गजल

- डिल्लीप्रसाद अधिकारी

अझै अलिक वर तिमी सरेकोले मजा लाग्यो
छुने गरि माया गर्दा, गरेकोले मजा लाग्यो।

अहो कस्तो वासनाको आनन्दमा डुबें
मोहनीमा परें हजुर ! परेकोले मजा लाग्यो ।

समय यो थोरै लाग्छ तिमीसित हुँदा
दुःखहरू सबै सबै टरेकोले मजा लाग्यो।

भूइंचालो नै हो कि जस्तै तिमी जब आयौ
आनन्दमा मन मेरो चरेकोले मजा लाग्यो।

पुग्नुपर्ने पारी गाउँ एक्लै थिएँ आफू
तिमी आयौ सँगै खोला तरेकोले मजा लाग्यो।

आँधीबिच परे पनि साथै थियौं हामी
तिमीले हो, केशराशी छरेकोले मजा लाग्यो ।

अङ्गालोमा बाँधिएर एकै भएपछि
अहंकारी डिल्ली मरेकोले मजा लाग्यो ।।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु