बन्दुक, बुट र बाबा

- मदन दुलाल

गोरू नार्दै गर्दा बाबाले
देखे एक जोर बुट

धुँवा पुत्ताई रहेको बन्दुक

सुदुर पुर्वमा
सुर्यले लाली लगाउदै गर्दा
बाबाले देखेका एक जोर बुट

धुँवा पुत्ताई रहेको बन्दुक
कर्कश आवाज गर्दै थिए।

सजग भएका कर्णहरू
नियाल्न खोज्दै थिए
कर्कश आवज

तर
पुत्ताईरहेको बन्दुकले
अत्यास लाग्दो भबिष्यको चित्कार गरेर गयो

पुत्ताईरहेको बन्दुक

एक जोर बुटले
बुझ्न मानेन निरीह,निर्दोष
बाबाको मलिन भाषा

अत्यास लाग्दो भबिष्यको चित्कार पछी
बाबाले सम्झीए
झर्नाको झंकार
कोकीलको सुन्दर सुर
वनको सुरम्य सुन्दरता

सम्झीरहे सुन्दर अतित

जिवनमा पहिलो पल्ट
मानव र दानव
दुरूस्तै लागे बाबालाई

गोरू नार्दै गरेका बाबा
जुनको ज्योती पछ्याउदै
बोझिलो मन लिएर लागे
सुनौलो भबिष्यको
अनिश्चीत गन्तब्यको खोजमा
ओरालै-ओरालो।।

पेन्सलभेनियाँ, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 2 पौष, 2076

लेखकका अन्य रचनाहरु