साइवर एडिक्सन

- विजयराज आचार्य

तोते बोली बोल्दा देखिकै साथी थिए प्रवृक र सुमन । डाक्टर बनुञ्जेल सम्मै सहपाठी भए । जागिरे जीवन पनि एकै दिन सुरु गरे । तर फरक फरक अस्पतालमा ।
बिहे पनि एकै दिन गरे । एउटै परिवारमा । दुई भाइका छोरीहरु । दुवै जना बिजनेस स्टडीमा मास्टर्स । प्रवृकले फिजासँग विवाह ग¥यो । सुमनले बिजुनासँग । विवाहपछि दुई बहिनी नै मास्टर्स डिग्री होल्डर हाउस वाइफ बने ।
डाक्टरी गर्न थालेपछि सुमन र प्रवृकले धेरै पैसा कमाए । दुवैले राजधानीमै घडेरी किनेर घर बनाउने सल्लाह गरे । घडेरी पनि एकै ठाउँ किने । दुवैले दुरुस्तै एउटै डिजाइनको घर बनाए ।
बाहिरी गेट एउटै थियो । भित्र पसेपछि आ–आफ्नो घरमा छिर्नु पर्दथ्यो । दुवै डाक्टरलाई गेटसम्म अफिसको गाडीले लिन र पु¥याउन आउँथ्यो ।
दुवै घरका चारैजना सामाजिक सञ्जालमा पोख्त थिए । निश्चित कामका बेलाबाहेक उनीहरुको हातमा मोबाइल टुट्दैनथ्यो । डाक्टरहरु मोबाइल हेर्दै अपरेशन गर्थे ।

गृहिणीहरु फेसबुक चलाउँदै घरको काम भ्याउँथे ।
शुक्रबार साँझ ठिक ५ बजे प्रवृकलाई गाडीले गेटमा ओरालिदियो । ऊ मोबाइल हेर्दै गाडीबाट ओर्लियो र मोबाइलमै आँखा गाडेर गेटभित्र छि¥यो । त्यो दिन ऊ मोबाइलको कारण झुक्किएर सुमनको घरमा पस्यो ।
घरभित्रको बनावट उस्तै भएकोले उसलाई कुनै शङ्का भएन । सरासर भित्र गयो र फ्यात्त झोला भुइँमा फालेर थ्याच्च सोफामा बसेर च्याटिङमा मस्त भयो ।
विजुता पहिलेदेखि सोफामा बसेर च्याटिङमै व्यस्तथिई । उसले श्रीमान् आएको ठानी । मोबाइल हेर्दै भान्सामा गएर चिया पकाई र चिया टिटेबुलमा राखिदिएर च्याटिङमा व्यस्त भई ।
बिस्तारै दुवैले ढाड जोडेर विपरीत दिशातिर फर्केर मोबाइल चलाउन व्यस्तभए । बेला बेला चिया पनि घुट्क्याएकै थिए ।
चिया खाँदाखाँदै प्रवृक नराम्रोसँग असल्जियो । उसलाई खोकी लाग्यो । विजुताले उसको मुखमा पुर्लुक्क हेरी ।
सुमनको ठाउँमा प्रवृकलाई देखेर ऊ नराम्रोसँग झस्किई । प्रवृक पनि अक्क न बक्क भयो । उसले ट्वाल ट्वाल्ती विजुताको मुखमा हेरिरह्यो । एक्कासी दुवैको मुखबाट फुत्कियो ‘सरी’ ।

प्रवृक दुखी र लज्जित भएर आफ्नो घरतिर लस्कियो । घरभित्र छिर्ने बित्तिकै फिजा र सुमन टाँसिएर बसेर च्याटिङ गरेको देख्यो । उसलाई के गरौँ के गरौँ भयो ।
उनीहरुको अगाडि पुगेर उसले ख्वाक्क खोक्यो । आफ्नो अगाडि प्रवृकलाई देखेर फिजा र सुमन हडबडाए ।
प्रवृक मुसुक्क हाँस्यो । फिजा र सुमनको बीचमा बसेर उसले भन्यो । यो हाम्रो गल्ती होइन । यो साइबर एडिक्सनको कमाल हो । ‘सरी’ भन्दै शीर निहुराउँदै सुमन आफ्नो घरतिर लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु