गजल

- गङ्गा कर्माचार्य पौडेल

सम्झना हरपल आइरन्छ नि आँधीखोला
आँखाभरि तिम्रै तस्वीर छाईरन्छ नि आँधीखोला ।

लक्ष्मी र समुन्द्रको जस्तो तिम्रो मेरो नाता
जति टाढा उती माया लाईरन्छ नि आँधीखोला ।

अमृत जस्तो निर्मल जल हिरा मोतीको बगरमा
आकास बाट भुइँ कुहिरो धाइरन्छ नि आँधीखोला ।

श्रवणको तपोभूमि स्रष्टाहरुको जन्मभूमि
सुसाएर देशकै गीत गाइरहन्छ नि आँधीखोला ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु