नेपाली लघुकथामा वक्रता

- प्रा. डा. ऋषिराम शर्मा

नेपाली लघुकथामा वक्रता शीर्षकको यस लेखमा नेपाली लघुकथाको वक्रताका दृष्टिले विश्लेषण प्रस्तुत गरिएको छ । लघुकथाको विश्लेषणमा वक्रोक्ति सिद्धान्तका पद, वाक्य प्रकरण र प्रबन्ध वक्रताका धेरै भेदहरूको सशक्त प्रयोग भएको पाइन्छ र सोही वक्रताका कारण लघुकथाको कथ्य अत्यन्त सशक्त, सघन एवं संवेद्य बनेको पाइन्छ । यस लेखमा वक्रोक्ति सिद्धान्तका कृति विश्लेषण सम्बन्धी विभिन्न वक्रताको परिचय दिई चारओटा लघुकथाहरूमा तिनको प्रयोगको अवस्था समेतको विश्लेषण गरी निष्कर्ष स्थापित गरिएको छ ।
प्रमुख शब्दावली ः वक्रोक्ति, वक्रता, उपचार, संवृत्ति, रूढिवैचित्रय, प्रकरण, प्रबन्ध, समापन, कथाविच्छेद ।
सङ्क्षिप्त रूप ः पृ., पृष्ठ
१. विषयप्रवेश
प्रस्तुत लेख नेपाली लघुकथामा वक्रताको अध्ययनसँग सम्बन्धित छ । लघुको तात्पर्य छोटो र कथाको तात्पर्य आख्यानतत्व भएको रचना हो । वक्रता भनेको पूर्वीय साहित्य शास्त्रमा स्थापित कृति विश्लेषणको एक प्रसिद्ध साहित्य सिद्धान्त हो र यसका प्रणेता आचार्य कुन्तक हुन् । कुन्तकको वक्रोक्ति सिद्धान्तमा साहित्यलाई उक्तिवैचिœयका रूपमा लिइन्छ । वक्रोक्ति सिद्धान्त अनुसार वक्रोक्ति भनेकै “प्रसिद्धाभिधान व्यतिरेकिणी विचित्रैवाभिधां वक्रोक्ति” अर्थात् लोक र शास्त्रमा प्रयुक्त हुने भन्दा व्यतिरेकयुक्त विचित्र अभिधात्मक कथन नै वक्रोक्ति हो । निष्कर्षमा भन्नु पर्दा वक्रोक्ति विशिष्ट कथन, काव्यिक कथन, साहित्यिक कथनको अर्थमा प्रयोग हुन्छ । अर्थात् वक्रोक्ति भनेकै काव्यात्मक भाषामा गरिएको कथन वा प्रस्तुति हो । यो कथन स्वभावैले लोक र शास्त्रादि कथनभन्दा वैचिœयपूर्ण नै हुन्छ । यस्तो उक्तिवैचिœय वा विचित्र अभिधाको स्थिति साहित्यिक कृतिमा वर्ण, पद, वाक्य, प्रकरण र प्रबन्धका तहसम्म विद्यमान रहन्छ । प्रस्तुत लेखमा नेपाली लघुकथामा वक्रताका यी भेदहरूको प्रयोगबाट ती कथाको उक्तिवैचिœय वा कथन भङ्गिमाले लघुकथाको विषयवस्तु वा कथ्यलाई के कसरी चमत्कृत तुल्याएका छन् भन्ने विषयलाई सङ्क्षिप्त रूपमा उल्लेख गरिएको छ ।
२. सैद्धान्तिक आधार
प्रस्तुत नेपाली लघुकथामा वक्रता शीर्षकको लेखको सैद्धान्तिक आधार वक्रोक्ति सिद्धान्त हो । वक्रोक्ति सिद्धान्तमा कृति विश्लेषणको साङ्गोपाङ्ग खाका प्रस्तुत गरिएको छ । यसमा कृतिका लघुतम घटक वर्णदेखि लिएर माथिल्ला घटक पद (पद पूर्वाद्र्ध, पदपरार्ध) वाक्य प्रकरण र प्रबन्ध स्तरसम्म रहने साहित्यिक तत्व वा उक्तिवैचिœयको चर्चा गरिएको छ वक्रोक्ति सिद्धान्तमा वक्रोक्तिका यस्ता ६ प्रकार छन् । ती हुन् ः (क) वर्णविन्यास वक्रता (ख) पदपूर्वाद्र्ध वक्रता (ग) पदपरार्ध वक्रता (घ) वाक्य वक्रता (ङ) प्रकरण वक्रता र (च) प्रबन्ध वक्रता । वर्णविन्यास वक्रता भनेको वर्णनीय वस्तुको औचित्यले युक्त एक वा अनेक वर्णहरूको विविध प्रकृति (व्यवधान र अव्यवधान) युक्त आवृत्तिबाट उत्पन्न हुने नाद वा श्रुतिसौन्दर्य हो । पदपूर्वार्ध वक्रता भनेको पदको प्रतिपदिक वा मूल रूपको विशिष्ट प्रयोगजन्य चारुता हो । पदपरार्ध वक्रता भनेको पदको कृत् र तद्धित प्रत्ययको विशिष्ट प्रयोगजन्य चमत्कार हो । वाक्य वक्रता भनेको वाक्यको अर्थ (वस्तु) र सो अर्थ व्यक्त गर्ने कथन पद्धतिमा हुने सहज वा आभ्यासिक चमत्कार हो । प्रकरण वक्रता भनेको प्रकरणका तहमा देखा पर्ने वैचिœय हो भने प्रबन्ध वक्रता भनेको सिङ्गो प्रबन्ध कृतिको समग्र पठनमा देखिने चारुता हो ।
३. अध्ययनको सीमा
प्रस्तुत लेखमा नेपाली चार लघुकथाकारका चारकथाहरूको वक्रतापरक अध्ययन गरिएको छ, ती हुन् ः कथाकार अमर त्यागीको ‘पीडा मुक्ति’, कथाकार इन्दिरा प्रसाइँको ‘प्रेमी र पति’, कृष्ण शाह ‘यात्री’ को ‘ज्यूँदो शहीदको मृत्यु’ र हरिहर पौडेलको ‘द्रौपदी–२०५२’ । यी कथाहरूभित्र प्रयुक्त वक्रताको अध्ययनका लागि वक्रोक्ति सिद्धान्तका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, पदपरार्ध वक्रता, वाक्य वक्रता, प्रकरण वक्रता तथा प्रबन्ध वक्रताका पाँचओटै भेदको उपयोग गरिएको छ ।

४. नेपाली लघुकथामा वक्रताको विश्लेषण
यस उपशीर्षकमा क्रमशः विश्लेष्य चार लघुकथाको वण्र्य विषयको सामान्य परिचय दिइएको छ र यी चारओटै कथामा प्रयुक्त वक्रताको विश्लेषण गरी लघुकथाको कथ्यलाई कुन कुन वक्रताको प्रकारले के कस्तो वैचिœय वा सौन्दर्य सिर्जना गरेका छन् भन्ने चर्चा गरिएको छ । आचार्य कुन्तकका अनुसार काव्यका वाक्यमा वस्तु पनि स्वभावैले सुन्दर हुनु पर्दछ । यसरी प्रस्तुत लेखमा जुन चारओटा कथाको वर्णन गर्न लागिएको छ, त्यसको विषयका बारेमा यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ ।
(१) पीडामुक्ति
तिन अनुच्छेद २२ पङ्क्ति र करिव २०० शब्दमा रचिएको ‘पीडा मुक्ति’ कथामा आमा (देश) र सपूत (छोराछोरी) को वर्णन छ । अचेतन वस्तुलाई चेतन रूपमा प्रस्तुत गरी चेतनको भौतिक र मानसिक अवस्थाको वर्णन यहाँ छ । आमा
(देश) लाई पीडाबाट मुक्ति दिलाउन परिवर्तन, स्वतन्त्रता र मुक्तिका लागि सपूतहरूले वलिदान दिएका, आमा (देश) लाई उडुस, उपियाँ, मुसा, स्याल, ब्वाँसा र गिद्ध (देशका दुष्ट) हरूले सताएका र आमाले पीडाबाट मुक्ति पाउने अवश्यम्भावी समयको प्रतीक्षामा बसेको वर्णन छ ।
(२) प्रेमी र पति
चार अनुच्छेद १९ पङ्क्ति र करिव १८५ शब्दमा रचिएको ‘प्रेमी र पति’ कथामा स्वतन्त्रताकी पक्षधर एउटी युवतीले आफ्नो पूर्व प्रेमीसँग प्रेम विवाह गर्छे र ऊ विवाह पश्चात् स्वतन्त्र हुन खोज्छे तर प्रेमीबाट पतिका रूपमा आएको व्यक्तिले युवतीलाई आफ्नो परिवर्तित रूप देखाउँदै पतिरेखा ननाघ्न दिएको आदेशले उसलाई ग्लानिको अनुभूति भएको कुराको वर्णन छ । यस कथामा पनि चेतन (मानव पात्र) कै वर्णन छ ।
(३) ज्यू“दो शहीदको मृत्यु
पाँच अनुच्छेद २२ पङ्क्ति करिब २२० शब्दमा रचिएको ‘ज्यूँदो शहीदको मृत्यु’ कथामा आन्दोलनमा घाइते भएको एउटा पात्रको प्रजातन्त्र प्राप्ति पछिको आमसभामा आफ्नै सहकर्मी साथीको देशप्रेमको मार्मिक भाषण सुनेपछि त्यही साथीलाई भेट्न जाँदा भिडमा किचिएर मृत्यु भएको अवस्थाको वर्णन छ । बाचुन्जेल वास्ता नगर्ने र मरेपछि भन्डा ओढाउने होड चल्ने समसामयिक विषय यस कथामा रहेको छ ।
(४) द्रौपदी–२०५२
सस्याना चार खण्ड १५ पङ्क्ति र करिब १४० शब्दमा रचिएको ‘द्रौपदी–२०५२’ कथामा आपूm द्रौपदी भएर सावित्री हुँ भन्दै हिड्ने व्यक्तिको चरित्रलाई देशको ‘राजनीति’ भनिएको छ ।
४.२ लघुकथामा वर्णविन्यास वक्रता
वर्णविन्यास वक्रता भनेको वण्र्य विषयको औचित्य अनुरूपका वर्णहरूको आवृत्तिजन्य वक्रता हो । वक्रोक्तिजीवितको द्वितीय उन्मेषका १–७ कारिका र वृत्तिमा यसका विशेषता र प्रकारको उल्लेख गरिएको छ । यस्तो वक्रताले कृतिमा जुन विषयको कथन गरिएको हुन्छ उक्त कथनलाई चमत्कृत तुल्याई कथ्यलाई प्रभावकारी एवं आकर्षक तुल्याउँदछ । कुनै पनि साहित्यिक कृतिमा विशिष्ट किसिमले सजाएर राखिएका वर्णबाट उत्पन्न हुने वक्रता अथवा सौन्दर्य विधानलाई वर्णविन्यास वक्रता भनिन्छ (खनाल, २०६५ ः ५१) । वर्णविन्यास वक्रता भनेको मानवीय उच्चारण अवयवबाट उच्चारित स्वर व्यञ्जन, ध्वनिहरू र तिनै ध्वनिबाट निर्मित अक्षरको समान र असमान आवृत्तिबाट हुने सौन्दर्यपूर्ण चमत्कार हो
(अवस्थी, २०५५ ः ५२) । नेपाली लघुकथामा वर्णविन्यास वक्रताका केही उदाहरण यस प्रकार छन् ः
(१) अत्यन्त नाजुक र भयावह छ आमाको अस्मिता आज । पल पल थिचिएर पहाडमुनि पीडामुक्तिका लागि एउटा परिवर्तन चाहन्छिन् आमा । आमा शहीद सपूतहरूको सपना साकार पार्न नयाँ चेतना र नयाँ विचारको एक्यबद्धता चाहछिन् आमा ।
अमर त्यागी, ‘पीडा मुक्ति’, लघुकथा प्रक्रिया र पाठ, पृ. १७ ।
(२) समयले उनलाई बैशाखीको सहारामा सडकको पेटीमा दिन काट्न र फोस्रो स्वाभिमानमा रात गुजार्न बाध्य पा¥यो ।
कृष्ण शाह यात्री, ‘ज्यूँदो शहीदको मृत्यु’, लघुकथा प्रक्रिया र पाठ, पृ. १०५ ।
(३) देशको राजनैतिक क्षेत्रमा ठूलै हलचल भइरह्यो । पत्रपत्रिकामा यी बारे तात्तातै पढ्नु एउटा बेग्लै आनन्द आउँछ । म पत्रिका पसलमा पत्रिका कुरिरहेको थिएँ ।
हरिहर पौडेल, ‘द्रौपदी–२०५२’, लघुकथा प्रक्रिया र पाठ, पृ. १४६ ।
माथि १ को उदाहरणमा रेखाङ्कित पदका वर्णहरू आवृत्त भई सिङ्गो पङ्क्तिपुञ्जलाई लयात्मक एवं श्रुतिमधुर बनाएका छन् । प, म, स जस्ता कोमल वर्णहरूको आवृत्तिले वण्र्य विषय (आमा) को कोमल मनको सुकोमलता एवं आमाका मनभित्रको वेदनालाई सघन तुल्याउने कार्य गरेका छन् । उदाहरण (२) को पङ्क्तिपुञ्जमा कोमल ‘स’ वर्णको लामै आवृत्तिजन्य वक्रताले वण्र्य विषय ज्युँदो शहीदको भावपूर्ण अवस्थाको वर्णनमा उपकारकको कार्य गरेका छन् । उदाहरण (३) मा ज, ह, प, त, र, क, न न जस्ता वर्णहरू रेखाङ्कित स्थानमा आवृत्त भई वक्रता सिर्जना गरेका छन्, उक्त वक्रताले राजनीतिमा आएको उथलपुथल जस्तो विषय वर्णनमा उपकारकको कार्य गरेका छन् । यसरी नेपाली लघुकथामा वर्णवक्रताले पनि कथ्यलाई सम्प्रेषणीय बनाएको छ ।
४.३ नेपाली लघुकथामा पद वक्रता
पद वक्रता अन्तर्गत पदको पूर्वाद्र्ध र पदको पराद्र्ध वक्रता पर्दछन् । नेपाली लघुकथा पदको पूर्वाद्र्धमा र पद पराद्र्धमा रहने वक्रताका कारण विशिष्ट एवं वैचिœययुक्त बनेका देखिन्छन् । पदवक्रताका विभिन्न भेदहरू मध्ये लघुकथामा रुढिवैचिœय वक्रता, संवृत्ति वक्रता, उपचार वक्रता, विशेषण वक्रताको विशिष्ट प्रयोग भएको पाइन्छ ।
४.३.१ लघुकथामा रुढिवैचिœय वक्रता
रुढि भनेको लोकमा, कोशमा र परम्परामा प्रचलित अर्थ वा सामान्य अर्थ हो भने रुढिवैचिœय वक्रता भनेको त्यस्तो लोक, शब्दकोश र प्रचलनमा रहेको सामान्य अर्थ भन्दा पृथक् रुढि अर्थलाई विचित्र तिरस्कार वा विचित्र प्रशंसाको आरोप मार्पmत सिर्जना गरिएको नयाँ अर्थगत सौन्दर्य हो । सर्जक वा कविद्वारा कुनै शब्द÷पदको रुढ अर्थलाई कुनै रमणीय असम्भाव्य अर्थमा वा अतिशय अद्भुत (तिरस्कार वा प्रशंसा) अर्थमा प्रयोग गरिएमा त्यसलाई रुढिवैचिœयवक्रता भनिन्छ (कुन्तक, १९९५ ः १९२) । नेपाली लघुकथा रुढिवैचिœय वक्रताका दृष्टिले निकै सशक्त देखिन्छन् ।
(४) ऊ (द्रौपदी २०५२) पल्लो घरमा बस्थी, देखादेख हुन्थ्यो, बोलचाल भने थिएन ।
एक दिन उसलाई मैले युधिष्ठिरसँग पार्कमा वदाम खाइरहेको देखेँ ।
एक पटक भीमसँग तीन दिनका लागी पोखरा घुम्न गएको कुरा उसको भाइले सुनायो ।
एक दिन अर्जुनको कोठाबाट विहान साढे चार बजे हतारिँदै बाहिर निस्केको देखेँ ।
ऊसँग परिचय गर्न मन लाग्यो र सोधेँ, तपाईं मुसुक्क हाँस्दै भनी सावित्री
म झस्किएँ ऊ त यो देशको राजनीति पो रहिछ ।
हरिहर पौडेल, ‘द्रौपदी २०५२’, लघुकथा प्रक्रिया र पाठ, पृ. १४६ ।
उदाहरण ४ का यी वाक्य समूहमा ऊ (द्रौपदी २०५२) युधिष्ठिर, भीम, अर्जुन, सावित्री र राजनीति जस्ता पदहरूले आफ्नो–आफ्नो कोशीय, परम्परागत, पौराणिक अर्थलाई तिरस्कारपूर्ण कथनका माध्यमबाट नयाँ अर्थ (राजनैतिक चरित्र हीनता भन्ने अर्थ) आरोपित गरेका छन् र यसै अर्थका कारण प्रस्तुत कथाको कथ्य (राजनैतिक व्यङ्ग्य) सघन बनेको छ ।
४.३.२ लघुकथामा उपचार वक्रता
उपचार भनेको सौन्दर्यपूर्ण आरोप हो । मूर्त वस्तुलाई अमूर्त (धर्तीको करुणा), अमूर्तलाई मूर्त (हृदयका राजा), अचेतनलाई चेतन (पूmलको मुस्कान), चेतनलाई अचेतन आदिमा उपचारद्वारा आरोप गरी शब्दको अर्थमा विच्छित्ति पैदा गर्ने र कथ्यलाई घनीभूत तुल्याउने उपचारवक्रताको प्रयोग पनि नेपाली लघुकथामा पाइन्छ । लोकोत्तर सौन्दर्य प्रतिपादन गर्ने उद्देश्यले धर्मको अलिकति मात्र सम्बन्ध वा साम्यका आधारमा सर्वथा भिन्न स्वभावयुक्त वस्तुमा अन्य कुनै वस्तु वा पदार्थको आरोप गर्दा उपचार वक्रता हुन्छ (कुन्तक, १९९५ ः २२३) । जस्तै ः
(५) दिन पनि रात जस्तो लागे पछि चेतनाको चिराग बालेर निस्के उत्साही सपूतहरू परिवर्तनको लागि । स्वतन्त्रताको रोपाइ गर्न आपसमा हातेमालो गर्दै हामफाले परिस्थितिको दवदबे हिलोमा ।
दयनीय अवस्थामा बाचेकी छिन् आमा आज बगाएर पीडाको मेची र कोशी ।
अमर त्यागी, ‘पीडामुक्ति’, लघुकथा प्रक्रिया र पाठ, पृ. ९७ ।
(५) को उदाहरणमा ‘पीडामुक्ति’ शीर्षकको लघुकथामा चेतनाको चिरागमा अमूर्त ‘चेतना’ लाई मूर्त ‘चिराग’ मा, अमूर्त ‘स्वतन्त्रता’ लाई मूर्त ‘रोपाइँ’ मा, अमूर्त ‘परिस्थिति’ लाई मूर्त ‘दवदबे हिलो’ मा उपचार (लक्षणा) द्वारा आरोपित गरी चेतना, स्वतन्त्रता र परिस्थिति जस्ता अमूर्त विषयलाई अत्यन्त तीक्ष्ण संवेद्य एवं दृश्य विम्बात्मक रूपमा ‘चिराग’, ‘रोपाइँ’ र ‘हिलो’ जस्ता मूर्त पदहरूका अर्थमा प्रक्षिप्त गरिएको छ र कथामा देशरूपी आमाले पीडामुक्त हुन खोजेको विषयलाई विशिष्ट तुल्याउन यी वक्रताले विशिष्ट भूमिका खेलेका छन् ।
४.३.३ लघुकथामा विशेषण वक्रता
वक्रोक्ति सिद्धान्त अनुसार पद स्तरको उक्तिमा सौन्दर्य सिर्जना गरी वण्र्य विषयलाई अत्यन्त सशक्त तुल्याउने शक्तिशाली माध्यम विशेषण हो । विशेषणको महिमा वा प्रभावका कारण क्रिया वा कारकस्वरूप पदार्थको सौन्दर्य प्रस्फुटित भएमा विशेषण वक्रता हुन्छ (कुन्तक, १९९५ ः २३३) । यस्ता विशेषणद्वारा सिर्जित वक्रताले कथ्य घनीभूत एवं सशक्त बनेको उदाहरण नेपाली लघुकथामा प्रचुर भेटिन्छन् । ती मध्येको एक उदाहरण यस प्रकार छ ः
(६) युवतीको इच्छा र निर्णय अनुरूप विवाहको क्रम सकियो । विवाह भएको एक सातापछि पतिको अनुपस्थितिमा ऊ स्वतन्त्र पक्षीसरह विचरण गरेर फर्केकी थिई । सँघारमा पुगेर प्रेमीले कहिल्यै नदेखेको क्रोधको अतिमारले निस्कन खोज्ने आँखा र अनुहार देखेर छक्क परी ।
यस बेला उसलाई यतिका वर्ष भौतारिएर हासिल गरेको ‘प्राप्ति’ मृगतृष्णा जस्तै भएर छल भएकोमा आपूmप्रति ग्लानि भरिएर आयो ।
माथिको ‘प्रेमी र पति’ लघुकथाबाट लिइएको उदाहरणमा प्रेम गरेर विवाह गरेकी युवतीले पूर्वप्रेमी र वर्तमान पतिबाट खोसिएका स्वतन्त्रताको अधिकार सम्बन्धी कथ्यलाई घनीभूत र अर्थलाई विशिष्ट तुल्याउने गरी आएका प्रस्तुत रेखाङ्कित पदावली विशेषणहरू विशेषण वक्रताका उदाहरणहरू हुन् । प्रेमीको प्रेमिकाप्रतिको व्यवहार र त्यही प्रेमी पति बनेपछि पतिको पत्नीप्रतिको व्यवहारमा जुन परिवर्तन देखा परेको छ त्यो परिवर्तन रूप वैशिष्टलाई उजागर गर्न यी उदाहरणमा रेखाङ्कित विशेषण पदावलीले सशक्त भूमिका खेलेका छन् ।
५. नेपाली लघुकथामा वाक्य वक्रता
वाक्य वक्रता भनेको कुन्तकका अनुसार वस्तु (अर्थ) र वाक्य वक्रता हो । वस्तु कृतिमा वर्णन गरिने विषयसँग सम्बद्ध हुन्छ, कुन्तकका अनुसार साहित्यमा जुन विषयको वर्णन गरिएको हुन्छ त्यो पनि सुन्दर र उत्कृष्ट हुनु पर्छ । वर्तमान सन्दर्भमा समाज–जीवनका विविध भोगाइ र अनुभूति नै कृतिको वस्तु हो । वण्र्यवस्तु, उक्त वस्तुको अर्थ र उक्त वण्र्य वस्तुको कथन पद्धति नै वाक्य वक्रता हो । कुन्तकले वाक्य वक्रताका मुख्य दुई प्रकार उल्लेख गरेका छन् ः सहजा र आहार्या । सहजा वाक्य वक्रता अन्तर्गत वस्तुको सहज (भाव, रस, स्वभाव) तथा आहार्य
(अलङ्कार, विम्ब, रूपक, लक्षणा, व्यञ्जना युक्त) वर्णन शैली पर्दछ । त्यसै गरी कृतिमा वर्णन गरिने विषयवस्तुका विभागको पनि उनले वाक्य वक्रता अन्तर्गत नै चर्चा गरेका छन्, चेतन, गौण चेतन र अचेतन । यहाँ चेतन भनेका कृतिमा चित्रित चरित्र वा मानव पात्र हुन्, गौण चेतन भनेका कृतिमा वर्णित मानवेतर पात्र (पशु, पंक्षी) हुन् र अचेतन भनेका कृतिमा वर्णित देश, काल, परिवेश, भावपरिमण्डिल, कार्यपीठिका आदि नै हुन् । नेपाली लघुकथामा वाक्य वक्रताको विश्लेषणका यी आधार अपनाउन सकिन्छ ।
(क) लघुकथामा सहजा वाक्य वक्रता ।
(ख) लघुकथामा आहार्या वाक्य वक्रता ।
५.१ लघुकथामा सहजा र आहार्या वाक्य वक्रता
सहजा वाक्य वक्रता भनेको वाक्यमा वर्णित हुने प्रतिपाद्य विषय वा वस्तु अन्तर्गतको वस्तुको सुन्दर स्वभावको वर्णन भएको वस्तु वा वाक्य वक्रता हो भने जुन वाक्यमा कविको सहज वा आभ्यासिक कौशलद्वारा वस्तुको चमत्कारिक वर्णन हुन्छ त्यो आहार्या वक्रता हो । वस्तुको उत्कर्षयुक्त स्वभावले सुन्दर रूपमा सुन्दर शब्दमा वर्णन अर्थ वा वस्तु वक्रता हो (कुन्तक, १९९५ ः ३१४) र यो वर्णन सहज रूपमा (वस्तुको जस्तो स्वभाव छ त्यस्तै सूक्ष्म रूपमा, रस र भावात्मक रूपमा) गरिएको हुन्छ । कुन्तका अनुसार आहार्य वक्रता कविको सहज प्रतिभाद्वारा वा आहार्य अर्थात् शिक्षाभ्यास आदिद्वारा आर्जन गरेको कवि कौशलगत वक्रता हो र यो अर्थालङ्कार वक्रता वक्रता बाहेक केही होइन (पृ. ३१४–१५) । यस्ता सहजा वाक्य वक्रता अन्तर्गतको भाव, रस र स्वभाव वक्रताका प्रचुर उदाहरण नेपाली लघुकथामा भेटिन्छन् ।
५.१.१ लघुकथामा सहजा भाव र रस वक्रता
मानव मनका भावनाहरूको रागात्मक चित्रणबाट भावकमा उत्पन्न हुने रससौन्दर्यलाई नै रस वक्रता भनिन्छ (कुन्तक, १९९५ ः ३१६) । नेपाली लघुकथामा रस (शृङ्गारादि) का स्थायी (रत्यादि) भावहरूलाई परिपुष्ट तुल्याउने विभिन्न सञ्चारी भावहरू र स्थायी भावहरूको र भावदशा (भावोदय, भविसन्धि)को प्रयोगबाट वस्तुको वर्णनमा स्वाभाविक सौन्दर्य एवं सहृदायाह्लाद सिर्जना भएको पाइन्छ, जस्तै ः
(७) ... स्वतन्त्रताको रोपाइँ गर्न आपसमा हातेमालो गर्दै हाम्फाले परिस्थितिको दबदबे हिलोमा । रोपाइँ गर्दागर्दै यथास्थितिको भासमा परेर शहीद भए धेरै साहसी सपूतहरू । आमा ज्यादै गौरवान्वित भइन् आफ्ना वीर सपूतहरूको उत्सर्गमा ।
अमर त्यागी, ‘पीडामुक्ति’, लघुकथा प्रक्रिया र पाठ, पृ. ९७ ।
(८) दिउँसै घुम्छन् घर वरिपरि स्याल र ब्वाँसाहरू । बारम्बार चक्कर लगाउँछन् सिनुको मोहमा चिलगिद्धहरू ।
पृ. ९७ ।
(९) त्यसबेला म प्रेमी थिएँ अब तिमीले लगाएको सिन्दुर मेरो हो । म तिम्रो पति हुँ । पुराना कुराहरू मलाई सम्झनु छैन । वर्तमानसँग सम्झौता गर्नुपर्छ उसले आफ्नो परिवर्तित रूप देखाउँदै आदेश दिएको थियो ।
इन्दिरा प्रसाई, ‘प्रेमी र पति’, लघुकथा प्रक्रिया र पाठ, पृ. १०० ।
(१०) विशाल आमसभामा देश प्रेमको मार्मिक भाषण सुनेर उनको मन पग्लियो र भाषण गर्ने नेताज्यू अर्थात् आफ्ना पूर्व मित्रको सामीप्यको लागि उनले भत्किन लागेको वैशाखीलाई सहारा बनाउँदै पाइला अघि बढाए । तर उनी त्यहाँ नपुग्दै उद्घाटन भाषण सकेर नेताज्यू चिल्लो कारमा चढिसकेका थिए । उनले हरेस खाएनन् बढिरहे अगाडि निरन्तर । विडम्बना भनौं भीडमा सन्तुलन राख्न नसकी उनी लडे त्यसपछि थुप्रै खुट्टामुनि कुल्चिइन बाध्य भए ।
कृष्ण शाह यात्री, ‘ज्यूँदो सहिदको मृत्यु’, लघुकथा प्रक्रिया र पाठ, पृ. १०५ ।
उदाहरण ७ को वाक्य समूहमा हर्ष, उत्सुकता, अवहित्था जस्ता सञ्चारी भाव क्रमशः सञ्चरण हुँदै उत्साह स्थायी भावको वीर रसको अभिव्यक्तिको (आमा ज्यादै गौरवान्वित भइन्, आफ्ना वीर सपूतहरूको उत्सर्गमा भन्ने कथन) सङ्केतनबाट सहजा (उत्साह) भाव वक्रता पैदा भएको छ भने उदाहरण ८ को वाक्य समूहका वाक्यहरूमा व्याधि, विषाद, आवेग जस्ता सञ्चारी भावहरू सञ्चरण हुँदै (सिनुको मोहमा चिलगिद्धहरू भन्ने कथनबाट) जुगुप्सा स्थायी भावको उदयको भाव सहज रूपमा पैदा भएको छ । उदाहरण ९ को वाक्य शृङ्खलामा आएका वाक्यहरूमा स्मृति (पुराना कुराहरू मलाई सम्झनु छैन), गर्व (त्यतिबेला प्रेमी अहिले निधारमा मेरो सिन्दुर लगाएकोले म पति हुँ भन्ने कथनबाट) गर्व भाव सहज रूपमा पैदा भएको छ । उदाहरण १० को वाक्य शृङ्खलाका वाक्यहरूमा विषाद, चिन्ता जडता जस्ता भावहरू सञ्चरण हुँदै स्थायी भावको करुण रसको वक्रतापूर्ण एवं सहज अभिव्यक्तिको सङ्केत देखिएको छ । यसरी प्रस्तुत प्रसङ्गमा कथाकारले रस भावको सहज वर्णन गरी कथनमा वैचिœय सिर्जना गरेकाले यहाँ सहजा रसभाव वक्रता विद्यमान देखिन्छ ।
५.१.२ नेपाली लघुकथामा सहजा स्वभाव वक्रता
वस्तुको स्वभाव (गुण क्रिया आदि) को अलङ्कारादि सन्निवेश विना सूक्ष्म, तद्वत् एवं चित्रमय वर्णनबाट वस्तुको सजीव चित्र सहृदयसमक्ष उपस्थित हुने वस्तु वक्रता सहजा स्वभाव वक्रता हो । कुनै पनि चेतन वा अचेतन पदार्थ वा विषयवस्तुमा रहेका गुण, क्रिया आदिको उत्कर्षशाली स्वभावको सुन्दर वर्णन गरिएमा सो स्वभाव वक्रता हुन्छ (कुन्तक, १९९५ ः २९४) । नेपाली लघुकथामा यस्तो वक्रताको कमै प्रयोग पाइन्छ, किनभने लघुकथा स्वभावैले लघु आकारको हुने हुँदा थोरै शब्दमा लेखिएको हुन्छ । तसर्थ यस्ता कथामा वस्तुका गुण, क्रिया आदिको सूक्ष्म वर्णनको कमै अवसर प्राप्त हुन्छ । यस लेखमा विश्लेषण गरिएका चारओटा कथामा सहजा स्वभाव वक्रताको प्रयोग पाइँदैन ।
६. नेपाली लघुकथामा प्रकरण र प्रबन्ध वक्रता
नेपाली लघुकथामा प्रकरण वक्रताका भेदहरूमध्ये पात्र प्रवृत्ति वक्रताको सूक्ष्म रूपमा प्रयोग पाइन्छ भने प्रबन्ध वक्रताका नामकरण वक्रता र समापन वक्रताको प्रभावकारी प्रयोग पाइन्छ । प्रस्तुत लेखमा यहाँ विश्लेषण गरिएका चारओटा कथामा प्रकरण र प्रबन्ध वक्रताको स्थितिको विश्लेषण गरिएको छ ।
६.१ नेपाली लघुकथामा प्रकरण वक्रता
अमर त्यागी विरचित ‘पीडामुक्ति’ कथामा आमा (देश) को दुर्दशाको वर्णनका क्रममा कथाकारले आमाको चरित्रलाई भावपूर्ण अवस्थामा पु¥याएका छन्, आमामा आवेग, चिन्ता, गर्व, विषाद, विवोध जस्ता सञ्चारी भावहरू उद्बुद्ध गराई देशरूपी आमाले मुक्ति पाउने शम भावको उदगम गराइएको छ र जसबाट यहाँ उत्साह भावको शमन भई निर्वेद वा शान्त भावको उदय भएको देखाइ भावोदयको अवस्थाबाट पात्रको प्रवृत्तिमा वक्रता पैदा भएको देखाइएको छ ।
इन्दिरा प्रसाई विरचित ‘प्रेमी र पति’ शीर्षकको लघुकथामा पनि प्रेमी र पतिका विपरीत मनोदशाको वक्रतापूर्ण वर्णन छ । एउटी नारीले प्रेमीबाट पाउने व्यवहार र त्यही प्रेमी पतिका रूपमा वरण हुँदा पूर्वप्रेमी अर्थात् वर्तमान पतिले गर्ने कठोर व्यवहारको चेपमा परेको अवस्थाको भावपूर्ण वर्णन छ । यस कथामा प्रेमिकाको यस्तो भावपूर्ण प्रवृत्ति वर्णनमा पात्र प्रवृत्ति वक्रता पैदा भएको छ ।
कृष्ण शाह यात्री विरचित ‘ज्यूँदो सहिदको मृत्यु’ कथामा स्वतन्त्रता र अधिकार प्राप्तिका लागि लडेको एक सेनानी घाइते भई वैसाखीको सहारामा हिडेको छ र उनीसँगै सङ्घर्षरत अर्को व्यक्ति देशकै ठूलो नेता भएको छ । आफ्नो पूर्व सहकर्मी नेताको देशप्रेमले ओतप्रोत भाषण सुनेर ती नेतालाई भेट्न वैसाखीका सहारामा अघि बढ्न खोज्दा भिडमा लडेर कुल्चिई मृत्यु भएको अवस्थाको कारुणिक वर्णन देखाइएको छ । एक स्वतन्त्रता सेनानीको त्यस्तो दारुण अवस्थाको मार्मिक वर्णनका माध्यमबाट पात्र प्रवृत्ति वक्रताको स्थिति देखा परेको छ ।
६.२ नेपाली लघुकथामा प्रबन्ध वक्रता
नेपाली लघुकथामा प्रबन्ध वक्रताका नामकरण वक्रता र समापन वक्रता जस्ता भेदहरूको प्रयोग पाइन्छ । प्रस्तुत लेखमा विवेच्य कथामध्ये ‘पीडामुक्ति’ कथामा ‘आमा’ चेतन वस्तुलाई देश अचेतन वस्तुमा उपचारद्वारा आरोप गरी लक्षणाद्वारा देशरूपी आमाको पीडा (निरङ्कुशता) र उक्त पीडाबाट मुक्ति भन्ने अर्थ द्योतन गरेकाले ‘पीडामुक्ति’ शीर्षक नामकरण वक्रतापूर्ण रहेको छ । ‘प्रेमी र पति’ शीर्षक कथामा एउटै व्यक्ति प्रेमी बन्दाखेरीको व्यवहार पति बन्दा खेरिका व्यवहारलाई पुरुषप्रधान समाजको नारीप्रतिको दृष्टिकोणको कलात्मक चिरफार गरिएको छ । त्यस्तै ‘ज्यूँदो सहिदको मृत्यु’ कथाको नाममा नै वक्रता रहेको छ । ‘ज्यूँदो सहिद’ पदावलीमा ज्यूँदो विशेषण विपर्यय वक्रतायुक्त छ भने ‘ज्यूँदो सहिदको मृत्यु’ कथामा घाइते स्वतन्त्रता सेनानीको वीभत्स मृत्युको वर्णन गरिएको र कथाको शीर्षक पनि ज्यूँदो सहिदको मत्यु भएकाले यसको नामकरण पनि वक्रतायुक्त नै रहेको छ । ‘द्रौपदी–२०५२’ शीर्षकमा नामकरण वक्रताको विशिष्ट प्रयोग छ । देशको राजनीतिमा देखिएको अपवित्र खेलप्रति उक्तिवैचिœयपूर्ण कथन झल्कने ‘द्रौपदी–२०५२’ शीर्षक नामकरण वक्रता नामक प्रबन्ध वक्रताद्वारा चमत्कृत रहेको छ ।
७. निष्कर्ष
नेपाली लघुकथामा वक्रताको प्रयोग निकै प्रभावकारी रूपमा गरिएको पाइन्छ । ‘लघुकथा’ आकारमा सानो हुने हुँदा यसमा वक्रोक्तिका सबै भेद उपभेदहरूको पूर्ण प्रयोगका अवसर कमै मात्र भए पनि वक्रोक्तिका जे जति भेदहरूको प्रयोग भएको छ त्यो निकै सशक्त रूपमा भएकै देखिन्छ । लघुकथामा वर्णविन्यास वक्रताको कम, पदवक्रता र वाक्य वक्रताको अत्यधिक प्रयोग पाइन्छ भने प्रकरण वक्रताको पात्रप्रवृत्ति, उत्पाद्य लावण्य, विशिष्ट प्रकरणको प्रयोग प्रभावकारी रूपमा भएको पाइन्छ । प्रबन्ध वक्रताका समापन, नामकरण र कथाविच्छेद वक्रताद्वारा नेपाली लघुकथा चमत्कृत देखिन्छन् । यसरी नेपाली लघुकथामा कथाकारले आफ्नो कथ्य वा विषयवस्तुलाई उक्तिवैचिœयापूर्ण ढङ्गले प्रस्तुत गरी कथ्यलाई अत्यन्तै प्रभावकारी, सघन एवं सटीक रूपमा सहृदयाह्लादकारी रूपमा प्रस्तुत गरेका छन् । नेपाली लघुकथाको अध्ययन र विश्लेषण गर्न संस्कृत साहित्य शास्त्रको वक्रोक्ति सिद्धान्तलाई निकै उपयोगी, व्यवहारिक र वैज्ञानिक सिद्धान्तका रूपमा लिन सकिन्छ ।

सन्दर्भ सामग्री
अवस्थी, महादेव (२०५५), “वर्णविन्यास वक्रता र मुनामदन खण्डकाव्यमा त्यसको प्रयोग”, गरिमा, (१६÷१२), पृ. ५०–५६ ।
अश्क, गोपाल (२०६५), लघुकथा ः प्रक्रिया र पाठ, ले. गोपाल अश्क, ललितपुर ः साझा प्रकाशन ।
उपाध्याय, केशवप्रसाद (२०६७), पूर्वीय साहित्य सिद्धान्त, ललितपुर ः साझा प्रकाशन ।
कुन्तक (सन् १९९५), हिन्दी वक्रोक्तिजीवित, सम्पा. डा. नगेन्द्र, दिल्ली ः हिन्दी माध्यम निर्देशनालय, दिल्ली विश्वविद्यालय ।
गौतम, लक्ष्मणप्रसाद (२०७२), नेपाली लघुकथाको रचनाविधान, ललितपुर ः साझा प्रकाशन ।
त्यागी, अमर (२०६५), ‘पीडामुक्ति’, लघुकथा प्रक्रिया र पाठ, ले. गोपाल अश्क, ललितपुर ः साझा प्रकाशन ।
प्रसाई, इन्दिरा (२०६५), ‘प्रेमी र पति’, लघुकथा प्रक्रिया र पाठ, ले. गोपाल अश्क, ललितपुर ः साझा प्रकाशन ।
पौडेल, हरिहर (२०६५), ‘द्रौपदी–२०५२’, लघुकथा प्रक्रिया र पाठ, ले. गोपाल अश्क, ललितपुर ः साझा प्रकाशन ।
भट्ट, पुष्कर (२०७०), उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्य, अप्रकाशित दर्शनाचार्य
(एम.फिल.), शोधप्रबन्ध, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर ।
शर्मा, ऋषिराम (२०६९), नेपाली वक्रोक्ति परिचय, भक्तपुर ः इन्दिरा अर्याल ।
––––––––––––, (२०७३), ‘गुरुप्रसाद मैनालीका कथामा वक्रता’, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय ।
शाह यात्री, कृष्ण (२०६५), ‘ज्यूँदो शहीदको मृत्यु’, लघुकथा प्रक्रिया र पाठ, ले. गोपाल अश्क, ललितपुर ः साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम (२०५६), ‘नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप’, मधुपर्क,
(३२÷३६२), पृ. १३–१६ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076

लेखकका अन्य रचनाहरु