मेरो राङ्का गाऊँ

- निलकमल छेत्री

मेरो प्यारो राङ्का गाऊँ
यहाँ मखमली, सयपत्री, गधवरी चाँप, गुराँस इत्यादि फूलहरूको वास्न चल्छ ।

मेरो प्यारो राङ्का गाऊँ
यहाँका खोला, नाला पहाड हिमाल संगको गहिरो नाता छन् ।

यहाँ धान, मकै, तोरी, फापर, साग, दाल,
अलैची, काँक्रा, पर्सि, लौका, करेला इतयदि
जैबिक खेती गरी उमार्ने चलन छ।
जैबिक उब्जाई पोह्सटिक आहार खाई सुशव्सथ रहने चल्न छ ।

मेरो प्यारो राङ्का गाऊँ
यहाँ तिनजुरेको सुन्दरता झल्किन्छ
यहाँ रमिते डाँडामा सिरिरि हावा चल्छ ।

मेरो प्यरो राङ्का गाऊँ
यहाँ बलिमान, डाँडागाऊँ, डोकसिङ सिर्मा बसेका छन्
पर्बिङ, फेन्जुङ , रेसिथाङ देब्रे पट्टि बसेका छन् ।

यहाँ धजे, मलाङ थाङ, साँङतुग, राङ्का राई गाऊँ माँझमा बसेका छन् ।

लिङ्गदुम, सामा पल्लो डाँडामा बसेका छन्
यहाँ जिरो, बर्बिङ दिइने पट्टि बसेका छन् ।

यहाँ भोटिया, लेप्चा, राई, लिम्बु, तामाङ, सेर्पा, छेत्री, बहाऊन, अन्य सबै जाति मिलि बसेकाछन् ।

यहाँ पर्यटकहरु घुम्न आउँने गर्छन
राङ्का गुम्पा, टुरिस्ट भिल्ला, फक्स लयान्ड, झाक्री फल्स जस्ता मनोरम दृश्यहरु हेरी सबै पर्यटकहरु खुब रमाउँने गर्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु