आउन्

- मोहन सिटौला

दशौं लाख् पहिले (?)फुटी जब भयो यो अफ्रिका नामको
महादेश, भरी भए कि कहिने अष्ट्रालोपीथीउस
चारै लाख तिरै लिएछ स्वरुपै र वन्य मान्छे भयो
दुई लाख्तिर यो भएछ ठडिने खुट्टा दुई टेकने
वैज्ञानिकहरुले बताए सहजै होमोइरेक्टस् भनी
भने ती सवले र मानव त्यही यूरेशिया व्याप्त भो
फैलिंदा अनि घुमदा विकटमा एशिया—यूरोपमा ।

मिश्रै देश, भुमध्य सागर भरी र मध्य पूर्वै भरी
यूरोपै भरि, पूर्व उत्तर हुँदै चिनै र मङ्गोलिया
जापानै र रुशै पुगी अझ अघी बढी अलास्का पुगे
क्यानडा तटमा तरेर मनुवा सुदक्षिणै पौंचियो
फैलियो सहजै ती काल क्रममा ढाक्दै दुवै अम्रिका
क्यारिवियन क्षेत्रमा पनि पुग्यो यता सवै ढाकियो ।।

मध्यैपूर्व सुफैलिई अघि बढी तरेर काबुल नै
सिन्धू पार गरी हिमालय मुनी भारत् र नेपालमा
पुग्दै ती सव फैलिए सव तिरै विभिन्न छाट्काँटमा
पूर्वैदक्षिण चीनका नरहरू बर्मा र आसाम र
नेपालैतिर फैलिए समयमा विभिन्न जाति भए
कोही तिब्बतबाट दक्षिण झरे भूटान, नेपालमा ।

अफ्रिका तिरबाट त्यही मनुवा पूर्वै तिरै हेलियो
युर्गौं पूर्व दिशातिरै बढिरह्यो तरेर ती सागर
दक्षिण भारत औ श्रीलङ्क तिर औ इण्डोनेशिया तिर
पौंची दूर सुदर दूर तटमा अष्टे«ृलिया पारमा
सर्वत्रै फिंजिदै अनेक रँगमा, बान्की र अन्ह्वारमा !
फैलिए सवले गरे विविधका विज्ञानी , ज्ञानी कुरा
कला , कौशल, सिर्जना सुलतिका जालै सरी माकुरा
आयुर्वेद बढ्यो र तान्त्रिक बढ्यो, बढ््यो धनुर्वेद नै
आकाशी र भुगर्भ, धर्ती सतही, जलै, थलैमा पुगी ।
अग्ला, गोरा, राता, सेता र ठूला
खैरा, काला, होचा , डल्ला , पहेंला
जूँगा, दाह््री, लामा कपाल झ्याम्म
कैले, मुन्दे्र, छोटा, कर्लिࣿङ्ग् र सम्म
कुनै चिल्ला, दाह्री कैला कपाल
चेतै, भिन्नै चित्त, चरित्र, चाल
ज्ञानी, ध्यानी, सभ्य ,लीपी, सुशिल्पी
बस्थे कोही नित्यअन्धानुरागी
कोही यात्री शूर औ वीर जङ्गी
जित्ने विश्वै ? युद्ध विभीशीखाकी !
नानाचाल प्रिय, अप्रीय काल
बिन्त्थे, तै’नि सभ्यता फैलिरन्थ्यो
गर्थे राज्यै मानवी चेत फुल्थ्यो !
वैभिन्यैमा द्रोह, विद्रोह हुन्थ्यो
चालामाला भिन्न भै नै रहन्थ्यो !

यस्तै नै क्रममा मनुष्यहरुको वढ््यो इतिहास नै
उच्चा—नीच बने गती क्रमहरु शार्दूलविक्रीडित
पहाडी मृदु श्रृङ्खला शिखरिणी श्रीसभ्यता गामिनी
जस्तै चाल गरी युगानुयुगमा श्रीमालिनी, कामिनी

शालीनी ममतामयी हृदयकी श्रीसङ्गिनी दीप्तिनी
भाषा भाषमती, सुवास छरँदै श्री भाष्करै ज्ञानको
फैलियो कहिंता सुज्ञानपथको सुदर्शनै चक्रको
आभा मङ्गलकार दीप्त पथको वाह्यान्तरै बाल्छ जो !

प्ुानर्जागृतिका नवीन नितका अनन्तका चेतका
ज्वाला हुन् मनुवा, किशान गतिला यो सृष्टिका खेतका
पानी, सन्जल सिञ्चनी मुदुमयी बाला र बाली यहाँ
नित्यै उब्जनी नै गराई मलिलो धर्ती, प्रतीभा नयाँ
ल्याएका तिनले सुदूर पुरका खोजेर वास्ना, प्रभा
नाना पुस्पलता र कौशल, कला, सुसंंस्कृती झल्झला !

हाहाकार र हौटहौट दुनियाँ अत्तासिंदा बेगमा
कोलाहाल र काटमार गरदै लुछाचुँडी, नाशमा
मस्तै छन् बबुरा कठै अबुझमा ! यत्रो महाभीडमा
बीचैमा मृदु शान्त कान्त मनको रचेर कुञ्जै नयाँ
नौला सिर्जनशील ध्येय मनको एकान्तका ध्यानमा
मीठा नीर्जन मागँमा पदहरू चाल्दै र खिप्दै नयाँ
व्याख्या, बोध लिएर अल्मलहरू निदान गर्दै रहे
नाना जात र रङ्गका मनुहरू सङ्ज्ञानमा फैलिए !
दाना, झल्झल, सूक्ष्म, ज्ञान, गरिमा महानमा चम्किए !

अज्झै त्यस्ता नरविधुहरू धर्तीमा धेर आउन्
ल्याउन् भाका सुमधुर कला, दुरका नव्य आउन्
यो धर्तीका अलमल कुरा, साँगुरा अल्पताका
प्रवृत्ती ती अव दुर गरुन्, विश्वमा नव्यताका
वहुन् धारा नवयुगज प्रभा चन्द्रमाका सुधाका !

—अप्रकाशित ‘मेरो आठराई’ बृहत्काव्यबाट—काव्यकार)

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु