भिड भित्रको एक्लो मान्छे

- निलकमल छेत्री

पुर्ब सिक्किम राजधानी गान्तोकमा रहेको एक टुक्रा मुटु अर्थात एस टी एन एम अस्पताल अहिले तपुरानो अस्पताल भनेर जान्ने गर्छौं हामि। आज भोलि त्यो एउटा चौतरा पनि भएको छ। हुन् त त्यहाँ पहिले पनि बस्ने कुर्सीहरू थियो फरक यति हो पहिले मानिसहरु बिराम्री पर्खेर बस्थे भने आज रमिता हेर्नालाई बस्छन। रमिताको कुरा गर्नुपर्दा म पनि पराएजस्तो त्यहाँ बस्नेगर्थे अनि प्रतेक समय ती भिडभित्र म एक्लो भएर हजारौको भिडभित्र सबै एक्लो भएको दृश्यलाई आव्लोक्न गर्नुको आनन्द सायद मलाई मात्र थाह थियो। त्यो हजारौं मानिसहरुको हल चलमा सबै एक्लो हुन्छ सबै आफ्नै कामका लागि हिडीरहेका हुन्छन कोहि रमाएर हिडेका होलान? कोही दु:ख परेर हिडेका होलान? कोही सफलताको खुसीमा माग्न भएर हिडेका होलान? कोहि हारको पोखरीमा डुबेर हिडीरहेका होलान?

सन, २०१६ देखि प्रतेक बिहान आफ्नो कार्यलय जादाँ प्राएज्सो म त्यो कुर्सीमा आएर बस्छु अनि ती दृश्य हेर्छु किन हो कोनि मलाई आनन्द लाग्छ। यो सिलसिला चलीरह्यो यसरीनै बर्ष २०१७nको पनि आगमन भयो अनि म भने सधै त्यसरीनै त्याँ बस्थे तर यो बर्ष अलिक फरक थियो कारण त्यो कुर्सि मध्हे एउटा कुर्शी चै एकजाना मान्छेको थियो| सायद यतिबेला पाठकहरुले यो सोच्नु हुदै होला हन त्यो बाटोमा राखेको कुर्शी पनि आफ्नो र अर्काको हुछ र? मलाई पनि यस्तै भएको थियो म एक दिन सधै झैँ त्यो कुर्शीमा बसिरहेको थिए पछाडीबाट एउटा आवज आयो भाइ यो मेरो बस्ने कुर्शी हो म सधै यसमा बस्ने गर्छु, तपाई पल्लो कुर्शीमा सरीदिनु हुने? मैले यसो अर्को कुर्शीपट्टि हेरें तब सम्म त्यो कुर्शी पनि खालि भइसकेको रहेछ अनि म केहि नभनी सरे। फेरी पाठकबर्गलाइ २०१७मा लान् चहान्छु सधै झैँ म त्यो कुर्सीमा बसेर रमिता हेरिरहेको बेला त्याँ एउटा ब्याक्ति सधै त्यो कुर्शीमा आएर बस्थ्यो उसको आव भाव कपडा लगाईले उनलाई एउटा लामाको पहिचान थियो एउटा कम्बल बोकेका हुन्थे अनि साना तिना कपडाको टुक्रा त्यही ओछ्येर बस्थे कहिले काही चुप-चाप बस्ने गर्थे कहिले एकलै बर-बर गर्थे के भन्थे त्यो प्रस्ट बुझिन् थियो। मैले धेरै पटक उनलाई सोध्ने जमर्को गरे तर कहिले सफल भ्हींन। मेरो मनमा खटकि रहेको प्रश्न मानिसहरु सान्ति खोज्न धर्मसंग अथवा कुनैसंस्था संग जोडिन जान्छन तर यी व्याक्ति त अघिबाटनै एउटा लामाको रुपमा छन जसले बौध्ह धर्मको सिक्ष्य लिदैछन फेरी कसरी यस्तो अवस्तामा आए होला। उनको परिवार कहाँ होला? उनको पनि सपना थियो होला, जीवनलाई सरल तरिकाले बाच्ने चाहाना होला फेरी के कारणले गर्दा मानसिक सन्तुलन गुमाउनु पर्यो होला, यसरी भिड भित्रको मान्छे भएर बाच्नु कति कठिन हुन्छ होला सायद उनलाई मात्र थाह होला, मैले धेरै पटक सोध्न खोजे तर छेउमा पुगे पछि मलाई डर लागेर आउथ्यो थाह छैन् मलाई किन डर लागेको हो आखिर उनि पनि हामि जस्तै मान्छे त हुन्। यसरीनै समय बित्दै गयो त्यसपछि धेरै पटक मैले त्यो लामालाई त्यहाँ देखे उनिसंग मेरो अन्तिम पटक २५जुन २०१९ मा भेट भयो त्यस दिन उनले मलाई भनेका थिए भाइ अर्को कुर्शीमा बसिदिनुहोस् न। मैले कुनै जवाब दिन सकिन त्यसपछि आज भोलि पनि म त्यहाँ जान्छु तर त्यो भिड भित्रको एक्लो मान्छेलाई भेटेको छुइन कहाँ गए होलान ती भिड भित्रको एक्लो मान्छे ।

(राङका, बलिमान, पूर्व सिक्किम)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु