दुर्गन्धित लाग्ने सम्मानित गन्ध

- रमाकान्त शर्मा

विहान पाँचबजे दमौलीबाट छुटेको माइक्रो बस मुग्लिङ हुदै काठमाण्डौ जाने लक्षका साथ हुइकिदै थियो । दमौलीमा म चढ्ने बेला चालक पछाडिको पहिलो लहरमा तीन सिट र पछाडि चारपाँच जना यात्री अट्ने सिटहरु खालिनै थिए । माइक्रो आएर बेसिशहरबाट आउने र दमौलिबाट आउने बाटो मिल्ने डुम्रेको चोकमा रोकियो । सायद माइक्रो बेसिशहरबाट पोखरा तथा चिनवन जाने बसमा आएका धादिङ काठमाण्डौ जाने यात्रीहरुको प्रतिक्षामा थियो ।
अग्लो कदको, पातलो मिलेको शरीर, माथिल्लो भागमा पातलो जकेट र तल्लो भागमा हापपाइण्ट, घुडा भन्दा केही तल गेटिस जस्तैे कपडाको घेरा लागाएका, च्यूडोमा मात्र हातले मुठि पार्न पुग्ने खालका दाह्री भएका, पछाडी थोत्रो देखिने रुकस्याक बोकेका व्यक्ति माइक्रो नजिक ठिङ्ग उभिए । सामन्य मान्छेले उनीलाई असामान्य जस्तो ठान्दथे । उनको कपाल पनि महिलो र जिङरिङ्ग थियो । उनीलाई पहिलो पटक देख्नेले मानसिक सन्तुलन गुमाएको मान्छे त होइन भनी लख काट्थे । उनको हातमा भुइमा टेकाएर उभ्याउदा छातिको तल्लो भाग सम्म पुग्ने लठ्ठी पनि थियो । कन्टक्टरसंग के हो खास खुुस कुरा गरी उनी रुकस्याक बोकी बोकी माइक्रो भित्र पसे । अग्लो कदको मान्छे, त्यसैमा पनि ठूलै आकारको रुकस्याक समेत उनलाई भित्र पस्न पनि निकै कुप्रिनु पर्ने भयो । माइक्रोमा उनको रुकस्याक अटने स्थानको पनि अभाव थियो । माइक्रोका सहयोगीले उनले पछाडी बोकेको रुकस्याक (पछाडि बोकेको झोला )शरीरबाट ताने । भकुण्डो फाले जस्तो माइक्रोको छतमा प्mयाके । उनको रुकस्याक भनौ वा पछाडी बोक्ने झोला हल्का रहेछ । फाल्ने क्रममा सजिलै फ्याकियो । उनले सहयोगीलाई सोधे, खस्दैन ? सहयोगीले भने, बाध्ने हो । लठ्ठी समातेका उनलाई यात्री बस्ने पहिलो सिट तथा चालक पछाडीको पहिलो लहरको सिट र अन्तिमका सिटहरु खाली हुँदा हुदै पनि म बसेको लहर अन्तिम भन्दा अघिल्लो लहरको सिटमा देखाइयो । सिटत के भन्नु दाया र बायाँ दुइ लहरकोे बीचको फलफु प्याक गर्ने काठको बाकसको फल्याक राखी बनाएको अन्तरे सिट थियो त्यो । आड लगाउन मिल्ने मूल सिट हुँदा हुँदै, यात्री धेरै हुँदा बस्ने अन्तरे सिटमा उनलाई बस्न भनियो उनलाई ।
मौकाले उनी मेरै छेउमा परें । बस्न नपाउदै मैले पनि उनलाई अगाडी सिट खाली छ तपाई पाको मान्छे, यहाँ अप्mट्यारो हुन सक्छ , आडलगाउन मिल्ने सिटमा बस्नु होस् न भने । । उनले आप्mनो शरीरलाई तिनिक्क ताने र सिधा पारे, अनि भने, हुन्छ यहाँ पनि ठिकै छ । उनी अगाडी नजाने त्यसि सहयोगी मेड सिटमा बस्ने छाँट देखेर मैले सहयोगीलाई भने अगाडी सिट खाली छन् किन यस्तो सागुरो ठाउँमा राख्ने पाको मान्छेलाई । सहयोगीले पनि बुझेछन्, मलाई मात्र हैन नजिक पर्ने सवैलाई उनी त्यहाँ बस्दा समस्या भएको कुरा । त्यसै लहरको अर्को तर्फको सिटमा बस्ने अधबैसे व्यक्तिलाई पनि बढीनै समस्या परेको कुरा उनको अनुहारले बताउथ्यो । नकिका सवैलाई समस्या पर्ने कारक थियो उनको शरीरबाट फैलिएको दुरगन्धित लाग्ने नाकै फुटने गन्ध । हुन त सिटमा बस्न पनि केहि सागुरो भएको थियो । कन्टकटरले मेरो कुरा सुन्दै भने पछाडिको सिट खाली हुन्छ । म त्याही राख्छु, १० मिनेट त हो । माइक्रो हिड्न केहि ढिला गरेको थियो, पछाडीको सिटमा बस्नेले उनलाई भन्दै थिए, बसमा जानु होस् यो जादैन । कन्टकक्टरसंगको कुराबाट उनी धादिङ बेसी जान गल्छी पुलमा झर्ने हुन भन्ने थाहा भएको थियो । उनीबाट फैलिएको गन्धले नजिक भएका सवैले उनी झरे हुन्थ्यो भन्ने चाहेका थिए । माइक्रो विस्तारै अगाडि बढ्यो । माइक्रो हिडेको एकै छिन्मा पछाडिको अन्तिम सिटमा बसेका व्यक्तिलाई सहयोगीले अगाडी बोलाए । उनलाई पछाडीको सिटमा जान भनियो । म बसेको सिङ्गल सिटको पछाडी भ्mयाल तर्फ गएर उनी बसे । म बसेको लहरको पल्लो भ्mयाल पट्टिका सिट पनि खाली भए । म पनि त्यो सिङ्गल सिट छाडेर अर्को पट्टिको झ्याको छेवैको सिटमा गएर बसें ।
गन्धकै कुरा गरौं, गन्ध त फरक फरक हुन्छन् । औषधिको स्वाद तितो हुन्छ भने जस्तो सुगन्धित लाग्ने अत्तरको गन्धले भित्र कुहेको गन्धलाई पनि ढाकेको हुन सक्छ । मान्छेको सुघ्ने क्षमतालाई पनि दिग्भ्रमित पारेको हुन्छ । चैत्रको खडेरीमा आकासबाट परेको पानीले जमिनको धुलोलाई भिजाउदा आउने गन्ध, सूर्यको तापले तातेको ढुङ्गामा आकाशका पानीका थोपाले उत्पन्न गर्ने गन्ध नाकलाई नराम्रो लाग्न सक्छ तर ती जीबन रुपी गन्ध हुन् । श्रम गर्दा शरीबाट आउने पसिनाले भिजेका धुन नपाएका कपडाबाट आउने गन्ध, सामान्य रुपमा दुरगन्धित जस्तो लागे पनि सारमा सम्मानित गन्ध हुन् । भित्रबाट सफा हुन्छन्, उत्पादनशील हुन्छन, स्वस्थ हुन्छन् । इमान्दारिताको प्रमाणका रुपमा रहेका हुन्छन् । जीवन र जगतको छेउटुप्पो नपाएका व्यक्तिहरुलाई यस्ता गन्ध असामान्य लाग्न सक्छ, मान्छे झुक्किन सक्छ । यस्ता गन्ध सधै समाज र जगतकोलागि हितकर हुन्छन् । बाहिर सुगन्धित लाग्ने अत्तर र चमेलकिो गन्धले इमान्दारलाई ठगी गर्ने ठगदार, ठेकदारलाई पनि ढाकेको हुन सक्छ ।
सधै झै माइक्रो खाजा खान मलेखुमा रोकियो । माइक्रो भित्रका हामी यात्रीहरु झ¥यौं । कोहि होटल भित्र, कोहि शौचालय तर्फ त काही बाटको छेउछाउ तर्फ छरियौं । म पनि होटलमा राखिएका खानाका परिकार आफुलाई उपयुक्त भए नभएको हेर्न एक पटक होटल भित्र छिरी बाहिर निस्के । बाहिर निस्केर यसो यता उता टहलिदै र वातावरण नियाल्दै थिए । सरुमा मेरो आडमा बसेका र पछिल्लो सिटमा सरेका तिनै अग्लो कदका असामान्य जस्ता देखिने व्यक्ति पनि होटल छेउको टहरो अगाडी उभिएर रेडबुल घुड्काउदै रहेछन् । पसलमा कोही थिएन । उनले त्यो पेय सिद्धाए पछि बोलाए, य बैनी पैसा राख्नु होस्, उता कताबाट आवाज आयो टेवलमा राखेर छाड्नु होस् । उनले एकसयको हरियो नोठ निकाले, टेवल छेउकोे खालीे ठाउँमा हरियो नोट राखे, नजिकैको के हो कुन्नी सानो चिजले नोठलाई अँठाए, माइक्रोतर्फ सोझिए ।
उनले सिटमा बस्दा देखाएको व्यवहार, पैसा अठाएर छाडेको कुराले उनी बिशेष देखिने सामान्य मान्छे हुन भन्ने प्रमाणित भै सकेको थियो । त्यस्तैमा माइक्रोको चालकले लामो हर्न बजाए, यत्र तत्र भएका यात्री खोरमा बाख्रा पस्दा जस्तै भित्र पस्यौं । माइक्रो हुइकियो । उनी अर्थात अग्लो कदका असामान्य देखिने व्यक्ति पनि पहिला म बसेको अगाडीको सिटमा सरि सकेका थिए । मैले उनीसंग कुराको मेसोे निकाले । कताबाट आउनु भएको, कता जाने, के गर्र्नु हुन्छ यस्तैबाट कुरा सुरुभयो । नराम्रो ठानेका छन् कि भनेर कुरालाई सामान्य बनाउन मैले पनि तपाइलाई कठिन भयो कि भनेर सजिलो सिटमा बस्न भनेको हुँ भने । उनले पनि आफ्ना कुरा सुनाउन थाले । उनी लम्जुङ्गमा निर्माण हुदै गरेको सडकमा ज्यामी काम गर्न छ महिना पहिला घरबाट निस्केका रहेछन् । उनले भन्दै थिए, लेबर गर्न गएको ठेकेदारले पैसा दिएन ठग्यो, रित्तोहात घर फर्किनु प¥यो । मैले पनि थप प्रश्नहरु तर्साए । उत्तरमा उनले भने म ३ सालमा जन्मेको । त्यो हिसावले उनको उमेर ७३ हत्तर बर्ष पुगि सकेको थियो । उनी फुर्ति थिए । हातमा लठ्रठी भए पनि उनी लठ्ठीनै टेक्न पर्ने कमजोर भने थिएनन् । उनको शरीर स्वस्थ र फुर्तिलो थियो । कुरैको मेसोमा मैले नाम सोधें उनले भने कृष्णबहादुर लामा । कुरालाई सच्याउदै मैले पनि भने तपाइले रक्सि पिउनु हुन्छ कि क्या हो । तामाङ्गको छोरा अलिअलि खान्छु । तपाइको शरीरबाट गन्ध आइ रहेको छ, पसिला पखाल्नु हुदो रैनछ । उनी रसिक पनि रहेछन् । उनले कुनै संकोच नमानी पेचिलो जबाफ दिए, गाइले नुहाउदैन तर सुद्ध छ । मैले उनको स्वस्थ्य फुर्ति शरीरको तारिफ गर्दै थिए । उनले भन्दै गए मैले खेती लगाउन खेत बारी खन्नु पर्छ,। हलो जोत्नु पर्छ । कुनै काम बाँकि राख्दिन । म आटो, डिढो खान्छु । उनको कुरा सन्दा सुन्दै उनी प्रति मेरो अगाध सम्मान उर्लियो । उनी र उनी जस्ता कामदारलाई काम लगाएर छ छ महिनाको ज्याला नदिएर घर फर्काउने ठेकेदारको विम्व मेरो मनमा तयार भयोे । ठेकेदार देख्दा सफा देखिन्छन होला, भद्र देखिन्छन् होला तर कृष्ण बहादुर जस्ता इमान्दार व्यक्तिको पसिनाको मूल्य नतिरेर पेटमा गुम्साएको गन्धले भुणिनै फुट्ला जसरी फुलाएका होेलान । कुहे गन्धने समाजलाई मात्र होइन आप्mनै शरीरलाई समेत कुहाइ रहेका होलान । उनलाई ठग्ने ठेकदार पर्ति घृणा उत्पन्न भयो ।
कृष्णबहादुर जस्ता इमान्दर पाको श्रमिकको पसिनाले समाजको विकासमा कुनै न कुनै रुपमा सहयोग गरिरहेको छ । कोहि कलमले, कोहि कलाले, कोहि गलाले समाजका बिकृति हटाउन, श्रृजना र उत्पादन गर्न लडिरेका छन् । कृष्णबहादुर जस्ताले जे छ त्यहि देखाउछन् । बाहिर राम्रा राम्रा कुरा गर्ने, इमान्दारिता देखाउने, पैसालाई नै सबै कुरा ठान्ने, बिबेक सुन्य, बृद्ध ज्यामिको ज्याला समेत नदिने र विभिन्न बहाना बनाएर ठगी गर्ने ठगदारहरु समाजका धमिराहरु हुन जस्तो लाग्यो । धादिङ जाने बाटोको पुलको मुखमा माइक्रो रोकियो । कृष्णबहादुर माइक्रोबाट झरे , मैले भने मेरो कुनै प्रिय ब्यक्ति मबाट टाढा भएको महसुस गरें । ७३ बर्षे उमेरमा पनि शारीरलाई फुर्ति राख्न सक्ने, इमान्दार कृष्णबहादुर र उनको शरीरबाट आएको गन्धलाई सम्मान छ, आभार छ , सलाम छ ।

शिक्षा विकास तथा समन्वय इकाइ
तनहुँ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2076

लेखकका अन्य रचनाहरु