कावासोती केही समालोचकहरूमा डा. धनपति कोइराला

- सदानन्द अभागी

कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको रूपमा हेर्दा यस कृतिले यस जिल्लाका सबै खाले विधालाई समेटेर लेखिएको देखिन्छ । कावासोतीमै स्थायी बसोबास गरि नवलपरासीका स्रष्टाहरूका कृतिमा समालोचना गरि २०४७ मा भूपेन्द्र शर्मा भट्टराई (भूशभ गण्डर्षि)ले ‘केही स्रष्टा र केही दृ्रष्टि’ र २०६२मा नवलपरासीका साहित्यिक व्यक्ति र कृति समालोचना नामक कृतिहरू प्रकाशनमा ल्याएका थिए । मूर्धन्य समालोचक प्रा. डा. नारयण प्रसाद खनाल कावासोती न.पा.१६ स्थायी बसोबासका करिव डेडदर्जन कृतिहरू मध्ये केही रहरः केही ठहर (समालोचना २०४९), समीक्षाः प्रहर प्रहरका (२०६१), गोर्खाको डायरी (२०६१, संस्मरण र समीक्षा), समिक्षाका आकारहरू (२०६५, समालोचना), कवि शिरोमणीका समस्यापूर्तिमूलक काव्य कविता (२०६५ समालोचना) र प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा. डा. वेणीमाधव ढकाल (२०७३ व्यक्तित्व–कृतित्व समीक्षा) समालोचनाका कृतिहरू प्रकाशित भै सकेका छन् । कावासोतीमै कार्यक्षेत्र रहेको वेला वि.स.२०६३ मा भगवती अर्याल पाण्डेले ‘नवलपरासीको साहित्यिक गतिविधि’ नामक कृति प्रकाशन गरि नवलपरासीका स्रष्टाहरूको परिचय दिने काम भयो । यो कृति पनि एउटा विवेचनात्मक रूपमा आएको छ । वि.सं.२०६९मा सदानन्द अभागीले सृष्टिमा अभागीको दृष्टि’ कृति लिएर समालोचनाको क्षेत्रमा कलम चलाएको पाइन्छ । अभाागीले नवलपरासीका स्रष्टाका सिर्जनामा मात्र नभै भुटानका निर्वासनमा रहनु भएका मानव अधिकारवादी नेता टेकनाथ रिजाल द्वारा लिखित ‘निर्वासन’को विश्लेषणात्मक विवेचना र देशभित्रका ४१ कृतिहरूको विवेचना सहित ४२ कृतिमा समालोचना गरेको देखिन्छ । अभागीले समालोचनामा निरन्तरता दिंदै २०७३ मा सृष्टिमा अभागीको दृष्टि’ समालोचनाको दोस्रो सङ्ग्रह (यस्मा ५५ कृतिहरूको समालोचना समावेश गरिएको छ), २०७४मा कसैका सृष्टिहरूमा अभागीको दृष्टि’ (१५ कृतिहरूको समालोचना समावेश गरिएको छ ) र २०७४ मै केही सृष्टिहरूमा अभागीको सिंहावलोकन (२० कृतिहरूको समालोचनासमावेश गरिएको छ ) यसरी अभागीले चार कृतिहरू दिइसकेका छन् । कावासोती नगरपालिकामा अरू समालोचनाका कृतिहरू प्रकाशनमा आएका हुन सक्छन् तर मलाई जानकारी नभएको हुन सक्छ । त्यसमा क्षमा चाहान्छु । मेरो जानकारीमा आएका कृति प्रकाशन भएका कावासोती नगरपालिकाका शमीक्षकको नाम र समालोचनाका कृतिलाई समेट्ने प्रयासमात्र भएकोले सबै साहित्यकारलाई समेट्ने काम भने भएको छैन । सरोज उजाड जस्ता नेपाली साहित्यकारका कृतिमा सोधपत्र तयार गर्ने सोधकर्ताहरूको विवरणहरू यहाँ समावेश गरिएको छैन । म सिधै डा. धनपति कोइरालाको नविनतम् समालोचनाको कृति नवलपरासेली केही सृजनाका आकारहरूमा प्रवेश गर्न चाहान्छु ।
नवलपरासेली केही सृजनाका आकारहरू कृतिभित्र प्रवेश गर्दा – डा. धनपति कोइराला २१ मङ्सिर २०२७ सालमा सतासीधाम–५,झापामा जन्मे पनि उहाँकको कर्मथलो भने कावासोती नगर पालिका –३ भएको छ । कवि, गजलकार, सम्पादकको साथसाथै एक सिद्धहस्त समालोचकको रूपमा आपूmलाई परिचय गराउन सफल डा. धनपति कोइरालाले थुप्रै नेपाली विषयका पाठ्यकृतिहरू लेखनमा पनि सहभागी देखिन्छन् । उहाँलाई एक बहुआयमिक व्यक्तित्वको रूपमा लिन सकिन्छ । हाल विविध दृष्टिकोणमा विश्लेषण गरिएको समालोचनाको कृति मेरो हातमा परेको छ । यस कृतिमा ३३ ओटा समालोचनाहरू समावेश गरिएका छन् । यिनै ३३ ओटा कृतिहरूमा उहाँले कस्को कृतिमा कुन दृष्टिकोणको शीर्षक दिएर विशलेषण गर्नु भएको छ सोको विवरण यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु ।
रित्तो गिलास र अनारका आँखाहरूको अवलोक भूपेन्द्र शर्मा (२०२१)को तेस्रो कृतिले यस समालोचनामा प्रथम स्थान पाएको छ । यस कृतिमा २०ओटा कविता रहेको र २० ओटाकै भावसार सहित भाव विधान, बिम्ब विधान र प्रतिक विधानमा विश्लेषण गरिएको छ । ‘विषय बस्तुगततथा रसाभावगत विविधता यस कृतिको महत्त्वपूर्ण प्राप्ति हो’ भन्ने समालोचकको ठहर छ । दोस्रो समालोचना चेतनारायण भुसाल(२०१७)को ‘खण्डहर कविता सङ्ग्रह(२०६०)भित्रका सुन्दर पक्ष’ शीर्षकमा गरिएको छ । समालोचकले यस शीर्षकमा युद्ध साहित्यको अभिलेखीकरण, मानवतावादी चिन्तन, आशावादी जीवन दृष्टि, शृङ्गारिक चेतना, पेशागत चिन्तन, युगबोध, स्वास्थप्रतिको चिन्ता,शान्तिको कामना, भावगत विविधता, अपार राष्ट्रप्रेम, प्रकृतिप्रेम बिम्ब, प्रतिक, र भाषालाई आधारमानी विश्लेषण गरिएको छ र निष्कर्षमा ‘नेपाली साहित्यको समसामयिक काल खण्डमा देखा परेका कवि भुसालको को रचनामा युद्धप्रति गहिरो विमति र मानवतावादप्रति गहिरो चिन्तन छ ’ भनिएको छ ।
काशीराम गैरेको इन्द्रेनी पूmल हाइकु सङ्ग्रहमा प्रतीक प्रयोग– काशीराम (२०१०), २०२९ सालदेखिनै नेपाली साहित्यमा क्रियाशील रहेर ‘ नयाँकदम’ सामयिक साहित्यिक प्रत्रिकाको सम्पादन र प्रकाशन गरेका थिए । उनले ‘मई दिवसको इतिहास’ र ‘साम्यवाद नै किन ?’ ग्रन्थको अनुवाद गर्नुको साथै २०६२ सालमा ‘इन्द्रेनीका पूmल हाइकुसङ्ग्रह प्रकाशनमा ल्याएका छन् । समालोचकको धारणान छ– प्रतीकात्मक प्रयोग प्रस्तुत सङ्ग्रहको मुख्य प्राीपत हो । यसमा प्रकृतिलाई प्रतीक बनाएर मानवीय कमजोरीहरू माथि तिखो व्यङ्ग्य गरिएको छ ’ ।
पूmल मुस्कुराउँदा गजल सङ्ग्रहको शिल्प चेतना – गोरख बहादुर खत्री(२०३७) को यसकृतिमा समालोचकले विभिन्न दृष्टिबाट अध्ययन गर्दै भन्नु हुन्छ –‘काफियाको प्रयोगमा मौलिकता र विविधता पाइनु यस सङ्ग्रहकोखास विशेषता हो । विषय गत विविधता अर्को वैशिष्ट्य हो ।’
भाषावैज्ञानिक कोणबाट जीवनका छालहरूमा प्रयुक्त काफियाहरूको शल्यक्रिया– गजलकार ईश्वरी खनाल ‘ईश्वर बा’(२०३५) द्वारा सिर्जना गरेको गजल सङ्ग्रह जीवनका छालहरू (२०६२) काफिया प्रयोगको विभिन्न दृेष्टिकोणबाट अध्ययन गरि समालोचकको निष्कर्ष यस प्रकार छ –‘समग्रमा हेर्दा यसमा मौलिक काफियाहरू प्रचुर मात्रामा छन् । ती सबै सवल र सशक्त छन् ।’
तिमै्र पर्खाईमा गजल सङ्ग्रहमा एक सरो दृष्टिकोण– गजलकार टीका पोखरेल सापकोटा(२०३६)ले लेखेको तिम्रै पर्खाइमा गजलसङ्ग्र(२०७३)लाई समालोचका धनपतिले विविध दृष्टिकोणबाट अध्ययन गरि भन्नु हुन्छ –‘नारी गजलकार टिका पोखरेलद्वारा संरचित प्रस्तुत गजलहरूमा प्रेमिल भाव संवेदना निकै प्रखर बनेर आएको छ ।ती भावज्वार उजाशील, सघन, र सशक्त पनि छन् ’
प्रीत गङ्गाका वैशिष्ट्य–नारायण खनाल ‘भावुक’(३२०२८)द्वारा रचित प्रीत गङ्गा गजलसङ्ग्रह (२०६३)लाई विविध दृष्टिकोणबाट अध्ययन गरि ‘यस सङ्ग्रहको मूल विषयवस्तु भनेकै शृङ्गारिक चेतना हो’ र ‘प्रस्तुत सङ्ग्रहको अर्को एउटा वैशिष्ट्य होः प्रतीक प्रयोग ।’
अक्षरयात्रीका अक्षरसँग पूर्वीय साइनो – कवि लोकनाथ खरेल(२०२०)द्वारा लिखित अक्षरयात्री(२०६६) कवितासङ्ग्रहमा समालोचकले विभिन्न दृष्टिकोण बाट दृष्टिपात गर्दै भन्छन् –‘मूलतः विकृति र विसङ्गति रहित समृद्ध मुलुक निर्माण गर्ने चाहना तथा मानवतावादी राष्ट्रप्रेम यस सङ्ग्रहको बन्न पुगेको छ ।’
कवि पुष्पराज कोइराला(२००६)द्वारा रचित प्रज्ञा र किरण (२०६६) कवितासङ्ग्रहको विश्लेषणात्मक अध्ययन गर्दै भन्नु हुन्छ –‘ईश्वरभक्ति, नैतिक चेतना, मानवता, प्रजातन्त्र, स्वतन्त्रता, सार्वभौमिकता तथा राष्ट्रियता यसमा प्रमुख स्वर बनेर आएका छन् ।’
मदन कुमालका अदृश्य घाउहरू कविता सङ्ग्रहको शल्यक्रिया– कवि मदन ‘दीप’को ‘अदृश्य घाउहरू’ (२०६६) को अध्ययनविश्लेषणमा समालोचक यसरी प्रस्तुत भएका छन् –‘यस कृतिमा विषयवस्तुगत विविधता पाइन्छ । भावगत नवीनता फेला पर्छ ।समसामयिकता,सार्वकलिकता र सार्वजनीनजता यसका खास विशेषता मान्न सकिन्छ ।’
सूर्य बिम्बभित्रको उज्यालो–सूर्यप्रसाद भट्टराई ‘पल्लवी’को सूर्यबिम्ब(२०६६) गजलसङ्ग्रहलाई केलाउँदै समालोचक भन्दछन् –‘प्रस्तुत गजलसङ्ग्रहको मूल विशेषता भनेकै मौलिक काफियाहरूको प्रयोग हो । अर्को हो ः प्रचुरमात्रामा मौलिक शब्द भण्डारको उपयोग ।’
ग्लोवमाथि उभिएको मेरो कङ्कालमाथि आलोचनाको दृष्टि –कवि तेजेन्द्र सापकोटा( (२०२५)को यो कृति २०६७मा प्रकाशनमा आएको र यसमा २७ कविताहरू सङ्कलित रहेकाको समालोचकले यस कृतिप्रति राखेको धारणा यस प्रकार छ –यस सङ्ग्रहको मूल स्वर हो ः प्रगतिवादी मानवतावाद। यसभित्रका रचनाले वर्गीय शोषणबाट उन्मुक्ति चाहेको छ ।’
राष्ट्रप्रेमको प्रतीक ः मेरी आमा रुँदी हुन् –कवि दीपक सोती(२००६)ले २०६७ सालमा ‘मेरी आमा रुँदीहुन’ कवितासङ्गथ्रहको प्रकाशन गरेका र समालोचकले मेरी आमा रुँदी हुन्’को विविध दृष्टिकोणमा अध्ययन गरि भन्दछन् –‘प्रस्तुत कविता सङ्ग्रह राष्ट्रभक्तिभावनाले ओतप्रोत सुन्दर क्रान्तिकर्मी रचनाको रूपमा रहेको छ ।’
मनको गुन गुन माथि उल्टै गुनगुन कवि चिरन्जीवी सिगदेल (२००८)ले २०६९सालमा मनको गुन गुन कविता प्रकाशनमा ल्याएको र उक्त कविता सङ्ग्रहका बारेमा समालोचकले भन्छन् –यस सङ्ग्रहको मुख्य प्राप्ति भनेकै विषयगत विविधता हो ।
मेरो रातो घोडा कविता सङ्ग्रह पढेपछि –दीपक भट्टराई(२०३८)को यो कविता सङ्ग्रह ‘मृत्यु मलाई बोलाइरहेछ (२०५९)पछि प्रकाशनमा आएको र यसमा समालोचकको ‘समसामयिक विषय र सन्दर्भलाई उत्तराधुनिक शिल्प प्रयोग गरी लेखिएको कविता सङ्ग्र हो’ र ‘उनका पद्यात्मक लेखनमा ईषद अभ्यासिकताको झल्को फेला पर्दछ ’ भन्ने धारणा आएको छ ।
अभागीका प्रेम बिहार षष्टामृतको रसपान– सदानन्द अभागी(२००३)का समभोग समाधि(२०६४) , गजल गुटिका(२०६५), बुढौतीका रहरहरू(२०६५),अभागीका गजलहरू(२०६६), गजलपरिकार (२०६८) र गजल षष्टामृत जो अभागीको प्रेमविहारको षष्टामृत कृतिसँग विशिष्ट सम्पादित ग्रन्थकै षष्ठाम्स भागको रूपमा जस्लाई निज डा. धनपति कोइरालाले सम्पादन गर्नु भएको थियोको सम्पादित भूमिकालाई नै समालोचनाको रूपमा प्रस्तुत गरेको देखिन्छ । यस सम्बन्धमा समालेचकको भनाई यसप्रकार छ मा –‘यिनमा रसभावगत विविधता पाइन्छ । उनी बहरका यान्त्रिक कसाइमा भन्दा स्वच्छन्द प्रवृत्तिलाई वरण गर्दछन् ।’
राजनीतिमा लगानी बालुवामा पानीमा दृष्टि प्रक्षेप–कवि कृष्ण नेपाल(२००१) ले यो कृति २०७१ सालमा प्रकाशन गरेकोमा समालोचकले अध्ययन गदैृ लेख्छन् –‘राष्ट्रप्रेम, राजनीतिक विकृतिप्रति व्यङ्ग, जीवन भोगाइका पीडामय स्वर असन्तुष्टि र आशावादी दृष्टि यसका मूल स्वर हुन्’ ।
लमजुङ्देखि नवलपुरसम्म कृतिमाथि एकसरो दृष्टि– दशरथ तिवारी (१९९८) को २०७१ सालमा प्रकाशित यस कृतिमा समालोचकको धारणा यसप्रकार छ –‘पद्यात्मकताले यसलाई सन्तुलित राख्नमा अहम् भूमिका खेली यसको महिमालाई घट्न दिएको छैन । यसको मुख्य विशेषता हो । भावाभिव्यञ्जनाको प्रचुरता पनि यसको अर्को प्राप्ति हो ।्
जीवन स्पर्श कविता सङ्ग्रहको बिम्बपरक अध्ययन – कवि जीवन युगीन द्वारा लिखित ‘जीवन स्पर्श’(२०७३)मा सामलोचकले बिम्बका विभिन्न प्रकारमा गहिरो र विश्लेषणात्मक अध्ययन गरि भन्दछन् –‘प्रस्तुत कृति बिम्बपरक दृष्टिले सशक्त, प्रभावशील, पठनीय तथा सङ्ग्रहणीय रहेको अनुभूति हुन्छ ’ ।
भक्ति थापा खण्डकाव्यको एकसरो अवलोकन– श्यामप्रसाद न्यौपानेद्वारा लिखित भक्ति थापा खण्डकाव्य (२०६४)मा समालोचकले विविधपक्षलाई दृष्टिगत गर्दै भन्दछन् –‘कथावस्तु, चरित्र, परिवेश, भाषाशैली र शिल्पपक्षहरूको समुचित अन्वितिको पालनाले काव्य उत्कृष्ट बनेको छ ’ ।
आलङ्कारिक दृष्टिबाट क्रान्तिकारी विश्वेश्वर महाकाव्य –कृष्णादेवी शर्मा श्रेष्ठ (२००९)द्वारा लिखित क्रान्तिकारी विश्वेश्वर महाकाव्य(२०६९)मा विभिन्न अलङ्कारमाथि विश्लेषण गर्दै भन्दछन् –‘प्रस्तुत महाकाव्यमा बिम्ब र प्रतिक प्रयोगका रूपमा रहेको शब्द साथै अर्थालङ्कारको सुन्दर प्रयोग गरिएको छ ’
शूर्पणखा खण्डकाव्यको आलङ्कारिक दृश्यावलोकन– गोविन्दराज विनोदी (२०१०) द्वारा लिखित शूर्पणखा खण्डकाव्य (२०७१)मा विवरणात्मक र विश्लेषणत्मक समालोचना गदै लेख्नुहुन्छ –‘प्रस्तुत काव्यमा शब्दालङ्कार अन्तर्गत छेकानुप्रास, श्रुतनुप्रास, वृत्यनुप्रास, अन्त्यानुप्रास, यमक,तथा अर्थालङ्कार अन्तर्गत, उपमा, रूपक, उत्प्रेणा, सन्देश, सङ्कर, अतिशयोक्ति, स्वभावोक्ति, वयाजस्तुति, लोकोक्ति, भावसन्धि, उत्तर अलङ्कारको सुन्दर संयोजन गरी रचनालाई औधी सुन्दर ढङ्गमा सजाइएको छ ’ ।
भाषावैज्ञानिक चश्माबाट इन्द्रेणी शर्माका कथाहरूका चरित्र– इन्द्रेणी शर्मा जलद(२०२३)ले इन्द्रेणी शर्माका कथासङ्ग्रह(२०६३)मा प्रकाशन गरेका र उक्त कथालाई समालोचकले पात्रहरूको विश्लेषणात्मक विवेचना गर्दै भन्छन् –‘.... पात्र चयनका दृष्टिले हेर्दा चाँहि प्रस्तुत कृति नवलपरासेली कथा साहित्यका क्षेत्रमा एउटा आस्वाद एवम् सङ्ग्रहणीय कृति मान्न करै लाग्छ ।
उजुरी कथा सङ्ग्रहमा क्रान्ति चेतना–कथाकार राधा पाण्डे (२०२६) ले उजुरी कथासङ्ग्रह (२०७१)मा प्रकाशन गरेकी र सो कृतिमा समालोचकले भन्दछन् –‘पाण्डेद्वारा लिखित ‘उजुरी’ कथा सङ्ग्रहभित्रका कथाले नारीवादको स्थापना गर्ने प्रयत्न गरेको छ ।’
यात्रा स्वदेश र विदेशको ः अनुभूति शिक्षा र संस्कृतिको निबन्ध सङ्ग्रहको किनारै किनार डुल्दा– उद्योग बहादुर श्रेष्ठ (२००५)को यो लेखको समालोचकले जीवनी पेशालगायतमा दृष्टि राख्दै भन्छन् –‘क्षयोन्मुख समाजलाई शिष्ट, सौम्य एवम् सभ्य गन्तव्य तर्फ डो¥याएर समुन्त समाज निर्माण गर्ने कार्यमा अग्रसर यो कृति लेखकीय मौलिकता अभिव्यञ्जित रचनाकाो रूपमा प्रस्तुत छ ।’

नागपञ्चमी नेपाली निबन्ध साहित्यको उत्च्कृष्ट उपहार –
नारायणप्रसाद खनाल(२००९)को‘नागपञ्चमी’ (२०६९)लाई अध्ययन गर्दै समालोचकको भनाई यस प्रकार छ – ‘निश्छल तथा निश्चल रूपमा आत्मप्रकाशन गर्नु यसको सारवस्तु हो ।’ ‘आशामुखी जीवनवादी दृष्टि नै यस कृतिको मुख्य प्राप्ति हो ।’
लीला रानाको पूmलबारी लेख सङ्ग्रहको परिक्रमा– लीला राना (२०१०)को मेरो पूmलबारी २०७१ सालमा प्रकाशन कृतिमा परिक्रमा गर्दै समालोाचक भन्दछन् –‘.... विषय गत विविधता यस सङ्ग्रहको शक्ति हो । नारी सशक्तीकरणको पक्ष लिनु यसको अर्को महत्वपूर्ण पक्ष हो ।’
मेरो जीवन गोरेटो कृतिमाथि सङ्क्षिप्त दृष्टि– कवि प्रेमराज सापकोटा(२००६)को २०७०मा मेरो देश मेरो गौरव कविता सङ्ग्रह प्रकाशनको साथै
एक वसन्त पारहुननदिई ‘मेरो जीवन गोरेटो’ प्रकाशनमा ल्याएको र समालोचकले त्यमा दृष्टिपात गर्दै यस कृतिले ‘वास्तविक लोक त आफ्नै जन्मभूमि नै हो, यसैको सेवा गर्नुपर्छ भन्ने राष्ट्रप्रेमी विचार प्रकट गरेको पनि छ’ भन्ने धारणा आएको छ ।
तर्क, बुद्धि र अनुभवको त्रिवेणी हो पुस्तकालयको भोक निबन्ध सङ्ग्रह– निबन्धकार डा. मतिप्रसाद ढकाल(२०२८) को पुस्तकालयको भोक (२०७३) मा समालोचकले मतिप्रसाद ढकालको जीवन चर्चा र कृतिमा समालोचना गर्दै भन्नु हुन्छ –‘निबन्धकार ढकाल मूलत ः वैचारिक निबन्धकार हुन् । उनमा वैयक्तिक निबन्धकारिताको पनि स्पष्ट झलक पाउन सकिन्छ । युगबोध ,वार्तामानिक विकृतिक र विसङ्गतिप्रति कटाक्ष गर्दै चारित्रिक सुधार गर्ने चाहना यसको महत्त्वपूर्ण वैशिष्ट्यभित्र पर्दछ ।’
परिश्रमीको पाश्चात्य साहित्य चिन्तनको सिंहावलोकन –घनश्याम न्यौपाने परिश्रमी (इ.सं १९५८)को पाश्चात्य साहित्य चिन्तन( सैद्धान्तिक समालmोचना २०७२)मा समालोचकले ‘परिश्रमीको यस कृतिमा समावेश गरिएका पश्चिमी साहित्यकार तथा दार्शनिकहरू प्लेटो, अरस्तु होरेस, क्विन्टिलियन, लोन्जाइन, कलरिज, क्रोचेको, टि. एस. एलियट, आइ.ए. रिचर्डसका सम्बन्धमा गहन अध्ययन गरि यस कृतिप्रति यस्तो धारणा राखेकका छन् – ‘यसक्रममा उनीहरूको शिक्षादीक्षा, कृति, प्रवृत्ति र मान्यताहरूको गहिरो विश्लेषण गर्नुका साथै, तिनको बस्तुनिष्ठ रूपमा मूल्य निरूपण समेत गरिएको हुँदा प्रस्तुत कृति मौलिक, सिर्जजशील, शोधमूलक, वस्तुनिष्ठ सरल एवम् उत्कृष्ट समालोचनात्मक ग्रन्थका रूपमा रहेको स्वत ः स्पष्ट हुन्छ ।’
शून्यतावादी दर्शनको सुन्दर अभिव्यञ्जना छः खरानीमा – नाटककार गोपी सापकोट(२०२९)को खरानी नाटकसङ्ग्रह (२०६०)मा समालोचकले गहिरो अध्ययन गर्दै प्रयोगवादी नाट्यकृतिको रूपमा ठम्याउँदै भन्दछन् –‘ समग्रमा कृति चिन्तनशील, सशक्त तथा युगीन विसङ्गति उजागर गर्नमा सफल देखा पर्दछ ’ ।
नेपाली राजनीतिको सुन्दर बिम्बः रानीफाल–उपन्यासकार डा.शिवशङ्कर बस्याल(२०३०)को रानीफाल)२०७२)उपन्यासमा समालोचकले विविध दृष्टिकोणबाट विश्लेषण गर्दै भन्दछन् –‘राष्ट्रप्रेम यस कृतिको महत्वपूर्ण उपलब्धि हो । प्रतिक प्रयोगका दृष्टिले पनि यो कृति अब्बल छ । प्रेमको सार्वभौमिकता ,स्वाभीमानी भावना, तथा नारीवादी चिन्तन यसका सवल पक्ष हुन् । अस्तित्व्वादीदृष्टि तथा प्रगतिशील विचार यसको सशक्त पक्ष हो ’।
विचरा ध्वाँसेको नालीबेली– हेमा आले(२०४२)को मगर भाषामा लेखिएको बाल कथासङ्ग्रह ‘रीकमा’ अर्थात बिचरा ध्वाँसे (२०७१)लाई समालोचकले विविध दृष्टिकोणबाट अध्ययन गर्दै भन्दछन् –‘बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्न सफल प्रस्तुत कृति सङ्ग्रहणीय,पठनीय तथा आस्वाद्य रहेको छ ।’
माथि मैले समालोचकले पस्केका सवल पक्षलाई मात्र यहाँ उतार्ने प्रयास गरेको छु । समालोचकले हरेक कृतिको अध्ययन विविध दृष्टिकोणबाट गरेका छन् । शीर्षकगत विविधता पाउँछौं । विधागत विविधता पाउँछौं । विश्लेषण विविधता पनि पाइन्छ । कतिपय कृतिको शीर्षकबाटै पनि थाहा लाग्छ कि समालोचना गर्न लागिएको कृति कत्तिको वजनदार छ । समालोचक सबै कृतिको सवल र दुर्वल पक्षमा गहनरूपले दृष्टिपात गर्न सफल देखिन्छन् । । सरल र सहज भाषामा लेखिएको यो समालोचनाको कृतिले नवलपरासेलीका सम्पूर्ण नभए पनि कृति प्रकाशनको हिसाबले मूल्याङ्कन गर्दा प्राय सबै साहित्यकारहरू समेटिन पुगेका छन् भन्न सकिन्छ । नवलपरासेली केही सृजनाका आकारहरू शीर्षक पनि सार्थक देखिन्छ । यो समालोचनाको कृति नविनतम् प्रयासको एक अनुपम उदाहरण हो भन्ने मलाई लाग्छ । समालोचक डा. धनपति कोइराला नवलपरासेली साहित्यकारहरूका सिर्जनामा दृष्टिपात गरेर स्तुत्य हुन पुगेका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु