पुन्य कार्कीको दुःख काव्यसँग मीत लगाउँदा

- सदानन्द अभागी

परिचय–
संसार नै दुखमय छ । यसो हुँदा मैले पनि कहिले सुख र कहिले दुखको अनुभूतिलाई सङ्गाल्दै आएको छु पुन्य कार्कीजीको परिचय गराउनु अघि पुन्य कार्कीको दुःख काव्यसँग मीत लगाउँने अठोट लिएको छु भन्दै पुन्य कार्कीजीको परिचयतिर लाग्छु । माता स्व चन्द्रकला कार्की पिता भीमध्वज कार्कीका पुत्ररत्न पुन्य कार्कीको जन्म २०२७ साल भाद्र १८ गते उदयपुर ताम्लिछा –२मा भएको थियो । एम.ए., बी.एड. वी.एल शैक्षिक योग्यता हााँसिल गरेका कार्कीजी सेवामा अध्यापन तथा प्रध्यापन एवम् प्रतिभा, नयाँ बिहानी, नवउदय सप्ताहिक र सहयात्री त्रैमासिकका कुशल सम्पादक पनि हुनुहुन्छ । युवा कविता महोत्सव, विमल स्मृति पुस्कालय धरान, २०५३मा दोस्रो पुरस्कार प्राप्त गर्नु भएका कार्कीजीले राष्ट्रिय कविता प्रतियोगिता, पुस्पलाल, स्मृति प्रतिष्ठान काठमाण्डौबाट प्रथम, सगरमाथा अञ्चलस्तरीय कविता प्रतियोगिता , नेपाल राष्ट्र बैंक बाट प्रथम र उदयपुर जिल्लास्तरीय कविता प्रतियोगितामा ३ पटकसम्म प्रथम पुरस्कारले पुरस्कृत भइसक्नु भएको छ भने सांस्कृतिक प्रतिष्ठान उदयपुर र द रेयुकाई नेपाल एवम् उच्च मा.वि.मुर्कुचीबाट अभिनन्दित भै सक्नु भएको छ ।
कार्कीजीका कृतिहरू– बाघले घाँस खायो (कवितासङ्ग्रह (२०५४), जीवनयात्रा (लघु उपन्यास २०५७), गम्भीर बहादुर थापाको कृतित्व तथा व्यक्तित्व(सहलेखन २०५९), कविको छैटौं इन्द्रिय (निबन्धसङ्ग्रह २०६०)मध्यरातमा (कथासङ्ग २०६२), असल बन्छु (बाल कविता सङ्ग्रह २०६३), बल भन्दा बुद्धि ठूलो (बाल लोककथा सङ्ग्रह्र२०६३) बलिदानका गाथाहरू (सहिद जीवनी सङ्ग्रह २०६४), आस्थको अग्निपथ (कविता सङ््ग्रह २०६५), महान व्यक्तिका प्रेरक प्रसङ्ग भाग १देखि ५ सम्म (जीवनी सङ्ग्रह), शिक्षामा क्रान्ति (अनुवाद २०६७), ओशोका कथाहरू (अनुवाद २०६७) दुख (काव्य २०६८) आदि कृतिहरू बजारमा आइसकेका छन् । यस कृतिको प्रकाशनक्रमसम्ममा १४ कृतिहरू बजारमा आइसकेका छन् भने त्यसपछि के कति कृति प्रकाशनमा आएका छन् त्यो भने मैले जानकारी प्राप्त गर्न सकेको छैन ।
संरचना –अक्षरयात्रा प्रकाशनबाट प्रकाशित यो ‘दुःख काव्य’ छाल एकदेखि छाल ६८ सम्म ७९ पृष्ठमा सजिएको छ । विक्रमश्रिको सत्यानुभूतिका उद्गारहरूका शब्दसुमनका दुई पृष्ठ छाल क्रमका दुई पृष्ठ, अन्य दुईपृष्ठ गरी ८५ पृष्ठमा सिर्जित काव्यको आवरण पृष्ठ टंक आले मगरबाट सजिएको छ ।
छाल एक –यस छालमा कविले पूmल हेर्दा राम्रो देखिए पनि भित्र कीरा हुन्छ तयसरी नै ‘ मन पूmलको भित्र भित्र पत्रदलमा लुक्ने गर्छ दुःख भुसुनो जस्तो
अन्तर्दिलको केन्द्रभागमा घुम्ने गर्छ ’ भन्ने धारणा राखेका छन् ।
छाल –२ जसरी ‘शरीर र छाँया अकाट्य छन् त्यसरी नै दुख पनि जन्म देखि कालसम्म अनवरत साथमा हुन्छ भन्ने धारणा आएको छ ।
छाल–३ मा दुःखलाई मेट्न हटाउन, झिक्न, कुटेर धुलो पार्न सकिदैन भन्ने धारणा आएको छ । छाल –४ मा जसरी हावा पानी प्रकाशले जीवनमा प्रभाव पारेका छन् त्यरी नै दुःखले जीवनमा प्रभाव पारेका छन् भन्ने धारणा आएको छ । छाल ५–यस छालमा कविले दुखलाई साह्रो भन्दा साह्रो बस्तुसँग तुलना गर्दै ती बस्तु भन्दा गाह्रो दुःख हुने र कोमलतासँग तुलना गर्दा आँसुभन्दा पनि कोमल हुने धारणा राखेका छन् । छाल–६ यसमा कविले दुःखलाई घटना÷दुर्घटनामा लागेका घाउमा ओखति लगाएर सञ्चो भए पनि जसरी दाग बस्छ त्यसरी नै ‘ दुख पनि भित्री मुटुमा खत जस्तै खाटा परेर बसिरहन्छ हरेक घाउका खतहरूमा दुःख हर्दम खितखिताउने गर्छ ’ भन्ने भारणा आएको छ । छाल –७ यस छालमा कविले जीवनलाई गहिरोसँग नियाल्दा मृत्युको बास बसेको र हरेक सुखमा पनि दुःख लुकेर बसेको हुन्छ ,भन्दै कविले लेख्छन् –‘ जगतमा द्वन्द्व छ जीवनमा द्वन्द्व छ त्यसैले हरेक सुखमा म दुःखको कालो छाँया देख्छु हरेक दुःखमा म सुखमा सेतो छाँया देख्छु’ भनेका छन् छाल –८ यसमा कविले सुख उपभोक्तालाई दुःखीको पसिनामा हुनाएर ताजगी बन्ने, दुःखीको रगत पिएर मदहोस् हुने र मस्ती लुट्ने, दुःखीको सदनको गाँस लुटेर रातापीरो बन्ने, मसल्ची बनाएर मर्दनको आनन्द लिने जस्ता कर्ममा कविले सुखभागीलाई यो सुखभोगको महा गाथा हो या यो मेरो दुःखको महाकथा भनि प्रश्न रोखका छन् । सुख भोगीको सुखमा पनि दुःखीको पसिनाको लगाानी हुन्छ भन्ने मार्मिक धारणा आएको छ यो छालमा । छाल –९ दुःख र सुखको तुलना गर्दा दुःख दुख्छ भन्दा व्यकरण मिल्ने तर सुख सुख्छ भन्दा व्याकरण नमिल्ने जस्ता प्रमाणिक धारण राख्दै कविले ‘समग्रमा सुख भन्दा दुःख उत्कृष्ट ओज पूर्ण छ खतरा र खोजपूर्ण देख्छु तपाईँ पनि त्यस्तै देख्नु हुन्छ ? ’ भन्ने प्रश्न राखेका छन् ।छाल –१० नङ्गा फकिर, रंकरञ्जब, महागरिब, तन्नम नेपाल, धोतीधारी गान्धीजी, डायोजनिज, करुवाको बुदुनो, सूक्ष्म कीट, भूँइढोग्ने नर्कट, पत्कर, खरपराल, छ्वाली, बाँडी खाने सबै सुखी र मणि मुकुटधारी,स्वर्ण हवेली, महाधनी कुबेर, अलकापुरी अम्रिका, खरबपति विल्गेट, सिकन्दर, समुद्रको ह्वेल, विशालबलको हात्ती, आकाश छुने सिमल, रुखको ताजा पात, पक्का ढलान छानो,जोरजम्मा बचती जस्ता सबै दुखी हुन्छन् भन्ने धारण आएको छ । कविले सम्पन्नतामा पनि दुःख देखेका छन् भने विपन्नतामा पनि सुख देखेका छन् । छाल –११ यस छालमा कविले सुख र दुःख भन्ने अनुभूति हो, यो ‘अनुभूतिका असीम रङ्गहरूमध्ये सबै भन्दा चहकिलो र गाढा रङ्ग, दुःखको रङ्ग त्येसै त्यसै मेरो लागि प्यारो छ ’ भनेका छन् । छाल– १२ यस छालमा सुखी र दुःखी मानिस बीचको भिन्नतामा तुलना गर्दै सुखमा मानिस सामान्य भन्दा सामान्य चेत गुमाएर ÷अचेत भएर सुत्छ र सपनामा उडान पखेटामा गर्छ भने दुःखमा मानिस रुन्छ कराउँछ , जागा हुन्छ ÷ होसमा हुन्छ र यथार्थतामा उभिएको र यथार्थतामा खुट्टाले यात्रा गर्दछ भन्ने धारणा छ । छाल १३ यस छालमा कविले समयलाई सदुपयोग गर्नु पर्छ भन्ने संकेत गर्दै भन्छन् –‘यसरी अनर्थएमा मेरो आयु पुछिदै जाँदा मृत्युमंजिलको महायात्रामा शनैः शनैः पाइलाहरू चल्दा भित्र कता कता दुःख दुख्ने गर्छ ’ । छाल –१४ यस छालमा कविले दुःख बीचको दुई थोप्लाको अर्थ के होला भन्ने सोचन गर्दा उनले यसरी वर्णन गरेका छन्–‘दुःख दुख्ने दुइटा आँखा, दुःख सुन्ने दुईटा कान, दुखको उद्भव दुई थोपा आँसु, दुःख पाउने दुइटा खुट्ट्टा, दुःख पुछ्ने दुइटा हात, दुःख किट्ने दुई फग्लेटा दाँत दुई थोप्ला ः को अर्थ यसरी खुलिरहेछ दुई थोप्लाको अर्थ यसरी फुलीरहेछ ’ । छाल – १५ मा मानिस जन्मे पछि दुःख जन्मेको हुन्छ, मानिस दुःख भन्दा जेठो, पाको अलिकति बलियो भएकोले दुःखले ढाल्न पछार्न सक्दैन भन्ने धारणा आएको छ । छाल १६ यस छालमा दुःख र सुखलाई समयसँग तुलना गरिएको छ । दुःखमा समय तन्किेने र सुखमा समय छोटिने अनुभूतिलाई काव्यकारले पस्केका छन् । छाल– १७ यसमा काव्यकारले गाग्रीको पानी र मनको घैंटोको दुःख बीच तुलना गर्दै गाग्रीको पानी सार्दै गए सकिने र मनको दुख पनि जति पोख्यो त्यति घट्दै जाने मन हलुको हुने धारणा आएको छ । छाल– १८ मानिसले सुखको अनुभूतिलाई महसुस गर्दा पनि दुःखलाई द्रव्य ठानेर साँचेर राख्छ भने त्यो महादुखी हो भन्ने धारणा आउको छ ।
छाल– १९मा काव्यकारले दुःखलाई जीवनसँग जोडदै भन्छन् –
‘दुःखलाई पनि चौतारी, भञ्ज्याङ र रुखका सिँयालहरूमा ठाँउ ठाँउ टेकान लाँउदै÷सुस्केरा लाउँदै छिचोल्नुको नाम जीवनहो क्यारे ।’ छाल– २० काव्यकारले दुखलाई दर्पण र खर्पनसँग तुलना गर्दै दर्पणमा अतितदेखिका दुःखलाई हेर्न सकिने र खर्पनलाई दुई काँधमा लटकाएर कष्टको ओराली झरिरहेको भन्दै कविले गरल र तरल क्षणहरूलाई श्पर्श गर्न खोजेको धारणा राखेका छन् । छाल –२१ ‘दुःख अनुभूतिको कापाकापामा उम्रिने लेउ हो यो सुन्दा, गुन्दा, सम्झिदा सुखकै अर्को छेउ हो ’ । दुःख मानिस पिच्छे फरक फरक धरालतमा बाच्ने , अभावसँग अंकमाल गर्न आइपुग्ने र मानिसमा बेरिने् भएकोले मानिसले दुःखबाट मुक्ति खोज्छ भन्ने धारणा आएको छ ।
छाल– २२ यस छालमा कविले ‘दुःखलाई पत्येक क्षण दृश्यमा÷गन्धमा÷ स्वादमा ÷ध्वनीमा ÷रङ्गमा÷प्रकाशमा बोध गर्न खोज्छु सबै आयमहरूबाट यसलाई जिउन खोज्छु ’ र यी सबै बाट मात्र नभै छैटौं इन्द्रिय मनबाट पनि कविले दुःख बोध गर्न नपरोस् भन्ने धारणा राखेका छन् । छाल–२३ यसमा मानिसले नचिन्दा नजान्दासम्म दुःखले मानिसलाई घोडा बनाएको महसुस गरे पनि मानिसले नै दुःखलाई घोडा बनाएर यसैमा चढेर टाढा गन्तव्य सम्म पुग्न सक्ने धारणा कविले राखेका छन् । छाल– २४ यस छालमा सुखमा रहेको मालिकको चौरासी व्यञ्जनको खाना र हलीको सिस्नोसँग मकैको ढिँडो खाँदा मालिकले हलीलाई सुँगुरको चारो जस्तो् चिज खाएको भन्नु र पछि मालिकलाई मधुमेह रोग लागेपछि मकैको च्याँख्ला खाएको देख्दा हलीले सधैं सुखको सिँढी टेक्तै टेक्तै र सुखको बाटो छेक्दै छेक्दै दुःख आउँदो रहेछ भन्ने धारणा राख्दा मालिकले दुई थोपा आँसु खसालेको धारणा आएको छ । छाल–२५ बास्तवमा कविले यस काव्यमा सुख र दुःखको चक्रलाई तुलनात्मरूपमा प्रस्तुत गरेका छन् । छाल २५मा सुखीहरूको आचरण व्यवहार दुखीको आचरण व्यवहारको तुलना गएिको छ । आज सुखीहरूले विवेक बलिदान, न्याय आदिलाई मान्यता नदिई पद, पैसा, र पगरीको खोजीमा रहन्छन् र सुख भोग गर्दछन् तर भोली यिनै्र महादुखी हुन्छन् ।यसरी नै आज दुःखीहरूले विवेक वलिदान र न्यायमा विश्वास गर्दछन् र दुख भोग गरे पनि भोली महा सुखी हुन्छन् भन्ने धारणा आएको छ । छाल– २६ यस छालमा कविले भिन्न प्रकारले दुःखलाई कष्टप्रतिको रूपमा प्रयोग गरेका छन् हेरौं एक श्लोक –
निशा रोदनको, कालो छाँया
राग खरानी, मोह र माया
आकुल अनन्त, कष्ट कहानी
कालो तमिस्रा , व्याकुल विहानी
दुख ३१
छाल–२७ घात अघातको सुन्दर नाम दुख भन्दै कविले मानिसमा जति जति अघातका असिना वर्षिन्छन् त्यति त्यति सृजनशील बन्छ र जति जति घातप्रतिघातका प्रहार आउछन् मानिस उर्वरक बन्छ । विना आघात मानिस झङ्कृत हुन सक्दैन र विना चोट मानिस चमचम चम्किन सक्दैन भन्ने धारणा आएको छ । छाल– २८ यस छालमा कविले भन्छन् –‘अहिलेसम्मको मानव जीवनको सकल यात्रा दुख बुझ्नसँग गाँसिएको छ दुख पाउनु र दुःख छान्नुसँग गाँसिएको छ तर मान्छेले दुःखलाई एकरति बुझ्न सकेन’ भन्ने धारणा आएको छ । छाल २९ मानिसले समुद्रको माथिल्लो सतहमा उत्रेर छान्नेले पतकर,काठका टुक्राहरू र मृत्य लासहरू मात्र प्राप्त गर्द छ । बहुमूल्य मोतिप्राप्त गर्न र सुन्दर जीवन भेट्नको लागि त दुखलाई जितेर गोताखोर लगाएरु गहिराइमा पुग्नु पर्छ भन्ने धारणा आएको छ । छाल– ३० दुःख यस्तो चिज हो जस्को सकल संसारमा राज्य छाएको छ । यसबाट पशुपंक्षी पनि अछुता छैनन् । हेरौ कविको धारणा–
सन्तापको लताकुञ्जबीच
लुकेर बस्ने चरो हो विचित्र
टिप्तैन चारो टिप्छ अश्रुबुँद
जीवनसितैै टाँसिने गुँद
(पृष्ठ ३५)
छाल– ३१ यस छालमा कविले अरूले दुःख बिर्सन र आँपूmले दुःख बिर्सन गर्ने क्रियाकलापलाई यहाँ तुलना गरेका छन् । अरूले दुःख भुल्न रक्सि पिउने, तास खेल्ने,गाँजा तान्ने, रमिता हेर्ने, धर्मकर्म गर्ने आदि काम गर्छन् तर कविले भने दुख कसरी कतिसम्म कहाँकहाँ लुक्दो रहेछ त्यलाई नियालेर दुःखभित्र डुब्दा डुब्दै आनन्दको सारेगामा सुन्ने गर्नु र ‘जीवनव्योमको दुःखबादलमा आनन्दका चाँदी घेरा पाउने गर्छू ’ भन्ने धारणा आएको छ ।
छाल– ३२ हरेक पेशामा पनि दुःख साथै हुन्छ र सबैले दुःखबाट छुट्कारा खोजी रहेकाछन् भन्दै कवि भन्छन् –
‘ परिवारका सबै सबै सदस्यहरू
तन्मयका साथ ÷मन्मयका साथ
आआफ्नो ठामबाट ÷आआफ्नो कामबाट
दुःख दुर्दुर गर्न खोजिरहेछन्
मन फुर्फुर गर्न लागि रहेछन् ।
छाल–३३ यस छालमा कविले कसैले कसैको दुखलाई नियाल्ने तरिका भिन्न भिन्न हुन सक्छ या कोही कसैको दुखलाई खिसीको विषय या खुसीआदिको रूपमा हेनै सक्छन् तर कविले आफ्नो दुःखलाई सहोदर छातीको पिलोको रूपमा लिने गरेको धारणा पस्केका छन् । छाल– ३४ यस छालमा दुःख क्षेत्र बस्तु संस्था आदिमा भिन्न किसिमका हुन्छन् भन्दै कविले पूmलको, रुखको, खेतको, देशको दुःखको उदाहरण दिंदै मेरो(मानिसको) दुःखका कारणमा परिवार÷ कानुन÷ धनसम्पित्ति÷ राज्यसत्ता÷ कुल÷ परम्परा÷रीतिथिति÷संस्कार÷संस्कृति÷नीति ÷ नैतिकता÷ समाज÷ आदर्श÷ मूल्यमान्यता आचारसङ्हिता÷योग्यता÷ उद्देश्य÷ अहंकार, सांसारिकता ÷पद÷ प्रतिष्ठा÷पाखण्ड÷पेसा÷ पैसा÷पूर्खाविरासतलाई दर्शाएका छन् ।
छाल– ३५ यस छालमा कविले दुःखको सुरुवात कसरी हुन्छ र दुखको मार्ग कस्तो हुन्छ भन्ने धारणालाई प्रष्ट्याउने प्रयास गरेका छन् । कवि भन्छन् –एउटा सजिलो क्रमको अन्त्य र अर्को कठिन क्रमको सुरुवात त्यहाँबाट दुःख प्रकट हुन्छ ।’ कविको धाराणमा दुःख सधै. सधैं सिधाबाटोबाट घुमाउरो, तेर्सोबाट भिरालो, सरल रेखाबाट बक्र रेखा, साधारण बाट असाधारण सजिलो बाट जटिल, कलात्मक बाटो बाट कुटिल बाटोमा खस्ने÷हिड्ने गर्दछ । छाल– ३६ यस छालमा कविले बोटको टुप्पामा फुल्ने पूmलको सुन्दरता, सुगन्ध आदिमा कविले कविता लेख्ने सङ्गीतकारले गीतको झङ्कार देख्ने तर त्यही पूmललाई माटोभित्र अंध्यारोमा बसेर, संसारमा छोपिएर खाना पु¥याउने जराको रूपलाई कस्ले देख्ने भन्दै प्रश्नवाची हुन्छन् कवि ।
छाल– ३७ यस छालमा अथाह दुःख ÷ पीडा÷ क्लेश÷ वेदनाको वर्णमाला फिजाएर रोगशैयामा लम्पसार भएको अवस्थामा जो आए पनि दुःखकै वर्णमाला सुनाउँदा कवि ले भन्छन् कि दुःखको पढी नसक्नु वर्णमाला पढी रहेको र छिचोल्न सकेर आजित भएको धारणा आएको छ । छाल– ३८यस छालमा रोग, पीडा, दुःख, दुःस्वप्नलाई बढारी दिनको लागि निष्ठुर, निर्मम,निर्दयी समयलाई आग्रह गरिएको छ । छाल–३९,दुःख कसै गरि पनि पुछ्न सकिदैन दुःख धमनी धमनीमा कोषकोषमा पसेको हुन्छ र जीवनको अन्त्यकालमा दुःख निवारणको बाटो भएको र दुःख निवारणका रीतहरू छन् भन्ने जानकारी प्राप्त भए पनि त्यो बाटो र रीत कसैले भेट्न नसकेको धारणा आएको छ । छाल– ४० यस छालमा कविले मनको डुङ्गाममा चढेर तनको सागर छिचोल्दा अनौठो तीक्ष्ण बेजोड अनुभूति मिल्छ त्यो अनुभूति सुखमा पाइँदैन भन्ने धारणा राखेका छन् । छाल –४१ यस छालमा कविले सुख दुखको टकरावको तुलनाा गर्दै सुखलाई रचि रचि प्रकृति आयो तर दुःखियाले जीवनको मादक मोहनीलाई बुझ्न सक्दैन भन्दै कविले लेख्छन् –‘हतभागी घोडचढी हो दुःखिया हाँक्छ हय विना लगाम’। छाल –४२ यस छालमा कविले विरोधभाषी नियतिलाई केलाउँदै एउटा रुखबाट सुक्नै लागेको पहेंलो पात खस्दा एउटा असी वर्षे बूढो पनि खसेको र मृत्यु जीवनको अन्तिम सत्य जान्दाजान्दै आफन्त सबैले दुःख मनाएको आँखाबाट आँसुखसाएको तर रुखलाई बुढो पात खस्ता दुख नभएको अनुभूति गर्दै कविले यही खसेको पहेंलो पात देखाएर मृत्युको सार्वभौम दर्शन बुझाउन चाहेको तर आफै दुःखि भएर हेरिरहेको धारणा पस्केका छन् । छाल–४३ यसमा कविले प्राप्तकालिन अल्पहारमा प्राप्त केरालाई खाँदा केराको बोक्रा र गुदी बीचमा कविको बोधिसत्वको झलक जस्तो भावको प्रफुरणमा कविले केराको गुदी सुखी रहेको र बोक्रोले निकै दुःख सहेको तर पेटमा पुगे पछि गुदी अन्ननली हुँदै सेफ्टी टंकमिमा पुगेर वर्षौं कैद हुने र केराको बोक्राको रूपमा फ्याकिएको नदीमा मिसिएर महायात्रामा लाग्ने बिचारको केराको बोक्राले गुदीसँग को दुःखी भन्दै प्रश्न राख्दा गुदीले ‘हिजो तिमी दुखी म सुखी आज तिमी सुखी र म दुःखी भन्ने जवाफ आएको धाराणा राखिएको छ । यहाँ कविले सुख र दुःख जीवनका अभिन्न अङ्ग हुन् यिनलाई सबैले भोग्नै पर्छ भन्ने सन्देश दिएका छन् । छाल– ४४ माझीले माछा मार्ने र माझी भुँवरीमा परेर जलसमाधि लिए पछि माछाले माझीलाई खाने भन्दै जगत्को लिला विचित्र छ भन्दै लेख्छन् –
‘त्यही माछो सुख त्यै माछो दुःख
त्यै जल सुख त्यै जल दुःख
अहो जगत्को लिला विचत्र
पृष्ठ ५५
छाल– ४५ यस छालमा कविले एउटा धमिराको प्वाँख पलाएको र आकाशमा सुखको छल्कन र अहम्को धडकनको साथमा उड्दा प्वाँख यचुडिएको र भूँइमा खसेपछि कमिलाले दाँत गाडेको देख्दा कविले दुःखको एकरूप कविमा बोधको अनेकौं चेतना आएको धारणा पस्केका छन् ।
छाल– ४६ यस छालमा कविले मानव र दुख बीचको सम्बन्धलाई यसरी भन्दछन् –
तँ छस् र म छु
तँ थिइन्स् भने म हुन्नथें
तँ थिनस् भने म कदापि रुन्नथें
छाल–४७ यस छालमा जव कवि सुखको नशामा मत्तिन थाल्दा पात्तिन थाल्दा,यो सपनिमा, सन्ध्यामा आएर डुब्दो सूर्य देखाएर ढल्दो गति औंल्याएर,झकझक्याएर खवरदारी गर्दै भन्छ –
‘भुलिस् हिजो मसँग गरेको सङ्गत
बिर्सिस् मैले गरेको अङ्कमाल’
छाल–४८ यस छालमा कविले सुख र दुखको तुलना गर्दै सुख उदाउँदो करकिरणमा पल्लवित र पुष्पितमा हुन्छ र अस्ताउँदो रविकिरणको खोक्रो खङ्ग्रङ तरूगणमा छ दुःख तर यी दुवैको मूल एउटै शूल एउटै र बासना अलग भए पनि पूmल भने एउटै हो भन्ने ठहर छ कविको ।
छाल– ४९ यस छालमा कविले समात्नुमा दुःख, छाड्नुमा सुख भन्दै उदाहरण दिंदै जटिलतामा दुःख सरल बन्नुमा सुख हुन्छ भन्ने धारणा पस्केका छन् ।
छाल– ५० यस छालमा परालको आगो जस्तो सुख र जल्दो कोइला जस्तो हत्तपत्त ननिभ्ने रहेछ दुःख भन्ने धारणा राखेका छन् कविले । छाल– ५१ यस छालमा दुःख विभिन्न रूपलिएर ‘मनको मझेरीमा पटक पटक दुःख दिन आइरहन्छ÷ आइरहन्छ ’ भन्ने धारणा आएको छ ।छाल– ५२ यस छालमा कविले मौरिका लागि आफैले थुपारेको महको चाका दुःख, खरबपतिको लागि आफैले थुपारेको स्वर्णढुकुटी दुख, सुगाको लागि आफ्नै बोली दुख हुन्छ भने कविलाई भने आफ्नै छातमिा उनिएको अपार आकाँछा र दुष्पुर सपना दुःख बन्छ यसलाई मेट्न पिउन र निल्न कसरी सक्ब्नु भन्ने धारणा राखेका छन् कविले । छाल –५३ यस छालमा दुःखले बिना दाउरा आगो जोर्ने,बिना चुलो सलाई कोृर्ने बिना हमर मुटु फोर्ने,सबैतिर छाउने ,चीति नभै चितातिर पु¥याउने, हर्ष नभै यसले विषाद गीत गाउने गर्छ भन्ने धारणा राखेका छन् । छाल–५४ यस छालमा कविले पुज्यमूर्तिको विप्लवी ह्म्मरमले शिर भूइँमा खसालेपछि पाषाणमूर्तिको आँखामा दुःखको आँसु देख्छन् र भन्छन् –
‘यो मूर्ति इतिहासको क्रुरविडम्बना थियो
यो मूर्ति इतिहासको क्रुर दुःख थियो ।
छाल–५५ यस छालमा कविले अनुभूतिमा, सुर वेसुरबन्दा, छन्द वेछन्द बन्दा, जीवनको ताल वेताल बन्दा जीवनका सङ्गतिहरू र विसङ्गतिमा दुख कसरी दर्शिन्छ भन्ने धारणा पस्केका छन् ।
छाल –५६ कविले दुःखलाई जुम्रासँग तुलना गर्दै भन्छन् –
‘कपालको अस्त्त्वि जस्तै
सत्य छ दुःखजुम्राको अस्तित्व’
छाल–५७ यस छालमा बाँसुरी बनाउनको लागि झिर रोपिन्छ र प्वालपारेर कसैले मिठो स्वरमा बजाउँछ । यो बाँसुरीको दुखको स्वर थियो तर सुन्नेले आनन्दको धुन मानेर सुन्दछन् यसरी नै अनादीकालदेखि मानिसले कसैको छातमिा प्वालपारेर त्यसको् वेदनालाई अनि मर्मान्त पीडालाई मीठो मानेर लट्ठिन्छ भन्ने धारणा आएको छ ।छाल –५८ यस छालमा जम्नु र बग्नुलाई दुःख र सुखमा तुलना गर्दै बग्नु सुख हो सरिता सुख हो भने सरोवर दुःखहो । त्यसो हुँदा भावनामा बग्नु पर्छ र दुःखलाई आँसुसँग बगाई दिंनु पर्छ । आँसुमा नबगाउँदा आँसु मुटुमा जम्छ र त्यसको पीडा झनै चर्को हुन्छ भन्दै कविले सागर आनन्द, सरिता सुख र सरोवर दुःख भन्ने धारणा पोखेका छन् । छाल–५९मा सुख र दुःखको स्वभावलाई कविले समेट्ने प्रयत्नरत छन् । दुःख सङ्कुचन र सुख विस्तृत स्वभावको हुन्छ । दुःखले एकान्त स्थान, बन्द कोठा, ओछ्यानमा सिरकभित्र गुटमुटिएर लुक्न खोज्नु र आत्महत्याको सङ्घारसम्म पुग्न खोज्नु तर सुखले भीड या समूह या बजार खोज्छ । त्यसैले जुवा मारेर जुवाडे दोकान पुग्नु रक्सी भट्टी र वेश्यालय पुग्ने धारणा आएको छ । ्छाल –६० यस छालमा कविले आकारमा दुःख छ र निराकारमा सुख छ भन्ने धारणलाई पुष्टि गर्न खोजेका छन् । छाल –६१ यस छालमा कविले भाग्यमा निर्भर रहनको उदाहरण ,िदंदैं भाग्य लेख्ने मसी कालो भए पनि कर्मगर्ने हातहरू रातो रगतबाट सञ्चालित भएकोले कालो भाग्यलाई रातो बनाउन सकिने धारणा आएको छ । छाल –६२ यस छालमा दुःखलाई पारससँग तुलना गर्दै पासरले फलामलाई सुनमा परिणत गरेसरि दुःखले जस्लाई स्पर्श गर्दछ सङ्क्रमित गर्दै अघि बढ्छ भन्ने धारणा आएको छ ।छाल–६३ यस छालमा दुःखीले दुःख बोल्छ सुखलाई पनि दुःखै देख्छ आपूmले पनि दुःख भोग्छ अरुलाई पनि दुःख दिन्छ र कसैको घरमा गए पनि दुःख दिन आएँ भन्दै जान्छ । दुःखीले सुख लिएर खुसी लिएर आएको कहिल्यै भन्दैन भन्ने धाारणा आएको छ । छाल –६४ यस छालमा कविले दुःखलाई चिनाउने साईनवोर्ड मानिसको अनुार, उसका आँखा, उसको फाटे च्यातिएका पहिरन, सारङ्गी जस्तो पेट रुग्ण अनि जराजिर्ण छानो भएको घर, फाटेका पैतालाहरू उत्कृष्ट साइनवोर्ड हुन् भन्ने धारणा आएको छ ।
छाल –६५ मा कविले ‘दुःख जीवनको अन्त्य होइन यो हो जीवनको सूरुवाात कसैको सुख बन्दा कसैको दुख बन्छ भन्ने धारणा आएको छ । छाल –६६ यस छालमा पूmलको सुवासलाई हावाले फैल्याएर प्रशंसा कमाउँछ तर त्हही हावाले पूmललाई लछारेर माटोमा मिलाउँछ ।भन्दै कविले मानिसको नियति र पूmलको नियति , मानिसको दुःख र पूmलको दुख एकै एकैजस्तो लाग्ने धारणा राखेका छन् । छाल –६७ कविले चरा र विचरा शब्दलाई सुख र दुःखसँग तुलना गर्दै चरा भनेका निर्वन्ध स्वतन्त्रताको नाम हो र यो गुण विचरामा पाइदैन त्यसो हुँदा चरा हुनुमा सुख छ र विचरा हुनुमा दुःख छ भन्ने धारणा पोखेकाा छन् । छाल– ६८ यस छालमा दुःख मनको बारीमा उम्रिनै हुर्किने,झ्याङ्गिने, पूmल्ने फल्ने, लहरिने गर्छ र दूःख र मनको सिधासिधा नातो गाँसिएको छ । यो कसैगरे पनि मासिन्न त्यसो हुँदा मनको दुःख मेटाउन विसर्जनको बाटो लाग्नु पर्ने ‘मनलाई दाउरा बनाई बालेपछि अमनीको राप चढदो रहेछ । अनि पो दुख दुख रहँदोरहेन छ ’ भन्ने धारण सहित सुखान्त जीवनमा रुपान्तरण गर्दै काव्यको समाप्ति भएको छ ।
माथि मैले यस काव्यमा कविले पोखेका भावनालाई सङक्षेपीकरण गर्ने प्रयास गरेको छु । विक्रमश्रिले यस काव्यप्रति ‘सत्यानुभूतिका उद्गारहरू’ शीर्षकमा यस काव्यलाई ‘कविले नेपाली साहित्यघरमा नयाँ झ्याल उघार्न पुग्नु भएको छ । यो झ्याल हो –विषयगत काव्य । विशेषज्ञ कवि’ भन्ने अभिव्यक्ति सहित काव्लाई विषय गत काव्य ठहर गर्नु भएको र कविलाई विशेषज्ञको पदले विभूषित गर्नु भएको छ । बास्तवमा यस्ता किसिमका काव्य विरलै लेखकहरूले लेख्छन् जस्तो लाग्छ मलाई । मैले अध्ययन गरेका काव्यहरूको स्मरण गर्दा यो नविनतम् काव्य हो । काव्यलाई रसिलो भरिलो, पठनयोग्य बनाउनको लागि काव्यका तत्त्वहरूको प्रयोग गर्नु्पर्छ । काव्यकारले आफ्ना यथार्थिक दृष्टि,स्वतन्त्र र स्वच्छन्द अभिव्यक्ति, दुःखको पीडा बोध एवम् सुखको आनन्दानुभूति, प्रकृतिक वर्णन, सुख र दुःखको को तुलनातमकता अध्ययनबाट दुखले विश्वव्यपीरूपमा पारेको असरलाई विश्लेषणात्मक अध्ययनबाट काव्यले स्वच्छन्द साहित्यिक धारातर्फको मार्ग अवलम्वन् गरेको देखिन्छ । काव्य लेखनमा पात्रहरूको गहन भूमिका हुन्छ । यहाँ दुःख र सुखलाई मूलपात्र बनाई कविले एउटा गहन काव्यको रचना गरेका छन् । दुःख मानव जीवनमा मात्र नभै पशुपंक्षी लता वृक्ष नदी सागर सरोवर सबैमा आवद्ध हुन्छ र मृत्युसम्म यसले साथ दिन्छ । कविले यी सबै खाले पात्रहरूलाई काव्यमा आवद्ध गरेका छन् । परिवेशको दृष्टिकोणलाई केलाउँदा पनि काव्यले विशाल क्षेत्र ओगटेको छ । किनकी कविले यस काव्यमा विभिन्न दृष्टिकोणबाट दुःख र सुखलाई केलाएका छन् , अध्ययन गरेका छन् , दुखका कारणलाई पत्ता लगाएका छन् र दुःखको निदानलाई दर्शााएका छन् । लेखन शैली पनि सुन्दर छ । दुःख र सुखलाई केन्द्र विन्दु बनाएर लेखिएको यस काव्यमा कविले लयात्मक, कलात्मक, सुबोध्य र प्रभावशाली बनाउँदै दुखको कारण र निदानलाई प्रस्तुत गर्दै सफल काव्य प्रदान गरेका छन् । बिम्ब, अलङ्कार र प्रतीकको प्रयोगले काव्यलाई उच्चाइमा पु¥याएको छ । प्रस्तुति एकलाप जस्तो लागे पनि ठाउँ ठाउँमा सम्वाद पनि पाइन्छ । काव्यको अध्ययन गर्दा कविले स्वयम् दुःख र सुखको अनुभूति गरेका छन् र त्यही अनुभूतिलाई व्यवहारमा उतारेका छन् जस्तो महसुस हुन्छ । सबै छालहरूको अध्ययनले कविको विद्वताशक्ति गहन छ र भावनाका लहरहरू समुद्रीलहर जस्तै लहराइरहेका जस्ता देखिन्छन् ।
अन्त्यमा कविले जीवनजगतमा गहिरो प्रभाव पार्ने दुःख र सुखको अनुभूतिलार्ई गहिरो अध्ययन, अनुसन्धान गर्दै दुखका कारण र दुःखको निदानको मार्ग दर्शनलाई प्रष्ट्याउँदै दुःखबाट मुक्ति र सुखको अनुभूतितिर लाग्ने एउटा मार्गदर्शनको अनुकरणीय एवम् नविनतम् काव्य प्रदान गर्नु भएकोमा दीर्घायु, सुस्वास्थको कामना सहित विदा चाहान्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु