- नम्रता गुरागाईं

हो, भन्ने गर्थे म

मेरो आकाशको तारा झार्छु

बग्दै गरेको पानीलाइ ठप्प पार्छु

पौडने कला छ

पर्दा समुद्र तरेरै छोडछु

जब जिम्मेबारी थपियो म माथि

आंफैलाइ बिर्सिएर

बिस्तारै बिस्तारै

बाडिएं सन्तानहरुमा

मायां दिएं, लिन जानिन

थोरै दिन मान्दै मानिन ।



समयकाे ड्राइभर म

यात्रीहरू बाेकेर दाैडिरहेंं

अझै दाैडिरहेकै छु

बिसाैनी नअाउने यात्रामा

दाैडनुकाे मजा अर्कै रहेछ

दाैडदा दाैडदै रोकिएर

अलिकति तातेमा बांडिएं

अलिकति ताेतेमा बांडिएं

पढाइ र बढाईमा बाडिएं

सत्तेहाेला धेरै समय

म अाफु अांफैबाट टाढिएं ।


हरेक नयां दिनमा

घामले क्षितिजका अाेठमा लाली पाेत्दा

खै मेरा अाेठहरू कस्ता देखिए

एेना हेर्नै बिर्सिएंछु

घर अगाडिको फुलबारीमा

घर पछाडिको कोठेबारीमा

भान्सा, धारा र पधेरामा

बांकी नातागाेता, छर-छिमेक र साथीभाइमा

बांडिदा बांडिदा

कस्तो विडम्बना !

म आफनै रहरसंग बाडिन बिर्सिएंछु ।


गुनासो केही लागेन

मायां दिनकै लागि

वीर बनें

पाइला सर्न नमान्ने उकाली चढें

पाइला छोडिने ओराली झरें

स-साना खोल्सा तरें

भयानक जंघारपनि तरें

सत्ते होला सबै अरूकै लागि गरें

आफुलाइ त न कोरें न बाटें

भित्रि रहर न कसैसित साटें ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु