‘अल्टिमेट आकाश’ पढेपछि

- दिनार रनादी

यथार्थताको थालमा स्वैरकल्पनाको बिस्कुन सुकाएर अ†रहरुको विभिन्न परिकार बनाइ पुस्तकाकाररूपमा पाठक सम† प्रस्तुत गर्ने साहित्यको एक विधालाई उपन्यास भनिन्छ । कुनै ठूला विद्वानले उपन्यासको बारेमा गरेको यो परिभाषामा दम छ भने सन्तोष लामिछानेले “अल्टिमेट आकाश” उपन्यास पाठकसामु पस्केर दमदार काम गरेका छन् । परदेशमा बसेर नेपाली साहित्यको औपन्यासिक विधामा राम्रो उपन्यास लेखेर पु¥याएको गहकिलो योगदानको लागि लेखकमा हार्दिक नमन गर्दछु ।
यस दुनियाँमा सर्वज्ञ कोही छैन र हुँदैन पनि । न्युटनलाई देवाधिदेव महादेव पशुपतिनाथको वर्णन गर्नुहोस् भनी अनुरोध ग¥यो भने न्युटन ट्वाँ पर्नेछन् । गाउँको कुनै पौरखी किसानलाई न्युटनको बारेमा सोधेमा को न्युटन ? भनी उल्टै प्रतिप्रश्न गर्नेछन् । त्यसैले यस दुनियाँमा कोही सर्वज्ञ छैन र हुँदैन । कसैलाई लाग्न सक्छ ’मेरो आकाश पूर्ण छ’ तर त्यो सोच एक पक्षीय मात्र हुनेछ किनकि प्रत्येक मान्छेले देख्ने भोग्ने ‘आकाश’ आधा मात्रै हो; अर्ध हो । अन्तर्मनको आकाश मात्रै पूर्ण आकाश हो ।
“अल्टिमेट आकाश” यस्तै उडानमा रचिएको, कथिएको वर्तमान परिवेशको कथाव्यथा हो । यो कथा तपाईँ हामी सबैको हो । विभास र नीलम यसका प्रतिनिधि पात्र मात्रै हुन् । बाह्र कक्षा पढ्न लागेका र पढिसकेका सारा नेपाली युवा जमातको सालाखाला यथार्थ वास्तविक कथाव्यथा हो “अल्टिमेट आकाश” ।
सन्तोëको यो पहिलो उपन्यास हो र उपन्यासमा दर्जनभन्दा बढी पात्रहरु छन् जो यस दुनियाँमा देखिएका भोगिएका हाम्रै वरिपरिका यथार्थ पात्रहरु हुन् । उपन्यास सिन्धुपाल्चोकतिरको एउटा साधारण नेपाली विद्यार्थीको दैनिकीबाट सुरु भएर अमेरिकाको सानफ्रान्सिस्को हुँदै नेपालमै पुगेर अन्त्य हुन्छ । उपन्यासका मुख्य पात्र ‘विभास’ समय र परिस्थितिको घनचक्करमा बत्तिँदै–हुित्तँदै उच्च अध्ययनको सिलसिलामा अमेरिका आइपुग्छन् । अवसरहरुको राजा सपनाको यस देशमा विभास धेरै दुःख कष्ट भोग्छन् । पढेर बाँच्न धेरै पापड बेल्छन् । ड्रग्सको लतमा पर्छन् । सेक्सको रापमा रापिन्छन् । ट्युसन ˚फी र कामको छटपटीमा भुटभुटिन्छन् । तर, आफ्नो मुख्य लक्ष्य विभास कहिल्यै भुल्दैनन्; बिर्सँदैनन् – त्यो हो आफ्नो पढाइ पूरा गर्ने लक्ष्य र अन्त्यमा विभास आफ्नो लक्ष्य पूरा गरी छाड्छन् । हन्डर, ठक्कर र घात–प्रतिघातलाई छिचोल्दै आखिरीमा विभास भौतिक स©लताको शिखरमा पुगेरै छाड्छन् ।
शिखरबाट जब विभास आफ्नो जीवनलाई फर्केर नियाल्छन्; उनलाई आफूले बाँचेको जीवन, आफूले ओढेको आकाश अपुरो लाग्छ; अधुरो लाग्छ । त्यसैले, अन्तमा आफ्नो अन्तर्मनको भावना यसरी पोख्छन् – ‘कहाँ बाँच्नुसँग भन्दा कहाँ मर्न चाहनुसँग आफ्नो अन्तहीन सम्बन्ध हुँदो रहेछ । त्यही अन्तर्मनको आकाश नै पूर्ण आकाश रहेछ, अल्टिमेट आकाश रहेछ ।’
नेपाली माटोमा पहिलो सास लिएर जो जन्मिए; हुर्किए; बढे र परिस्थितिवश अवसरको खोजीमा जो परदेशी भए ती सबैको एउटै इच्छा, आकाङ्क्षा र सपना हुन्छ – आफू बाँचेको अर्ध आकाशलाई पूर्ण आकाश बनाउने । हो यही यथार्थको धरातलमा कल्पनाको बुट्टा हालेर रुमानी शैलीमा बुनिएको तानाबानाको समष्टि रूप हो – “अल्टिमेट आकाश” । “अल्टिमेट आकाश”–मा नेपाली घरदेश छ; अमेरिकी परिवेश छ । गरिबीको मार छ । सपनाको धार छ । मिहिनेत गरे के पाइँदैन – जीवनको सार छ । यो हामी सबैको कथा, व्यथा र यथार्थता हो ।
सन्तोëको पहिलो कृति ‘चामल खानेहरु र चौलानी पिउनेहरु’ पढ्नुभन्दा अगाडि नै मैले सन्तोëलाई राम्रो सम्भावना बोकेको कविका रूपमा चिनिसकेको थिएँ । तर, गद्यमा पनि उनको यति राम्रो कलम चल्छ भन्ने मलाई थाहा थिएन । एक दिन कुरैकुरामा उनले आफूले एउटा उपन्यास लेख्दै गरेको कुरा मलाई बताएपछि मैले प्रत्येक भेटघाटमा उपन्यासको बारेमा खैखबर गर्न छाडिनँ । नभन्दै सेप्टेम्बर सङ्व्रmान्तिको दिन १८० पेजको ए फाेर साइजमा टाइप गरिएको उपन्यास उनले मलाई मनोना टेरेसको छतमा भेटेर दिए र सकभर चाँडै प्रतिव्रिmया पाउन पनि अनुरोध गरे । म खुसीले रोमाञ्चित भएँ । उपन्यासका सबै पात्रहरुसँग करिब दुई हप्ता अन्तरङ्ग संवाद गरेँ । विभास र नीलमसँग धेरैचोटि कफी पिएँ । लाक्पालाई माया गरेर सिरानीमा राखेर धेरै दिन सुतेँ । अथिना र पाओलासँग मस्किँदै रमाउँदै रोमाञ्चित हुँदै धेरैचोटि ख्यालठट्टा गरेर अथिनासँगको प्रेम प्रस∙ले म हर्षविभोर र बिछोडले व्यथितकुण्ठित भैरहेँ । बिरामी आमालाई उपचार गरेर अमेरिका ल्याउने आशामा काठमाडौँ एयरपोर्टबाट ओर्लिएको विभासकी आमाको मृत्युको खबरसँग म धेरै भावुक भएर रोएँ – किनकि यो मेरो पनि यथार्थ कथा हो । जीवनको यो कटु भोगाइ हो ।
प्रस्तुत उपन्यासमा झन्डै एक–चौथाइ जति संवादहरु अङ्ग्रेजी लवजमा छन् । नेपाली भाëाका केही पाठकका लागि यो अपाच्य हुन सक्छ तर उपन्यासले सृजिएको अमेरिकाको परिवेशमा यसका अङ्ग्रेजी संवादहरु सहज र स्वाभाविक लाग्दै जान्छन् ।
“अल्टिमेट आकाश”–मा औँसीको रात मात्र होइन, पूर्णिमाको जून पनि छ । नेपाली राजनीतिको दुर्गन्ध मात्र होइन, माटोको सुवास पनि छ । जीवनको खाका मिहिनेत, इमानदारिता र आफ्नो इच्छाले मात्रै होइन; नियतिले पनि निर्धारण गर्दाे रहेछ भनी “अल्टिमेट आकाश” पढिसकेपछि छर्लगै हुन्छ । ग्याँस स्टेसनको आर्मड रबरीमा विभासको एउटा कपाल पनि झर्दैन तर त्यस्तै अर्को घटनामा मीठो सपना बोकेर अमेरिका छिरेका सम्राट्को इहलीला समाप्त हुन्छ ।
संसारमा डड्ढा पिटी हिँड्ने अमेरिकाको सान, मान र रबा˚भित्र ड्रग्सको दुव्र्यसन, धनी–गरिबको चरम असमानता, बन्दुकको समस्या आदि अँध्यारा पाटाहरु छरपस्ट उदिनिएका छन् “अल्टिमेट आकाश”–मा ।
“अल्टिमेट आकाश”–मा बग्दा यसभित्रका पटकथा, संवाद, घटना र परिदृष्यहरु कुनै सिनेमाको दृष्य हेरेझैँ लाग्छ । ठूलो पर्दाको चलचित्र “बिजुली मेसिन”–को निर्माणमा अहं भूमिका खेलेका सन्तोषले कुनै दिन “अल्टिमेट आकाश”–लाई चलचित्रमा ढालेर ठूलो पर्दामा हामीमाझ प्रस्तुत गरे भने मलाई अचम्म लाग्ने छैन ।
नेपाली भाषा साहित्यमा सन्तोëका कलम जति तिखा र मिठा छन् त्यत्तिकै राम्रा र ओजिला छन् सन्तोëका अङ्ग्रेजी भाëा लेखन पनि । ’चामल खानेहरु र चौलानी पिउनेहरु’का केही कविता अङ्ग्रेजीमा पनि अनुवाद गरेर अङ्ग्रेजी भाषाप्रतिको दखल सन्तोषले प्रमाणित गरिसकेका छन् ।
“अल्टिमेट आकाश”–मार्फत नेपाली युवा समुदायको वर्तमान जल्दोबल्दो कथाव्यथा नेपाली भाëामा रोमाञ्चक तरिकाले लिपिबद्ध गरेर डायस्पोरिक नेपाली साहित्यमा सन्तोषले ठूलो गुन लगाएका छन् । उनको यो सत्प्रयासको भविष्यमा सबै †ेत्रबाट राम्रो मूल्याड्ढन हुनेछ भन्ने मैले विश्वास गरेको छु ।

म्याडिसन, विस्कनसिन

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु