गजल

- गङ्गा कर्माचार्य पौडेल

उमेर ढल्दै गएपनि रहर अझ बाँकी नै छ
रात घट्दै गएपनि प्रहर अझ बाँकीनै छ ।

प्रकृतिको उपहार शिरको सेतो केश
सुखदुख सँग खेल्ने लहर अझ बाँकीनै छ ।

तन गलेर केभो मन गल्या छैन कत्तिपनि
निर्माणाधिन् मनको सुन्दर सहर अझ बाँकीनै छ ।

ज्ञान सीपका मुल हाम्रा जेष्ट नागरिकहरु सँग
यो राष्ट सिंचने अनुभवका नहर अझ बाँकीनै छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु