ट्याबलेट

- योगेन्द्र तिमिल्सिना

विभु आज रातभर सुतेन । अबुई मलाई डर लाग्यो भन्दै उ घरि घरि ओछ्यानबाट जुरुक्क जुरुक्क उठ्थ्यो । उसको अस्वाभाविक अवस्था देखेर आमा चाहिँले सोधिन्, “के भो विभु तिमीलाई ? तिमीले सपनामा केही देख्यौ कि ?”
“नाइ म भन्न सक्तिन, मलाई डर लाग्छ”, विभुले भन्यो ।
“तिमीलाई किन डर लाग्यो ?”, आमाले सोधिन् । विभुले पछाडि हात लगेर पिठ्युँतिर देखायो ।
“के भो, फेरि ढाड बाउँडियो ?” उ चुप लाग्यो, त्यसपछि तुरुन्तै दाहिनेपट्टिको तिघ्रातिर देखाएर भन्यो, “यता बाउँडियो” । रात चकमन्न थियो, तर पनि टाढा कतैबाट कुकुर भुकेको आवाज आइरहेको थियो । बिभुकी आमा भान्सामा गइन्, तोरीको तेल तताइन् र तातो तेल बोकेर फेरि विभुको बेडमा फर्किन् । बिभुको ढाड, पाखुरा र शरीरका विभिन्न ठाउँमा तेल मालिस गरी दिइन् । त्यसपछि उसलाई भनिन्, “अब केही हुँदैन सुत” । बिछ्यौनामा ढल्केपछि पनि उसलाई निद्रा परेन । उ झकाउँथ्यो अनि फेरि तुरुन्तै डर लाग्यो भन्दै झस्केर उठी हाल्थ्यो ।
आज विभु किन यसरी डराउ“छ भन्ने कुरा कसैले अनुमानै गर्न सकेन । भोलिपल्ट उसको अनुहार सधैं झै चम्किलो थिएन, निराश जस्तो देखिन्थ्यो, खाना पनि मन नलगाई नलगाई थोरै खायो । पहिलो दिन बाबु आमा त्यति गम्भीर देखिएनन् । भोलिपल्ट राति पनि विभु त्यसरी नै घरि घरि आत्तिएर ओछ्यानबाट उठ्ने गरेको थियो । बिहान उ स्कुल जान तयार नै भएन । उसको साथी अभय सधैँ स्कुल छुट्ने बित्तिकै बेलुका उसँग खेल्न आउँथ्यो । आज पनि घर बाहिर आएर उसले डोर बेल बजायोे, तर विभु निस्केन । उसकी आमाले आज विभुलाई सञ्च छैन, खेल्न सक्तैन भनी उसलाई फर्काई दिइन् । बाबु आमालाई लाग्यो, “विभुलाई सञ्च भएन, अब उसलाई जचाउ“न अस्पताल लैजानु पर्दछ” ।
विभु पन्द्र महिनाको पनि नपुग्दै जब उ झगडा गथ्र्यो वा रिसाउँथ्यो उसलाई मोबाइलमा युट्युबका नृत्य देखाएर र गाीतहरु सुनाएर फकाउने गरिन्थ्यो । हुँदा हुँदै पछि खाना खुवाउँदा पनि ऊ झगडा गर्न लाग्यो । उसले मोबाइलमा मनोरञ्जनका कार्यक्रमहरु नहेरी खाना खानै मान्दैनथ्यो । कुनै कुरामा चित्त नबुझ्दा उ झगडा गथ्र्यो । उसकी आमाले युट्युब खोलेर कार्टुन र नृत्यहरु देखाएपछि उ चुप लाग्थ्यो र रमाउँथ्यो । दुई वर्षको पुग्ने बित्तिकै उसले कसैको मोबाइल भेट्यो कि आफैँ एप्सहरु सर्च गर्न सक्थ्यो र मन परेको कार्यक्रम खोल्न सक्थ्यो, बिस्तारै उसलाई विभिन्न प्रकारका कार्टुन फिल्म र गेमहरु हेर्ने बानी परेको थियो ।
पोहोर साल उसको दसौँ जन्मदिनमा विदेशबाट मामाले एउटा ट्याबलेट उपहार पठाई दिएका थिए । उसले त्यो ट्याबलेट पाएपछि साइबर संसारमा ऊ झन् बढी आकर्षित भयो र स्कुलबाट फर्कने बित्तिकै ऊ त्यसैमा झुण्डिई रहन्थ्यो । उसले इन्टरनेटबाट रमाइला फिल्महरु डाउनलोड गरी हेर्न थालेको थियो । त्यसो त उसका कतिपय होमवर्क समेत ट्याबलेटमा नै उ सर्च गर्ने गथ्र्यो । बाबु, आमालाई बिभुका सबै क्रियाकलाप निगरानी गर्ने फुर्सद पनि कहाँ हुन्थ्यो र !
विभुकी आमा बिहान उठेर भान्सामा पस्थिन् । बुहारी उठ्नु अघि नै हजुर आमाले नुहाइ धुवाइ गरी पुजा पाठ सक्थिन् र डिडिसीका दूधका प्याकेट किनेर ल्याइवरी तताउन बसाल्थिन् । चुलाको एउटा मुखमा दूध तातिरहेको हुन्थ्यो भने अर्को मुखमा दाल उम्लँदै हुन्थ्यो । विभु बिहान साढे आठ बजे नै खाना खाएर स्कुल जाने हुँदा बिहान निकै हतार हुन्थ्यो । विभुकी आमाले उम्लिरहेको दूध कपमा खन्याएर दूध र बिस्कुट विभुलाई दिन्थिन् । विभुका बाबा र आमा दुबै दूध नहाली कागती निचोरेको फिका चिया खान्थे । हजुर आमा पनि चिया लिएर हजुरबाको कोठामा जान्थिन् र हजुरबासँग बसेर दुबै जना चिया खान्थे । विभु भात खाँदा उसले भनेजस्तो तरकारी खोज्थ्यो र खाजा पनि उसले रोजेकै हुनुपथ्र्यो । उसले भनेजस्तो भएन भने विभु घरमा झगडा गथ्र्यो । बिभु स्कुल नजाउन्जेल दुबै सासु बुहारीलाई तनाव र चटारो पथ्र्यो ।
विभुका बाबा चिया खाएर मर्निङ वाक जान्थे, उतै साथीभाइसँग ब्याडमिन्टन खेल्थ्ये । साढेनौ बजेतिर बल्ल घर आइपुग्थे अनि हस्याङ फस्याङ गर्दै मुख धोएर भात खान बस्थे । त्यति खेर विभु स्कुल गैसकेको हुन्थ्यो । बेलुका झण्डै चार बजे विभु स्कुलबाट आउँथ्यो र घरमा खाजा खान्थ्यो । खाजा खान बस्दा पनि उसको हातमा ट्याबलेट नै हुन्थ्यो । आजको दिन सकिने बित्तिकै भोलि विभुको लागि खाजा के तयार गर्ने होला, तरकारी के ठिक पार्ने होला भन्ने बारे उसकी आमा सधैँ तनावमा रहन्थिन् । कहिले मिटिङ् त कहिले साथीभाइसँगको भेटघाट, कहिले कसैको निम्तामा जानु परेको जस्ता कारणले विभुका बाबा प्रायः ढिलो गरी घर फर्कन्थे । बेलुका पनि उनी खाना खाएर आफ्नै काममा ल्यापटप खोलेर बसी हाल्थे । कहिलेकाहीँ त ल्यापटपमा काम गर्दा गर्दै रातिको बाह्र बजेको समेत उनलाई अत्तोपत्तो हुँदैनथ्यो ।
आज बाबा घर फर्कने बित्तिकै विभुकी आमाले केही कडा शैलीमा भनिन्, “छोरो बिमारी छ, तपाईँलाई थाहा छ ? रातभर यता र उता पल्टन्छ, यहाँ दुख्यो र उता दुख्यो भन्छ, खान पनि छोडी सक्यो ।”
“म डाक्टर होइन, म के गर्न सक्छु र ? विमारी त डाक्टरले हेर्ने हो, नजिकै हस्पिटल छ । तिमी शिक्षित मानिस हौ । बिमारी भयो भने उपचार गर्न भोलि उसलाई हस्पिटल लैजाउ ।”
श्रीमानको यस्तो जवाफ सुनेपछि विभुकी आमा उग्र भइन्, “छोरो मेरो मात्र हो र ? तपाईको चाहिँ जिम्मेवारी केही छैन ? ठिकै छ, हस्पिटल मै लैजाउँला ।”
केही समयपछि दुबै शान्त भए । भान्सा कोठा बाहिर कतिवेलादेखि एउटा कालो बिरालो बसिरहेको रहेछ । विभुलाई देख्ने बित्तिकै म्याउ ग¥यो । विभु तर्सियो र नजिकै उभिएकी हजुर आमासँग टाँस्सिन पुग्यो । आज विभुले केही खाएन, खान मन छैन भन्यो । तै पनि उसकी आमाले कर गरेपछि मन नलागेरै पनि अलिकती दालको झोल र दुई गाँस जति भात खायो । भोलिपल्ट उसका बाबा र आमाले उसलाई उपचारको निम्ति अस्पताल लैजाने निधो गरे ।
विभुको स्वास्थ्य परीक्षणको निम्ति उसलाई अस्पताल लगियो । स्वास्थ्य परीक्षणबाट विभुको शारीरिक अवस्था नराम्रो देखिएन । उसलाई मनोचिकित्सकको विभागमा रेफर गरियो । चिकित्सकले बिभुको स्वास्थ्य अवस्था बुझ्न हँसिलो तरिकाले उसँग रमाइला गफ गर्दै विभिन्न प्रश्नहरु सोध्न थाले, बाबु तिम्रो नाम के हो ? कति कक्षामा पढ्छौ ? हिजो,अस्ति कहँ“ कहा“ गयौ ? के के देख्यौ ? मोटु पतलु हेर्छौ ? सिनेमा हेर्छौ ? साथीस“ग झगडा भएको थियो ? क्राइम सिरियल हेर्छौ ? कसैलाई हपहरण गरेको देख्यौ कि ? मनोविश्लेषक चिकित्सकले विभिन्न रमाइला गफ गर्दै गएपछि उ पनि केही खुल्दै गयो । चिकित्सकले उसलाई प्रश्नहरु क्रमसः सोध्दै गएपछि उसले पनि बिस्तारै जवाफ दिंदै गयो । उसले विदेशबाट मामाले उपहार पठाई दिएको ट्याबलेटमा एउटा हिन्दी फिल्म हेरेको थियो, जसमा नायकले आफ्नो टाउको पर्खालमा ठोकेर रक्ताम्य पारेको दृश्य थियो, रगत बगेको त्यो विभत्स दृश्य हेरेपछि उ बेचैन भएको थियो । डाक्टरले विभुलाई सामान्य औषधी लेखी दियो र एक हप्तापछि पुनः फलोअपमा आउनु भन्यो । औषधी लिएर उनीहरु घर फर्के ।
हिजो रातभर पानी प¥यो, आज बिहान पनि आकाशमा धमिलो वादल हटेको थिएन । घर फर्केपछि पनि उनीहरु दुबैले एक अर्कालाई दोषारोपण गरिरहे । विभुकी आमाले आफ्ना श्रीमानलाई छोराप्रतिको जिम्मेवारी राम्रोसँग बहन नगरेको, उसको क्रियाकलापमा निगरानी नगरेको आरोप लगाइरहेकी थिइन् भने बाबाले चाहिँ आफ्नी श्रीमतीलाई घरमै बसेर पनि छोराको हेरचाह नगरेको, उसको दिनचर्या कस्तो छ भन्ने बारे चासो नदिएको जस्ता आरोप एक अर्कालाई लगाइरहेका थिए । विभुका बाबाले फेरि भने, “तिमीले पहिलेदेखि नै ध्यान नदिएको हुँदा बिभु विग्रेको हो” । आमा चाहिँले भनिन् , “छोराले के गर्दैछ भन्ने कुरा तपाईंले हेर्नु पर्दैन ? दिउँसो तपाईं अफिस गए पनि विहान र बेलुका त उसको क्रियाकलापमा निगरानी राख्न सक्नु हुन्छ नि !”
कसको कारणले विभुलाई यस्तो हुन गयो ? उसका बाबु र आमाले यसको उत्तर खोजे, तर जवाफ सजिलो थिएन । उसका बाबु आमा दुबै शिक्षित थिए, उनीहरुले प्रयास गरेका भए शायद यसको जवाफ फेला पार्न सक्ने थिए, तर उनीहरुले बुझ्ने त्यस्तो प्रयास तुरुन्तै गरेनन् । किनकि यस परिस्थितिको जिम्मेवार उसका बाबु आमा मात्र थिएनन्, विभुका साथीहरु, विद्यालयको वातावरण र आजको उपभोक्तावादी उन्मुक्त समाज ।
आज दिन उज्यालो थियो । आकाश सफा हुँदै गएको थियो । चिकित्सकको परामर्श अनुसार विभुका बाबाले उसलाई रमाइलो लाग्ने ठाउ“हरु घुमाउन लगे । उनले विभुलाई चिडिया घर घुमाउन लगे । त्यहाँ“ विभुले हात्ती, मृग, बॉदर र अरु जानवरहरु हे¥यो । मयुर, डॉफे, लुइ‘चे र अरु रंगीविरंगी चराचुरुङगीका आवाज सुन्यो र हाउभाउ हे¥यो । हात्तीमा चढेर उ अलिकति घुम्यो । पानीमा डुबुल्की मारिरहेको हिप्पो र बनमान्छेको हाउभाउ पनि हे¥यो । त्यसपछि बाबाले विभुलाई चिल्ड्रेन्स पार्क लगे । त्यहाँ विभु रेल चढ्यो र रोटेपिङ खेल्यो । सुटिङ्मा सात पटक सुट गर्दा चार पटक उ सफल भयो । पाँच पटक बलिङ् गर्दा तिन पटक बल रिङभित्र छिराउन सफल भयो । त्यसपछि उ मुसुक्क हाँस्यो र रमाउँदै बाबा र छोरा घर फर्के ।
आज विभुलाई लिएर फलोअपमा हस्पिटल जाने दिन थियो । विभुका बाबा आमा आज केही प्रसन्न देखिन्थे । आज डाक्टरले के सल्लाह दिने हुन् भनी केही उत्सुक पनि देखिन्थे । सबैभन्दा पहिले डाक्टरले विभुसँग कुरा गरे । उनले भने, “विभु तिमी किन हस्पिटल आएको ? तिमीलाई त केही पनि भएको छैन ।” विभुले हाँस्दै भन्यो, “सरसँग भेट गर्न आएको” । त्यसपछि डाक्टर पनि हँसिलो देखिए । त्यसपछि डाक्टर विभुका बाबा र आमातर्फ फर्के र कुराकानी गर्न लागे ।
डाक्टरले भने, “स्कुले केटाकेटीहरु सानै उमेरदेखि जासुसी र अपराधिक गतिविधिका वेबसाइटहरुसँग परिचित छन् ।”
विभुका बाबुले भने, “ट्याबलेटको प्रयोगबाट यस्तो अवस्था समेत हुन सक्छ भन्ने कुरा हामीले गहिरिएर सोच्न सकेनौँ ।”
“साइबर संस्कृतिको नकारात्मक प्रभावबाट हामीले बच्न सक्नुपर्दछ ।”
“विभुले ट्याबलेटको प्रयोग गलत ढंगले ग¥यो, हामीले त्यसको निगरानी गरी उसलाई उपयुक्त निर्देशन दिन नसक्दा परिणाम नकारात्मक देखियो ।”
दिन सर्वत्र उज्यालो थियो, आकाश पुरै सुकिलो र निलो थियो । भोलिपल्ट आमा र बाबासँग विभु फेरी घुम्न निस्के । उनीहरु गोदाबरी, स्वयम्भु र बालाजु पार्क घुम्न गए । राम्रो रेष्टुरा“मा बाबु, आमा र छोरा बसेर विभुलाई मनपर्ने खाजा खाए । आज उनीहरुले रमाइलो गरेर दिन बिताए । बेलुका घर फर्कंदा तिनओटा बालकथाका रमाइला पुस्तकहरु किनेर ल्याए । विभुका बाबाले पनि जेम्स जे क्रिस्टको ह्वाट टु डु ह्वेन युआर स्केअर्ड एण्ड ओरिड ः अ गाइड फर किड्स भन्ने पुस्तक किने । घरको ढोकामा उनीहरुको सेतो बिरालो बसिरहेको रहेछ । उनीहरुलाई देख्ने बित्तिकै म्याउँ गरी स्वागत ग¥यो ।
बिस्तारै विभु फेरि सामान्य अवस्थामा फर्कियो र नियमित रुपमा स्कुल जान थाल्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु