बुढेसकालको छोरो

- डा. शंकरप्रसाद नेपाल

बुढेसकालको मनाउने छोरो भन्छन् । गनाउन हो वा बसाउने हो, म यसै भन्न सक्तिन । जे होस्, तीन ओटा छोरीपछिको छोरो हो । छोरो जन्मदा ठूलो बाजी मारेजस्तो भएको थियो । हुन पनि कान्छी छोरी र छोरो बीचको उमेरको अन्तर करीब २० वर्षको छ ।
टिकाइसक्नुको छैन । जिद्दीवाला । धेरै पुल्पुयाएको परिणामजस्तो सम्झन्छु ।
कामको सिलसिलामा म बुद्धचोकमा थिएँ । मेरो मोबाइलमा निरन्तर घण्टी बजि नै रह्यो । हेरेँ । अपरिचित नम्बर । उठाइन । फेरि बज्न प्रारम्भ ग¥यो ।
हेलो !
ए बुवा !
भन के हो ?
कहाँ हुनुहुन्छ ?
बुद्धचोकमा, किन ?
कसको मोबाइल हो यो ?
अंकलको !
को अंकल ?
पसले अंकल !
के हो ? भन !
मैले दुई प्लेट मोमो खाएँ । झट्टै आउनुस त पैसा तिर्न !
कहाँ ?
आवा रोडमा ।
म समयमा नपुगे मोमो पसलेले त्यसलाई नछोड्ने होला भन्ने सम्झी, आफ्नो काम छोडी बुद्ध चोकबाट आवा रोडतर्फ लागेँ । साइकल कुदाउनमात्र थालेको थिएँ । चैन फुस्कियो । ओर्लिएर हेर्न थालेँ । चैन त टुटेर करीब १२ फिट पछाडि सर्पजस्तो तम्बेतान भएर खसेछ । अब डो¥याएर जानुबाहेक बिकल्प रहेन । मलाई वंश थाम्न भए पनि एउटा छोरो त पाउनै पर्छ भन्ने सुझाव दिने साथीहरू सम्झेँ । तिनैहरूलाई सराप्दै, मोमो पसलसम्म पुगेँ । पैसा तिरेँ । तर एक प्लेट आफूले पनि खाऊँ भन्ने सोचेको पाकिट टक्टकाउँदा एक पैसो पनि झेरन । मोरोले एक प्लेट खाएको भए मैले पनि खान पाउने रहेछु भन्ने सम्झेँ । चैन टुटेको साइकल टिपेँ ।
ए बुवा, दुईजना नै किन हिँड्ने ?
म डण्डीमा बस्छु है भन्दै साइकलको डण्डीमा बस्यो ।
साइकल छोडिदिए खस्ला भन्ने सम्झी वंशलाई थाम्न प¥यो भन्ने सम्झी डोराउँदै घरतर्फ लागेँ ।
=====

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2076

लेखकका अन्य रचनाहरु