कवि अमर गिरीका कवितामा वक्रता

- डा. ऋषिराम शर्मा

१. विषय परिचय
कवि डा. अमर गिरी (वि.सं. २०१७) समकालीन नेपाली कविताका चर्चित प्रगतिवादी कवि चिन्तक र समालोचक समेत हुन् । उनी हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य एवं काव्य विभागका प्रमुख रहेका छन् । उनैद्वारा रचित शब्दहरूको बीचमा (वि.सं. २०१) कविता सङ्ग्रहका कविताको वक्रोक्तिगत सौन्दर्य अर्थात् वक्रताका दृष्टिले अध्ययन गर्ने कार्यसँग प्रस्तुत लेख सम्बद्ध छ । घाम छेक्ने पहाड (२०५५), तर पनि हामी जीवित छौं (२०६१), दुसाध्य समय (२०६४) र शब्दहरूको बीचमा (२०७१), कविता सङ्ग्रहका स्रस्टा गिरीले समय, समाज र संस्कृति (२०६७) नामक साहित्य र सांस्कृतिक चिन्तनसँग सम्बद्ध कृति र समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य (२०७३) नामक समालोचना कृति प्रकाशित गरेका छन् । समकालीन नेपाली कवितामा प्रगतिवाद विषयमा विद्यावारिधि गरेका गिरीले तारापन्त पुरस्कार (२०४७), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), योगेश्वर कलासाहित्य पुरस्कार (२०६६) र राप्ती सिर्जना पुरस्कार (२०६५) जस्ता पुरस्कार समेत प्राप्त गरिसकेका छन् । कवि गिरीका कवितामा प्रकट भएको प्रगतिवादी चिन्तन र विचारले कविताको आकार ग्रहण गर्दा जुन कलात्मक रूप ग्रहण गरेको छ, त्यही कलागत सौन्दर्य भनेकै वक्रता हो । वक्रता भनेको संस्कृत साहित्य सिद्धान्त अन्तर्गतको अत्यन्तै चर्चित एवं प्रसिद्ध सिद्धान्त हो जसले साहित्यिक कृति विश्लेषणको वस्तुवादी आधार प्रदान गर्दछ । संस्कृत साहित्य शास्त्रको अध्ययन परम्परामा दशौँ शताब्दीमा जन्मेका राजानक कुन्तक यस वक्रोक्ति सिद्धान्तका प्रणेता हुन् । उनैको वक्रोक्ति सिद्धान्तमा आधारित रही कवि गिरीका कवितामा वक्रता (सौन्दर्य) को निरूपण यस लेखमा गरिएको छ ।
२. सैद्धान्तिक आधार र सीमा
प्रस्तुत लेखको सैद्धान्तिक आधार वक्रोक्ति सिद्धान्त अन्तर्गतका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता, पदपरार्ध वक्रता र वाक्य वक्रता हुन् । यसमा प्रकरण र प्रबन्ध वक्रताका आधारमा उनका कृतिको विश्लेषण गरिएको छैन । उनीद्वारा प्रकाशित चार कविता सङ्ग्रह मध्ये उनको चौथो कविता सङ्ग्रहका कविताहरूको मात्र यसमा अध्ययन गरिएको छ । यसमा वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता अन्तर्गतका रुढिवैचिœय वक्रता, पर्यायवक्रता, उपचार वक्रता, क्रियावैचिœय वक्रता वृत्तिवैचिœय वक्रताका साथै वाक्य वक्रता अन्तर्गत सहजा वाक्य वक्रता र आहार्य (अलङ्कार÷ विम्बपरक) वाक्य वक्रताका आधारमा उनका केही फुटकर कृतिको अध्ययन गरी उनका कविताको वक्रोक्ति सौन्दर्यको निरूपण गरिएको छ ।
३. कवि गिरीका कवितामा वक्रता
कवि गिरीका कवितामा वक्रोक्ति सिद्धान्त अन्तर्गतका वर्णविन्यास वक्रता, पदपूर्वाद्र्ध वक्रता अन्तर्गतका रुढिवैचिœय, पर्याय, संवृत्ति, उपचार, विशेषण र क्रिया वैचिœय वक्रता, वृत्ति वैचिœयका साथै वाक्य वक्रता अन्तर्गतका सहजा (रस भाव स्वभाव) वाक्य वक्रता र आहार्य (अलङ्कार÷विम्बगत) वाक्य वक्रताको अध्ययन गरिएको छ ।
३.१ गिरीका कवितामा वर्णविन्यास वक्रता
वर्णविन्यास वक्रता वर्णहरूको सुन्दर चयन र प्रयोगबाट उत्पन्न हुने काव्यिक सौन्दर्य हो । वर्णहरू पदका अवयव हुन् अर्थात् वर्ण समुदायबाट पदको निर्माण हुन्छ (वजी, २÷८, वृत्ति) । वर्णविन्यास वक्रता भनेको मानवीय उच्चारण अवयवबाट उच्चारित स्वरव्यञ्जन ध्वनिहरू र तिनै ध्वनिबाट निर्मित अक्षरको समान एवं असमान आवृत्तिबाट हुने सौन्दर्यपूर्ण चमत्कार हो र यसले नै साहित्यिक कृतिका भाषिक अभिव्यक्तिमा साङ्गीतिकता, श्रुतिमधुरता, कर्णप्रियता जस्ता नाद सौन्दर्यलाई बढाएको पाइन्छ (अवस्थी, २०५५, पृ. ५२) । यसरी वर्णहरूको विशिष्ट प्रयोगबाट उत्पन्न हुने सौन्दर्य वर्णविन्यास वक्रता हो । कुन्तकले वर्णविन्यास वक्रताका विभिन्न भेद उल्लेख गरेका छन् र ती हरेक भेद वर्णहरूको समान आवृत्ति, असमान आवृत्ति, संयुक्त वर्ण प्रयोगजन्य चारुता जस्ता विभिन्न भेदसँग सम्बद्ध छन् । अमर गिरीका कवितामा यस्ता वर्णविन्यास वक्रता (सौन्दर्य) को प्रयोग पाइन्छ, जस्तै ः
उदाहरण १. अँध्यारो छ
म बसको लेक भरि
जून पनि छैन आकाशमा
न नदी छन् न खोला
न पंछी छन् न पंक्षीको कलरव
न पुतली छन् न पुतलीको क्रीडा
(घाम र म, पृ. २६)
उदाहरण २. कोहीनरम र मिजासिला
कोही कठोर र त्रूmर
कोही वाचाल र चतुर
कोही कामुक र खेलाडी
कोही शान्त र मौन
(डरलाग्दा हत्याराहरू, पृ. ६३)
उदाहरण एकको पङ्क्तिपुञ्जको दोस्रो पङ्क्ति (बसेको लेक) मा ‘क’ वर्णको असमान पुनरावृत्ति दोस्रो पङ्क्तिदेखि छैठौं पङ्क्तिसम्म कतै समान (न नदी, छन् न) र कतै असमान (न पंछी छन्) वर्णको आवृत्तिगत चारुता तथा पाँचौँ र छैठौँ पङ्क्तिमा प्रस्तुत प, क्ष, त, ल वर्ण (पंक्षी, पंछी, पुतली, पुतली) को असमान आवृत्तिबाट निस्कने वर्ण प्रयोगगत सौन्दर्यले उक्त पङ्क्ति श्रुतिमधुर बनेको छ र त्यसै मधुरताको माध्यमबाट आपूm बसेको लेक तर्पm घाम न उदाइ वा घामका किरणहरू नपरी लेकको एउटा पाखामा घाम लाग्ने र अर्को पाखामा घाम नलाग्ने वा घामले असमान व्यवहार गरेको कुरालाई कविले सुकोमल ढङ्गले व्यक्त गरेका छन् ।
उदाहरण २ को पङ्क्तिपुञ्जमा आएका पाँच पङ्क्तिमध्ये पहिलो पङ्क्तिमा र, म वर्णको असमान आवृत्तिगत चारुता (नरम र मिजासिली) दोस्रो पङ्क्तिमा प्रयुक्त क, र वर्णको असमान आवृत्तिगत सौन्दर्य (कोही कठोर त्रूmर) तथा र वर्णको समान आवृत्तिगत सौन्दर्य (त्रूmर कठोर), तेस्रो पङ्क्तिपुञ्जमा वर्ण प्रयोगगत चमत्कार सिर्जना गरेका छन् र ती वर्णहरूको प्रयोगका माध्यमबाट कवि हत्याराहरूको विभिन्न (कुटिल, त्रूmर) रूपको चित्रणमा चारुता र जीवन्तता पैदा गर्न सक्षम बनेका छन् । यसरी कवि गिरीले आफ्ना कविताका ठाउँ ठाउँमा वर्ण प्रयोगगत चारुताका माधयमबाट वण्र्यविषय अर्थात् प्रगतिशील विचार एवं कथ्यलाई साङ्गीतिक रूप दिई कलात्मक एवं सम्प्रेष्य बनाएका छन् ।
३.२ गिरीका कवितामा पद वक्रता
कवि अमर गिरीका कवितामा पद वक्रताको पनि सुन्दर प्रयोग भएको छ । उनका कवितामा पदपूर्वाद्र्ध वक्रता र पदपराद्र्ध वक्रताका विभिन्न भेदहरूको प्रयोग पाइन्छ । तीमध्ये कवितामा विशेष रूपमा पाइने पद वक्रताका रुढिवैचिœय, पर्याय, विशेषण, उपचार, क्रियावैचिœय र वृत्तिवैचिœय वक्रतागतको बढी प्रयोग पाइन्छ ।
३.२.१ रुढिवैचिœय वक्रताको प्रयोग
साहित्यिक कृतिमा प्रयुक्त हुने शब्द वा पदले आफ्नो रूप, परम्परागत कोशीय एवं लोकप्रचलित अर्थलाई त्यागेर नवीन अर्थ ग्रहण गर्दा रुढिवैचिœय वक्रता हुन्छ । सर्जक वा कविद्वारा कुनै शब्द वा पदको रुढ अर्थलाई कुनै रमणीय असम्भाव्य अर्थका अतिशय (तिरस्कार वा प्रशंसा जस्तो) अद्भुत अर्थमा प्रयोग गरिएमा त्यसलाई रुढिवैचिœय वक्रता भनिन्छ (वजी, २÷८, ९ वृत्ति) । यसमा शब्दको आफ्नो कोशीय एवं परम्परागत अर्थलाई कि त अत्यन्तै तिरस्कार गरेर नयाँ अर्थको आरोप गरिन्छ या त अत्यन्तै प्रशंसा गरेर नयाँ अर्थको आरोप गरिन्छ र त्यसैका माध्यमबाट सौन्दर्य सिर्जना गरी विशिष्ट काव्यिक रूप तयार पारिन्छ । प्रगतिवादी कवितामा विशेष गरी लोकप्रचलित वा कोशीय उत्कृष्ट अर्थयुक्त रुढ शब्दमा अत्यन्त तिरस्कारको आरोप गरी नयाँ अर्थ उद्भावना गर्ने चातुर्य पाइन्छ भने लोकले हेपेका, दबाइएका वा तल्लो वर्गमा गनिएका समाजका उच्च वर्गको लोकका दृष्टिले अनुत्कृष्ट व्यक्ति र प्रवृत्ति बुझाउने पदमा र ती व्यक्तिहरूको अर्थमा उत्कृष्ट धर्मको आरोप गरी अतिशय प्रशंसा गर्ने प्रवृत्ति पाइन्छ । अमर गिरीका कवितामा पनि रुढिवैचिœय वक्रताको अत्यन्त सुन्दर एवं रमणीय प्रयोग पाइन्छ ।
उदाहरण ३. म हँसिया
तिनका दुःखहरू पढ्नु छ भने
मलाई पढ
..............
कम्प्युटरमा
पेनड्राइभ भैmँ घुसाऊ
पर्दामा आउने छन्
असङ्ख्य दृश्यहरू
त्यस दृश्यमा
आउने छन् सबै कुरा
(हँसिया, पृ. ८, ९)
उदाहरण ४. नारायणहिटीको दक्षिणी गेटभन्दा
पाँचसय मिटर परबाट
धेरैपटक भुकेको थिएँ मैले त्यतातिर
धेरैपटक हानेको थिएँ ढुङ्गा
धेरैपटक हात उठाएको थिएँ आकासतिर
र भनेको थिएँ – मुर्दावाद !
माथि उदाहरण ३ को पङ्क्तिपुञ्जमा ‘हँसिया’ शब्दले रुढ, कोशीय एवं प्रचलित अर्थ सामान्य घरेलु फलामे हतियार भन्ने अर्थलाई त्यागेर अतिशय उत्कृष्ट वा विशिष्ट अर्थ अर्थात् दुःख पीडा भन्ने अर्थमा आरोपित गरी वैचिœय सिर्जना गरिएको छ भने उदाहरण ४ को पङ्क्तिपुञ्जमा ‘नारायणहिटी’ को खास अर्थ देशको तत्कालीन राष्ट्राध्यक्ष र राजा बस्ने आवासगृह भन्ने विशिष्ट एवं अतिमहŒवपूर्ण स्थान भन्ने रुढ र प्रचलित अर्थमा अत्यन्त तिरस्कारपूर्ण अर्थकै आरोपका कारण ‘म’ पात्रले पाँचसय मिटर परबाट ढुङ्गा हानेको, थुकेको, मुठ्ठी कसेको र मुर्दावाद भनेको भनी स्तुति र प्रशंसा गाइने परम्परा विपरीत दरबारका विरुद्ध घृणा, आक्रोश जस्ता अर्थ प्रक्षेपण गर्दा चमत्कार सिर्जना गरिएको छ । त्यसैले यी उदाहरण ३ को पङ्क्तिपुञ्जमा सामान्य हँसियालाई विशिष्ट प्रशंसामूलक अर्थमा र उदाहरण ४ को पङ्क्तिपुञ्जमा विशिष्ट ‘नारायणहिटी’ भन्ने अर्थमा सामान्य निकृष्ट तिरस्कारमूलक अर्थको आरोप गरी वैचिœय सिर्जना गरिएकाले यहाँ रुढिवैचिœय वक्रता अर्थात् सौन्दर्य देखा पर्दछ ।
३.२.२ पर्याय वक्रता
पर्याय वक्रता भनेको पर्यायवाची वा समानार्थक शब्द प्रयोगगत सौन्दर्य हो । हरेक शब्दका पर्यायवाची शब्द हुन्छन् ती मध्ये कुनै यस्तो शब्दको चयन स्रष्टाले गरेको हुन्छ जुन शब्दले विशेष सौन्दर्य सिर्जना गरेको हुन्छ । कुन्तकले विभिन्न स्थितिका आधारमा पर्याय वक्रताका छ भेद (व ती, १०÷१२ वृत्ति) हुने बताएका छन् । कवि अमर गिरीका कवितामा यस्तो पर्याय वक्रताको सुन्दर प्रयोग पाइन्छ ः
उदाहरण ५. जब ऐंठन अनुभव हुन्छ
अत्यासलाग्दो यस शहरमा
सुटुक्क निस्कन्छु म
चटामरी खान
कुनै नेवारी खाजा घरमा
(चटामरी, पृ. १)
यस उदाहरण ५ को पङ्क्तिपुञ्जमा प्रयुक्त ‘ऐंठन’ शब्दको चयनबाट कविले विशिष्ट सौन्दर्य सिर्जना गरेका छन्, यस शब्दभन्दा यसकै पर्याय बुझाउने अर्को शब्द प्रयोग गरेका भए यति चमत्कार वा कलात्मकता सिर्जना हुने सम्भावना थिएन, त्यसैले प्रस्तुत पङ्क्तिपुञ्जमा अत्यास लाग्दो सहरमा हुने दिक्दारी, वेचैनी, छटपटी, उकुसमुकस जस्तो समष्टि पीडाको अर्थमा ऐंठन शब्दको प्रयोग गरी विशिष्ट सौन्दर्यबोधक पर्यायवाची शब्दको प्रयोगद्वारा पर्याय वक्रता (सौन्दर्य) सिर्जना गरेका छन् ।
३.२.३ उपचार वक्रता
एक आपसमा भिन्न गुण र स्वभाव भएका अत्यन्त भिन्न वस्तुहरूको थोरै मात्र मिल्ने विशेषताका आधारमा एउटाको गुण र स्वभावलाई अर्काको गुण र स्वभावमा आरोपित गरी सिर्जना गरिने काव्यिक सौन्दर्य उपचार वक्रता हो । लोकोत्तर सौन्दर्य प्रतिपादन गर्ने उद्देश्यले स्वभाववाला वस्तुमा अरू कुनै वस्तु पदार्थको आरोप गर्दा उपचार वक्रता हुन्छ (बजी, २÷१३) । यसमा मूर्त र अमूर्त चेतन र अचेतन सजीव र निर्जीव तथा मानवीय र मानवेतर वस्तु र भावका बीच एक अर्कामा अभेद आरोप गरी सौन्दर्य सिर्जना गरिन्छ । रूपक अलङ्कारको मूल आधार वा लक्षणा वृत्तिको विशेषता तथा प्रकृतिको मानवीकरण जस्ता वैशिष्ट्य यसै उपचार वक्रता भित्र अन्तर्भूत भएको पाइन्छ ।
उदाहरण ६. डढेलोले डढेका रूखहरू भैंm
भोकले डढेका आँतहरू छन्
तर उनीहरूको भोकको तुलना
हुन सक्तैन शासकहरूको भोकसँग
(भोक, पृ. ६)
उदाहरण ७. निरन्तर हिडेर लाखौं माइल बाटो
रक्तिम आभा सहित
झुल्किन्छ विहानमा सूर्य
चम्कन्छन्, असङ्ख्य ताराहरू
खुर्पेटो भिरेर जूनको
जसरी रातमा हाँस्छ आकास ।
उदाहरण ६ को पङ्क्तिपुञ्जमा ‘भोकले डढेका आँतहरू’ भन्ने भनाइमा आँत÷आत्मा जस्तो अमूर्त अदृश्य विषयलाई ‘डढेको’ भनी मूर्त र दृश्य विषयका रूपमा दुई एक आपसमा भिन्न गुण र विकास भएका वस्तुलाई अमूर्तको मूर्तीकरण उपचारद्वारा आरोपित गरी सौन्दर्य सिर्जना गरिएको छ । गरिवीको कहाली लाग्दो अवस्था देखाउने कथनको अभिव्यक्तिका लागि यो वक्रता सशक्त कलात्मक माध्यम वा साधन बनेको छ । पङ्क्तिपुञ्ज ७ को पङ्क्तिहरूमा ‘निरन्तर हिडेर लाखौं माइलको बाटो’ भन्ने कथन मानवका लागि वा हिड्ने चेतन वर्गको स्वभाव वा गुणसँग अचेतन वा अमूर्त सूर्यको हिडाइसँग तुलना एकातिर छ भने अर्कातिर ‘जूनको खुर्पेटो भिरेर रातमा हाँस्छ आकाश’ भन्ने कथनमा प्राकृतिक सौन्दर्यको अभिव्यक्तिका लागि जूनलाई आकाशले खुर्पेटो भिरेको र जून हाँसेको जस्ता जूनलाई खर्पुेटोसँग तथा अचेतन वा मानवेतर आकाशलाई चेतन वा मानवसँग उपचारद्वारा आरोपित गरी सौन्दर्य सिर्जना गरिएको छ । कविले अँगालेको यो कथन पद्धति कविले प्रस्तुत गर्न लागेको प्रकृतिको मानवीकरण तथा प्राकृतिक सौन्दर्यको वर्णन गर्ने कथ्यको सम्प्रेषणका लागि सशक्त माध्यम बनेको छ । कवि गिरीले ‘छुरी’ र ‘खुकुरी’ लाई गरेको मानवीकरणले सम्भावित भयावह अवस्थाको वर्णन गर्ने विशिष्ट कथन पद्धति अँगालेको देखा पर्छ, जस्तै ः
जकेटको ठूलो खल्तीमा निदाएको छ छुरी
नजिकैको टेविलमा शान्तसँग बसेको छ खुकुरी
३.२.४ विशेषण वक्रता
विशेषण र क्रियाको विशेषतालाई सौन्दर्यपूर्ण बनाउने गरी विशेषण र क्रिया विशेषणको प्रयोग हुँदा विशेषण वक्रता हुन्छ । विशेषणको महिमा वा प्रभावका कारण क्रिया वा कारक स्वरूप पदार्थको सौन्दर्य प्रस्फुटित भएका विशेषण वक्रता हुन्छ (बजी, २÷१५) । विशेषण र विशेषण वैचिœय तथा क्रिया विशेषण वैचिœय वक्रता गरी यो दुई प्रकारको हुन्छ । यस्ता विशेषणले रस, स्वभाव र अलङ्कारलाई अलौकिक सौन्दर्ययुक्त तुल्याएका हुन्छन्, यसमा विशेषणको विशिष्ट प्रयोग, विरोधमूलक विशेषण (अन्धो मन), विशेषण विपर्यय (तिर्खालु महल) जस्ता कुराहरू पर्दछन् । कवि गिरीका कविता पनि विशेषण वक्रता (सौन्दर्य) गत वैशिष्ट्यले चमत्कृत छन्, जस्तै ः
उदाहरण २. कोहीनरम र मिजासिला
कोही कठोर र त्रूmर
कोही वाचाल र चतुर
कोही कामुक र खेलाडी
कोही शान्त र मौन
(डरलाग्दा हत्याराहरू, पृ. ६३)
उदाहरण ८. म पसेको छु
परिकारहरूको सुन्दर सङ्ग्रहालयको
जसको निर्माणमा
नजाने कति पसिना बगाएका थिए
मेरा पुर्खाले
(चटामरी, पृ. १)
उदाहरण ९. थाहा छैन
उनीहरू कहिले अघाउँछन् र उग्राउँछन्
र पटासिय हुन्छ
भोकको निर्लज्ज इतिहासको
उदाहरण २ को पङ्क्तिपुञ्जमा ‘कोही नरम र मिजासिला’, कोही ‘कठोर र त्रूmर’, कोही ‘वाचाल र चतुर’, कोही ‘कामुक र खेलाडी’, कोही ‘शान्त र मौन’ भन्ने कथनमा विभिन्न प्रकारका विपरीतबोधक विशेषण प्रयोगगत चातुर्यका कारण विशेषण वक्रता देखा पर्दछ, जसमा उक्त पङ्क्तिपुञ्जमा व्यक्तिका बहुविध रूप र वैशिष्ट्यको कथनमा यी विशेषणले चमत्कार पैदा गरेका छन् । उदाहरण ८ को पङ्क्तिपुञ्जमा आएको ‘परिकारहरूको सुन्दर सङ्ग्रहालय’ भनी चटामरी पसलका लागि प्रयुक्त विशेषण पदले ‘चटामरी’ पसलको विशिष्ट एवं अनुपम प्रकृतिको स्वादको वर्णनद्वारा कथन वैचिœय सिर्जना गरेका छन् । त्यस्तै उदाहरण ९ को पङ्क्तिपुञ्जमा ‘भोकको निर्लज्ज इतिहास’ भनी इतिहास पदको विशेषणका लागि ‘भोकको निर्लज्ज’ विशेषण पदावलीको प्रयोग गरिएको छ र उक्त पङ्क्तिपुञ्जको वक्रताले देश खाएर नअघाउने भ्रष्टहरूको चरित्र उद्घाटन गरेको छ ।

३.२.५ क्रियावैचिœय वक्रता
धातु रूप क्रियापदको वैचिœययुक्त प्रयोगबाट सिर्जित हुने सौन्दर्य – क्रिया वैचिœय वक्रता हो । क्रिया वैचिœय वक्रताका विभिन्न पाँच प्रकार कुन्तकले उल्लेख गरेका छन् तर कर्ताले जुन क्रियाको कार्य गर्दैन वा गर्न सक्दैन त्यस क्रियाबाट त्यस कर्ताको काम गराइ वैचिœय सिर्जना गर्ने वक्रता तथा क्रिया विशेषणद्वारा क्रियामा आउने विचित्रता यस वक्रताका मुख्य विशेषता मानिन्छन् । कवि अमर गिरीका कविताका विशेषरूपमा जुन क्रियाले कर्ताको काम गर्नै सक्तैन त्यस क्रियाबाट त्यस्तो कार्य गराइ वैचिœय सिर्जना गरी कथ्यलाई सम्प्रेषणीय तुल्याउने वैशिष्ट्य पाइन्छ, जस्तै ः
उदाहरण १०. शासकहरू भोकले चपाइरहेछन्
हावामा फर्पmराइरहेको
राष्ट्रिय झन्डा
चपाइरहेछन्
पहाड र हिमालहरू
(भोक, पृ. ६)
उदाहरण ११. शारदा र टनकपुर व्यारेजको
धमिलो धमिलो अनुहार
स्पष्ट भएर उभिइरहेछ
इतिहासको चित्र
र त्यो जेठको घाम भएर दुखिरहेछ
मेरो छातीभित्र ।
(महाकालीको किनारमा, पृ. ५)
उदाहरण १० को पङ्क्तिपुञ्जमा ‘हावामा फर्पmराइरहेको राष्ट्रिय झन्डा’, ‘हिमाल’ र ‘पहाड’ शासकहरूले ‘चपाइरहेछन्’ भनी झन्डा, हिमाल, पहाड चपाउने क्रिया गर्न कर्ताको रूपमा आएको शासकले कुनै पनि हालतमा गर्न सक्ने कुरो होइन तर यही असम्भव कुरालाई प्रस्तुत गरी शासकहरूको शासकीय भ्रष्टता उजागर गर्न कविले अङ्गीकार गरेको यो कथन क्रियावैचिœय वक्रताद्वारा चमत्कृत छ । उदाहरण ११ को पङ्क्तिपुञ्जमा इतिहासको चित्र ‘जेठको घाम भएर दुःखीरहेछ’ भन्ने कथनमा चित्र रूप कर्ताद्वारा अनुभूत गर्नै नसकिने दुःख्ने क्रियासँग सम्बन्धित तुल्याइ दुःख्ने क्रियालाई ‘चित्र’ रूप कर्ताद्वारा कार्य सम्पन्न गराई चमत्कार पैदा गरेका छन्, यी क्रियाको वैचिœययुक्त प्रयोगका माध्यमबाट इतिहासमा कलङ्कित महाकाली सन्धिमा नेपालले गुमाउनु परेको पानीको अधिकारलाई कविले सहृदयका हृदयमा सहज रूपमा सम्प्रेष्य तुल्याएका छन् ।
३.२.६ वृत्ति वैचिœय वक्रता
शब्द निर्माणमा प्रचलित व्याकरणात्मक वृत्तिहरू समास, तद्वित प्रक्रिया र समास प्रक्रिया तथा नामधातुको विशिष्ट चयनका माध्यमबाट देखिने उक्तिसौन्दर्य वृत्ति वैचिœय वक्रता हो । कवि अमर गिरीका कवितामा पनि यस्तो वक्रताको यथेष्ट प्रयोग पाइन्छ, जस्तै ः
उदाहरण १२. मैले हराएँ आपूmलाई तिमीमा
र म रागविहीन भएँ ।
(बासुरी, पृ. १३)
उदाहरण १३. जहाँ युद्धको भयङ्कर विभीषिकाले
ध्वस्त भएको संसारलाई
हेरेर रोइदिने कोही नहोस्
सघन अन्धकारबाट
उज्यालोतर्पm डो¥याउने
कोही नबचोस् ।
(सम्वाद, पृ. ३७२)
उदाहरण १४. उस्तै छ पुल
बनेको एक वर्षमै
उडेको थियो
यसको प्राणपखेरु
(गाउँको पुल, पृ. ४२)
उदाहरण १२ को पङ्क्तिपुञ्जमा ‘रागविहीन’ पदमा समास, उदाहरण १३ को ‘विभीषिका’ र ‘सघन’ पदमा उपसर्ग, ‘भयङ्कर’ र ‘अन्धकार’ पदमा तद्वित प्रत्यय र उदाहरण १४ को ‘प्राणपखेरु’ पदमा समास प्रयोगगत सौन्दर्य छ, जसमा यी शब्दले सम्बन्धित पङ्क्तिपुञ्जको कथ्य वा विषयवस्तुको प्रस्तुतीकरणमा चमत्कार सिर्जना गरेका छन् ।
३.३ अमर गिरीका कवितामा वाक्य वक्रता
वाक्य वक्रता भनेका कविता वाक्य वा पङ्क्तिगुच्छमा देखा पर्ने चमत्कार हो । वाक्य वक्रताका माध्यमले वाक्यमा विशिष्ट शब्द र अर्थगत सौन्दर्य अभिव्यक्त हुन्छ । काव्यका वाक्यमा स्वभावैले सुन्दर वस्तुको वर्णन हुनुपर्दछ (बजी, ३÷३४, वृत्ति) । वाक्य वक्रतामा वर्णनीय विषय हुन्छन्, ती हुन् चेतन (देव, मनुष्य), गौण चेतन
(पशु, पक्षी) र अचेतन (परिवेश) । यसरी वाक्य वक्रतामा चेतन स्वरूप देवता र मनुष्यका साथै पशु पंक्षी, कीटपतङ्ग र अचेतन स्वरूप प्रकृतिका विविध पक्षहरूको चित्रण भएको हुन्छ । यो विषयको चित्रण सहजा र आहार्या वाक्य वक्रताका आधारमा भएको हुन्छ । अमर गिरीका कवितामा विशेष गरी चेतन वस्तु अन्तर्गत मानव (शोषित पीडित वर्ग) को विषय वर्णित हुन्छ भने उक्त विषयलाई अभैm रसमय, कलात्मक एवं आलङ्कारिक ढङ्गले वर्णन गर्न अचेतन (प्रकृति संस्कृति आदिका) का विविध पक्षको चित्रण भएको हुन्छ । यसरी अमर गिरीका कवितामा जे विषयको वर्णन भएको छ त्यो सहजा र आहार्या रूपमा नै वर्णन भएको पाइन्छ । सहजा वाक्य वक्रता अन्तर्गत रसभाव तथा स्वभाव वक्रता पर्दछन् भने आहार्या वाक्य वक्रता अन्तर्गत अर्थालङ्कार (विम्बादि) पर्दछन् । अमर गिरीका कवितामा प्रयुक्त वाक्य वक्रतालाई रसभाव, वाक्य वक्रता र अलङ्कार (विम्ब) परक वाक्य वक्रता गरी तिन वर्गमा वर्गीकरण गरिएको छ ।
३.३.१ अमर गिरीका कवितामा रसभाव वाक्य वक्रता
रसभाव वाक्य वक्रता भनेको विभिन्न नौ रस र नौवटै भाव तथा ती रसभावहरूमा सञ्चारित हुने विविध (तेत्तीस ओटा) सञ्चारी भावहरूको सञ्चरणको अवस्था हो । अमर गिरीका कवितामा रसभावादि वाक्य वक्रताका केही उदाहरण पाइन्छन्, यसै लेखमा दिइएका विभिन्न १४ वटा उदाहरणमा पनि यस्तो वक्रताको प्रयोग पाइन्छ, जस्तै ः
उदाहरण २ को ‘हँसिया’ शीर्षकबाट लिइएको अंशमा हँसियालाई मानवीकरण गरी उसको दुःख र पीडा पोखिएको छ । त्यसैले यहाँ विषाद, चिन्ता जस्ता सञ्चारी भावहरू सञ्चरण भई शोकभावोन्मुख अवस्थाको भावमय चित्रण छ भने उदाहरण ८ को ‘चटामरी’ शीर्षकबाट लिइएको उदाहरणमा सामान्य खाजा चटामरी पसललाई अत्यन्त सहज एवं स्वाभाविक रूपमा कलात्मक रूप दिई परिकारहरूको सुन्दर सङ्ग्रहालय भनिएको छ र उक्त पसलमा पुग्दा सञ्चरण हुने हर्ष सञ्चारी भावको चित्रण छ । यसै गरी उनका कविताका विविध वाक्य शृङ्खलामा मानवीय मनका विविध भावहरू उद्दीप्त एवं रस अभिव्यक्त गर्ने गरी रसभाव वाक्य वक्रताको चित्रण भएकै छ ।
३.३.२ अमर गिरीका कवितामा अलङ्कार वक्रता
सर्जकले सहज प्राकृतिक वा सामाजिक विषयलाई आफ्नै रचना कौशलद्वारा अलौकिक र उत्कर्षशाली बनाइदिँदा वस्तुको मूलरूप जस्तो छ त्यसभन्दा पृथक् र सौन्दर्ययुक्त वर्णन हुन जाँदा आहार्य÷अलङ्कार वक्रता हुन्छ । आहार्य वक्रता भनेको अलङ्कार बाहेक केही होइन (बजी, ३÷२, वृत्ति) । कुन्तकले आहार्य वस्तु वक्रता नै अलङ्कार वक्रता हो भनेका छन् (बजी, १÷२) । सर्जकको आभ्यासिक प्रस्तुति र कल्पना प्राचुर्य आहार्य वा अलङ्कार वक्रताको वैशिष्ट्य हो । कवि अमर गिरीका कवितामा अलङ्कार वक्रताको पनि प्रयोग पाइन्छ ।
उदाहरण ६ मा दिइएको पङ्क्तिपुञ्जमा ‘डढेलोले डढेका रूखहरू भैंm भोकले डढेका आँतहरू छन्” भन्ने कथनमा डढेलोले डढेका रूखहरूसँग भोकले डढेका आँत (आत्मा) को सादृश्यविधान मार्पmत उपमा अलङ्कार सौन्दर्य सिर्जना गरी आहार्य वक्रता पैदा गरिएको छ, जुन वक्रताले भोकले तड्पेका जनताको जीवन्त दृश्यविम्ब सहृदयसमक्ष चित्रित गरी विच्छित्ति पैदा गरिदिएको छ । त्यस्तै उदाहरण ९ को ‘थाहा छैन उनीहरू कहिले अघाउँछन् र उग्राउँछन् र पटाक्षेप हुन्छ भोकको निर्लज्ज इतिहासको’ भन्ने कथनमा जति खाए पनि न अघाउने अघोरी नेताहरूको भ्रष्टाचाररूपी भोकको जीवन्त चित्र उतार्न कविद्वारा ‘भोकको निर्लज्ज इतिहासको कहिले पटाक्षेप हुन्छ ?’ भन्ने उक्तिमा भ्रष्टाचारमा निर्लिप्त नेताको भोकलाई निर्लज्ज इतिहाससँग सादृश्यविधान गरी रूपकालङ्कार वैचिœय सिर्जना अर्थात् आहार्य वक्रताद्वारा अलङ्कृत बनी कथ्यलाई सघन, जीवन्त एवं सम्प्रेष्य बनेका छन् ।
४. निष्कर्ष
कवि अमर गिरीका कवितामा प्रगतिवादी विचार वक्रताका आवरणमा निकै सशक्त रूपमा चित्रण भएको छ । कविले जुन विषयवस्तु टिपेका छन् ती समसामयिक विषयसँग सम्बन्धित छन्, उनका कवितामा प्रस्तुत भएको विषय वा कथ्यले कविताको रूप ग्रहण गर्नमा यिनै विभिन्न वक्रताले नै सघाउ पु¥याएको छ । अमर गिरीका कवितामा वर्णविन्यास वक्रताको कमै प्रयोग पाइन्छ । उनका कवितामा पदवक्रताको प्रचुर प्रयोग पाइन्छ, पदवक्रता, रुढिवैचिœय वक्रता, विशेषण वक्रता, उपचार वक्रता, क्रियावैचिœय वक्रता जस्ता भेदहरूको प्रयोगका कारण उनका कविताको कथ्य निकै सघन एवं सम्प्रेष्य बनेको देखिन्छ । कवि गिरीका कवितामा सहजा वाक्य वक्रता अर्थात् रसभावगत वाक्य वक्रताको बढी र आहार्या वा अलङ्कार वक्रताको प्रयोग कमै पाइन्छ, जसका कारण अमर गिरीका कविता दुर्वोध्यता, क्लिष्टताबाट पूर्णतः मुक्त हुन पुगेका छन्, उनका कविता सहज, सरस एवं सरल भएको कारण नै उनका कवितामा विशेष रूपमा पाइने रसभावगत (सहजा) वाक्य वक्रता हो भन्ने प्रस्टै हुन्छ । यसरी अमर गिरीका कवितामा वक्रताका वर्ण, पद र वाक्यका विभिन्न उपभेदहरूको चमत्कारपूर्ण प्रयोगका माध्यमबाट उनका कविताको कथ्य वा विचार अत्यन्त कलात्मक बन्न पुगेको छ ।
सन्दर्भ सूची
अवस्थी, महादेव. “वर्णविन्यासवक्रता र मुनामदन खण्डकाव्यमा त्यसको प्रयोग”. गरिमा. ६÷१२.२०५५. पृ. ५०–५६ ।
आचार्य, विश्वेश्वर (व्या.). हिन्दी वक्रोक्तिजीवितम्. (मूल ले. कुन्तक). दिल्ली ः दिल्ली विश्वविद्यालय. सन् १९९५ ।
उपाध्याय, केशवप्रसाद. पूर्वीय साहित्य सिद्धान्त. दोस्रो संस्क. काठमाडौँ ः साझा प्रकाशन. २०४८ ।
–––. साहित्य–प्रकाश. सातौं संस्क. ललितपुर ः साझा प्रकाशन. २०६७ ।
–––. “वक्रोक्तिवादी मान्यता र त्यसको संक्षिप्त विवेचना”. जुगल सैद्धान्तिक समालोचना.
(सम्पा. राजेन्द्र सुवेदी). काठमाडौँ ः जुगल पब्लिकेसन. २०७१. पृ. ३५–४९ ।
कुन्तक. हिन्दी वक्रोक्ति जीवित. सम्पा. नगेन्द्र. दिल्ली ः दिल्ली विश्वविद्यालय. १९९५ ।
खनाल, श्यामप्रसाद. “नेपाली कवितामा वाक्यवक्रता ः एक दिग्दर्शन”. ऋतम्भरा.
(११÷१४). २०६७. पृ. ११२–१२२ ।
गिरी, अमर. शब्दहरूको बीचमा. काठमाडौँ ः याम्बुरी बुक पोइन्ट. २०७१ ।
–––. समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य. ललितपुर ः साझा प्रकाशन. २०७३ ।
गुप्ता, सुधा. वक्रोक्ति सिद्धान्त और हिन्दी कविता. नई दिल्ली ः राधा पब्लिकेसन. सन् १९९० ।
गौतम, लक्ष्मणप्रसाद. समकालीन नेपाली कविताको विम्बपरक विश्लेषण. ललितपुर ः साझा प्रकाशन. २०६८ ।
भट्टराई, गोविन्दप्रसाद. पूर्वीय काव्यसिद्धान्त. काठमाडौँ ः साझा प्रकाशन. २०३१ ।
वर्मा, धीरेन्द्र र अन्य. सम्पा. हिन्दी साहित्य कोश भाग–१. वारायणसी ः ज्ञान मण्डल लिमिटेड ।
विश्वेश्वर. “आमुख”. हिन्दी वक्रोक्ति जीवित. दिल्ली ः दिल्ली विश्वविद्यालय. २०५३ ।
शर्मा, ऋषिराम. नेपाली वक्रोक्ति परिचय. भक्तपुर ः इन्दिरा अर्याल. २०७० ।
पौडेल, विष्णुप्रसाद. वक्रोक्ति सिद्धान्त र यससँग शैलीविज्ञानको निकटता. रत्न वृहत् समालोचना (सैद्धान्तिक खण्ड). सम्पा. राजेन्द्र सुवेदी र अन्य. काठमाडौँ ः रत्न पुस्तक भण्डार. २०६८ ।
श्रेष्ठ, ईश्वकुमार. पूर्वीय एवम् पाश्चात्य साहित्य–समालोचना ः प्रमुख मान्यता, वाद र प्रणाली. ललितपुर ः साझा प्रकाशन. २०६२ ।
सिंह, केदारनाथ. आधुनिक हिन्दी कविता मे विम्बविधान. दिल्ली ः राधाकृष्ण प्रकाशन. सन् २०११ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु