जापानको दाइबुचुभित्र बजगाईंको हाइबुन

- डा. गोबिन्दसिंह रावत

विषय प्रवेश
मानवजातिलाई प्रकृति र सौन्दर्य प्रेमीका रूपमा चिन्ने गर्छौ । यही सौन्दर्यको खोजिमा मानवजातिले देशाटन गरेको देखिन्छ । साहित्यको मनोवृति हे¥यौं भने त्यसमा देशाटन प्रवृति बढी पाइन्छ । यात्रा साहित्यमा लेखकले एक प्रकारको सौन्दर्यबोध अनुभव गरेर स्वच्छन्द भावले यात्रा गरेर आफुले देखेको कुराको वर्णन मुक्तभावले अभिव्यक्त गर्ने गर्छ । साहित्यले जहिले पनि समाजले नदेखेको कुरा देख्ने गर्छ र साहित्यकारको चक्षुले देखेपछि त्यसबाट केही अनुभव गरेर अभिव्यक्त गर्ने गर्दछ । त्यो अभिव्यक्तीको वर्णनमा प्रेम, सौन्दर्य, भाषा, स्मृति आदि अनेक भावहरू प्रकट हुने गर्छ । साहित्य अभिव्यक्त गर्ने अनेक भावमा निवन्ध पनि एउटा भाव अर्थात विधा हो । यही निबन्ध शैलीको एउटा रूपलाई यात्रा साहित्य भनिएको हो । यसको लेखनमा लेखकको रमणीय अनुभव अभिव्यक्त भएको हुन्छ र यही लेखकको रमणीय अनुभवलाई पाठकले आत्मसात गर्न सकेमात्र यात्रा साहित्यलाई सफल मानिन्छ ।

साहित्यकारले आदिकालदेखि नै रमणीय स्थानको यात्रा गर्ने परम्परा रहेको पाइन्छ । यही यात्राको क्रममा आफुले टेकोको भूमिको रमणीयता तथा वास्तविकता लेखनमा अभिव्यक्त गरेका हुन्छन् । कालिदासको साहित्यमा यात्रा वर्णन पाइन्छ । ह्वेन साँङ्गले पनि आफ्नो यात्राको वर्णन गरेका छन् । उनको लेखनमा विवरण पाइन्छ र यही विवरणबाट इतिहासकारहरूलाई तत्कालीन समाजका बारेमा अनुसन्धान गर्न सहयोग मिलेको छ । यात्रा साहित्य निबन्धको आधुनिक रूप हो । यसमा निवन्धको जस्तै स्वछन्दता, आत्मीयता आदि गुणहरू पाइन्छ ।

यात्रा साहित्यमा यात्री आफ्नो यात्राको प्रत्येक स्थान र क्षेत्रमा त्यहीँ ठाँऊ÷स्थानको संयोजन गर्दछ जसलाई यात्रीले अद्भूत सत्यका रूपमा ग्रहण गर्दछ । त्यही सत्यका बारेमा सुनेका कुराहरूले यात्रीको मनभित्रको भावलाई परिस्कार गरेर त्यही सत्यलाई आफ्नो भावमा मिसाएर सत्य चेतनाका साथ अभिव्यक्त गरेको हुन्छ जसलाई पाठकले भाविभोर भएर त्यो यात्राको सत्यलाई आत्मसात गर्दै आफैनै त्यो आनन्दको क्षण प्राप्ति गर्न आतुर हुन थाल्छ । त्यसैले यात्रा साहित्यका लेखकलाई संवेदनशील भएर पनि निरपेक्ष हुनु पर्छ अन्यथा त्यो यात्रा साहित्य यात्री हावी भएर आत्मसंस्मरण हुन जान्छ ।

विषय सन्दर्भः
काव्य र आख्यान विधामा निरन्तर कलम चलाउने कृष्ण बजगाईंले नियात्रा विधालाई विशेष रुचिका साथ निरन्तरता दिदै आईरहेका छन् । उनको एघारौं साहित्यिक सन्तान भएर तेस्रो नियात्रा संग्रहका रूपमा “दाइबुचु” आएको छ । युरोपका विभिन्न ऐतिहासिक एवम् साहित्यिक महत्व राख्ने शहरहरूको भ्रमणपछि “युरेशियाको स्पर्श” र “भायासाक्रा” नियात्रासङ्ग्रह जन्माएका बजगार्ईंले “दाइबुचु” मा आफ्नो जापानको भ्रमणलाई समेटेका छन् । जापान भ्रमणको उदेश्य काव्यको लघुत्तम स्वरूप हाइकुको अन्तर्राष्ट्रिय नेपाली हाइकु महोत्सव (२०१८ ई) रहेकोले बजगाईंको यसपटकको नियात्रा हाइकुमय भएर प्रष्फुटित भएको छ ।
“हाइकुको उद्गमस्थल जापानमा हाइकु कविको नाताले लण्डनबाट महोत्सवमा पुगेका बजगाईंलाई महोत्सवपश्चात् जापानको रमणीय यात्रामा निस्किने अवसर मिल्यो । यात्रामा त्यहाँका रमणीय तथा पर्यटकीय स्थलको भ्रमणसँगै कला, साहित्य, संस्कृति र इतिहासलाई नजिकबाट बुभ्mने अवसर मिल्यो । जापानको आधुनिकता र विकासका उज्यालालाई देख्न पाएँ । तिनै दृश्य र अनुकृतिका शब्दचित्रहरूको सँगालो यो नियात्रासङ्ग्रह हो । बजगाईं हाइकु प्रयोगकर्ता भएर होला हाइकु सम्राट माचुओ बासोले हरेक दिन एक यात्रा हो र यात्रा आफैँमा घर हो (पृ.३८) भनेझै उनले पनि तेह« दिनको जापानको यात्रामा तेह«वटा नियात्रा जन्माएका छन् ।

नियात्रा साहित्यमा आफ्नो बेग्लै यात्राशैलीका माध्यमबाट उपस्थिति देखाउने कृष्ण बजगाईंले पुस्तकको आत्मकथनको पहिलो परिच्छेदमा बयान गरेको कुराहरूबाट उनको तेस्रो नियात्रा सङ्ग्रहले समेटेको विषयवस्तु र देश काल परिस्थितिका बारेमा जानकारी पाइन्छ । यस सङ्ग्रहले जापान र नेपालका बीच रहेको हाइकु सम्बन्धको नविकरण गरी दिएको छ । हाइकुको जन्म जापानमा भएको थियो भने नेपालमा यसको श्रीगणेश शंकर लामिछानेबाट भएको थियो र यसलाई मलजल दिएर हुर्काईबढाई गर्ने काम प्रा. रामकुमार पाँडेबाट भएको थियो । त्यसपछि नेपाली हाइकु विस्तारै अन्य लेखक कविहरूको पनि रुचिको विषय बन्दै जान थाल्यो । आजको मितिसम्ममा अन्तिम हाइकु सङ्ग्रहका रूपमा अमेरिकाबाट आविष्कार भारतीको “टुसाएको गगन” नोभेम्बर २, २०१९ मा विमोचन भएको थियो । त्यसअघिकाको सूचि बनाउन जरुरी छ । जापानमा गद्य विधाको लेखनभित्र ठाँउठाँउमा हाइकुको प्रयोग गरिएको छ भने त्यस्तो साहित्यिक विधालाई हाइबुन भनिएको बारे यस नियात्रासंङ्हबाट भनिएको छ । यस अर्थमा उनको “दाइबुचु” नियात्रासंङ्हको गद्य लेखनमा पनि उनले हाइकुको प्रसस्त प्रयोग गरेकाले यस संग्रहलाई पनि हाइबुन भन्नु पर्ने देखिन्छ । तर यस विषयमा अझ राम्रो अध्ययन हुनु जरुरी छ ।

नियात्राकार बजगाईंले आफ्नो यात्राको उदृेश्यमाथि प्रकाश पार्दै भनेका छन् ः अँध्यारो सुरूङीमार्गको ट्रेन यात्रामा उज्यालो खोज्नुभन्दा दिउँसोको उज्यालोमा टोकियोको अँध्यारो खोज्नु मेरो पैदल यात्राको उदृेश्य थियो (पृ. २५) । यसबाट उनले जापानलाई नजिकबाट नियाल्ने प्रयास गरेको प्रष्ट हुन्छ । यही दिउँसोको उज्यालोमा जापानको अँध्यारो नियालेर बजगाईंले नेपाली पाठकसमक्ष जापानको दस्तावेज प्रस्तुत गरेका छन् । नियात्रा जस्तो विवरणत्मक लेखनमा काव्यात्मक स्वाद भर्न नियात्राकार सफल भएका छन् । यहाँ उनको विचारमात्र आएको छैन । आफु डुलेको शहरको सत्यतथ्य विचारसँगै काव्यात्मक भाव पनि मुखारित भएको पाइन्छ ।

लेखन कार्यलाई म अभिनय जस्तै ठान्ने गर्छु । जसरी अभिनय गर्दा कलाकारले पात्रको चरीत्रमा आफुलाई ढालेर प्रस्तुत गरेको हुन्छ त्यसरीनै लेखकले आफ्नो लेखनको उत्कृष्ठता बयान गर्न विषयवस्तुमा नै आफुलाई प्रस्तुत गर्ने गर्दछन् । बजगाईंले जापानको एउटा जेब्राक्रसको बयान गर्न साडेदुई पाना खर्चेको बाट उनी आफै जेब्राक्रस बनेको आभास हुन्छ । त्यस्तै नियात्रा लेख्दा यसमा पनि उनलाई नेपालले बारम्बार घचघचाई रहेको देखिन्छ । उनी जापानलाई नेपालसँग जोड्ने प्रयास गर्छन र निरास भएर फर्कन्छन् ।

नियात्राकार हाइकुको जन्मदाताको गाँउमा पुगेर त्यहाँको नदीकिनारदेखि पार्कभरीनै ढुङ्गामा हाइकु लेखिएको चर्चा गर्दछन् । हामीलाई आदीकवि भानुभक्त र महाकवि देवकोटाका कविताका हरफहरूलाई सार्वजनिक गर्न नसक्दा कुरीकुरी लाग्नु स्वभाविकै हो । विदेशका बस, रेल र अन्य सार्वजनिक यातायातका साधनमा त्यस राष्ट्रका कविहरूको कविवाणी लेखिएका हुन्छन् । हामी कागजमा कवि–साहित्यकारहरूको सम्मानको योजना बनाएर आफ्नो कर्तब्य निर्वाह गरेको आभासमा मग्न हुन्छौं ।

हाइकुको थालनी जापानमा माचुओ बासोबाट भएको र यसमा प्रकृतिसँगै मौसमका बिम्बहरूको प्रयोग गरिन्छ र संख्यात्मक तहमा पाँच–सात–पाँचको गणनामा सत्र अक्षरको मिलापबाट हाइकु बन्दछ । यस नियात्रासङ्ग्रहमा आएका नियात्रा वर्णन पनि हाइकुमय भएर अगाडि बढ्दै गएका छन् । यसअघि “युरेशियाको स्पर्श” र “भायासाक्रा” नियात्रासङ्ग्रह पाठकसामु पस्किसकेका छन् । दोस्रो नियात्रासङ्ग्रह “भायासाक्रा” पढ्ने मौका पाएपछि म बजगाईंको नियात्रा लेखन भक्त भए । उक्त नियात्रासङ्ग्रहमा विश्व साहित्य मानचित्रमा अङ्कित प्रतिष्ठित साहित्यकारहरूको वासस्थान र कर्मस्थानको भ्रमणलाई सजिवताका साथ वयान गरेर पाठकलाईसमेत त्यहाँ भएको अनुभव गराइदिएका थिए । उनको “भायासाक्रा” लाई त्यसवर्षको एक उत्कृष्ठ नियात्रासङ्ग्रहलाई साहित्यकर्म गर्नेहरूले पढ्नै पर्ने भनेर आफ्नो मुहार पुस्तिकाको भित्तामा लेखेको सम्झना छ । त्यसपछि जापानको साहित्य तीर्थ गरेर फर्केपछिको यो नविनतम् नियात्रासङ्ग्रह पढ्ने मौका पाएपछि लेख्न खसखस् लागि रह्यो ।

दाइबुचुभित्र गरिएको समीक्षात्मक यात्रा
कृष्ण बजगाईंको नियात्रासङ्ग्रह “दाइबुचु” शिखा बुक्सबाट असार २०७६ मा प्रकाशित भएको देखिन्छ । जापानमा शाब्दिक शिलन्यास भएर जापानी भाषाकै शब्दबाट न्वारान गएिको “दाइबुचु” को लोकापर्ण पनि जापानमा नै भएबाट यस नियात्रासङ्ग्रहले एउटा बेग्लै महत्व राखेको छ । १३ शीर्षकमा बाडिएर १९४ पृष्ठ ओगटेको नियात्रासङ्ग्रह “दाइबुचु” मा हाइकुमिश्रित नियात्रा पाइन्छ । “दाइबुचु” भित्र ७८ वटा हाइकु र एउटा कविता पनि समावेश गरिएको छ । सेप्टेम्बर २७, २०१८ देखि अक्टुबर ९ सम्म १३ दिनको जापान भ्रमणलाई १३ वटा शीर्षक दिएर दैनिक एउटा नियात्रा लेख्नु भएको देखिन्छ । यसलाई प्रकाशकले पृथक् अनुभूति र शैलीको सँगालो मानेका छन् । बुद्धको देशमा जन्मेको लेखकले बुद्धले श्रद्धा र सत्कार पाएको देशमा गरिएको भ्रमणका बारेमा निकालिएको कृतिको नामाकरण पनि बुद्धकै नामबाट “दाइबुचु” राखिइको छ । जापानको कामाकुरामा अवस्थित बुद्धको ठूलो मूर्तिलाई “दाइबुचु” भनिन्छ । यस नियात्रासङ्ग्रहमा १९ पृष्ठ ओगटेको “क्योटोको किङ्गकाकुजी” सबैभन्दा लामो नियात्रा हो भने “ओन्सेनमा नाङ्गानाङ्गै” १३ पृष्ठ ओगटेको सबैभन्दा सानो नियात्राका रूपमा देखापरेको छ ।

साहित्य लेखनमा निबन्धका एक स्वरूपका रूपमा स्थापित भएको नियात्रा लेखन पढ्न सजिलो भए तापनि लेख्न भने धेरै गाह«ो विधा हो । यो यात्रा विवरण नभएर नियात्रा बयान हो । यो निबन्धको औपन्यासिक अर्थात उपाख्यात्मक रूप हो । यसलाई यात्रा वर्णनको कथात्मक शैलीमा लेखिएको निबन्ध पनि भनिन्छ । यसमा निजले गरेको यात्राको बयान भएकोले निजात्मकता बढी हुन्छ । यसमा यात्रा गरिएको स्थानको विगतसँग जोडिएका सत्यतथ्य विवरण हुन्छ । यस्ता नियात्रामा उक्त स्थानको इतिहास बोलिरहेको हुन्छ । विवरणमात्रले भरिएको नियात्रा साहित्यमा काव्य रस हुँदैन जसले पाठकको मन समात्न नसकेपछि संख्यामा मात्र दर्ता भएर गणना हुन्छ ।

सम्राटको आत्मा दर्शनबाट शुरु भएको नियात्राकारको यात्रा जापानको पुरानो धर्म सिन्तो धर्मका बारेमा यसलाई प्राचीन र मौलिक धर्मका रूपमा चर्चा गर्दै सहिष्णुता र उदार धर्मका रूपमा लिएको देखिन्छ । जापानीहरू एकआपसमा भेट गर्दा टाउको निहुराएर अभिवादन गर्छन । जापानको प्राचीन धर्म सिन्तो धर्मको पवित्र स्थल मेइजी जिङ्गुमा प्रवेश गर्नुअघि र पछि टाउको निहुराउने चलन बारे नियात्राकारका पथप्रदर्शक कुमीले भनेको बाट यो परम्पराका प्राचीनताबारे बुभ्mन सकिन्छ । विश्वासमा विश्व अडेको छ र विश्वासमा हामी अघि बढीरहेका छौं । यो विश्वासप्रति चाँसो देखाउने काम नियात्राकारलाई पनि भएको छ ।

जापानका सम्राट मइजी र महारानी शोकेनको दिव्य आत्मा रहेको विश्वासमा जापानीहरू सम्राटको समाधी विहीन स्थललाई उनको पवित्र आत्मा रहेको विश्वासमा आत्म सन्तुष्टीका लागि भ्रमण गर्छन । यही धर्म स्थलको भ्रमणबाट पाठकले जापानको प्रचीन इतिहास जान्ने मौका पाउछन् । नेपालमा राजालाई विष्णुको अवतार मान्नेहरू अहिलेसम्म पनि होलान । त्यस्तै जापानका पनि राजालाई ईश्वरतुल्य मान्ने गरेको तर दोस्रो युद्धमा भएको हारपछि अमेरिकाको दबाबमा धर्म र राज्यको सम्बन्ध तोडिएपछि राजा पनि आम मानिस भएको तथ्य पाइन्छ । राजाप्रति जापानी जनताको आस्था प्राचीनसमयदेखि अहिलेसम्म रहेको छ । राजाका लागि भनेर एक लाख बिस हजार विरुवा रोपेर बनाइएको त्रृmतिम जङ्गल आजको कङ्क्रिट युगमा पनि रहीरहनु एउटा उदाहरणका रूपमा लिन सकिन्छ । यस नियात्राबाट पाठकले जापानीहरूका बारेमा जन्म संस्कार सिन्तो धर्मानुसार, विवाह संस्कार क्रिश्चियन र मृत्यु संस्कार बुद्धधर्मानुसार गर्ने तथ्य थाहा पाउँदा अचम्भित हुन्छन् । थपडी बजाएर आफू दर्शन गर्न आएको जानकारी दिनु र सम्राट मेइजी आफै कवि भएकोले वर्षमा एकपटक भव्य कविता वाचन कार्यक्रम आयोजना हुने जानकारीले कविहरुले कवि राजाप्रति आस्था बढाउन स्वभाविकै देखिन्छ ।

टोकियोको झरीका माध्याबाट बजगाईंले टोकियो शहरको चर्चा गर्दै विश्वमा सबैभन्दा बढी ‘डिस्प्ले बोर्ड’ भएको शहर, अति नै व्यस्त शहर, व्यापारको लागि युवतीको तिघ्रा भाडामा लिने चलन, एउटा जेब्राक्रसको विश्वव्यापी चर्चा, फेसनको पराकाष्ठा, स्वामीभक्त कुकुरको प्रतीमा र विश्वव्यापी प्रभाव आदि बारे बुझ्न सकिन्छ ।

जापानमा केराघरे माचुओमा हाइकु सम्राट माचुओ बासोको निवासलाई तिर्थ सम्झेर उनको केराघरे (जापानी भाषामा बासो भनेको केरा भएकोले नियात्राकारले केराघरे भनेको बुझिन्छ) सङ्घ्रालयमा पुगेर नेपाली पहाडे कागजमा छापिएको हाइकु पुस्तक देखेपछि नियात्राकारमा आत्मीयता जाग्नु स्वभाविक लाग्छ । उनी नेपाली कागज भनेर चिनिएको लोक्ता कागज चिन हुँदै जापान पुगेको तथ्य देखाउछन् । छैंठो शताब्दीमा नै बुद्ध धर्म जापान पुगेको तथ्यसँगै किताबको पानाबाट झिकेर हाइकु ढुङ्गा र काठमा खिपेर बाटामा लहरै ठड्याइएको देख्दा कविमन रोमाञ्चित हुनु स्वभाविकै हो । जापानी कविको घरलाई विश्वभरीनै परिचय गराउन जापानले गरेको काम प्रशंसनीयमात्र नभएर उदाहरणीय पनि हो । हाइकु लेखनको परिभाषासमेत रहेको यस नियात्राले साहित्यप्रति जापानी जनता र सरकार कति सचेत रहेछन् भन्ने देखाउँछ ।

कामाकुरामा बुद्धको लेखनमा बजगाईंले धेरै अध्ययन गरेको प्रष्ट हुन्छ । जापानमा रहेका तीनवटा राजधानीका बारेमा पाठकलाई जानकारी गराएर जापानको सामुराईको इतिहासलाई समेत कोट्याएका छन । उनले जापानमा बुद्ध धर्म सामुराइकालमा आएको जानकारी गराउँदा नेपालमा पहिलो जापानी यात्री बुद्धधर्मको खोजीमा सन् १८९९ मा नेपाल हुँदै तिब्बत पुगेका इकाइ कावागुजीको नाम कतै छुटे जस्तै लाग्यो । उनले सामुराइलाई जङ्गबहादुर कुँवर सत्तारोहणपछि राणा बनेको प्रसङ्ग जोडेका छन् । उनले यही नियात्रा लेख्दा आफ्नो तेह«वटा नियात्रासङ्ग्रहको शीर्षक पनि राख्न पुगेका छन् दाइबुचु अर्थात ठुलो बुद्ध । उनले बुद्ध मूर्तिको आयतनलाई सजिवताकासाथ बयान गर्दा एकपाना जति खर्चेकोबाट बजगाईंको उत्सुकता थाहा पाउन सकिन्छ । यसै प्रसङ्गमा बुद्ध जन्मेको देशमा राजनीतिक अराजकताले बुद्ध टुहुरिएको व्यँग्य कस्न पनि पछि परेका छैनन् । बुद्धसँग काव्य जोडिनु र ढुङ्गामा हाइकु लेखिनुबाट कवि हृदय पुलकित हुनु स्वभाविक हो । बजगाईंको यसमा गरिएको नियात्रा वर्णनले प्रत्येक कवि हृदयलाई जापान भ्रमणको काउकुति लाग्न स्वभाविकै हुनु पर्छ । बजगाईंले यसलाई बुद्ध भगवानलाई चढाइएका काव्य प्रसाद भनेका छन् । त्यहाँ एउटा बाकसमा हाइकु लेखेर खसाउने परम्पराका बारेमा जानकारी पनि गराएका छन् । यस्तै कारणले होला जापानको हाइकुलाई विश्वमान्यता दिदै गएको छ । यस नियात्रामा पनि बजगाईंले नेपालको अवस्था र सत्ताप्रतिको विष्तिष्र्णता पोखेको पाइन्छ ।

जापानले भोग्नु परेको युद्धपीडा धेरै कम देशले भोग्नु परेको थियो । युद्धपोतलाई गुलाफको फूल नियात्राबाट पाठकले जापानको पीडासँगै विकासको कथाबारे जानकारी पाउने छन् । चिनको माओसँगै उभ्याएर समृद्ध जापान बनाउने सम्राट मेइजीको संर्घषको कुरामा नेपालका राजा महेन्द्रको प्रेरणाको स्रोत बनेको प्रसङ्गबाट बजगाईंले पाठकलाई नेपालको विनासको फेहरिस्तमा नेताहरूको अनुहार देखाउन सफल भएका छन् । इतिहासलाई वर्तमानका लागि शिक्षाप्रद बनाउने प्रयासबाट नै देशको उन्नति हुने कुरा यस नियात्रामा गरिएको छ । नियात्राको पृष्ठ ७२ मा बहादुर युद्धपोत हेर्न जादा नियात्राकार ढिलो पुगेको बयान गरेका छन् । यसबाट पाठकमा त्यो युद्धपोत हेर्ने कौतुहलता रहनका साथै एउटा नयाँ जानकारीबाट बञ्चित भएको अनुभव पाठकले गरेको हुनु पर्छ । अमेरिकाले ध्यस्त पारेको जापानलाई समृद्ध पार्न अमेरिकाले नै महत्वपूर्ण भुमिका खेलेको र बाहिरबाट जापानीहरूले अमेरिका र अङ्ग्रेजी मन पराउदैनन् भन्ने सुनिए तापनि वास्तवमा जापानीहरू अमेरिका र अङ्ग्रेजी प्रेमी रहेको थाहा पाइन्छ । अझ जापानको कतिपय शहरमा त अमेरिकाकै शासन चलेको र त्यहाँ चल्ने मोटरको नम्बर पनि अमेरिकामा जस्तै अङ्ग्रेजीमा नम्बर राखिएको पढ्दा एकै छिन त पत्याउनै गाह«ो हुन्छ । तर वास्तविकता बजगाईँले लेखी दिएका छन् । यहाँको भ्रमणको अनुभव उनको यही हाइकुले वर्णन गरी दिएको छ ।
सुन्दर पार्क
गुलाफको बगैँचा
बारूदी गन्ध ।

उनको ओन्सेनको नाङ्गानाङ्गैमा जापानको नेपाली राजदूतावासको प्रसङ्गमा जुत्ताबाहिर भनेर लेखिएको सूचना बिपरित दूतावासका कर्मचारीनै जुत्ता पड्काउँदै हिड्ने गरेकोबाट नेपालको अव्यवस्थित व्यवस्थाको प्रभाव नेपाल सरकारका कर्मचारीले नेपालबाहिर पनि पु¥याएको देख्दा अचम्म लाग्छ ।

अझ विश्वमा नै नभएको लिङ्गजात्राले पाठकलाई बढी अचम्भित पारेको हुनु पर्छ । हाम्रो समाजमा जुन शब्दको उच्चारण गर्न पनि बर्जित भएको छ त्यही लिङ्गयात्राका बारेमा चर्चा गर्दै उक्त जात्रामा लिङ्ग आकारका चकलेट, आइसक्रिम आदि सामान पाउने प्रसङ्गले पनि पाठकलाई जापान भ्रमणले निम्त्याएको हुन्छ ।

उनको क्याट क्याफेमा बिरालीसँग आँखा जुध्दा नियात्रामा हात हल्लाएर ग्राहक बोलाउनेबाट लिएर बिरालाको पूजाको प्रसङ्ग र बिरालोको संख्या मान्छेभन्दा बढ्नु पर्ने कारणको चर्चा गरेका छन् । मानिसहरूले दस हजार वर्षअघिदेखि बिरालो पाल्न थालेको कारण तनाव मेटाउनु रहेको जानकारी दिएका छन् ।

लभ होटलमा माउण्ट फुजीको धार्मिक मान्यताका कुराहरूसँगै लभ होटलले युगल जोडीलाई मानवीय जीवनमा अतिआवश्यक क्षणिक आनन्द प्रदान गर्न खोलिएको होटलको प्रसङ्गसँगै तिनका लागि वरदान भएको स्थानका रूपमा वर्णन गरिएको छ । जापानमा बढ्दै गएको एकल समाज र विवाह शून्य प्रवृतिले मानिसलाई यस्ता आवश्यकताहरूप्रति आकर्षक गर्दै गएको तर्क प्रस्तुति राम्रो छ ।

इतिहासको राम्रो अध्ययन गरेपछि लेखिने यात्रा साहित्यलाई सफल मानिन्छ । यही सफलता बजगाईंको दाइबुचुमा देख्न पाइन्छ । हिरोसीमामा रोएको मन नियात्राका माध्यमबाट उनले एकातिर जापान र अमेरिकाको सम्बन्धको प्राचीन रूपको चर्चा गरेर जर्मन परस्त जापानलाई सबक सिकाउन आणविक बम आक्रमण गरेको बताइन्छ । यही नियात्राबाट ध्वस्त पारिएको जापानलाई उकास्ने काम पनि अमेरिकले गरीदिएको बारे धेरै पाठकले थाहा पाउने छन् । हिरोसिमाको शान्तिपार्कमा जापानी कवि साङकिची टोगेको स्मृतिमा बनाइएको स्मारक र उनको “मलाई मानव फिर्ता देऊ” कविता कुदिएको प्रसङ्गको चर्चा गर्दा साहित्य मनमात्र नभएर जो कोही पाठकलाई पनि राष्ट्रका लागि काव्यात्मक योगदान दिने कविहरूलाई जापानले दिएको सम्मानलाई देख्दा नतमस्तक हुन मन लाग्छ । सङ्ग्राहलयले देखाएको र सुनाएको कथाव्यथालाई बजगाईंले मानवता पराजित भएको घटनाका रूपमा लिएका छन् । सङ्ग्राहलयमा प्रवेश गर्दा र प्रवेशपछिको मानवीय हाऊभाऊलाई मनोवैज्ञानिक प्रवृतिबाट चर्चा गरेर मानवीय संवेदनशिलता कस्तो हुने गर्छ भन्ने भाव बुभ्mन सकिन्छ । त्यसमा सारस अर्पण गर्ने प्रसङ्ग पनि मार्मिक छ ।

क्योटोको किङ्काकुजीमा उनले क्योटोको ऐतिहासिक महत्व प्रष्ट्याएर क्योटो जापानको पुरानो राजधानी रहेका जानकारी दिएका छन् । दुई हजारभन्दा बढी बौद्ध मन्दिर रहेको शान्तिको नगर जापानको एैतिहासिक शहर क्योटोमा आणविक आक्रमण गर्न अमेरिकाले रोजेकोे बारे धेरैले थाहा नपाएको सत्यता यसमा बयान भएको छ । तत्कालिन अमेरिकन युद्धसचिव हेनरी स्टिम्सनले मन पराएको क्योटो शहरमा उनले हनिमुन पनि मनाएका थिए । त्यसैले ऐतिहासिक र बुद्ध मन्दिरले घेरिएको शहरमा बम नखसाल्न हेनरीले तत्कालिन अमेरिकन राष्ट्रपतिलाई समेत मनाउन सफल भए । क्योटोमा रहेको बौद्ध स्वर्णमन्दिर विश्वमा नै सबैभन्दा बढी फोटो खिचाउने स्थान बनेको छ । किङ्काकुजी शहरलाई उनले इमान्दारहरूको उपमा दिएर नेपालका नेताहरूप्रति पनि तीखो व्यँग्य प्रहार गरेका छन् ।
हाइगाको हाँगामा नियात्राकारले जापान रहेको विश्वमा नै अति व्यस्त ट्रेन स्टेसनको हतारमा टोकियोको व्यस्तताका बारेमा चर्चा गरेका छन् । यसमा उनले जापानको सडकमा देखेको माग्नेको प्रसङ्ग भने अतिशयोक्ती लाग्छ । किनभने लण्डनमा पनि माग्ने बसेको मैले आफै देखेको छु भने क्यानडामा पनि छन् । उनीहरूको माग्नु पर्ने कारण हो मादक पदार्थका लागि धन संकलन गर्नु । अन्यथा विकसित मुलुकले होमलेस (माग्ने) का लागि खाने बस्ने प्रबन्ध मिलाइदिएको हुन्छ । टे«न लिकमा आत्महत्या रोक्न शान्तिको प्रतीक निलो बत्ति राखिएको प्रसङ्ग प्रत्येक १५० मिटरको दुरीमा एउटा भेन्डिङ्ग मेसिनको चर्चा भने अनौठो छ । मूलतः पैसा हालेर पेय पदार्थसँगै चिप्स र चकलेट लिन पाउने भेन्डिङ्ग मेसिनबाट लत्ताकपडा र खाद्य सामग्रीसहीत तरकारी र खानासम्म पाउनु अनौठो जानकारी पाठकले पाएका छन् । यो जापानको विशेषतानै हो भन्न सकिन्छ । यसैबाट पाठकले जापानी साहित्यको नौंलो विधा हाइगाका बारेमा जानकारी पाउछन् । हाइ अर्थात हाइकु र गा अर्थात चित्रको मिक्षणबाट बनेको हाइगाबाट जापानी साहित्यको चित्र कविताको विशेषता देखाइएको छ । यसै सन्दर्भमा बजगाईंले जापानीहरू कदका साना भएकोले उनीहरू कम खाने, उनीहरूका बस्ने कोठाहरू प्नि साना हुने त्यहीँ अनुरूप साहित्यमा पनि कम शब्दको प्रयोग गरिने भएकोले हाइकु र हाइगा जस्ता विधा जन्मिएको हुन सक्ने तर्क राखेका छन् (पृ. १६९) । यसै नियात्रामा उनले एघारौं शताब्दीमा लेखिएको “द टेल अफ गेन्जी” जापानी उपन्यासलाई पहिलो उपन्यासका रूपमा दाबि गरिएको कुरा बताएका छन् । चित्रकाव्य हाइगाको परिचयमा लेखिएको यो नियात्रामा पाठकले साहित्यको नविनतम् विधासँग परिचय हुने मौका पाएका छन् ।

योकोहामाको समुद्र र माचुरीमा उनले योकोहामाको आवश्यकता र जापानको विकासमा त्यसको महत्वमाथि चर्चा गरेका छन् । योकोहामाको चर्चा गर्ने क्रममा नियात्राकार बजगाईं कवि बजगाईंका रूपमा उपस्थित भएको आभास पृष्ठ १७६ को तेस्रो परिच्छेदमा पाउने काव्य गुणबाट प्रष्ट हुन्छ । उनले जापानलाई पश्चिमसँग जोड्ने शहर योकोहामा शहरको अतीतलाई कोट्याएर वर्तमानको वयान गर्दै जापानीहरूले गरेको प्रगतिको प्रशंसा मुग्ध कण्ठले गरेका छन् । योकोहामा जापानको इतिहासमा महत्वपूर्ण स्थान राख्ने शहरको रूपमा देखा परेको छ । मिजोरी जहाजमा जापानले अमेरिकासँग मध्यस्तताको वर्णन गर्दा कवि मन पग्लिएको आभास पृष्ठ १८३ को अध्यायबाट प्रष्ट हुन्छ ।

यस सङ्ग्रहमा आएको अन्तिम अर्थात तेह«ौं नियात्रा “कोनिचिवा जापान : सायोनारा जापान” उनले जापानी भाषामा स्वागत र विदाई गर्दा प्रयोग गर्ने शब्दको प्रयोगलाई शीर्षक बनाएका छन् । यसमा उनले आफ्ना कुराहरूलाई प्राथमिकता दिएको देखिन्छ । समाचारमूलक वयान भएको यस शीर्षक अन्तर्गत जापानमा नियात्राकारले पाएको आतिथ्यताको वर्णन, भ्रमणको उदृेश्य, नेपालीहरूबाट संचालिन संघंँस्था आदिको बयान छ । तर यसमा उनले एभरेष्ट शब्दको अर्थ नबुझेर नेपालीहरू रणभुल्लमा परेको र आफ्ना सामाजिक संस्था, व्यापार आदिको नाम राखेकोमा उनलाई चित्त बुझेको देखिन्न । बेलायतीको थर (एभरेष्ट) बाट ती संघसंस्था, व्यावसाय र सगरमाथाको नामाकरण गरेकोमा तीखो मीठो र यथार्थ व्यँग्य प्रहार गरेका छन् ।

समष्टीमा जापानका बारेमा जानकारी चाहिएका तथा जापानलाई राम्ररी नियाल्न चाहनेहरूका लागि यो नियात्रासङ्ग्रह जापानको गुगल हो । बजगाईंले आफ्नो जापान भ्रमणको साहित्यिक यात्रालाई शब्दकूचिले पुस्तकको क्यान्भासमा उतारेका छन् । विभिन्न शहरका बारेमा जानकारी राख्न ईच्छुक पाठकका लागि यो नियात्रासङ्ग्रह ज्ञानको प्यास मेटाउने माध्यम बन्न सक्छ । यात्राको क्रममा उनले उतारेका जापानका तेह«वटा शब्दचित्रहरूमा जापानको कुशल शासकसँग नेपालका स्वार्थी नेतालाई उभ्याएर नियात्राको ठाँऊ ठाँऊमा नेपालको वर्तमान अवस्था र त्यसबाट जनताले भोग्नु परेको परिस्थितिका बारेमा व्यँग्य बाण छोड्न पनि छाडकेका छैनन् ।

अन्त्यमा यो नियात्रासङ्ग्रह पढेपछि जापानमा नेपाली साहित्यको अग्लाईलाई फुजीको ऊचाँईसम्म पु¥याउने कार्यमा तन–मन–धनका साथ लागि परेका प्रकाश पौडेल, “माइला” लाई मैले नियात्राकार बजगाईंको सारथीका रूपमा लिएकोले उनलाई साधुवाद नदिई आफ्नो लेखन बन्द गर्न सकिदैन । नियात्राकार बजगाईंले समेत प्रकाशको नाम आफ्ना प्रत्येक नियात्रामा लिएका छन् । भाषाको स्वच्छन्द र काव्यात्मक प्रयोग गरेर बजगार्इंले सङ्ग्रहलाई पठनीय बनाएका छन् । नियात्रामा आएका समय सान्दर्भिक हाइकुले नियात्रा साहित्य लेखनमा एउटा नयाँ विधा जन्माएको छ भन्दा अत्युक्ति नहोला । हाइकुका जन्मदाता बासोले भनेको ‘हरेक दिन एक यात्रा हो र यात्रा आफैँमा घर हो’ भनेर अभिव्यक्त गरेको विचारलाई बजगाईंले यस संग्रह मार्फत पुरा गरेका छन् ।

टोरोन्टो, क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु