स्वर्गमा महिला सहिद

- कृष्ण बजगाईं

इन्द्रले सहिदका नाममा स्वर्ग पुगेकाहरुको एक भेला डाके ।
राष्ट्रघाती, एनजिओकर्मी, चोर, डाका, तस्कार, ब्यभिचारी, गुण्डा, ठेकेदार, आततायी सबका सब सहिदको कोटामा बिना रोकतोक स्वर्ग पुगेका थिए । मत्र्यलोकमा सहिद घोषण गरेपछि सिधै स्वर्ग पुग्दथे । सहिद शब्द त्यो रातो पासपोर्ट भन्दा पनि शक्तिशाली थियो । रातो पासपोर्टले मत्र्यलोकको भ्रमण सजिलो हुन्थ्यो । तर सहिदको नामले सिधै स्वर्ग पुगिन्थ्यो ।
उक्त भेलामा मत्र्यलोकबाट सहिदका नाममा स्वर्ग पुगेका त्यस्ता फोहरका बिच आफूलाई पाउँदा सनातनी सहिद धर्मभक्त, दशरथ चन्द, शुक्रराज र गंगालालको शिर निहुरियो ।
सबैले मानेको ती सहिदको नूर गिरेको देखेर एक क्रान्तिकारी सहिदलाई खपिसक्नु भएन । जथाभावी सहिदका नाममा स्वर्गमा प्रवेश दिने कार्यको इन्द्रका अगाडि बिरोध गरे । तर इन्द्र बोलेनन् ।
सहिदको नाम पुगेका त्यत्रा भीडमा महिलाको संख्या अत्यन्त न्यून थियो । स्वर्ग पुगेकी एक एनजिओकर्मी महिलालाई त्यो कुरा समावेशी लागेन ।
‘मत्र्य लोकमा महिलालाई पुरुष सरह अवसर थिएन । हरेक क्षेत्रमा महिला उपर भेदभाव थियो । हामी महिला अन्यायमा परेका थियौं । स्वर्गमा महिला सहिदको उपस्थिति अत्यन्त कम देखियो । स्वर्गमा पनि महिला उपर यस्तो भेदभाव भएपछि मत्र्यलोकमा के सिक्लान् ?’
उनको कुरालाई इन्द्रका अप्सराहरुले पनि समर्थन जनाए । त्यसपछि इन्द्र डराए ।
बाठा इन्द्रले तत्कालै ती एनजिओकर्मि महिलालाई अनेक वस्त्राभूषण दिदैं भने–‘आजदेखि तिमी सहिदबाट अप्सरामा बढुवा भयौं ।’
‘माइतमा नपाएको, लोग्नेले नदिएको र एनजिओमा लाग्दा पनि जोड्न नसकेको वस्त्राभुषण स्वर्गमा पाएँ । बढुवा भएर अप्सरा पनि भएँ । स्वर्गमा चाहीँ न्याय पाइदो रहेछ ।’ ती एनजिओकर्मी महिलाले उत्पात खुशी हुँदै भनिन् ।
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु