आजको वालुवाटार

- ॠतु आसीक

महाकालीका सपना तुहिएका छन् ।
नाकावंदीमा विस्वास रोपेर
देश नै त्यसवेला उल्टिएको थियो।तिमीलाई रास्ट्रबोध भएको महसुस गरेको थिए
मेरा सबै सपनाहरु यसबेला तुहिएका छन् ।
वालुवाटार छिर्नु संयोग होइनरहेछ
रास्ट्रीयता खाज्मजाउनु नियति रहेछ ।
तिमी स्वचालित परिवर्तित बुझदा बुझ्दै
हामीले तिमी माथि विस्वास रोप्यौ
मोदी जस्केला बाट छिरेकै दिन
जानकी मन्दिरको शिरपोसमा
तिरंगा झण्डा फहराएको थियो ।
दक्षिणी सिमानामा भारतीय सेना
जंगे पिलर ढाल्दै थियो ।
तिम्रो रास्ट्रॆयतामा
मलाइ शंका लाग्न थालेको छ ।
दुइसय पचास साल अघि सिमाना कटाएका पादरीहरु
राणा शासन
पंचायती शासनमा नफ़र्किएकाहरु
तिम्रो राज्यकालमा
होली वाइनको अमृत ढोल पिटेर
नाटकीय सन्मान ओढेर फर्किएका छन ।
दिनरात कुरी कुरी लाग्ने गरी खटेका थियौ त् ?
चाकाडॆको महिमा किर्तिमान तोडेका थियौ ।
भ्रस्टाचारको संजाल
राजदुतलाई अमृत छर्केर चोख्याउनु
बुझी नसक्नु भएको छ ।
सुनकाण्डका पर्याय प्रहरी र न्यायाधीशका फौजहरु
देशमा लुटिरहदा
वाइड बडी भित्राएका अपराधीहरु
वालुवाटारको तथास्ठुमा थमौती खाइरहेका छन् ।
निर्मला पन्तका हत्यारालाई
गृहमंत्रीले ओथारो बसेको सत्यता आएको छ ।
न्यायलाई दिग्भ्रमित बनाइएको छ।
भडुवा बर्दिवालाहरु
न्यायका भ्हडुवाहरु
वालुवाटारको आशिर्वादमा हुर्किरहेका छन् ।
वालुवाटार यसबेला
देश प्रति घात प्रतिघात गरिरहेको छ ।
मुलुक नै सिध्याउने खेलमा समर्पित भैरहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु