अनुगमन

- तीर्थ सिग्देल

तपाईलाई के थाहा ? यो उज्यालो अनुहार भित्र कति पीडा लुकेको छ भनेर । के यसो हेर्देमा मात्र मान्छेको भित्र के भइरहेको छ भन्ने थाहा हुन्छ र ?
तपाई लोग्ने मान्छेहरु त केबल बाहिरी आँखाले मात्र मान्छेलाई हेर्नुहुन्छ । झट्ट हेर्यो, मजा लियो बस्...
बाहिरी आँखाले त बाहिरी संसार मात्र नियाल्छ, केबल । त्यो दोशी पनि हुन सक्छ । तर, भित्री मनले पो हेर्नुपर्छ त । तब मात्र देख्न सकिन्छ, असली संसार ।
एकाहोरो यति कुरा सुनेपछि केही नबोल्दा त लाटो भन्लान् भन्ने पीर छ । केही त बोल्नै पर्यो भन्ने लाग्यो । तै पनि मनभित्रबाट उर्लेर आएको भावना घाँटीमा आएपछि अड्कियो । किनभने बोल्नु अघि सोचेर बोल्नु रे । बोलिसकेपछि कतै त्यही बोलीको अधिनमा बस्नु नपरोस् ।
उसले कालो चस्मा निकाल्यो र लगायो ।
फेरि अर्को डाइलग आयो ।
हेरन... कुरा टारेको...
बाहिर घाम लागेको छ । अलिकति आँखाको शान्तिका लागि पनि कालो चस्मा लगाउनु उचित हुन्छ । उसले त्यही प्रयास गर्यो । तर, जति आँखाले कालो चस्मा लगाएर शान्ति महसुस गरिरहेको थियो, मनमा अशान्ति भाव उर्लिरहेको थियो । अब बाध्यता आइलाग्यो । ऊँ अनी अरु....
..........
उसले दोस्रो बिहे गरिछे । शायद जीन्दगीको आबश्यकता नै होला की ? त्यो उसले बल्ल महसुस गरिछे । किनकी आज ऊ जुन रुपबाट र रंगबाट बाँचिरहेकी छे, त्यो उसको आफ्नो नीजि प्रयासबाट सम्भब भएको हो । हिजोसम्म न ऊ सकैको आशमा बाँचेकी थिइ न कसैको सासमा । तर, जब उसले जीवनको परिभाषा बदली, तब लाग्यो मान्छे परिबर्तन हुन कति दिन पनि नलाग्ने रहेछ ।
शायद महिलाका लागि सबै भन्दा दुःखको कुरा एउटै क्षणमा हुन्छ । त्यो दिन उनीहरु सम्झन पनि चाँहदैनन् । उसले त्यो दिन देखी, भोगी । कक्षा ७ मा पढ्दै गर्दा कसैले उसलाई माया गरेछ ।
ऊ आफैँ भन्थी, कस्सम होला... त्यो बेला मैले उसको कुनै कुरा नै बुझिँन रहेछु । तर एकदिन यस्तो अबस्था पनि आइलाग्यो मैले उसलाई अंगालेँ ।
यद्दपि, कुनै दिन यस्तो पनि आयो । उही मेरो मायाँले मेरी आफ्नै बहिनीलाई प्रेम गरेछ । त्यसपछि मैले उसलाई त्यागेँ...
आखिर लोग्ने मान्छे न हुन् । केबल बाहिरी संसार नियाल्न चाहन्छन् र क्षणिकतामा रमाउँछन् । उसले पनि त्यसै गर्यो । त्यसपछि मैले बिहे नगरी बस्ने निधो गरें ।
जवाफ फर्काउन करै लाग्यो । चिया पनि आइसकेछ ।
प्रकृतिसँग रमाउनुमा के को दोश ?
छोटो एक बाक्यको प्रतिक्रियाले यति धेरै उद्धेलन र उभार आउला भन्ने कसले सोचेका हुन्छ र ?
ए... यस्तो ? मान्छेको जीवनसँगको खेलबाडलाई चाहीँ कुन प्रकृतिसँग तुलना गर्ने नी ? शायद लाजवाफ प्रश्नको समुचित उत्तर दिने प्रयास गरेन उसले किनभने ऊ उसको कुनै सवालको जवाफदेहिता बोक्ने मान्छे होइन । ऊ न त सूचना अधिकारी नै हो, जसले खुरुक्क सबै जानकारी दिनै पर्छ ।
ऊ कालो चस्मा मिलाउँदै फेरि घामतिर हेर्ने प्रयास गर्छ ।
अ साँची... तिमी यसरी आफुलाई कसरी मेन्टेन गर्न सक्छौ हँ ?, उसले एउटा सवाल बरु उल्टै गर्यो ।
ऊ हाँसी । हाँस्दा उसका दन्तलहर प्रष्ट देखिए । गन्न नभ्याएपनि उसका ३२ बटै दाँत हुनुपर्छ । किनकी झट्ट हेर्दा त्यस्तो देखिन्छ । दाँत मात्र होइन । दश बर्षजति अगाडि देख्दा पनि ऊ उस्तै थिइ, आज पनि त्यस्तै देखिन्छे ।
कारण ? कारण त उसले आफैँ कसरी पत्ता लगाउन सक्थ्यो र ? यो कुरा त सोध्नै पर्छ । नत्र कसरी पत्ता लगाउनु र ? फेरि अर्काको मन भित्र पस्न पनि त सकिँदैन नी ।
अँ... सुन्नुस् त । तपाई रोजी भन्ने केटीलाई चिन्नुहुन्छ ।, उसको थप प्रश्नमा के अर्थ र कारण लुकेको छ यसै अनुमान गर्न गाह्रो थियो । तर, यसको प्रश्नमा धेरैबेर घोत्लिनु परेन । तैपनि एकक्षण भएपनि कुरा लम्ब्याउनु पर्ला भन्ने ठान्यो उसले र भन्यो, किन... के भने र ?
हैन.. हैन ... खास कारण त केही छैन, तैपनि
तैपनि भनेको के हो ? कस्तो तैपनि । कुनै पनि कुराको चुरो कारण हुन्छ । नत्र यो मानस्पटले कसरी तँ यो कुरा भन भनेर अह्राउन सक्छ र ?
उसले कुरा खोली ।
ए... कारण त्यस्तो पो है ।
हन.. केटीहरुमा कत्रो डाहा । अरुले के के गर्छन् ? को को के गर्छन् ? यो सबको चिन्ता र चासो किन लिन्छन् केटीहरु ?
संगै बसेकी उसकी साथी पनि हाँसी र भनी, होला नी... केही ? तँ किन अर्काको धेर चासो र चिन्ता लिन्छेस् ?
त्यसपछि यसले कुरा मोडी । तर, उसले एउटा कुराको राज खोतल्न चाहिरहेको थियो । त्यही माथिको कुरा जुन कुराले आज पनि उसको मनमा खुल्दुली मच्चिरहेको छ ।
अँ... तिमी आफ्नै बारेमा चाहीँ बोलन । भो अरुका कुरा धेर के गर्नु ।
तपाईलाई यस्तो लाग्दैन । तपाईलाई मैले देखेको, बोलेको कति बर्ष भयो । तरपनि म तपाईलाई उस्तै देख्छु । किन...?
शायद तिम्रो हेराईले होला, भन्न कर लाग्यो । किनभने आज उसको कुरा गर्ने शैली अलिक भिन्न देखिरहेको छु । ऊ आज अलिक खुलिरहेकी छ । किन हो ?
उसले अचानक कपालको प्रसंसा गरी । तपाईको कपाल किन यसरी कालो देखिएको ? दश बर्ष अगाडि पनि जस्तो तपाई उस्तै आजपनि । झन् यो कपाल पनि फुलेकै छैन त ।
उसको प्रसंसाको पात्र बन्नुपर्दा अलिक कठिनाई महसुस गर्नु स्वाभाबिकै हो । तर, त्यो दिन त्यस्तो भएन । बरु एउटा कुरा थप्न मन लाग्यो । त्यो के भने, अनी आफुलाई चै कसले भन्देओस् । दश बर्ष अगाडि जस्तो देखेको आज पनि उस्तै कसरी ?
छ कारण ।, उसले कुरा चपाई ।,
ए... उसो भा । मेरो पनि उही कारण हो ।, उसले पनि त्यसै गर्यो ।
किन आफुले चैं कारण खोल्नु ।
यसो भनेपछि मात्र ऊ बोल्न थाली ।
भनी, म नी ... खासै बुढी देखिन्न । हेर्नु त, मेरो गाला चाउरी परेको छ र ? छैन नी ।
हो, त्यही त भनेको नी..., अधुरो भनाई माथि खासै टिप्पणी गर्नु भनेको आत्मप्रसंसाको भागेदार बन्नु भन्दा केही फरक होइन । तर, महिलाहरुमा त्यस्तो प्रसंसाको भोक जागेको हुन्छ भन्ने कसरी बुझ्नु ? कतिबेला उनीहरुको मन कमलो हुन्छ र कतिबेला ढुंगा बन्छ भन्ने कसलाई पो थाहा हुन्छ र ?
उसको पनि समस्या नै यही हो । आज ऊ यसरी मनको भाब पोखिरहेकी छे की कुनै अनुमान लगाउन गाह्रो परिरहेको छ ।
उसको छेउमा बसेकी साथी धेरेबेर भो बोलिरहेकी छैन । शायद यस्ता बार्तालाप सुनेर ऊ मज्जा लिइरहेकी छे वा अल्छी मानिरहेकी छे त्यो पनि अनुमान गर्न सकिने स्थिती छैन । किनकी उसको मौनताले के भाव बोकेको छ भन्न सकिन्न । शायद ऊ फेसबुक मै जीवन खोजिरहेकी पनि हुन सक्छ ।
त्यत्तिकैमा ऊ बोली । भनी, दि... एउटा केटालाई एउटी केटीसँग सेल्फी खिच्दा कस्तो महसुस हुन्छ ?
त्यसपछि दुबै हाँसे । आफैँ तर्क गर्ने र आफैँ टिप्पणी गर्नेसँग के लाग्छ र ?
उसले सोध्यो, कसलाई सोधेको...?
त्यसपछि उनीहरु फेरि हाँसे । शायद के सोचे थाहा भएन ।
..................
अचानक नगरपालिकाबाट फोन आयो । प्रवक्ताको रहेछ,
सर त्यो अस्ती नै पम्हहरुको अनुगमन गरेको थियो नी । त्यसबारे पम्प संचालकहरुसँग सहमति भयो । त्यो सार्बजनिक गर्नु पर्ने भयो । कता हुनुहुन्छ ?
अनुगमन ...?
हो, अनुगमन ।
त्यसपछि हिँड्नु पर्ने भयो । जानै लाग्दा उसले मोबाइल मागी र नम्बर सर्च गरी । शायद उसको नम्बर सेभ छ छैन भनेर हेरी क्यार ।
शायद नम्बर भेटिन । उसले आफ्नो नम्बर डायल गरेर मोबाइल दिइ र भनी नाम आफैँ राख्नु ।
उसले सोध्यो, के भनेर सेभ गर्नु ?
उसले भनी, अनु...
उसले हुन्छ भन्यो र नम्बर सेभ गर्यो ।
अनुगमन...
.............................

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु