गण्डकी प्रदेशका भाषाहरू

- प्रा.डा. यदु नन्दन उपाध्याय

लेखसार
यस लेखमा गण्डकी प्रदेश र त्यसअन्तर्गतका जिल्ला र स्थानीय तहमा प्रचलित भाषाहरूसम्बन्धी २०६८ को तथ्याङ्क प्रस्तुत गरी तिनीहरूको संरक्षण र पूर्वाधार निर्माणका निम्ति राज्य र सम्बद्ध समुदायले अपनाउनु पर्ने सचेतता र क्रियाशीलतामाथि प्रकाश पारिएको छ । बहुभाषी मुलुक नेपाल र त्यसकै अङ्ग यस प्रदेशमा पनि तिनै बहुभाषी समुदायको बसोबास छ । ती सबै भाषाले ती ती समुदायको भावनात्मक पहिचानसमेत झल्काउने हुनाले तिनको संरक्षण र विकासमा ध्यान पु¥याउनु आवश्यक छ । त्यसका लागि सरकारले कमजोर भाषाको संरक्षण गर्ने नीति लिनु त आवश्यक छ नै साथसाथै मूल रूपमा सम्बन्धित भाषिक समुदायले नै आफ्नो भाषाको संरक्षण, विकास र विस्तारमा व्यावहारिक रूपले नै क्रियाशील हुनुपर्ने आवश्यकता रहेको निष्कर्ष यस लेखमा निकालिएको छ ।

विषय प्रवेश
वि.स. २०६८ सालको जनगणनाअनुसार नेपालमा १२३ वटा भाषा वा मातृभाषाहरू रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ र गण्डकी प्रदेशमा पनि त्यसै तथ्याङ्कअनुसार चार दर्जनभन्दा बढी भाषाहरूको प्रयोग हुने गरेको पाइन्छ । यसबारे मनाङ, गोरखा आदि स्थानका कतिपय भाषा जनगणनाको सूचीकरणमै छुटेका र प्रदेशमा ८८ वटा भाषा रहेको उल्लेख पनि पाइन्छ (ढकाल, २०७५) । यहाँका अधिकांश वक्ताको मातृभाषा र करिब सबै प्रदेशवासीको विचार आदान प्रदानको माध्यम भाषा नेपाली नै रहेको कुरा यहाँको भाषासम्बन्धी तथ्याङ्क र व्यावहारिक प्रयोगको अभ्यासले पनि झल्काउँछ । यस प्रदेशका नेपालीबाहेकका अधिकांश भाषाहरू कथ्य वा बोलीचालीमा मात्र रहेका र तिनको लेखन वा लेख्य लिपिको अभाव रहेकाले तिनको विलोपनको समस्या देखिनु स्वाभाविक छ र यो एउटा देशभरिकै र यहाँको पनि ठुलो समस्या हो । यस सन्दर्भमा गण्डकी प्रदेशका विभिन्न जिल्ला र स्थानीय तहमा कुन कुन भाषा मुख्य छन् भन्ने कुराको विवरण पनि नियाल्नु पर्ने हुन्छ । साथै विगतको नेपालको अनुदार भाषिक नीतिका कारण नेपालीबाहेक अरु भाषा उपेक्षित भए पनि हालको संवैधानिक व्यवस्थाले नेपालका सबै भाषालाई राष्ट्रभाषा मानेर तिनको संरक्षण र प्रवर्धनको वातावरण निर्माण गरेको पनि छ । यस सन्दर्भमा आआफ्ना मातृभाषाको विकास र संरक्षणका निम्ति सम्बद्ध भाषिक समुदायको व्यावहारिक क्रियाशीलता अपेक्षित रहने कुरामाथि प्रकाश पार्दै सरकारी कामकाजको माध्यम भाषाका निम्ति भाषिक पूर्वाधारको निर्माण आवश्यक रहेको विषयमा यस गोष्ठीपत्रमा विमर्श अघि बढाउन खोजिएको छ ।

गण्डकी प्रदेशका भाषाहरू
गण्डकी प्रदेशअन्तर्गत गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ, तनहु, स्याङ्जा र नवलपरासी गरी ११ वटा जिल्ला पर्दछन् । ती सबै जिल्लाहरूमा बहुभाषिक समुदायको उपस्थिति छ । यहाँ सर्वप्रथम यस प्रदेशका उपर्युक्त सबै जिल्लामा बोलिने भाषाहरूको सङ्ख्यात्मक विवरण प्रस्तुत गरिएको छ ।
तालिका १ गण्डकी प्रदेशका भाषाहरू
क्र.स. भाषा वक्ता प्रतिशत
पुरुष महिला जम्मा
१ नेपाली ७९८०४८ ९६७८०७ १७६५८५५ ७३.४६
२ मगर १०५२४६ १३२२९९ २३७५४५ ९.८८
३ गुरुङ ९३७७२ ११७११७ २१०८८९ ८.७७
४ नेवार १९२२५ २२४३२ ४१६५७ १.७३
५ थारु १७१७५ १८८४१ ३६०१६ १.४९
६ तामाङ १६७८० १८२१५ ३४९९५ १.४५
७ भोजपुरी ७१०३ ३२९३ १०३९६ ०.४३
८ उर्दु ३९२५ ४६०४ ८५२९ ०.३५
९ कुमाल २३७७ २९३१ ५३०८ ०.२२
१० मैथिली ३४९९ १६३४ ५१३३ ०.२१
११ दरै २०६४ २५६२ ४६२६ ०.१९
१२ हिन्दी २९११ १२८१ ४१९२ ०.१७
१३ खाम १७५२ २०६२ ३८१४ ०.१५
१४ घले १४३० १७९९ ३२२९ ०.१३
१५ ह्लोपा १४२२ १५५४ २९७६ ०.१२
१६ थकाली १४०७ १५६६ २९७३ ०.१२
१७ छन्त्याल १२०२ १५२१ २७२३ ०.११
१८ भुजेल ११०३ १२४८ २३५१ ०.०९
१९ बोटे १०७६ ११४८ २२२४ ०.०९
२० राई ११०९ ९३० २०३९ ०.०८
२१ दुरा ८६५ ११७० २०३५ ०.०८
२२ चेपाङ ९०७ ९५४ १८६१ ०.०७
२३ बज्जिका ५८९ ६६८ १२५७ ०.०५
२४ खस ४४९ ६४७ १०९६ ०.०४
२५ अन्य ५३७२ ४६६६ १००३८ ०.४१
जम्मा १०९०८०८ १३१२९४९ २४०३७५७ १००
स्रोत ः राष्ट्रिय जनगणना २०६८, के.त.वि.

उक्त तालिकामा एक हजारभन्दा बढी वक्ता रहेका गण्डकी प्रदेशका भाषाहरूको विवरण प्रस्तुत गरिएको छ । त्यसअनुसार प्रदेशमा सबैभन्दा धेरै वक्ता नेपाली भाषाकै रहेका छन् । यस प्रदेशका जम्मा भाषाभाषीहरू २४,०३,७५७ रहेकामा नेपाली भाषाभाषीहरू १७,६५,८५५ अर्थात् ७३.४६ प्रतिशत छन् । यस तथ्यले यस प्रदेशको अत्यधिक वक्ता रहेको भाषा नेपाली नै रहेको बुझाउँछ । नेपालको राष्ट्रभाषा, विभिन्न भाषिक समुदायका बिचको साझा सम्पर्कको माध्यम तथा शिक्षा, सञ्चार, प्रशासन वा सरकारी कामकाजको भाषा नेपाली यहाँको सर्वाधिक प्रयोगको भाषा हुनु स्वाभाविक नै हो ।
यस प्रदेशको दोस्रो बढी वक्ता रहेको भाषा मगर हो । यस भाषाका वक्ताहरूको सङ्ख्या २,३७,५४५ अर्थात् ९.८८ प्रतिशत छ । प्रदेशको पहिलो भाषाका रूपमा रहेको मगर नेपालीका तुलनामा करिब सातगुणा कम वक्ता सङ्ख्या रहेको भाषा हो । यसलाई मगर ढूट वा मगर पाङ वा काइके पनि भनिएको पाइन्छ (पोखरेल, सन् २००९ ः मगर शब्दकोश) । यसका विविध भाषिकागत भेद पाइए पनि केन्द्रीय भाषिक रूप स्याङ्जा र पाल्पाकोलाई मानिन्छ (थापा, सन् २००९ ः केही शब्द) । शब्दकोश, व्याकरण निर्माण, साहित्य प्रकाशन आदि गतिविधिमा क्रियाशीलता पाइने यस भाषामा रेडियो नेपालको पोखराबाट समाचार, गण्डकी एफ.एम. र टेलिभिजनबाट पनि नियमित समाचार प्रसारण हुने गरेको छ । पहिले कानुङ खबर नामक मासिक पत्रिका प्रकाशित हुने गरेको तथा हाल पनि बिमलिक साहित्यिक पत्रिका त्रैमासिक रूपमा प्रकाशित हुने गरेको जानकारी मगर भाषाबारे अध्ययन अनुसन्धान गरिरहेका लोकबहादुर थापाबाट प्राप्त भएको छ ।
यस प्रदेशमा गुरुङ भाषी वक्ताहरूको सङ्ख्या २,१०,८८९ अर्थात् ८.७७ प्रतिशत रहेको छ । यस भाषाको मुख्य क्षेत्र गण्डकी र धवलागिरि हो । सबैतिरका गुरुङ भाषीहरू जम्मा भएकाले पोखरा गुरुङ भाषाको मुख्य केन्द्र बनेको छ । यो भाषा व्याकरण निर्माण, पत्रपत्रिका प्रकाशन, चलचित्र निर्माण, समाचार प्रसारण आदि दृष्टिले पनि उपयोगमा रहेको छ । नयाँ पुस्तामा गुरुङ भाषाको प्रयोग घट्दै गएको र कतिपय व्यक्तिले जातिगत आधारमा मात्र मातृभाषा गुरुङ लेखाएकाले पनि यथार्थ प्रयोगको स्थिति अझै कम रहेको अनुमान गर्न सकिन्छ । पोखरामा यस भाषामा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र, अन्नपूर्ण, गण्डकी र हिमचुली एफ.एम. तथा गण्डकी टेलिभिजनबाट समाचार प्रसारण हुने गरे पनि हाल आएर कतिपय कार्यक्रमहरू नियमित प्रसारणमा आउन सकेका छैनन् । साथै फाटफुट पत्रपत्रिकाहरूको प्रकाशन पनि भइरहेको छ ।
प्रदेशको चौथो बढी जनसङ्ख्या रहेको भाषामा नेवार रहेको छ र यसका वक्ताको सङ्ख्या ४१,६५७ अर्थात् १.७३ प्रतिशत रहेको छ । रञ्जना लिपिमा लेखिने स्नातकोत्तर तहको पठनपाठन हुने तथा साहित्य रचना, पुस्तकहरू र पत्रपत्रिकाको प्रकाशन, समाचार प्रसारण आदि दृष्टिले महत्त्वपूर्ण रहेको यो भाषा चलचित्र निर्माणका दृष्टिले पनि उल्लेख्य रहेको छ । अन्नपूर्ण एफ.एम.ले पहिले नियमित समाचार प्रसारण गरे पनि समाचार वाचन गर्ने जनशक्तिका अभावका कारण हाल प्रसारित गरिरहेको छैन । यसका अतिरिक्त पोखराया भिन्तुना पाक्षिक पत्रिका तथा मिन्तुना नामक स्मारिका बेलाबेलामा प्रकाशित हुनेगरेको छ ।
गण्डकी प्रदेशको पाँचौ क्रममा रहेको थारु भाषाका वक्ताहरू ३६,०१६ अर्थात् १.४९ प्रतिशत रहेका छन् । यो सबै विकास क्षेत्रका मधेस वा तराईमा फैलिएको छ र यस प्रदेशको नवलपरासीमा यसका वक्ता रहेका छन् । नेपालभरिकै चौथो ठुलो भाषाका रूपमा रहेको यस भाषामा शब्दकोशको निर्माण, व्याकरण लेखन, पत्रिका प्रकाशन आदि भाषिक गतिविधि अघि बढेका छन् ।
यस प्रदेशको छैठौँ स्थानमा रहेको तामाङ भाषाका वक्ता ३४,९९५ अर्थात् १.४५ प्रतिशत रहेका छन् । यो नेपालभरिमा चिनियाँ तिब्बती परिवारका भाषाहरूमध्ये सबैभन्दा बढी वक्ता रहेको भाषा हो । यस भाषालाई मुर्मी नामले पनि चिनिन्छ । यस भाषाका प्राचीन कृतिहरू तिब्बती लिपिमा लेखिएका भए पनि हिजोआज देवनागरी लिपिमा लेख्न थालेको पाइन्छ (ढकाल, २०६८ ः२६८) । नेपालमा बोलिने भाषामध्ये पाँचौ बढी वक्ता रहेको यस भाषामा पठनपाठन, चलचित्र निर्माण, समाचार प्रसारण आदि भाषिक गतिविधि बढिरहेका छन् । यसरी उपर्युक्त छवटा भाषाका वक्ताहरू एक प्रतिशतभन्दा बढी रहेका छन् भने बाँकी सबै कम अर्थात् भोजपुरी भाषाका वक्ता १०३९६ देखि १०९६ वक्ता सङ्ख्या रहेका खस भाषासम्मका छन् ।
यस प्रदेशका एक हजारभन्दा कम वक्ता रहेका भाषाहरूमध्ये पनि ५०० भन्दा बढी भाषाभाषी रहेका भाषाहरूमा ह्योल्मो (९२१), सेर्पा (७७८) सङ्केत भाषा (६६९), बङ्गला (५२२) गरी जम्मा चारवटा भेटिन्छन् । त्यसैगरी ५०० भन्दा कम र सयभन्दा बढी वक्ता रहेका भाषाहरूमा क्रमशः माझी, लिम्बु, तिबतेन, डोटेली, संस्कृत, अङ्ग्रेजी, ओरिया, वान्तवा, सुनुवार, उराउ, सन्थाली, अवधी, कुलुङ, जिरेल, मुसलमान, राजवंशी, राजस्थानी, याक्खा, पञ्जाबीलगायत अन्य भाषा पनि रहेका छन् । यी अल्पसङ्ख्यक वक्ता रहेका भाषाहरूमध्ये अधिकांश नेपालकै रैथाने भाषा रहेका छन् भने अङ्ग्रेजी, राजस्थानी, पञ्जाबीलगायतका कतिपय भाषा आगन्तुक रहेका छन् ।

गण्डकी प्रदेशका जिल्लाहरूको भाषिक स्थिति
गण्डकी प्रदेशमा हिमाली, पहाडी र मधेस वा तराईका गरी ११ वटा जिल्ला रहेका छन् । तराई वा मधेसमा पर्ने जिल्ला एउटा मात्र नवलपरासी हो । यहाँका ११ वटै जिल्लामा पनि बहुभाषिक समाजका विशेषता पाइन्छन् । यी जिल्लामा रहेका भाषाहरूमध्ये पहिलो, दोस्रो र तेस्रो बढी वक्ता सङ्ख्याको भाषिक स्थिति तलको तालिकामा पस्तुत गरिएकोे छ ।
तालिका २ जिल्लाका पहिलो, दोस्रो र तेस्रो बढी वक्ता रहेका भाषाहरू
क्र.सं. जिल्ला पहिलो सङ्ख्या दोस्रो सङ्ख्या तेस्रो सङ्ख्या
ज्ञ। गोरखा नेपाली ज्ञढठटटड गुरुङ टटण्द्दघ मगर ज्ञद्दटघज्ञ
द्द। लमजुङ नेपाली ढडघज्ञड गुरुङ द्धढढघढ तामाङ ज्ञज्ञण्द्धछ
घ। तनहुँ नेपाली द्दण्ण्द्दघट मगर टठद्दछद्द गुरुङ द्दटडद्दढ
द्ध। स्याङ्जा नेपाली द्दज्ञछण्डण् मगर द्धघटछद्ध गुरुङ द्दद्दद्धद्दज्ञ
छ। कास्की नेपाली घडटण्डघ गुरुङ छडछडढ मगर ज्ञण्ठडद्द
ट। मनाङ गुरुङ घठज्ञद्द नेपाली ज्ञघठद्ध तामाङ छछद्ध
ठ। मुस्ताङ नेपाली छद्धद्दछ ल्होपा द्दढद्दण् गुरुङ द्दटण्ट
ड। म्याग्दी नेपाली ज्ञण्ठण्ढज्ञ मगर द्दछज्ञद्ध खाम ज्ञज्ञद्धछ
ढ। पर्वत नेपाली ज्ञघद्धद्दघघ मगर टण्ण्द्ध गुरुङ द्धघछज्ञ
ज्ञण्। बागलुङ नेपाली द्दद्धठढठठ मगर ज्ञद्धटघघ खाम ज्ञघण्द्द
ज्ञज्ञ। नवलपरासी नेपाली ज्ञठद्दघठण् मगर ठडद्दद्दठ थारु घद्धज्ञण्छ
स्रोत ः राष्ट्रिय जनगणना २०६८, के.त.वि.

उपर्युक्त जिल्लागत भाषिक स्थितिका आधारमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामै सबैभन्दा बढी वक्ता रहेको भाषामा नेपाली देखापरेको छ । एउटा मात्र मनाङ जिल्लामा गुरुङ भाषा पहिलोमा परेको छ र त्यहाँ पनि दोस्रो धेरै वक्ता रहेको भाषामा नेपाली नै रहेको छ । साथै त्याहाँका भाषाभाषीको सङ्ख्या पनि थोरै नै छ । यस प्रदेशका ११ जिल्लामध्ये ६ वटा जिल्लामा मगर दोस्रो भाषाका रूपमा देखापरेको छ भने गुरुङ भाषा तिनवटा जिल्लामा दोस्रोमा रहेको छ । त्यसैगरी ह्लोपा भाषा एउटा मात्र मुस्ताङ जिल्लामा दोस्रो भाषाका रूपमा देखिएको छ । यस प्रदेशको जनसङ्ख्यामध्ये तेस्रो धेरै वक्ता रहेको भाषामा चारवटा जिल्लामा गुरुङ, दुई दुईवटामा मगर, तामाङ, र खाम तथा एउटामा मात्र थारु भाषा रहेका देखिएको छ । थारु भाषा नवलपरासी जिल्लामा मात्र तेस्रो बढी वक्ता रहेको भाषामा देखापरेको छ ।

गण्डकी प्रदेशका स्थानीय तहका भाषाहरू
गण्डकी प्रदेशभित्र महानगर, नगर र गाउँपालिका गरी जम्मा ८५ वटा स्थानीय तह रहेका छन् । ती तहमा रहेका मानिसहरूले बोल्ने भाषामा पनि विभिन्नता हुनु स्वाभाविक नै हो । यहाँ प्रदेशभरिका सबै स्थानीय तहमा सबभन्दा बढी वक्ता सङ्ख्या रहेको भाषा पहिलो, त्यसपछिको सबभन्दा बढी वक्ता सङ्ख्या रहेको दोस्रो तथा त्यसमा पनि बाँकी भाषामध्ये सबभन्दा बढी वक्ता सङ्ख्या रहेको भाषा तेस्रोमा परेको छ । सो विवरण तल क्रमशः प्रस्तुत गरिएको छ ।

तालिका ३ स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो बढी वक्ता रहेका भाषाहरू
क्र.सं. गा.पा.÷न.पा. पहिलो सङ्ख्या दोस्रो सङ्ख्या तेस्रो सङ्ख्या
गोरखा
ज्ञ। आरुघाट गा.पा. नेपाली ज्ञठण्डण् गुरुङ छज्ञज्ञद्द तामाङ ठद्धद्द
द्द। आजिरकोट गा.पा. नेपाली डडटछ गुरुङ द्धठढठ तामाङ ज्ञटघट
घ। भिमसेन गा.पा. नेपाली द्दण्ढटज्ञ उर्दू द्धछज्ञ नेवार द्दठद्द
द्ध। चुमानुब्री गा.पा. तामाङ घठडछ गुरुङ द्दघघछ ह्यल्मो÷योल्मो द्धटछ
छ। धार्चे गा.पा. गुरुङ ज्ञज्ञद्दढढ नेपाली ज्ञण्ण्द्द घले टज्ञद्द
ट। गण्डकी गा.पा. नेपाली ज्ञठटज्ञट मगर घछछट चेपाङ ज्ञद्दठद्द
ठ। गोरखा न.पा. नेपाली द्धद्दद्दछड गुरुङ ज्ञटढघ उर्दू ज्ञद्धण्ढ
ड। पालुङटार न.पा. नेपाली घद्धघद्दट तामाङ ज्ञडद्दघ मगर छटठ
ढ। सहिद लखन गा.पा. नेपाली ज्ञढठद्धज्ञ मगर ठज्ञटढ चेपाङ घछट
ज्ञण्। सिरामचोक गा.पा. नेपाली ज्ञडज्ञद्दड गुरुङ घटटद्द कुमाल ठज्ञछ
ज्ञज्ञ। सुलीकोट गा.पा. नेपाली ज्ञटज्ञण्ट गुरुङ छडद्दद्ध घले ज्ञढठढ
लमजुङ
ज्ञद्द। बेसिशहर न.पा. नेपाली द्दछद्धढट गुरुङ ढद्दटठ तामाङ द्दछघछ
ज्ञघ। दोर्दी गा.पा. गुरुङ डछघढ नेपाली टछटघ तामाङ द्दठघघ
ज्ञद्ध। दुधपोखरी गा.पा. गुरुङ टद्धडण् नेपाली द्दठटड तामाङ ज्ञद्धज्ञड
ज्ञछ। क्होँलासोतर गा.पा. गुरुङ टद्दटढ नेपाली घद्दघद्द ह्याल्मो÷याल्मो ज्ञटठ
ज्ञट। मध्यनेपाल न.पा. नेपाली ज्ञडठढघ गुरुङ घज्ञद्दद्ध नेवार टघढ
ज्ञठ। मस्र्याङ्दी गा.पा. गुरुङ डठघद्द नेपाली ठछद्धढ तामाङ द्दज्ञडद्द
ज्ञड। राइनास न.पा. नेपाली ज्ञद्धज्ञछद्द गुरुङ द्दढद्धघ तामाङ ढद्धद्ध
ज्ञढ। सुन्दरबजार न.पा. नेपाली ज्ञडठछट गुरुङ द्धद्दढट दुरा ज्ञद्दज्ञज्ञ
तनहुँ
द्दण्। आँबु खैरेनी गा.पा. नेपाली ज्ञघटछण् गुरुङ घज्ञद्धद्ध मगर द्दठटट
द्दज्ञ। बन्दीपुर गा.पा. नेपाली ज्ञज्ञघडघ गुरुङ छण्ण्घ मगर द्दज्ञद्दढ
द्दद्द। भानु न.पा. नेपाली घठघटठ गुरुङ घद्धज्ञछ नेवार ज्ञटठद्द
द्दघ। भिमाद न.पा. नेपाली ज्ञटण्घघ मगर ज्ञज्ञढण्द्ध नेवार ण्ज्ञटठठ
द्दद्ध। व्यास न.पा. नेपाली द्धछद्धडढ मगर ज्ञण्घण्ड गुरुङ द्धटछठ
द्दछ। देवघाट गा.पा. नेपाली ठज्ञज्ञद्ध मगर द्धद्धटछ गुरुङ घछद्धछ
द्दट। घिरिङ गा.पा. मगर ढद्दटढ नेपाली डद्दद्दघ नेवार ज्ञद्धछघ
द्दठ। म्याग्दे गा.पा. नेपाली ज्ञछण्ठण् मगर छण्ज्ञढ नेवार ज्ञटघण्
द्दड। रिसिङ गा.पा. मगर ज्ञटछण्द्ध नेपाली ठछघद्ध नेवार ठडट
द्दढ। शुक्लागण्डकी न.पा. नेपाली घछढघघ गुरुङ छण्द्धठ मगर द्धद्दढघ
स्याङ्जा
घण्। आँधीखोला गा.पा. नेपाली ज्ञछठडट गुरुङ टण्द्ध भुजेल ज्ञद्धठ
घज्ञ। अजुर्नचौपारी गा.पा. नेपाली ज्ञछण्द्दड गुरुङ ज्ञज्ञण्ज्ञ मगर ज्ञठ
घद्द। भिरकोट न.पा. नेपाली द्दण्ण्द्धद्द गुरुङ घढटठ मगर टज्ञद्द
घघ। बिरुवा गा.पा. नेपाली ज्ञण्द्दद्धद्द मगर छद्दण्द्ध गुरुङ द्दडडघ
घद्ध। चापाकोट न.पा. नेपाली ज्ञढढढद्द मगर द्धछठछ नेवार ज्ञज्ञण्ट
घछ। गल्याङ न.पा. नेपाली द्दछटण्ण् मगर ज्ञण्टण्ठ नेवार ढद्दण्
घट। हरिनास गा.पा. नेपाली ज्ञण्घद्धठ मगर छद्धढण् नेवार डघण्
घठ। कालीगण्डकी गा.पा. नेपाली ज्ञज्ञठडज्ञ गुरुङ ढद्धडण् नेवार द्दडट
घड। फेदीखोला गा.पा. नेपाली ज्ञण्छटद्द गुरुङ ज्ञटढछ नेवार घठ
घढ। पुतलीबजार न.पा. नेपाली घटडडद्द गुरुङ द्धज्ञज्ञद्द मगर द्दण्ठघ
द्धण्। वालिङ न.पा. नेपाली घठढठज्ञ गुरुङ टठठद्ध मगर छछण्ढ
कास्की
द्धज्ञ। अन्नपूर्ण गा.पा. नेपाली ज्ञढघछड गुरुङ घछघठ मगर द्दघण्
द्धद्द। माछापुच्छ«े गा.पा. नेपाली ज्ञठढद्दड गुरुङ द्दठण्ठ तामाङ ढठठ
द्धघ। मादी गा.पा. नेपाली ज्ञज्ञडघज्ञ गुरुङ छठद्धण् तामाङ द्दडठ
द्धद्ध। पोखरा म.न.पा. नेपाली घज्ञठद्धज्ञद्द गुरुङ द्धघडघढ मगर ढठघढ
द्धछ। रुपा गा.पा. नेपाली ज्ञज्ञज्ञघद्ध गुरुङ ज्ञढछण् नेवार छडद्ध
मनाङ
द्धट। चामे गा.पा. गुरुङ द्धद्धज्ञ नेपाली घघघ शेर्पा द्दण्छ
द्धठ। नारफु गा.पा. तामाङ घद्दट नेपाली ज्ञठद्द अन्य द्धण्
द्धड। नास्होङ गा.पा. गुरुङ ज्ञद्धज्ञघ नेपाली द्दण्द्ध शेर्पा ज्ञठघ
द्धढ। नेसहाङ गा.पा. गुरुङ ज्ञठठठ नेपाली द्दघठ तामाङ ठट
मुस्ताङ
छण्। बारागाउँ मुक्तिक्षेत्र गा.पा. गुरुङ ज्ञघढघ थकाली द्धघछ नेपाली घछछ
छज्ञ। डाल्मे गा.पा. ल्होपा ढडद्ध गुरुङ घद्दढ नेपाली छण्
छद्द। घार्पाजोङ गा.पा. नेपाली ज्ञडटठ थकाली ठज्ञट गुरुङ ज्ञढड
छघ। लोमाङथाङ गा.पा. ल्होपा ज्ञटटज्ञ गुरुङ ज्ञघद्द नेपाली टढ
छद्ध। थासाङ गा.पा. नेपाली द्दद्दद्दघ थकाली द्धद्दड मगर ज्ञज्ञढ
म्याग्दी
छछ। अन्नपूर्ण गा.पा. नेपाली ज्ञघण्ढछ खाम ज्ञण्ठ सङ्केत भाषा द्धघ
छट। बेनी न.पा. नेपाली घज्ञज्ञण्द्ध मगर ढद्धढ नेवार टघढ
छठ। धौलागिरी गा.पा. नेपाली ज्ञघघछट खाम टद्धद्ध सङ्केत भाषा ÷संस्कृत द्दठरद्दठ
छड। मालिका गा.पा. नेपाली ज्ञडडण्ठ मगर द्दटद्ध अन्य छण्
छढ। मङ्गला गा.पा. नेपाली ज्ञटण्ठठ मगर ज्ञघछ नेवार ज्ञछ
टण्। रघुगङ्गा गा.पा. नेपाली ज्ञघद्धण्घ मगर ज्ञण्द्धद्ध छन्त्याल ठडघ
पर्वत
टज्ञ। बिहादी गा.पा. नेपाली ज्ञद्दण्टज्ञ मगर डद्धट गुरुङ द्धघछ
टद्द। जलजला गा.पा. नेपाली द्दण्द्दघट मगर डटण् भोजपुरी टद्द
टघ। कुस्मा न.पा. नेपाली घठछडघ गुरुङ ज्ञज्ञद्दद्ध नेवार द्धछण्
टद्ध। महाशिला गा.पा. नेपाली ठडद्दद्द गुरुङ ज्ञघछण् मगर टछज्ञ
टछ। मोदी गा.पा. नेपाली ज्ञडटघज्ञ मगर ज्ञठठछ गुरुङ ठघण्
टट। पैंयू गा.पा. नेपाली ज्ञघछठड मगर ज्ञद्धण्ज्ञ गुरुङ घद्धठ
टठ। फलेबास न.पा. नेपाली द्दघठण्ण् नेवार घद्दछ गुरुङ घण्ठ
बागलुङ
टड। बढीगाड गा.पा. नेपाली द्दढद्धण्ट मगर ज्ञघज्ञद्द गुरुङ द्धड
टढ। बागलुङ न.पा. नेपाली छद्धज्ञज्ञद्द मगर द्दण्ठघ नेवार ज्ञज्ञद्दछ
ठण्। बरेङ गा.पा. नेपाली ज्ञघठढट मगर टछघ गुरुङ द्दद्द
ठज्ञ। ढोरपाटन न.पा. नेपाली द्दछण्टघ मगर छघठ छन्त्याल द्धण्ण्
ठद्द। गलकोट न.पा. नेपाली घज्ञद्दद्धद्द मगर ज्ञद्दडद्द कुमाल द्दज्ञघ
ठघ। जैमुनी न.पा. नेपाली द्दढडण्ट मगर द्दण्टघ छन्त्याल ज्ञछड
ठद्ध। काठेखोला गा.पा. नेपाली द्दद्दढडघ मगर द्दटडट छन्त्याल द्दडज्ञ
ठछ। निसिखोला गा.पा. नेपाली ज्ञढद्दठण् मगर द्दघद्दड खाम ज्ञद्दघज्ञ
ठट। तामाङखोला गा.पा. नेपाली ज्ञण्द्धद्दद्द छन्त्याल ज्ञडट मगर ज्ञछ
ठठ। ताराखोला गा.पा. नेपाली ज्ञण्ण्ण्ढ मगर ज्ञटठद्द छन्त्याल ज्ञठट
नवलपरासी
ठड। विनयी त्रिवेणी गा.पा. नेपाली ज्ञटज्ञठछ मगर ज्ञज्ञघण्छ भोजपुरी द्दद्दज्ञद्द
ठढ। बुलिङटार गा.पा. मगर ज्ञद्दद्दडद्ध नेपाली छण्ठण् खस ज्ञण्डछ
डण्। बुङ्दीकाली गा.पा. मगर ढठघज्ञ नेपाली छण्ठढ नेवार द्धज्ञठ
डज्ञ। देवचुली न.पा. नेपाली द्दठछज्ञट मगर डढज्ञट थारु द्दटछघ
डद्द। गैँडाकोट न.पा. नेपाली द्धद्धढढद्ध मगर ठछद्दण् थारु द्दद्दघड
डघ। हुप्सेकोट गा.पा. मगर ज्ञद्धडद्दठ नेपाली डटघड थारु ठघद्द
डद्ध। कावासोती न.पा. नेपाली घठण्छड थारु ज्ञद्धद्धटद्ध मगर द्धडठछ
डछ। मध्यविन्दु न.पा. नेपाली द्दठघटज्ञ थारु ज्ञघज्ञघज्ञ मगर डठघद्द
स्रोत ः राष्ट्रिय जनगणना २०६८, के.त.वि.

उक्त तालिकामा गण्डकी प्रदेशभित्रका ८५ वटा स्थानीय तहमा रहेका विभिन्न भाषाभाषी वक्ताको विवरण प्रस्तुत गरिएको छ । सो तालिकाका प्रत्येक स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो बढी वक्ता भएका भाषाको विवरण मात्र प्रस्तुत गरिएकामा नेपाली भाषी वक्ताहरू ८५ मध्ये ६७ तहमा पहिलोमा देखिएका छन् । त्यस्तै १४ वटा स्थानीय तहमा दोस्रो तथा तिनवटा स्थानीय तहमा तेस्रोमा परेको छ । यसबाट गण्डकी प्रदेशको सरकारी कामकाज, उच्च शिक्षासम्मकै पठनपाठनको माध्यम तथा अरु भाषाभाषी समुदायका बिच साझा सम्पर्कको माध्यम भाषा पनि बनेको हुनाले यहाँका सबै स्थानीय तहमा यसको प्रयोग अपरिहार्य बनेको देखिन्छ ।
गण्डकी प्रदेशभित्र दोस्रो बढी भाषाभाषी वक्ता सङ्ख्या रहेको मगर भाषा पाँचवटा स्थानीय तहमा पहिलो, २८ वटा स्थानीय तहमा दोस्रो तथा १२ वटा स्थानीय तहमा तेस्रो बढी वक्ता रहेको भाषा हो । त्यस्तै प्रदेशकै तेस्रो बढी वक्ता रहेको गुरुङ भाषा पनि नौ स्थानीय तहमा पहिलो, ३० वटामा दोस्रो तथा १० वटामा तेस्रो स्थानमा रहेको देखिएको छ । यसैगरी प्रदेशभित्रको चौथो बढी भाषाभाषी रहेको नेवार भाषा कुनै पनि स्थानीय तहमा पहिलो नम्बरमा नरहेको तथा दोस्रोमा एक र तेस्रोमा १२ स्थानमा बढी वक्ता रहेको भाषाका रूपमा देखापरेको छ । प्रदेशको पाँचौ बढी वक्ता रहेको थारु भाषा कुनै पनि स्थानीय तहमा पहिलो नम्बरमा नरहेको, दोस्रोमा नवलपरासीका दुई तहमा मात्र प्रयोगमा रहेको अनि तेस्रोमा तिनवटा स्थानीय तहमा मात्र रहेको तथ्याङ्क देखिएको छ । यसैगरी प्रदेशको छैठौँ बढी वक्ता रहेको तामाङ भाषा दुईवटा स्थानीय तहमा पहिलो, एकमा दोस्रो अनि १० स्थानीय तहमा तेस्रो बढी वक्ता रहेको भाषाका रूपमा देखिएको छ ।
गण्डकी प्रदेशका स्थानीय तहका उपर्युक्त भाषाबाहेक कम्ती वक्ता सङ्ख्या रहेका र सीमित स्थानहरूमा मात्र रहेका मुस्ताङको ह्लोपा (डालोमे र लोमान्थाङ) पहिलोसमेत रहनुका साथै उर्दू, थकाली, खाम, छन्त्याल, ह्योल्मो, चेपाङ, कुमाल, घले, दुरा, भुजेल, सेर्पा, भोजपुरी, खसजस्ता भाषाहरू पनि नगण्य सङ्ख्यामा तर स्थानीय तहका कुनैमा दोस्रो र कुनैमा तेस्रो बढी वक्ता भएका भाषाका सूचीमा समेत देखिएका छन् ।

विगतको भाषिक नीति
बहुभाषी मुलुक नेपालमा विगतका वर्षहरूमा कतिपय सन्दर्भमा नेपाली भाषालाई बढी महत्त्व दिएर नेपालका अन्य मातृभाषालाई हेला गर्ने काम नभएको होइन । यो कुरो पृथ्वीनारायण शाह र त्यसपछिका कतिपय शासकहरूले नेपालका अन्य भाषा प्रयोगलाई नियन्त्रण गर्न खोजेका तथ्यहरूले पनि बुझाउँछन् । पञ्चायत कालमा पनि एउटा भाषा एउटै भेषको नीतिले इतर नेपाली मातृभाषामाथिको उपेक्षा भएको कुरा स्विकार्नु पर्छ । त्यति मात्र होइन २०४६ सालको जनआन्दोलनपछि पनि काठमाडाँैमा नेपाली र धनुषामा मैथिली भाषाको स्थानीय प्रयोगमाथि अदालतले समेत बन्देज लगाएको यथार्थले प्रजातान्त्रिक शासन पनि इतर नेपाली मातृभाषाप्रति असहिष्णु रहेको प्रमाण दिन्छ । यी सबै हाम्रै नेपाली शासकीय चिन्तनका अनुदार नीतिका परिणाम हुन् । यसो हुँदाहुँदै पनि आजको नेपाली समाजको यथार्थ के हो भने यहाँ जे जति भाषा छन् तिनलाई नेपाली जस्तै प्रशासनिक र स्थानीय तहका विभिन्न माध्यममा प्रयोग गर्न असम्भव जस्तै नै छ । त्यो किन भने एक त नेपाली भाषाको जत्तिको अभिव्यक्ति सामथ्र्य ती भाषामा छैन अनि साथसाथै ती भाषाको बोध सामथ्र्य सीमित र आफ्नै मातृभाषी जनसमुदाय सबैमा पनि छैन । यहाँ गुरुङ र नेवार, थारु र तामाङ, अवधी र राजवंशी वा सेर्पा र थकाली आदि जुनसुकै भाषाभाषीका निम्ति आपसी सम्पर्कको माध्यम भाषा नेपाली नै रहेको छ । त्यसले पञ्चायत काल र त्यसअघि समेत इतर नेपाली भाषामाथि केही नियन्त्रणको नीति रहेको यथार्थ हुँदाहुँदै पनि नेपालका सबै भाषाभाषीका बिचको विचार विनिमय र भावना आदान प्रदानको माध्यम नेपाली नै रहेको र यसको महत्त्व अरु सबै भाषाको भन्दा बढी रहेको तथ्यलाई नकार्न मिल्दैन ।

वर्तमानको स्थिति र दायित्व
कुनै पनि समुदायको पहिचानको महत्त्वपूर्ण आधार भाषा हो र यसलाई नियमित प्रचलनमा नल्याइकन त्यसको प्रयोग विस्तार असम्भव नै हुन्छ । यहाँका सबै मातृभाषीले आआफ्ना मातृभाषाको प्रयोग र प्रसारमा व्यावहारिक रूपले नै ध्यान दिनु जरुरी छ । गण्डकी प्रदेशमा दोस्रो ठुलो रहेको मगर भाषामा स्याङ्जामा प्राथमिक शिक्षासम्म दिने गरिएको जानकारी प्राप्त भएको छ तर तेस्रो प्रमुख भाषा रहेको र करिब आफ्नो भाषाको केन्द्रस्थल पोखरा मानिएको गुरुङ भाषामा समेत प्राथमिक तहको शिक्षा दिने कार्यक्रम लागु गर्न सकिएको छैन । चौथो, पाँचौ र छैठौँ भाषाका रूपमा रहेका नेवार, थारु तामाङलगायतका भाषाको स्थिति पनि उस्तै नै छ । सरकारले तयार पारेका प्राथमिक तहका मातृभाषाका पाठ्यपुस्तकको उपयोग हुन नसक्तु र त्यसमा भाषिक अभियन्ताहरूले आआफ्ना भाषिक प्रयोक्तालाई सजग र संलग्न गराउन नसक्नु पनि ठुलो चुनौती बनेको छ ।
अहिले नेपालीबाहेकका समाचार प्रसारण गर्ने संस्थाहरू सम्बन्धित भाषाको जनशक्ति नभएर अप्ठेरो भइ रहेको बताइ रहेका छन् । त्यस्तै यी भाषाको बाहुल्य रहेका बस्तीका बालबलिकालाई नेपाली पढाउनकै लागि पनि सम्बन्धित भाषासमेत जानेको जनशक्ति हुँदा सहज हुनसक्छ । त्यसका निम्ति सरकारले पनि सम्बन्धित भाषाकै जनशक्तिको निर्माण गर्ने कुरामा ध्यान दिनुका साथै नेपालीसहित ती भाषामा समेत पहुँच भएको जनशक्तिलाई शिक्षणमा प्राथमिकता दिने व्यवस्थाका निम्ति पनि नीतिगत व्यवस्था गर्न जरुरी छ । हालका दिनहरूमा सबै भाषिक समुदायमा मातृभाषाको संरक्षणप्रतिको सचेतता जागेको र राज्यले पनि सबै भाषाप्रति समानता र उदारताको नीति लिएका कारण विकासको ढोका खुलेको छ । यसो हुँदाहुँदै पनि प्रयोगको व्यापकतामा आउन नसकेको अनि शैक्षिक, भाषिक एवं साहित्यिक गतिविधि शून्य वा न्यून भएको र कथ्यमा मात्र सीमित भएको भाषाको संरक्षण असम्भव भएको हुनाले यी पक्षमा प्रदेश सरकार, स्थानीय तह र भाषिक समुदाय सचेत भई लाग्न जरुरी छ ।

सरकारी कामकाज र शिक्षाको माध्यम भाषा
नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषाको गरिमा प्रदान गरेको छ र नेपाली भाषालाई सरकारी कामकाजको भाषा भनी प्रस्ट किटान गरेको छ । नेपाली भाषाका अतिरिक्त आफ्ना प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई प्र्रदेशको सरकारी कामकाजको भाषाका रूपमा निर्धारणका लागि भाषा आयोगको सिफारिसलाई आधार मान्ने कुरा पनि उल्लेख गरिएको छ । यहाँका जिल्लागत एवं स्थानीय तहगत भाषिक वक्ताको सङ्ख्या तथा यसले गरेका प्रकार्यका आधारमा नेपाली भाषा यस प्रदेशको पनि अपरिहार्य भइसकेको छ । अब प्रदेश र स्थानीय तहमा पनि नेपालीबाहेकको अर्को भाषाको प्रयोग सम्भव छ कि छैन भन्नेबारेमा बहस हुनु आवश्यक छ । त्यसका निम्ति केही पूर्वाधारतर्फ उन्मुख भएका र वक्ता सङ्ख्या पनि तुलनात्मक रूपमा बढी रहेका मगर, गुरुङ नेवार, थारु, तामाङ आदि भाषा नै यस प्रदेशका सम्भावित भाषामा पर्दछन् ।
हाल गण्डकी प्रदेशका सबै सरकारी कार्यालयहरूमा नेपाली र कतिपयमा अङ्ग्रेजी भाषाको प्रयोगसमेत भइरहेको छ । सरकारी कार्यालयमा गएर गर्ने गुनासामा मातृभाषामा जति सहज र खुलस्त कुरा प्रकट हुन सक्छ त्यति दोस्रो भाषामा हुँदैन नै । भावनात्मक पहिचान र राष्ट्रिय आत्मगौरवबोधका निम्ति पनि आफ्नै मातृभाषामा सरकारी कार्यसम्पादन गर्ने वातावरण मिलाउन सक्दा धेरै राम्रो हुने हो । यसले भाषाको विकासलाई पनि बल पु¥याउँछ । त्यसका निम्ति नेपालीबाहेक उस्तै उस्तै वक्ता सङ्ख्याका धेरै भाषा रहेकाले भाषिक द्वन्द्व र प्रशासनिक व्यवस्थापन चुनैतीपूर्ण छ । माथिका जिल्ला र स्थानीय तहमा वितरित भाषिक जनसङ्ख्याले त्यही कुरा झल्काएको छ । हालका निम्ति भने कतिपय स्थानीय तहका सरकारी कार्यालय वा अदालत आदि ठाउँहरूमा दोभासेको व्यवस्था गरेर भएपनि कार्यसम्पादनलाई सजिलो बनाउनु उचित देखिन्छ ।
नेपाली दोस्रो भाषा हुने तथा आफ्ना घरपरिवारमा भिन्न मातृभाषाको प्रयोग गर्ने बालबालिकालाई एकैचोटि विद्यालयमा गएर नेपाली माध्यममा पढ्नुपर्दाका अप्ठेराहरू पनि जटिल नै छन् । संविधानले बालबालिकालाई मातृभाषामा शिक्षा प्रदान गर्ने व्यवस्था गरेका सन्दर्भमा पनि सम्बद्ध समुदायका बालबालिकालाई ती भाषामा शिक्षा प्राप्त गर्ने वातावरण मिलाउनु आवश्यक भइसकेको छ । यी सबै प्रयोजनका निम्ति सम्बन्धित भाषाको लिपि, व्याकरण, शब्दकोशका साथै पर्याप्त व्यावहारिक जीवनसँग सम्बद्ध पाठ्यसामग्रीको निर्माण अत्यावश्यक पूर्वाधारका रूपमा रहेको छ । यस्ता पूर्वाधारको सक्षमताबिना सरकारी कामकाज र शिक्षाको माध्यमका रूपमा निर्णय गरेपनि व्यावहारिक कठिनाइका नयाँ समस्याहरू भोग्नुपर्ने हुन्छ । समाचार वाचन, पठनपाठन आदिमा समेत जनशक्तिको अभाव रहने गरेको वर्तमान परिप्रेक्ष्यमा उपर्युक्त भाषिक पूर्वाधारको निर्माणमा लाग्नु आवश्यक छ । सङ्ख्या केही कम रहे पनि स्नातकोत्तर तहसम्मको पठनपाठन नेपालमै हृुने नेवार भाषा पूर्वाधारयुक्त देखिन्छ भने सङ्ख्याका दृष्टिले मगर, गुरुङ भाषा नेवारभन्दा धेरै वक्ता भएकामा परे पनि मातृभाषामा प्राथमिक शिक्षासमेत नियमित हुनसकेको छैन । सामान्यतया वक्ताहरूको सङ्ख्या नगण्य रहेको र कथ्यमा मात्र सीमित रहेको भाषालाई व्यावहारिक रूपले पनि कुनै पनि तहमा कामकाज वा शिक्षाको माध्यम भाषा निर्धारण गर्न कठिन हुनसक्छ । यसैले भाषा आयोगले निर्धारण गर्ने मापदण्डमा पर्नका निम्ति पनि यस प्रदेशका नेपालीबाहेकका अरु भाषाको पूर्वाधार निर्माणका निम्ति मातृभाषाका भााषिक गतिविधि बढाउन र जनशक्तिको निर्माण गर्न आवश्यक छ ।

निष्कर्ष
बहुभाषिक मुलुक नेपालको गण्डकी प्रदेशमा पनि चार दर्जनभन्दा बढी भाषाहरूको प्रयोग भइरहेको छ र तिनमा ७३ भन्दा बढी प्रतिशत वक्ताहरूको मातृभाषाका साथै सबै नेपालीको विचार आदान प्रदानको माध्यम भाषा नेपाली नै रहेको पाइन्छ । यसैले यहाँ नेपाली भाषाकै प्रयोग व्यापक रहेको र शिक्षा, प्रशासन, साहित्य, भाषिक अनुसन्धान आदि सबै क्षेत्रमा यसकै बाहुल्य र प्रभुत्व देखिएको छ । यस प्रदेशको दोस्रो प्रमुख भाषा मगरमा व्याकरण, शब्दकोशको निर्माण, साहित्य लेखन तथा प्राथमिक शिक्षामा पठनपाठन पनि रहेको र करिब दस प्रतिशत (९.८८) वक्ताले मातृभाषाका रूपमा प्रयोग गर्ने गरेको पनि देखिएको छ । यस प्रदेशको तेस्रो बढी वक्ता रहेको गुरुङ भाषा पनि करिब नौ प्रतिशत (८.७७) वक्ताको मातृभाषा हुनुका साथै नेवार, थारु र तामाङ मातृभाषीको सङ्ख्या पनि प्रदेशभरिमा एक प्रतिशतभन्दा बढी मात्र रहेको देखिएको छ ।
जिल्ला र स्थानीय तहका प्रमुख भाषाको तथ्याङ्कमा नेपालीकै बाहुल्य छ र कतिपय तहमा अरु भाषाकै बाहुल्य देखिए पनि धेरै वक्ताहरूको उपस्थिति छैन । कतिपय सन्दर्भमा भाषिक अधिकार र संरक्षणको कुरा चर्कै हुने गरे पनि समुदायभित्र भाषा सिक्ने र प्रयोग विस्तार गर्ने व्यावहारिक क्रियाशीलताको अभाव रहेको पाइन्छ । सरकारले पाठ्यक्रम र पाठ्य पुस्तकको व्यवस्था गरे पनि प्राथमिक तहमा मातृभाषामा पठनपाठन पनि नियमित रूपमा हुन सकेको छैन । यस्ता कारणले सम्बन्धित भाषामा समाचार र अन्य कार्यक्रम सञ्चालनका निम्तिसमेत जनशक्तिको अभाव हुने गरेको छ । साथै अन्तर्राष्ट्रिय भाषाका रूपमा विस्तारित हुँदै आएको अङ्ग्रेजी भाषा र मनोरञ्जनका टेलिभिजन च्यानलमा प्रयोग बढाउँदै लगेको हिन्दीको प्रयोग विस्तार पनि स्वयं नेपाली र अरु राष्ट्रभाषाका निम्ति चुनौती बनिरहेको छ । यिनै प्रतिकूलतालाई चिर्दै गण्डकी प्रदेशमा नेपाली, मगर, गुरुङ, नेवार, थारु, तामाङलगायतका मातृभाषाको प्रयोग विस्तार गर्दै विलोपनको समस्या झेलि रहेका अन्य मातृभाषाको संरक्षण र संवर्धनका निम्ति पनि सम्बन्धित समुदाय र राज्यका विभिन्न तहले पहलकदमी लिन जरुरी देखिन्छ ।

सन्दर्भ सूची
उपाध्याय, यदुनन्दन (२०७०), कानुनी नेपाली, काठमाडौ ः नारायण ढकाल ।
केन्द्रीय तथ्याङ्क विभाग (२०६९), नेपालको राष्ट्रिय जनगणना २०६८, काठमाडौँ ः केन्द्रीय तथ्याङ्क विभाग ।
ढकाल, दुबिनन्द (२०७५), “गण्डकी प्रदेशको भाषिक स्थिति”, अन्नपूर्ण पोस्ट, २१ मङ्सिर ।
ढकाल, शान्तिप्रसाद (२०६८), सामान्य र प्रायोगिक भाषा विज्ञान, काठमाडौँ ः शुभ कामना प्रकाशन ।
थापा, लोकबहादुर (सन् २००९), “केही शब्द”, मगर (ढूट) खस अङ्ग्रेजी शब्दकोश, सम्पा. हिरासिंह थापा, काठमाडौँ ः नेपाल मगर संघ, केन्दीय समिति ।
नेपालको संविधान २०७२ (२०७२), काठमाडौँ ः कानुन किताब व्यवस्था समिति ।
पोखरेल, माधव (सन् २००९), “मगर शब्दकोश”, मगर (ढूट) खस अङ्ग्रेजी शब्दकोश, सम्पा. हिरासिंह थापा, काठमाडौँ ः नेपाल मगर संघ, केन्दीय समिति ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 7 जेठ, 2076

लेखकका अन्य रचनाहरु