा विकसित गर्न सके नेपाली वाङ्मगको गौरव बढ्छ भन्ने भव यस नियात्रामा मूलभाव वा सन्देशका रूपमा भावात्मक रूपमा प्रस्तुत गरिएको छ ।

(ङ) भाषाशैली
नियात्रा कसिलो प्रकृतिको गद्य विधा हो । यसमा विषयवस्तुलाई कलात्मक कसिलो गद्य भाषाशैलीमा पाठक समक्ष सम्प्रेषण गरिएको हुन्छ । यसमा प्रथम पुरुष दृष्टिबिन्दुमा नियात्राकारले यात्रामा देखेका बस्तु, परिवेश, तिनका ऐतिहासिक तथा कलात्मक महत्व र तत्जन्य अनुभूतिहरूको सरल, सरस, भाषा भावात्मक एवम् बिम्बात्मक शैलीमा अभिव्यक्ति गरिएको हुन्छ । प्रस्तुत नियात्रामा पनि सरल, सरस, कसिला कलात्मक गद्य भाषा र वर्णनात्मक बिम्बात्मक तथा संस्मरणात्मक शैलीमा यात्रा र तत्जन्य अनुभूतिहरूको भावात्मक प्रकाशन गरिएको छ । शब्द प्रयोगका दृष्टिले अत्याधिक तत्सम तथा तद्भव शब्द र केही आगन्तुक शब्दहरूको प्रयोग गरिएको छ । वाक्यहरू सरल र संक्षिप्त छन् । अनुच्छेद योजना पनि संक्षिप्त र सार्थक रहेको छ । यात्राका निजात्मक अनुभूतिको भावात्मक प्रकाशन गर्न भाषा सफल रहेको छ । बर्नार्ड शाको घर भित्र र बाहिरको परिवेशको वर्णन बिम्बात्मक निजात्मक तथा संस्मरणात्मक शैलीमा गरिएको छ । प्रकृतिको वर्णनमा कतै कतै प्रकृतिको मानवीकरण गरिएको छ । यात्रा नियात्राकारले गरेको भएपनि पाठकले यो नियात्रा पढ्दै जाँदा स्वयम्ले त्यो यात्रा गरेझैँ बर्नार्ड शाको निवास स्थल पुगेर त्यहाँ उनका कोठाहरूमा रहेका विभिन्न वस्तुहरू देखेभैmँ अनुभूति हुन पुग्दछ । यसरी हेर्दा यो नियात्राको भाषा सरल, सहज, सरस, सार्थक कसिलो र कलात्मक बन्न पुगेको देखिन्छ । शैली वर्णनात्मक, चित्रात्मक, बिम्बात्मक र संस्मरणात्मक किसिमको रहेको छ ।
(च) निष्कर्ष
नेपाली डायास्पोरा साहित्यको बेलायत क्षेत्रका प्रसिद्ध साहित्यकार कृष्ण बजगाईद्वारा लेखिएको ‘बर्नार्ड शाको घरमा हिउँदको एक दिन’ शीर्षकको नियात्रामा साहित्यिक दृष्टिले विश्वप्रसिद्ध साहित्यकार बर्नार्डशाको निवास स्थान, उनका समानहरू र विश्व साहित्यमा उनको योगदान जस्ता विषय सन्दर्भहरू समेटिएका छन् । नियात्रामा यथार्थपरक ढङ्गले शहरदेखि टाढा रहेको बनार्ड शाको घरभित्र र बाहिरको परिवेश, वस्तु तथा प्रकृतिको वर्णन गरिएको छ । त्यहाँका नियात्रामा बनार्ड शाको घर, उनको अध्ययन कक्ष, उनले साहित्य र सिनेमातर्फ प्राप्त गरेको नोबेल पुरस्कार र ओस्कर अवार्डका सक्कली प्रमाणपत्र आदि देखेर उत्पन्न भएका निजी विचारको भावात्मक प्रकाशन गरिएको छ । यस नियात्रामा जर्ज बर्नार्डले विश्वसाहित्यमा विशिष्ट योगदान गरेर विश्वप्रसिद्ध नोबेल पुरस्कार र सिनेमातर्फ ओस्कर अबार्ड प्राप्त गरेझैँ नेपाली साहित्यमा साहित्यकारहरूले त्यस्ता पुरस्कार पाऊन् । नेपालमा पनि बेलायतमा बनार्ड शाको घरलाई संरक्षण गरेर म्युजियममा बनाइएझैँ हाम्रा महान् साहित्यकार आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा र नाटककार समका घरहरू, उनीहरूसँग सम्बन्धित विभिन्न वस्तु तथा कृतिहरूको संरक्षण गरी साहित्यक तीर्थस्थलको रूपमा विकास गर्न पर्ने विचार व्यक्त गरिएको छ । भाषा सरल, सहज, सरस, सुबोध्य हुनुको साथै शैली वर्णात्मक, चित्रात्मक, विम्बात्मक र संस्मरणात्मक रहेकाले यो नियात्रा जीवन्त र उत्कृष्ट बन्न पुगेको छ । यो नियात्रा कलात्मक मूल्य र शैक्षिक दृष्टिले उपयुक्त महतम् र उपयोगी बन्न पुगेको छ ।
सन्दर्भ सूचीः
ढकाल, रजनी(२०७०) प्रयोगिक समालोचनाका अनेक रुप, ललितपुरः साझा प्रकाशन
निर्मोही, ब्यास(२०६१), नियात्रा साहित्यको सुजनात्मक स्वरुप र विशेषता, पृ ५५–५९
निरौला, लेखप्रसाद(सन् २०१७), नियात्राको कसीमा हिउँको कला बरफको दरवार, प्रवासन वर्ष १, अङ्क १, पृ ५६–६९
बजगाईं, कृष्ण (२०७१) कमरेड भाउजू, काठमाण्डौंःशब्दार्थ प्रकाशन
’’ ’’ (२०७३) युरेशियाको स्पर्श, ललितपुरः साझा प्रकाशन
’’ ’’ (२०७४० भाया साक्रा, काठमाण्डौंः साङिग्रला बुक्स
भट्टराई, गोविन्दराज(२०७२) डायोस्पोरा सिद्धान्त र समालोचना, काठमाण्डौंः नेपाल प्रज्ञाप्रतिष्ठान
लुइटेल, खगेन्द्रप्रसाद(२०६९), आप्रवासी नेपाली साहित्यको सैद्धान्तिक र व्यवहारिक पक्ष, गरिमा, वर्ष ३० अङ्क १२ पूर्णाङ्क ३६०, मंसिर पृ ८८–८९

मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2076

लेखकका अन्य रचनाहरु