अभिशाप

- चूडा मणि रेग्मी

“वानेश्वरबाट चैनपुर देखिँदा लुकेको सेतो सौन्दर्य पहाडिभित्र विराजमान भअ‍े जस्तो लाग्छ । तर ... ... “मि नारद मलाई भन्न लागे, “यहाँ ऊ ... देख्नुहुन्छ ? तिनी तल्ला गाउँकी मेनका हुन् । यिनको विचरा अभाग भन्नुपर्छ – बिहे गरेको वर्ष दिन नपुग्दै ख्वामित हराअ‍े– यसरी हराअ‍े हजुर, क्रिया गर्नसम्म मिलेको छैन !”
मेनका थोरै माथि मेजर पाटीनेर पुगिसकेपछि निजले भने– “अहिलेको यिनको जिउ मरेको प्राणमा पानी हालेर फुलाअ‍ेजस्तो छ, तर यिनको नाउँ वास्तवमा नै मेनका भनी सुहाउने थियो । यिनका आँखा मृगका जस्ता छँदैछन्, यिनको जिउ पातलो, कम्मर मिलेको, टाउको लेखाली आलुजस्तो सानो रहरलाग्दो, दाँत मुसाका जस्ता साना तर चहकदार चेहराले, भन्दछन् जान्नेहरू तन्देरीहरू तिर्मिराउँथे । थालनीमा यिनका सासू–ससुरा थिअ‍े, यिनी कुलबधू थिइन् । उतिखेरको जमाना खान्दानियाँ, इज्जत पनि कम्ती थिअ‍ेन । कुलशेखरकी कान्छी बुहारी भनेपछि कसले हेर्न सक्ने ! लेखाली दही र घिउ घरमा प्रशस्त हुन्थे, खसी सदा घरमा काटिन्थ्यो, आनन्दको साम्राज्य थियो ।
“दिन बिग्रिअ‍ेपछि दैव उल्टो ! हराअ‍ेका पति फिरेनन् । बैंस अन्धो हुन्छ भन्छन्, यसको सार्थकता पनि छ र यो सत्य पनि देखिन्छ हजुर !”
“यो त हामी अड्कलमा पनि विचार गर्न सक्छौं । सिरानका घरदेखि पुछारका घरसम्मका कुरा हामी देखेर र सुनेर सक्तैनौं, बुझ्ने कोसिस गर्दछौं, यस्तै हो ।”
“भयो यसो– सासू–ससुरा छिट्टै मरे । यिनी माइत गइन् भअ‍ेन, घर बसिन् भअ‍ेन र यसो भयो हजुर !”
“के भयो भने– हाम्रा विनोदप्रसादज्यू तत्काल बडा लहडी मान्छे हुनुहुन्थ्यो । हुन त उहाँ ग्रेजुअ‍ेट फेल, तर शिक्षा वासना सौता हुँदारहेछन् । साधारणतः यो पनि सत्य, के भने अ‍ेउटी राम्री तरुनीको सौन्दर्यले कुन जडमट्टी होला प्रभावित नहोला, र उनका फुलजस्ता वासनादार सास पाउनमा नलोभिअ‍ेला । यसै भन्न वाध्य हुनुपर्दो रहेछ, हजुर !”
“लाखे जात्रादेखि आँखा चार भअ‍ेछन् । जात्राको मजा नै यही हो हजुर ! लक्ष्मीपूजामा विनोदप्रसादज्यू हाजिर हुनुभअ‍ेन । जुवाडेहरू आपस्तमा चर्चा गर्नथाले, प्रशिद्ध जुवाडे र जुवा खेलाउने सहरका गण्यमान्य भीमप्रसादज्यूका ज्येष्ठ सुपुत्र विनोदप्रसादज्यू नै जुवामा विराजमान हुनुहुन्न भने अरूको के महत्त्व ?” अ‍ेकछिन जुवाडे गफ भअ‍े । सबै लक्ष्मीलाई बारम्बार गर्ने ध्याउन्नामा थिअ‍े, सोह्र कौडीमा उफ्रिन थाले, चैनपुरको जुवा कस्तो भने हजुर, मस्त ! विनोदप्रसादज्यू कता लाग्नुभयो, त्यति पनि थाहा पाउने कसैले चेष्टा गरेन ।”
“हुन त के हुन्थ्यो ! मैले थाहा पाएँ । ल ! विस्तारो चर्चामा कुरो आयो । जमाना पनि त यस्तो आयो– आइमाई राजू भअ‍ेपछि केही नहुने, विराजू भअ‍े पोइले नै गोडा मिच्नुपर्ने !
“विनोदप्रसादज्यू नामी घोडचढी हुनुहुन्छ । उहाँ वर्सेनी ताप्लेजुङ भोटका घोडा किन्न जानुहुन्थ्यो । अब उहाँ जानु भअ‍ेन । उहाँलाई घरमा कोही केही भन्न सक्तैनथे – जेठो र बाठो भअ‍ेपछि को के भन्न सक्छ र !”
“मेनका र विनोद भनेपछि नामी भअ‍े । अ‍ेउटा अलग घर बनाअ‍ेर मेनका यहीँ बसिन् । सबैले भन्न लागे, यो सारा विनोदप्रसादज्यूकै देन हो ।”
“यता यसो भयो । विनोदप्रसादज्यूले भोजपुरका डिट्ठाकी छोरी बिहे गरेको थियो । ससुरालीहरू खासखुस गर्न थाले र विनोदज्यूकी श्रीमती पनि निस्ताउन थालिन् । समाजमा चर्चा हुन्थ्यो, ठुलाको प्रतापका अगाडि सारा धुँवा हुन्थे !”
“होइन हजुर, हाम्रा देशका स्वास्नीमान्छे पनि अभागी । कसैलाई रोजेकी भअ‍े घरजम त हुन्थ्यो ! धनीका अँगालामा कस्सिअ‍ेपछि मेनकाको गिदीमा सोच्ने शक्ति नै रहेन । जहिले भन्यो मेनकाका आँगनका तगारामा विनोदप्रसादज्यूको घोडा बाँधिएको हुन्थ्यो । यस्तो खुलेआम के मजा हुँदोरहेछ भने हेर्नेलाई ठुलो कुत्कुती नलाग्ने र असाधारण कुरा पनि साधारण हुने । मलाई मेनकाले पछि धेरै बताअ‍ेकी छन् कुरा त, तर मान्छेहरू पनि भन्छन्, विनोदप्रसादज्यू मेनकालाई साँच्चै नै मन पराउनु हुन्थ्यो र माया गर्नुहुन्थ्यो । अ‍ेकपल्ट विनोदप्रसाद धरान जानुभअ‍ेको थियो । म पनि साथमा गअ‍ेको थिअ‍ेँ । गफका प्रकरणमा उहाँ भन्नुहुन्थ्यो– “अर्काकी छोरीलाई छोअ‍ेपछि आफ्नो पार्नैपर्छ !” मलाई पनि पत्यार लाग्ला जस्तो भअ‍ेको थियो । हाम्रो यस जिल्लामा दोस्री र तेस्री पार्नेहरको ओइरो छ, यस्तै किस्सा नजोडिअ‍ेका नइमान्दार मानिस कोही पनि छैनन् ।
“मेनका र विनोदको जोडा वास्तवमा सुहाउँथ्यो पनि । प्रेम त्यसरी नै भयो । बेलुका भात टिप्यो, विनोदप्रसादज्यू त रातभरि मेनकासँगै ! यो त वास्तवमा भन्ने हो भने पूर्ण स्वीकृति भन्नुपर्छ ।”
“अब हजुर, यस्ता ठाउँमा शोषकहरूबाट हामी के आसा राख्न सक्छौ्रं ? मेनकाको हालत ति ... ... त्यस्तो भयो । मायालाग्दी ! बिलाप गर्छिन्, रुन्छिन्, कराउँछिन् !, बाटो बिराअ‍ेकी उनको आवाज सुन्ने फुर्सद कसलाई ? मातृत्वको अभिशाप ठुलो हुन्छ हजुर ! यिनलाई त लाग्यो–लाग्यो ! अरूलाई पनि नलागी कहाँ छाड्ला र !”

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु