प्रत्यक्ष देखेको अप्रत्यक्ष चिनजानको छिमेकी

- डिग बहादुर तामाङ्ग

हाम्रा कर्मभूमिकोअमेरिकाको मेरिल्याण्ड राज्यको गेथेस्बुर्ग सहर घरछेउमा एउटा यहुदि परिवार बस्थे हामीलाई थाह हुदैन थियो उनिहरुको नाम के हो । श्रीमान जहिले पनि बाहिर हिँडडुलको समयमा म बाहिर आगनमा घाँस काटने समयमा उनिसग अलि टाडाबाट देखादेख हुन्थ्यो हामीहरु टाउन होममा बस्थ्यौं । टाउन होम भनेको वारीपारी घरहरुको लाइन बिचमा बाटो आगनमा गाडी पार्क गर्ने ठाँउलाई भन्दो रहेछ । नाम कहिले पनि सोधिएन तर हातको ईशाराले हेल्लो र हाईको सम्बाद हुन्थ्यो हाम्रो । उनका एक छोरा एउटी छोरी हाम्री दुइटी छोरीहरु एउटै हाई स्कूलमा पढ्दा थिए । स्कूलको नाम थियो गेथेस्बर्ग हाईस्कूल, मेरिल्याण्ड राज्य, अमेरिका । हाम्री दुइटी छोरीहरुले क्रमश १९९५ र १९९७ यहाँको “प्रेसिडेनसियल” अवार्ड सहित हाईस्कूल पास गरेर छात्रबृद्धि पाएर कलेज पढन गए । यहुदीको छोराले १० कक्षामै कोरनेल विश्वविद्यालयमा छात्राबृद्धि पाएर पढन गयो । उनको छोरालाई हामीले कहिले देखेनौं ।

छोरी घरमै थिइन आमा बाबुसंग बस्थी । दुइचार बर्षपछि, हाम्रा पत्र मन्जुष बाकस निर भेट भयो छिमेकी यहुदी संग । मैले गुडमर्निङ हाउ आर यु ? नमस्ते तपाईलाई सन्चै हुुनु हुन्छ भने । छोरा कहाँ छन भनेर सोधें । उनको छोरा राम्रो जागिर पाएर स्वीजरल्याल्याण्ड बस्दो रहेछ । मैले छोरी नि भनेर सोधे हाम्री छोरी पनि तपाईकी छोरीहरु जस्तै गरि आमा बाबुसंगै बस्ने चलन छ ग्याब्रियल अहिले बाहिर गएकी छन् । यसरी एक साल दुई साल गन्दै जाँदा ३० बर्ष भैसकेको थियो । हाम्रो छिमेकी यहुदीसंग उनि दिनमा चारपाँच माइल हिँडने गर्थे । म ३ माईल जति बिहान दौडिने गर्थे । एक समय अघि देखि मेरा यहुदी छिमेकीले दारीजुँगा नकाटेर हिँडेको देखेँ । अमेरिकाको धन्यवाद दिवसमा उनको घरमा कोहि पहुना आएको देखिन ।

उनिहरु क्रिसमस मान्दैन थिए होनाका मान्ने चलन रहेछ । हाम्रो यहुदी छिमेकी होमओनर एसोसिएसनका ब्लक पार्टीमा आउदैन थिए, छिमिकिहरुको जम्म भएर आ आफ्नो परिकारका खानेकुराहरु लिएर सबैसंग बाँडेर । उनिहरुले खाना सामानहरु ग्रोसर पसलमा गएर किन्थे । ग्रोसरको मतलब, आफ्नो रबाईले रोजेको खाना कुराहरु मात्रै खाने । उन्की छोरीले हाम्रो छोरीहरुलाई कोशरको कथा यसरी सुनाउथिन रे । परा पूर्वकालमा यहुदीहरु मीश्र देशको कमारा कमारि थिए रे, एक दिन भागेर निस्केको दिनलाई पासओभर भनेर मान्यो रे । यहुदिहरुले आफनो मानिसले बनाएको खानेकुरा मात्रै खाने गरेको रे । त्यसैले कोशर भनेर खाने रे । राती टोरो नपढि अथवा पेटपुजा नगरि नखाने रे । संसारभरिका यहुदीहरु ईजारयलको नागरिक हुन्छनरे । उन्का छोरा छोरीको बाटभित्जस्वह,छोरीको बारभित्जस्वह अथवा नेपाली चलन अनुसार ब्रतबन्ध र गुन्यू चोलो दिने समारोहमा हाम्री दुइ भुरिहरुलाई बोलाएको थियो ।

यहुदी छिमेकीको गाडिको ब्याट्री ओसिएर कार स्टार्ट भएनछ मैले मेरो होन्डा सिआरभी जिप लगेर उनको कारको ब्याट्री चार्ज गरि दिँए । पछि थाह पायो उन्को गाडिको ब्याट्री निकै पुरानो भएको भएर अर्को ब्याट्री फेरे रे । नोभेम्बरको अन्ततिर उनलाई देखिएन कतै गए होलान भन्ठाँने । यहि डिसेम्बरको नौ तारिखको दिन उनको घरमा रबाई यहुदी पुरोहित आएको देखेँ । हामीले ठान्यौं छोरिको विवाह हुन लागे होला । तर होइन रहेछ, आज विहान अति जाडो भएकोले हाम्रो तिनवटै गाडिहरु अरु छिमेकीको गाडिहरु झैं ऐन।हरुमा तुसारो जमेको थियो, मैले गाडिलाई स्टार्ट गरेर बाहिर पर्खि बसेको थिएँ, छिमेकी ईथोपियन आएर मलाई भन्यो हाम्रो छिमेकी बुढोले त हामीहरुलाई छोडेर कहिले नआउने गरि गए छन् ।

न बिरामी भएको थाह थियो हामीलाई मृत्यु भएको नै । नेपालमा हुँदा हो त सबै छरछिमेकीहरु आउने जाने हुन्थ्यो । हाम्रो ३० बर्षको देखादेखमा न मैले उस्को नाम सोधें न उस्को थर । टुपि छोप्ने टोपिले मात्रै मैले ठम्म्याएँ उनि यहुदी रहेछन भनेर । हाम्रो परिवार गएर उन्को ढोका ढकढकायो तर त्यहाँ कोहि थिएनन् । पछि थाह भयो यहुदीहरुको सात दिन जूठो बार्नुपर्दो रहेछ जस्लाई Shiva (Hebrew , literally “seven”) सात दिन सम्म दिवंगत आत्माको चिर शान्तीको लागि बत्ति बालेर राख्ने चलन रहेछ ।

शिवपनि सातै प्रकारका हुन्छन रे । मृत्यू भएपछि सबलाई धर्साधर्स परेको बर्को ओडेर लाने, रबाईले भेडाको सिंङ बजाएर समाधि गर्न लाने रहेछ । हामीले पनि ३० बर्षसम्म संगै गाँउमा बसेर पनि नाम थाह नपाएको छिमेकीको मृत आत्मले शान्ति पावस भनेर बुद्धको मुर्ति अगाडि बत्ति बालेर प्रार्थना ग¥यौं ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु