वासिंङ्गटन डिसीमा सवारी चलाएर घुम्दा

- डिग बहादुर तामाङ्ग

मे महिनाको समय थियो १९८८ साल मा तत्कालिन कार्यवाहक राजदूत डा सिंह बहादुर बस्नेतकी श्रीमति शाहज्यादी जोत्शना बस्नेतले, उहाँहरु बस्नेघर मक्लिन शहर, उत्तर भर्जिनियमा मलाई बिहानै बोलाउनु भो । म विहानाको नास्ता र कफी पिएर, मेरो डेरा विस्कान्सिन अभिन्यू वासींगटन डिसीबाट,चेनब्रिज रोड लिएर पोटोम्यक नदी पार गरेर ९ माइल जति मोटर गाडि लिएर, तत्कालिन शाहज्यादी सरकार कहाँ हाजिर हुन पुगे ।

“डिग बहादुर मैले तपाईलाई बोलाएकी कारण शान्ती दिज्यू, शारदादिज्यू शोभादिज्यूहरु सवारी भएर यहाँ हामी कहाँ राज भएको छ”। त्यसपछि मलाई अधिराजकुमारीहरु भएको ठाँउमा लानु भयो । मैले सामुहिक रुपमा “दर्शन विन्ती चढाँए सरकार” भनेर उभिएर बसें । जोत्शना शाहज्यादीले “ शान्ती दिज्यू डिग बहादुर हाम्रो राजदूतावासमा काम गर्नु हुन्छ, हामीहरु नआउनजे उहाँले हजुरहरुको सेवारत भएर राती पनि यहि बस्छन”। तीनै अधिराजकुमारीहरुले म तिर हेरेर भै हाल्छ भनेर हुकुम भयो शान्ती सरकारले ।

त्यहि साँझ सिह बहादुर र शाहज्यादीको जानु भयो क्यालिफोर्निया युनाइटेडको फ्लाइटबाट सेक्रोमेंट भन्ने सहरमा जानु भो । त्यंह श्री पाँच अधिराजकुमारी प्रेक्ष्य शाह ढाडको अप्रेसन गराउन सवारी भएको थियो | मेरो जिम्मेवार थियो श्री पाँच अधिराजकुमारी जहाँ सवारी हुन्छ त्यंह पुर्याउने किनमेल गरेपछि फिर्ता सवारी ल्याउने रति पनि तही केहि पर्लाकी भनि बस्ने | अधिराज कुमरिहलाई जिउनर गर्न खान बनाउने दरबारबाटै तालिम प्राप्त गुरुन्ग्सिनी दिदी थिइन । मेरो जिम्मेवारी अधिराजकुमारीहरुलाई पसल जाने बेलामा उहाँहरुको पछि पछि लाग्ने । उहाँहरुको काम सकेपछि, बाहिर गाडिको ढोका बसेर गाडीको ढोका खोल्ने उहँ हरु भित्र पसे पछि ढोगा बन्द गरे पछि दर्शन गरेर ड्राइभर सिटमा बसेर घरतिर सवारी फर्काउने । मैले सिकेको थियो, सरकारहरुलाई पुर्याउदा ल्याँउदा पछाडि तिर नहेर्न हुदैन भनेर ।तीन जना दिदीबहिनिहरु पछाडीको सिटमा कुमार मोहन बहादुर शाही अगाडिको सिटमा । गाडीमा कोही एक शव्द बोल्दैन थियो । वासस्थानमा पुगेपछि, अधिराजकुमारीहरु आफै ढोका खोले ओर्लिन्थिन भने, कुमार मोहन बहादुर शाही भने मैले ढोका खोलि दिनु पर्थ्यो ।

मैले जीवनमा राजपरिवारहरुको सरसंगतमा धेरै राम्रो व्यवहार तथा मर्यादाक्रम अनुशासित कुशल व्यवहार देखें र यी राम्रा कुराहरु सिक्ने मौका पनि पाएँ । सबैभन्दा पहिले जेठोबाटोले बोलेर मात्रै अन्य राजपरिवारहरुको सदस्यले मर्यादाक्रमले बोल्दो रहेछन । शान्ती दिज्यूलाई सोधेर मात्रै र उहाँको स्वीकृत पाएर मात्रै शारदा दिज्यूले अरुलाई अह्राउदो रहेछन । सरकारहरुको एक हप्ताको सेवारत को बेला उहँ हरु धेरै ठाउमा जानु भो डिसी शहरको मुजिअम्हरु (संग्रहालय ) हरु राष्ट्र पति जर्ज वासिंग टन को घर मौंट भर्नोन, चेसकिक बे जल रासी आन्द्रा महासागरको पनि आएर बनेको खाडी तिर , तत्कालिन कार्य बाहक राजदूत र उहाकी श्री मती श्री पाँच शज्यादी ज्योत्सना बस्नेत सोमबारको बेलुका फर्किने समाचार थियो |

आईतवारको विहान थियो, शारदा अधि राजकुमारीले मलाई नरम स्वरमा “ डिग बहादुर तपाईले हामीलाई फिल्महलमा पुर्याउन सक्छौ र त्यहाँ त एक डलरमा टिकट पनि पाँउदो रहेछ” भनेर हुकुम भयो । म एक छिन टवाँ परे, अमेरिकामा बसेको ७ बर्ष भै सकेको थियो, तर एक डलरमा फिल्म हेर्ने टिकट पाएको थाहा थिएन । मैले “ सरकार सेवकले हेरेर जाहेर गर्छु” भनेर हत्त न पत्त वासीङ्गटन पोष्टको मेट्रे सेक्सन पल्टाएँ । नभन्दै फेयर फ्याक्स शहरको लि हाईवेको हलमा एक डलरमा टिकट पाइने रहेछ । मैले सोहि कुरा शारदा सरकारमा जाहेर गरेँ । उहाँहरुले दिनको खाना खाई सक्नु भएर क्रमश शान्ती, शारदा शोभा अनि मोहन बहादुरशाही, विवेक शद्रा, कार तिर आउनु भो, कारको पछाडिको ढोगा खोलेर बसें ।

पहिले शान्ती, बिचमा शारदा त्यसपछि शोभा, काखमा दुई जना नानीहरु, अगाडिको सिटमा कुमार मोहनलाई राखेर पुन दश औंला जोडेर नमस्ते गरेर ड्राइभर सिटमा बसेर, मक्लिनबाट, आर्लिङटन त्यसपछि रुट २९ अथवा लिहाइवे भएर सिनेमा हलमा सवारी पुर्याइयो । शान्ती सरकारले डलर पाँचको नोट झिकि बक्सेपछि मलाई दिदै “डिग बहादुर चारवटा टिकन किनर ल्याउ” मैले होस सरकार भनेर टिकेट बुँथमा गएर चारवटा टिकट किनेर फिर्ता आएको एकडलर समेत शान्तीसरकारको हातमा भावपूर्वक टक्रयाएँ ।

धन्यवाद “ तपाई पनि हेर्नुहोस भनेर पाँच डलर बक्स्यो” मलाई अलि अप्ठयोरो पर्यो एक डलरको टिकट किनें बाँकि चार डलर फिर्ता गर्न सकिएन, किनभने सरकारहरुबाट बक्सेको फिर्ता गर्यो भने अपमान गरेको ठानी बाकसला भन्ने सोचेर मन आफैले चार डोलर राखें | उहाँहरुको पछाडिको सिटमा बसेर फिल्म हेरे फिल्म हेरें फिल्मको नाम सम्जिना सकिएन । तिनै जना अधिराज कुमारी हरु कहिले महगो पसलमा सवारी भएनन् | मलाई भन्नु हुन्थ्यो हामीलाई "सस्तो पसलमा पुर्याउ "

फिल्म सक्यो, बेलुका सेफे पसलमा कि जायन जाने कुरा भयो, शारदा सरकारबाट सेफे भन्दा जायनमा सामान सस्तो पाउँछन त्यतै जाने टुँगो भो । ठुलोबोतलको कोक, सिङ्गै दुइटा कुखुरा, एक काईयो केरा, पालुङ्गो साग, एक झोला रातो आलु लिएर मैले फिर्ति सवारी चलाएँ । शारदा सरकार पकाउन तिर लागि बक्स्यो, शान्ती सरकार टेलिभिजन हेर्न लागि बक्स्यो, कुमार साहब स्कच लिएर अर्को कोठातिर बस्नु भो तेलेभिजन्को समू । म washington पोस्ट पढी रहेको थिएँ |

जोत्शाना शाहज्यादीको काम गर्नेले मलाई बोलाँउदै “ दाई सरकारहरुबाट हुकुम बक्सेको छ भित्र आउनु होला” मैले सोचे केहि पसलबाट नपुग समानहरु लिनलाई होला भन ठाँनेर भित्र पसें । शारदा सरकारबाट “डिग बहादुर तपाई पनि खानु होस हामी पनि शुरु गछौ”जे हुकुम सरकार भनेर, मलाई सरकारहरुको अगाडि बसेर खाना अलि अठ्यारो लाग्यो काम गर्ने दिदीलाई सबैपरिकारका खानाहरु राखि दिन अनुरोध गरे । खाना लिएर, अर्कै कोठातिर गएर खाँए । मैले अलि अचम्म मानेको के थियो भने, राजपरिवारका सदस्यहरुले राजदूत लगाएतका अन्य पदाधिकारीलाई तिमी भनेर सम्बोधन हुन्थ्यो भने हामी तल्लो तहका कर्मचारीहरु चाँहि तपाई भनेर सम्बोधन हुन्थ्यो सो कुरा मैले बुझ्न सकेको छैन

शरद सरकार आफनो छोरा बिकाश शाहको पाइलोट ट्रेनिंग नसकुजेलका लागि सवारी भएको थियो भने शान्ती सरकार आफनो छोरा बिनोदको भर्ना गर्न सवारी भएको थियो । शोभा शाही र मोहनबहादुर शाह चेकअपको लागि सवारी भएको थियो । करिब आठ दिनको सेवामा मैले धेरै नजिक भएर राजकुमारीहरुको सेवा गर्ने मौका पाँए, हाउगुजी जस्तै गरि राजपरिवारको बारेमा बाहिर सुनाइएका नकारात्मक कुराहरु बेर्थ लाग्यो ।


ज्यादै शालीन शिखरमा बसेका रहेछन राजकुमारीहरु, एउटा खटाइएको कर्मचारीलाई बडो ईज्जतका साथ बोल्ने, खुवाउने एउटा आफ्नै परिवारको सदस्यहरुलाई जस्तो व्यवहर गर्ने पाएं मैले । सायद मेरो जिन्दगीमा स्थानीय कर्मचारी भएर काम गरेको ठूलो सौभाग्य होला ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु