गजल

- डिल्लीप्रसाद अधिकारी

अलिकति मात्र उचालिनु बाँकी थियो
चुचुरामै रहिदिनु बाँकी थियो।।

कतैबाट श्रापित भएँ कि कसो
सबैबाट अझै सरापिनु बाँकी थियो ।।

आफैं बनिन सकिन उसले बनायो
आपत पर्दा समालिनु बाँकी थियो ।।

अपराध जानेरै गरें मैले अघि
बुझेरै अब सुधारिनु बाँकी थियोे ।।

कस्तो बलवती रहेछ नि समय
अब त खसालिनु बाँकी थियो ।।

नाम मात्रको घाम बनेंछु आफू
झलमल्ल कतै उज्यालिनु बाँकी थियो ।।

खसें, झरें आज बिरासतबाटै
कसैको दयाले उठिदिनु बाँकी थियो ।।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु