गजल

- राजेश कार्की तुफान

धेरै वस्तु काम लाग्दैन किनेको पनि
आफ्नो नै दुस्मन हजुर चिनेको पनि ।

आज लुटेरा भोलिको मन्त्री बन्न सक्छ
यहाँ सम्मान हुन्छ ज्यान लिनेको पनि ।

श्रीमती बोकेर लाग्यो ऊ सहरतिर
मा¥यो माया साथीले जन्मदिनेको पनि ।

परदेशीलाई देशको माया गर्नू भन्छौँ
वर्षौँ भो तिमी गाउँ छाडी हिनेको पनि ।

आज उनको यादले अति नै सतायो
वर्षौँ भो मायाको डोरो छिनेको पनि ।

डेनमार्क

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु