मर्मस्पर्शी यथार्थ चित्रण भएको कृति “अल्टिमेट आकाश”

- राजेन्द्रप्रसाद अर्याल

अमेरिकाको म्याडिसन सहरमा आयोजित कविता वाचन कार्यक्रममा छ–सात वर्ëपहिले भेट भएको हो – कवि सन्तोë लामिछानेसँग । उनको पहिलो कृति ‘चामल खानेहरु र चौलानी पिउनेहरु’ कवितासङ्ग्रहका माध्यमबाट सन् २०१४–मा नेपाली साहित्यले कोसेली पायो ।
यसरी कविका रुपमा आफ्नो परिचयको आभालाई प्रज्वलित गर्दै आएका सन्तोëले दुई वर्षपहिले धेरैले नसोचेको सिनेमाको विधामा ‘बिजुली मेसिन’ नामक नेपाली चलचित्रको निर्माणमा सहभागी भएर कलाको क्षेत्रमा पनि आफ्नो अनुराग भएको प्रमाणित गरे ।
व्यÏिगत रूपमा भन्नुपर्दा मैले चिनेको सन्तोë लामिछाने मिहिनेत, पसिना र परिश्रमको रङ्ग बुझ्ने अनि सुस्केराभित्रका यावत् यथार्थलाई आँकलन गर्न सक्ने, बहुप्रतिभा र क्षमता भएका युवक हुन् ।
हाल मेरो हातमा उनको नवीनतम कृति “अल्टिमेट आकाश” उपन्यासको पान्डुलिपि छ र म त्यसलाई पढ्ने क्रममा ओल्टाइ–पल्टाइ गरिरहेको छु । “अल्टिमेट आकाश” सन्तोëको पहिलो उपन्यास भए तापनि यसमा प्रयुक्त संवाद, भाषशैली र उनको कल्पनाको कायालाई हेर्दा, उनी अनुभवी उपन्यासकारजस्तै लाग्छन् ।
यस उपन्यासको परिवेशचित्रण स्पष्ट छ । नेपाल र अमेरिकाको सेरो˚ेरोमा कथावस्तु विकसित भएको र घुमेको पाइन्छ । नेपाली जनमानसमा अझै विशेëतः विद्यार्थीहरुमा देखिएको विदेशमोह र नेपालले भोग्दै आएको ब्रेनड्रेनको विकराल आवस्थालाई यस उपन्यासमा देखाइएको छ । देशको बिग्रँदो आर्थिक अवस्था तथा व्यवस्थापकीय पक्षको पनि राम्रै चिर˚ार छ ।
अमेरीकी जीवनपद्धति, व्यÏिगत स्वतन्त्रता, विविध सामाजिक संरचनाहरुको विëयमा पनि ज्ञानविलास गर्न सकिन्छ । अमेरिकी समाजमा कामको महङ्खव र त्यसप्रतिको समर्पण, एउटा विद्यार्थीले स्वआर्जनबाट अध्ययनप्रतिको निरन्तरतामा भोग्नुपरेका हन्डर–ठक्कर र ब्योहोर्नुपरेका सङ्घर्ëको कथालाई कलात्मक ढङ्गले उजागर गरेको पाइन्छ ।
नेपाली युवा पुस्ताको चरित्र–चित्रणको एउटा दस्ताबेज पनि हो – “अल्टिमेट आकाश” । जहाँ तन्नेरीहरुबीचमा हुने मायामोह, मानवीय प्रेमप्रणय र यौनिक घटनाहरुको मात्र होइन; उनीहरुको संगत, खानपान, बसाइ र आम्दानी–आयस्ताका साथै बानीब्यहोराहरुको चित्रणसमेत गरिएको छ ।
‘प्रवासी’ उपनाम अनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नुपर्ने नियतिलाई आफूले आर्जन गरेको पैसाले कहिल्यै फेर्न नसक्ने कुरामा निश्चिन्त छन् प्रवासी नेपालीहरु । उनीहरु धेरैजसो जन्मभूमिकै कुरा गर्छन् । आफ्नै देशलाई सिरानीमा राखेर सुत्छन् अनि सपना पनि त्यतैको देख्छन् । तैपनि, अमेरिकामा पाएको अवसरलाई छोडेर देश ˚र्कनै चाहिँ सबैले सÏैनन् भन्ने कुरालाई बडो मार्मिक तथा भावानात्मक ढङ्गले प्रस्तुत गरेका छन् सन्तोëले ।
सन्तोëको उपन्यास लेखन छुट्टै किसिमको छ । भाëा सरल र मृदु छ । एकदुई शब्दहरुबाहेक पूरै उपन्यास शिष्ट पनि छ । ती एकदुई शब्दहरु हटाएको भए पनि हुने भन्ने जस्तो पनि नलाग्न सक्छ । किनभने प्रयोगको प्रसंग, प्रयोगकर्ताहरुको उरन्ठेउलो उमेर, साथीसंगी यार, हाइदोस्तीबीचको झर्रो संवाद भएको हुँदा ती शब्दहरु सान्दर्भिक र घतिला नै लाग्न सक्छन् पाठकहरुलाई ।
जहाँसम्म सुबोधको कुरा छ, अमेरिकी परिवेश चित्रणका पात्रहरु गैरनेपालीभाëी पनि रहेका र उनीहरुसँगको अङ्ग्रेजी संवादलाई देवनागरी लिपिमा उल्लेख गरिएको हुँदा पढ्न त सबैले सकिन्छ तर अङ्ग्रेजी भाषाको थोरै पनि ज्ञान नभएका पाठकहरुलाई भने बोधगम्य हुँदैन ।
जन्मेको, हुर्केको भूमि यानि कि माटोसँग मान्छेको यति गाढा माया गाँसिएको हुँदो रहेछ कि त्यसले चुम्बकले झैँ तानिरहँदो रहेछ । कहिल्यै छुट्टिन नदिँदो रहेछ । यो उपन्यासका मूलपात्रहरु विभास र निलमले जीवनको उत्तरार्धमा त्यो अनुभूत गर्छन् र दसौँ लाख अमेरिकी डलरको आम्दानी त्यागेर आफ्नै प्यारो माटाको सुगन्ध रोज्छन् । पुर्खाको गाथा लेखिएको आफ्नै देश फर्कन्छन् । अनि त्यही चिरपरिचित आफ्नै भूमिमा आत्मशान्ति पाउँछन् – जुन मानिसको लागि सर्वश्रेष्ठ प्राप्ति हो । अन्तिम आनन्द हो ।
उपन्यासका प्रमुख पात्रहरुले परदेशमा शिक्षा, सिप, अनुभव र धन आर्जन गरे पनि आखिर आफ्नो देश फर्केपछि मात्र आफ्नो अन्तरमनको अल्टिमेट आकाशलाई पूर्ण पाउँछन् – त्यसैले राष्ट्रप्रेमको सुखान्त परिणतिमा उपन्यास मिठोसँग टुङ्गिएको छ । भन्न सकिन्छ – यस उपन्यासमा लेखकको सकारात्मक सोच, आशावादी दृष्टिकोण र राष्ट्रवादी भावना प्रचुर मात्रामा झल्केको छ । स्वनाम र स्वआनन्दको लागि लेखिएको नभई समाज र राष्ट्रलाई अग्रगति प्रदान गर्ने दिशातर्˚ परिलक्षित छ भन्न सकिन्छ यो उपन्यास ।
यस उपन्यासमा केही अपुग कुराहरु वा कमीकमजोरीहरु हुन सक्लान् तर कविशिरोमणि लेखनाथ पौडेलले भनेझैँ – ‘दबिन्छन् गुणीका दोë गुणको रासमा परि’ भएका छन् ती ।

गोरखा बजार ।
हालः– म्याडिसन, विस्कनसिन, अमेरिका ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु