गजल

- युवराज भण्डारी

आउ समिपै सुन प्रिये मेरो पुकार
तिमी रानी मनको तिमी सरकार ।

कती दिनहरु कालो अन्ध्यारो रहयो
तिमी हुँदा उज्यालोको छैन दरकार ।

म कता कता पुगेछु भुलेर तिमी
तिमी बिना शुन्य भयो मेरो आकार ।

तिमी मोती हौ सिपी म यदी भए
तिमी बिना बिरानो हुन्छ संसार ।

नेपाल, जीबन अनी प्रेम कती महान
तर तिमीबिना हर चिज हुन्छ बेकार ।

डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु