लुट कान्छा लुट

- आसना पौडेल

"लुट्न सके लुट कान्छा, लुट्न सम्म लुट; अरु देशमा पाइदैन, नेपालमै हो छुट !” क्यानाडाको व्यस्त मानिने टोरन्टोस्थित एउटा 'टिम होर्टन्स'मा फेसवुकमा भाइरलझै बनेको एउटा भिडियो अचानक घन्कन थाल्यो । हत्त न पत्त मोवाइललाइ साइलेन्ट मोडमा लग्दै एक युवा- 'सरी यार, अटोप्ले मोडमा रैछ, बजिहाल्यो, अरुलाइ डिस्टर्व भएर कम्प्लेन गर्लान भनेर बन्द गरेको ।'
अर्का युवा - 'ए, तर पशुपति शर्माले बजारमा नयाँ ल्याएको यो गित सुन्दै गर्दा त असाध्यै विरक्त लाग्यो यार ।'
'होनी, राष्ट्रप्रमुखसम्मको तस्वीर देखाँउदा शुरुमा त मेरो पारै तात्यो, यार । सरासर देशकै वेइज्जत होनी, होइन भन्त ? राष्ट्रप्रमुख अनि सरकारप्रमुखलाइनै लुटाहाको रुपमा देखाएर मानमर्दन गरेपछि त्यो कुर्सी र तेत्रो संघर्षले ल्याएका व्यवस्थाको धज्जी उडेन ?'
'छाड्दे यार, ए साच्ची तैले नेपालमा कती पढेको रे ?'
'नेपालमा त अंग्रेजी र समाजशास्त्रमा गरी डबल डिग्री गर्या हो नी । यूनिभर्सिटीमा पढाइन्थ्यो । के के न पाइन्छ, डलर कमाउने हो, भनेर पिआर अप्लाइ गरियो । पाएर आइयो पनि । अहिले बल्ल बल्ल क्लिनिंग र हाउस किपिंगको काम भेटिएको छ । सिक्दै छु ।'
'अनि किन त, पढिनस् ? पढ्या भएत राम्रो जागिर पाइन्थ्यो होला ?'
'ग्रयाजुएशन प्रोगाम ज्वाइन गर्न अंग्रेजी पुगेन यार, टेक्निकल विषय पढ्न म्याथ र साइन्स त्यो पनि हाइस्कूल लेभलको अपग्रेडिंग गर्नुपर्नेरे, अब विस्तारै गर्ने सोच्दैछु । यहाँ नपढी राम्रो करियर नबन्ने रहेछ ।'
'अनि तेरो डिग्री लेभलको एजुकेशन त यहाँ धेरै कममात्रको हुन्छ । तँ पनि राम्रो जागिर ट्राइ गर्न ।'
'कथा अर्कै छ यार, नेपालको लेभलले यहाँ पुग्दैन, पत्याउदैनन् पनि हामि एशियनलाइ । ल्यांग्वेज, स्किल्स, प्रोफेसनल् एटिक्वेट, अरु त अरु- बडी ल्यांग्वेज देखेर पनि पत्याउदैनन् । डायमण्डकट् गरेजसरी हायर गर्छन् । त्यसमाथि प्रोफेसनल जबहरु निकै च्यालेन्जिंग हुन्छन् । कन्फिडेन्स र पर्फर्मेन्स देखाउन सकेन भने भोलिनै कामबाट फायर गर्छ ।'
'अनी क्लिनिंग र हाउसकिपिंगको कामचै कस्तो छ नी ।'
'ठीकै छ यार, एउटा त फूलटाइम छ, अर्कोमा पनि शिफ्ट मजाले पाइराखिएको छ ।'
'कत्तिको इन्जोय गरेको छस् त?'
'ठिकै छ यार, कमाइ राम्रो हुन्छ, फेरी धेरै नयाँ कुरा सिकिराखेको छु । कति कुरा च्यालेन्जिंग पनि छ ।'
'नेपालमा तेत्रो पढेको, त्यो स्ट्याटस्मा पुगेको मान्छे, अप्ठेरो लाग्दैन ? '
'शुरु शुरुमा त हिनताबोध हुन्थ्यो। तर आफूभन्दा धेरै पढेकाले समेत नलेज र स्किल्स नपुगेर यति पनि नभेटेको देखेपछि चित्त बुझ्न थालेको छ ।'
'तेरो लेभलको नलेज र स्किल्सको त यहाँ यो हविगत छ भने एकपटक हाम्रो देशमा प्रमुख जिम्मेवारी लिएका र लिन आतुर अनुहारहरु सम्झी त ।'
'हो नी यार, कल्पना गर्त । एकपल्ट हाम्रा देशका मन्त्री, प्रधानमन्त्री सचिवलाइ यहाँ ल्याएर छाडिदिने हो भने, के गरी खालान्, कस्ले पत्याउला ? अब हाम्रोमा लाटो देशमा ...तन्नेरी बनेका छन् ।'
'मान्छे बन्छन् यार, शुरुमा त तिनले यहाँ क्लिनर र सेक्युरिटी पनि भेट्दैनन्, अपग्रेडिंग गरेर तालिम लिन सके भने सर्भाइभल जब मुश्किलले भेट्लान्की ! भनेपछि देश कस्ताको हातमा छ हेर्त ?'
यहाँ त लिडरसिप लिन, सुपरभाइज गर्न अनि सस्टेन हुन कति मेहनत गरेर अपडेट हुनुपर्ने, है ?
कुनै विशेष क्षमता नभइकन कसैको श्रीमती भएको भरमा वा जेलमा लामो समय काटेको भरमा, पदमा पुग्ने, ओगट्ने, कामभन्दा बढी डिंग हाक्ने, सुविधाभोगि हुनेलाइ भन्ने चै के त? ठिकै हो, लुट कान्छा लुट!

क्यानडा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु