अव प्रा.डा.माधव प्रसाद पोखरेलको पालो !

- चूडा मणि रेग्मी

झर्रो शिरोमणि नेपाली भाषाका भीष्म पितामह वालकृष्ण पोखरेलको निधन र प्रा डा हेमाङ्ग अधिकारी निस्तेज पार्ने प्रयत्न पछि अनि प्रा डा चूडा मणि बन्धु विज्ञ भएर पनि दरो भएर उब्भिने प्रवृत्तिको नहुने उहाँको प्रवृत्ति भएबाट नेपाली वर्ण विन्यास न यताको न उताको पारिएको स्थितिमा अव प्रा डा माधव प्रसाद पोखरेल उब्भिनु भएको देख्तै छु । यहाँ धर्मको कुरा हराए जस्तो छ ।
जव गल्दछ नै धर्म अधर्म जोड उठ्तछ
त्यति नै खेर औतारी यौटा मान्छे उदाउँछ ! भन्ने भावना गीताको नक्कलमा मेरा मनमा उठेको छ ,। मानव धर्म, पितृ धर्म, मातृ धर्म, पुत्र धर्म, गुरु धर्म, शिष्य धर्म झैं भाषाविज्ञको पनि धर्म हुन्छ ः– भाषा विज्ञानको दृष्टि नलत्याई चोखो नियतले विचार प्रस्तुत गर्नु । अहिले भन्ने एक थोक, लेख्ने एक थोक, भएको छ नेपाली भाषाको लेखन । यो कुराको समेत निक्कै गहिरिएर छ्यानविचार गरी यही वैसाख ८ गते रातो पाटीमा मोहन दुवाललाई अन्तर्वार्ता दिनु भएको छ, ध्वनि विज्ञानमा विद्या वारिधि गर्नु भएका, सेवा निवृत्तिनु पनि भएका अचेल काठमाडौं वस्ने धरान विजयपुरका प्रा डा माधव प्रसाद पोखरेलले ।
भाषामा मात्र होइन, समालोचनामा पनि ,समालोचनामा मात्र होइन समाज शास्त्रका विषयमा पनि, यति मात्र होइन झर्रा निवन्ध लेख्नका त एउटा आफ्नै ढङ्गको शिल्पी, वहुमुखी प्रतिभा यहाँ पोखरेल जिउ । उहाँले मुख चवाएको नै मलाई आस्चर्जे लागेको थियो । अव खोल्नु भएको छ आफुलाई, रातो पाटीको अन्तर्वार्तामा । शीर्षक छ –‘अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो’ प्राडा माधवप्रसाद पोखरेल । शीर्षक भित्र नै जोड लगाइएको छ । ‘नेपाली हिज्जेमा एकरूपताको मिलनविन्दु नेपाली बृहत् शब्दकोश २०४० नै हो’ ।
अन्तर्वार्तामा अर्को कुरामा पनि ध्यानाकर्षण भएको छ ः–
‘नेपाली भाषाको अनुसन्धान गरेर तयार पारिएको पहिलो व्याकरण भनेको बल्लभमणि दाहालको थेसिस हो । दुर्भाग्यवश त्यसको नेपाली अनुवाद कसैले गरेन । दाहाल सरले आफै पनि गर्नु भएन, अरू कुनै चेलाहरूले पनि गरेनन् । यो थेसिस नेपालीमा अनुवाद गरिदिएदेखि सक्कली नेपाली व्याकरण त्यहाँ भेटिन्छ’ भनेर ।
अन्तर्वार्तामा धेरै कुरा आएका छन् “व्याकरणको विकासका सम्बन्धमा संसारमा प्रायः एउटै प्रवृत्ति देखिएको छ । ल्याटिन व्याकरण पनि त्यही नेस्फिल्डको व्याकरणमा आधारित छ । ल्याटिन भाषाको व्याकरण हेर्यो, त्यसैका आधारमा आफ्ना भाषामा कपी बनायो ।” भन्दै नेपाली व्याकरण पनि यो रोगवाट नवाँचेको कुरा उदाहरण दिएर भनिएको छ । ठोकेर पनि भानिको छ यसो –नेपाली व्याकरण भनेर लेख्ने जति विद्वान्, पण्डित, शिक्षकहरू छन्, धेरैले बुझेको व्याकरण भनेको त्यही नै हो । तिनीहरूले बोलेको व्याकरण नेपाली व्याकरण नै भएन भनियो भने उनीहरूले नै ठुल्ठुला कुर्सी, पद ओगटेका छन् । उनीहरूले किताब लेखेका हुन्छन् । हुन्न भन्ने मान्छेको बोली तिनीहरूले सुकाउँछन् । तर ती व्याकरण अनुसन्धान गरेर तयार गरिएका हुँदै होइनन् ।
अव नेपालका भाषाविद् भन्नेले औंलो ठड्याउने मात्र होइन सत्य दर्साउने हो, तार्किक शैलीमा । मैले पनि चिन्तन गरेको तर प्राडा माधव पोखरेलले सजिलै लेख्नु भएको छ ः– अहिलेसम्म नेपालीमा ८ किसिमका विभक्ति भनिएको छ । प्रथमा, द्वितीया, तृतीया, विभक्ति भन्दै सबैले आआफ्ना व्याकरणमा लेखेका छन् । सबै हौवाका भरमा लेखेका छन् । नेपाली भाषामा तृतीया विभक्ति कहाँ छ ? त्यो त आधारभूत रूपमा पाणिनीको सिद्धान्त हो । संस्कृतमा वैज्ञानिक व्याकरण छ । संस्कृतको हुबहु मिल्ने भए त्यही व्याकरण नेपालीमा लेख्दा हुन्थ्यो नि ! तर नेपाली भाषा भिन्नै हो । नेपालीमा प्रथमा विभक्ति, तृतीया विभक्ति भनिएको छ । केको प्रथमा ? उही ‘ले’ छ । उही ‘लाई’ छ । केको त्यस्तो हुन्छ नेपालीमा ? संस्कृतमा पो ‘रामं’ भन्यो भने द्वितीया ‘रामाय’ भन्यो भने चतुर्थी हुन्छ । ‘रामं’को म र ‘रामाय’को य फरक फरक छ र द्वितीया र चतुर्थी भयो । नेपालीमा चाहिँ रामलाई द्वितीया र चतुर्थी भन्न मनलागे अनुसार भन्ने गरिन्छ । रामलाई सामान दियो भने चतुर्थी, रामलाई मैले कुटेँ भने भने द्वितीया हुने रे ! यस्ता तरिकाले पनि विभक्ति हुन्छ । त्यसैले प्रथमा, द्वितीय, तृतीय विभक्ति नेपाली चिजै होइनन् । संस्कृतको माल ल्यायो खोटो बानाएर । मेरो ‘वाक्य व्याकरण’मा यसबारे विस्तृत लेखेको छु । त्यसमा विभक्ति नियम लेखिएको छ ।
हाम्रै देवनागरी लिपि पनि आधारभूत रूपमा ब्राह्मी लिपिबाट विकसित भएको हो । ब्राह्मी लिपि पनि आरामाइक लिपिबाट विकसित भएको हो ।
ंसंस्कृत भाषा र नेपाली भाषाका वर्ण एउटै होइनन् । संस्कृत र नेपाली भाषाको व्याकरण पनि फरक हो
अनिवार्य नेपाली विषयक गोष्ठी ,शव्दकोष, इत्यादि पुराना कुरा गर्दा ‘लौरो’ शव्दको हाँस उठ्दो ढङ्गले राम्रो गफी पनि हुनु हुन्छ नि ! प्रयोग गर्दै अहिले अव्यवस्था ल्याउने उपर व्यङ्ग्य पनि हान्नु भएको छ ।
संयुक्त वर्ण वारे पनि स्पष्ट कुरा राखिएको छ ।
‘खारेजवाला शब्दकोश चाहिँ गल्ती नै भएर चाहिँ होइन । जस्तो, भानुभक्तको क् र त हुँदै हो । भक्तलाई क् र त बुझिने गरी लेखौँ भनेको मात्रै हो । सक्तालाई कसैले सत्ता पढ्छन्, कसैले सक्ता पढ्छन्, त्यसैले यसलाई प्रष्ट बुझिनेगरी सक्ता वा सक्ता छुट्टा छुट्टै लेखौँ भनिएको हो । यसमा अरू भन्दा पनि हेमाङ्ग अधिकारी त्यसमा बढी लागेर त्यहाँ सदस्य भएका बेलामा त्यो परिवर्तन गर्नुभयो । त्यसले गर्दा विद्या भण्डारीको द्य भेटिएन । भानुभक्तको त भेटिएन । मोतिराम भट्टको ट्ट भेटिएन भनेर डाको छोडेर रोएर जुन किसिमको खैलाबैला बजारमा भएको छ, त्यो कुनै नहुने कुरै चाहिँ साह्रै भएको होइन । किनभने पहिले त्यो बुझिँदैन थियो, पद्य लेख्दा जोडिएको हुन्थ्यो । पद्यको द् र य छुट्याएर लेख्दा के गल्ती भयो ? गल्ती त होइन नि । त्यो गल्ती त होइन नि तर चाहिँदोभन्दा बढ्ता विरोध भयो । त्यो हल्लाले विरोध भएको हो ।’
अन्तमा, म धुरा पस्छु यहाँ, अन्तरिम कालका निक्कै विगार हुने कामकुरा नेपाली वर्ण विन्यास विषयमा भए नभएको चाहिं आजको सरकारले हेर्नै नहुने जस्तो किन ? न्याय क्षेत्रमा पनि यो विषय अध्ययनीय भएकै होला !

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु